हामी कसरी आध्यात्मिक उपचारको परिणामको व्याख्या गर्दछौं ?

SSRF को सुझाव छ कि शारीरिक अनि मानसिक रोगको लागि आध्यात्मिक उपचारको साथ-साथै चिकित्सकीय उपचार जारी राख्नुहोस् ।

पाठकलार्इ अनुरोध छ कि आफ्नो विवेकले कुनै पनि आध्यात्मिक उपचार गर्न सक्छ ।

१. आध्यात्मिक उपचारको प्रभावको व्याख्यामा छैटौं इन्द्रियको महत्व

जबसम्म कुनै व्यक्तिमा प्रगत छैटौं इन्द्रिय हुँदैन, तब सम्म उनको लागि आध्यात्मिक उपचारको विशिष्ट परिणामको व्याख्या गर्न कठिन हुन्छ । प्रगत छैटौं इन्द्रियको अभावमा आध्यात्मिक उपचारबाट जुन अनुभव हुन्छ, त्यस पछाडिको सही कारण बुझ्न कठीन हुन्छ । उदाहरणको लागि दुर्इजाना व्यक्तिहरुलार्इ विभूति को उपचार गर्नाले लाभ भएका छन् तर दुवैको अनुभव पूर्णत: फरक हुन सक्छन् ।

  • अनिष्ट शक्तिबाट पीडित व्यक्ति कष्ट अनुभव गर्दछ । वास्तवमा त्यो कष्ट अनिष्ट शक्ति लार्इ भर्इरहेको हुन्छ किन कि विभूतिबाट प्रक्षेपित चैतन्य अनिष्ट शक्तिको नकारात्मकतासँग युद्ध गर्दछ पीडित व्यक्तिको चेतना अनिष्ट शक्तिसँग एक रुप हुन जान्छ त्यसैले अनिष्ट शक्तिलार्इ हुने कष्ट पीडित व्यक्तिलार्इ आफ्नो कष्ट जस्तै अनुभव हुन्छ
  • जुन व्यक्तिलार्इ अनिष्ट शक्तिको पिडा छैन, उनलार्इ विभूतिको चैतन्यबाट निक्लेको सकारात्मक स्पन्दनले हल्कापन लाग्दछ ।

एउटा अर्को पक्ष यो हो कि उच्च स्तरको अनिष्ट शक्ति लामो समयसम्म विभूतिको चैतन्यको सामना गर्न सक्छ, यस कारण यस्तो प्रतीत हुन्छ कि उनीमाथि उपचारको असर परेको छैन । उपचारको भ्रामक प्रभाव देखाएर, उपचारले कार्य गरिरहेको छ अथवा छैन, त्यसको गलत आभास दिलाउँछ ।

तलको तालिकामा देखाएको छ कि सूक्ष्म दृष्टिबाट प्राप्त ज्ञान अनुसार, आध्यात्मिक उपचारको समय अनिष्ट शक्तिबाट पीडित व्यक्ति जुन अनुभव गर्दछ त्यसको दुर्इ पक्षहरु रहन्छन् । त्यहाँ दुर्इ प्रकारको चेतनाहरु कार्यरत रहन्छन्; एउटा साधकको अर्को अनिष्ट शक्तिबाट पीडित व्यक्तिको । प्रकटीकरणको समय अर्थात जब पीडित व्यक्ति प्रकट अथवा विक्षिप्त हुन आरम्भ गर्दछ, तब अनिष्ट शक्तिको चेतना अगाडी आउँछ । तर कसको चेतना अधिक प्रभावी छ त्यसको आधारमा भिन्न-भिन्न प्रकटीकरणमा यो भिन्न-भिन्न हुन सक्छ । जसको छैटौं इन्द्रिय अति जागृत छ, केवल उनले नै भन्न सक्छ कि अगाडि जुन चेतना छ त्यो साधकको हो अथवा अनिष्ट शक्तिको ।

सकारात्मक अनि नकारात्मक उत्प्रेरकले साधक अनि अनिष्ट शक्तिमा हुने प्रभावमा अन्तर
(प्रगत छैटौं इन्द्रिय युक्त व्यक्तिको सूक्ष्म दृष्टिद्वारा देखिने)

