के हत्या गर्नु पाप हो – एक आध्यात्मिक परिप्रेक्ष्य

के हत्या गर्नु पाप हो – एक आध्यात्मिक परिप्रेक्ष्य

यो लेख बुझ्नको लागि कृपया ‘पुण्य र पाप के हो?’ सन्दर्भ लेख पढ्नुहोस्।

१ हत्यामा एक आध्यात्मिक परिप्रेक्ष्यको परिचय

हरेक वर्ष चीनको गुआङ्सी प्रान्तको युलिन प्रान्तका मानिसहरूले कुकुर खाने पर्व मनाएर ग्रीष्मकालीन संक्रांति मनाउँछन्। यहाँ १० हजारदेखि १५ हजारभन्दा बढी कुकुर मारेर लिची र मदिराको साथ सेवन गरिन्छ। यसले पशु अधिकार समूहहरू र सोशल मिडियामा तीव्र आलोचना आकर्षित गर्दछ। यसलाई व्यापक रूपमा क्रूर र अमानवीय रूपमा निन्दा गरिएको छ। कुकुरको मासु संसारका अन्य धेरै ठाउँहरूमा पनि खाइन्छ। खानाको लागि कुकुर मार्ने निन्दा गर्ने ती मानिसहरू आफैं गाईको मासु खानेहरू हुन सक्छन्। अमेरिकामा मात्रै वर्षको हरेक दिन करिब १,००,००० गाई र २ करोड भन्दा बढी कुखुरा मारिन्छन्।

“कुकुरको जीवन गाई वा कुखुराको ज्यान भन्दा बढी मूल्यवान छ?” कुकुर खाने मान्छेहरु यस्तो तर्क दिन्छन्। “आखिरमा, तिनीहरू दुवै जनावर हुन्”, यस्तो उनीहरुको व्याख्या हुन्छन्।

आलोचकहरुबाट तत्काल संदेहास्पद प्रत्युत्तर आउँदछ कि “कुकुर मानिसको सबैभन्दा राम्रो साथी हो!”

कुकुर र मानिसहरु बीच एक स्वाभाविक भावनात्मक बन्धन विकसित हुन्छ। अर्कोतर्फ गाई, कुखुरा र माछासँग हाम्रो भावनात्मक सम्बन्ध हुँदैन। के यसो भए तिनीहरूलाई मार्न ठीक छ? प्रत्येक वर्ष मानव जातिले १५० अरब भन्दा बढी माछा, जनावर र कुखुरा मार्छ। मांसाहारीहरूले बिरुवामा पनि जीवन हुन्छ र शाकाहारीहरूले बोटबिरुवा मार्छन् भनी आफ्नो मासु खाने आवश्यकताको बचाव गर्छन्। केही मांसाहारीहरूले जनावरलाई नैतिक रूपमा मारेको बेला त्यस्तो मासु खाएमा ठीक छ जस्तो लाग्छ, कुनै संस्कृतिमा जनावरको घाँटी थोरै काटेर बिस्तारै बिस्तारै प्राण त्याग्छ, तब त्यो जनावरको मासु खान उचित मानिन्छ।

सबै प्राण अमूल्य हुन्छ। के जनावरहरू मार्ने अथवा उनीहरुलार्इ मारिने कारणमा सहभागी हुनाले पापार्जन हुन्छ? युद्धले बढ्दो रूपमा विचलित भएको संसारमा जहाँ हजारौं मानिसहरू मारिएका छन्। यस लेखमा हामी मानिस, जनावर, माछा र बोटबिरुवाहरू मरेर व्यक्तिले गरेको पाप को मात्राको सन्दर्भमा आध्यात्मिक परिप्रेक्ष्य साझा गर्नेछौं।

२ अ हत्याको कारण अर्जित हुने पापको आध्यात्मिक परिप्रेक्ष्य

२.१ अर्को जीवित प्राणीलाई मार्दा लाग्ने पापको मात्रा निर्धारण गर्ने जटिलता

सर्वप्रथम यो बुझ्न महत्त्वपूर्ण छ कि यो विषयको सम्बन्धमा धेरै व्यापक दिशानिर्देशहरू दिन मात्र सम्भव छ। हामीले यो जानकारीलाई सामान्य दिशानिर्देशको रूपमा प्रदान गर्नुको कारण यो हो कि मानिसहरूले जनावरलाई मार्न सक्ने हजारौं कारणहरू हुन्छन्। प्राप्त पापको तीव्रता निम्न कारकहरूको कारणले गर्दा व्यक्तिको कार्यको कारण वा उद्देश्यको आधारमा भिन्न हुन सक्छ::

  1. के हत्यारा र पीडितबीच लेन-देन थियो? अघिल्लो जीवनमा, यस जीवनको भूमिकाको विपरीत परिस्थितिहरु हुन सक्छ जसले लेन-देन समाप्त गर्नको लागि यस कृत्य गर्न प्रेरणा उत्पन्न भयो।
  2. के हत्यारा नशामा थियो?
  3. के हत्यारा अनिष्ट शक्तिहरुको प्रभावमा कार्यरत थियो?
  4. हत्याको लागि कुन विधि अपनाइयो?
  5. सिपाहीको हकमा जस्