उत्प्रेरकको प्रकार सकारात्मक उत्प्रेरक नकारात्मक उत्प्रेरक
उदाहरण देवताको चित्र, विभूति इत्यादि रज-तम प्रेरक जस्तै तान्त्रिक यन्त्र, मायावी संगीत
प्रभाव अनुभव साधक अनिष्ट शक्ति साधक अनिष्ट शक्ति
शक्ति मिल्ने मिल्छ मिल्दैन मिल्दैन मिल्छ
कष्ट छैन छैन
अनुहारको हाउ-भाउ सामान्य कष्ट कष्ट प्रसन्न व्यंगात्मक मुस्कान
अप्रकट अवस्थामा राम्रो लाग्ने राम्रो नलाग्ने सामान्य

उदाहरण यदि व्यक्तिको प्रकटीकरण ७०% छ भने यसको अर्थ हुन्छ कि अनिष्ट शक्तिको चेतना ७०% तथा साधकको केवल ३०% । यस्तो अवस्थामा व्यक्तिको अनुहारमा आमूल परिवर्तन हुन्छ अनि उनी असामान्य ढंङ्गले व्यवहार गर्न थाल्दछ । यस्तो अवस्थामा, यदि हामी अनिष्ट शक्तिको हाउ भाउ त्यस समय हेर्छौं (जुन साधकको नै अनुहारमा देखार्इदिन्छ) जब उनलार्इ कुनै सात्तविक उत्प्रेरक जस्तै कि देवताको चित्र देखाउँछौं तब उनी घूरेर हेर्छ, क्रोधित हुन्छ अथवा कराउँछ । यस्तो यस कारण हुन्छ कि चित्रबाट प्रक्षेपित हुने चैतन्यले अनिष्ट शक्तिलार्इ, जुन रज-तम प्रधान हुन्छ, कष्ट हुन्छ । कहिले काहि उनी आफ्नो कालो शक्ति संजय अथवा उच्त स्तरको अनिष्ट शक्तिबाट कालो शक्ति लिन्छ अनि यस्तो देखाउँछ कि जस्तै उनीमाथि आध्यात्मिक उपचारको कुनै प्रभाव भइरहेको छैन । यस्तो अवस्थामा उपचार गर्न सकि रहेको छैन यो विचार गरि उपचार गर्ने साधक निरुत्साही हुन सक्छ । तर यो प्रतिरोध तब सम्म रहन्छ जब सम्म अनिष्ट शक्तिसँग कालो शक्ति संग्रह हुन्छ ।

संक्षेपमा, यो पूरै प्रक्रियाको व्याख्या जासूसी खेल जस्तै हो । मुसा अनि बिरालोको खेल जुन अनिष्ट शक्ति आध्यात्मिक उपचार गर्ने व्यक्तिको साथ खेल्दछ, जुन तीव्र हुन्छ । केवल अति प्रगत छैटौं इन्द्रियको माध्यमले अनिष्ट शक्तिको चाल बुझ्न सक्दछ अनि उनलार्इ सहायता गर्न सक्दछ ।

२. कसले बुझ्न सक्छ कि आध्यात्मिक उपचारको समय प्रत्यक्षमा के भर्इरहेको छ ?

हेरौं कसले व्यक्ति अनि प्रकट भएको अनिष्ट शक्ति बिच भिन्नता थाहा पाउन सक्छ ।

अ. प्रभावित भएको व्यक्ति

  • प्रभाबित भएको व्यक्तिको आध्यात्मिक स्तर ५०% भन्दा बढी हुन आवश्यक छ । यो आध्यात्मिक स्तर भएपछि उनले कुन आफ्नो विचार अनि कुन अनिष्ट शक्तिको विचार थाहा पाउन सक्छ ।
  • यदि अनिष्ट शक्तिको नियन्त्रण पीडित व्यक्तिमा ३०% भन्दा कम छ भने व्यक्ति यो जान्न सक्षम हुन्छ कि विचार कसको हो ।

आ. आध्यात्मिक उपचार विशेषज्ञ :

  • सामान्य मानसोपचार विशेषज्ञ उच्च स्तरको अनिष्ट शक्तिको विषयमा कहिले पनि बुझ्न सक्दैन, न त सूक्ष्ममा हुने सूक्ष्म युद्ध बुझ्न सक्छ
  • यदि उपचार गर्ने व्यक्ति उच्च स्तरको मान्त्रिक को अधिनमा छ भने न्युन आध्याक्तिम स्तर भए पनि उपचार गर्ने व्यक्तिको सूक्ष्म क्षमता अनि छैटौं इन्द्रियको छमता बढ्न सक्छ । उपचार गर्ने व्यक्तिको शक्तिशाली मान्त्रिकले पीडित व्यक्तिको अनिष्ट शक्तिलार्इ आफ्नो दास बनार्इ नियन्त्रित गर्दछ । यहाँ, खेल हुन सक्छ जहाँ उपचार गर्ने व्यक्तिको मान्त्रिकले अस्थायी रुपमा पीडित व्यक्तिमा रहेको भूत हटाइ दिन्छ, केही समयपछि फेरि त्यो शक्ति फर्केर आउँछ ।  
  • त्यो व्यक्ति जो
    • ७०%  भन्दा अधिक आध्यात्मिक स्तर को छ
    • अथवा जो प्रत्यक्ष सन्त को मार्गदर्शनमा कार्य गरि रहेको छ ।

उनले नै जे भइरहेको छ त्यसको सहि जाच गर्न सक्छ ।

३. व्यक्तिकमा भएको कालो आवरण अनुसार उपचारको प्रभाव आधारित हुने

आध्यात्मिक उपचारको कष्टबाट सुरक्षा प्रधान गर्नको लागि अनिष्ट शक्ति अथवा पुर्खाको सूक्ष्मदेह आफ्नो अनि पीडित व्यक्तिको चारैतर्फ कालो शक्तिको आवरण निर्माण गर्दछ । यो कालो शक्तिको आवरण उनलार्इ सुरक्षात्मक कवच जस्तो काम गर्दछ ।

आध्यात्मिक उपचारको समय, अनिष्ट शक्ति कति लामो समयमा कष्ट अनुभव गर्दछ, यो आवरणको घनत्व अनि दृढतामा निर्भर गर्दछ । जसलार्इ अल्प कष्ट छ अथवा जो कम स्तरको अनिष्ट शक्तिको कष्टले पीडित छ, उनीमा कालो शक्तिको आवरण हल्का हुन्छ । अत: यस अवरोधलार्इ तोड्न अनि अनिष्ट शक्तिसम्म पुग्न सरल हुन्छ । त्यसैले जो व्यक्ति न्यून स्तरको भूवर्लोकको अनिष्ट शक्तिबाट अल्प मात्रामा पीडित छ, उनी आध्यात्मिक उपचारको प्रभावमा आउने बितिकै कष्ट हुन थाल्दछ । यस्तो पीडित व्यक्तिको समस्त कष्ट तीन-चार महिनामा नै नष्ट गर्न सम्भव हुन्छ ।

पीडित व्यक्ति अथवा अनिष्ट शक्ति जसको आसपास कालो शक्तिको घना आवरण रहन्छ उनले आध्यात्मिक उपचार गरे पनि कष्ट अनुभव गर्दैन । उनीहरुलार्इ असर गर्ने भूत/अनिष्ट शक्तिको आध्यात्मिक शक्ति बढी हुन्छन् । यस्तो अनिष्ट शक्तिमाथि निरन्तर केहि महिनासम्म आध्यात्मिक उपचार गरेपछि त्यस व्यक्तिलार्इ कष्ट अनुभव हुन थाल्दछ । आध्यात्मिक उपचारको साथ-साथ साधनाको ६ मूल तत्व तथा सात्तविक जीवन पद्धति अनुसार साधना गरेपछि व्यक्ति यो कालावधि घटाउन पनि सक्छ ।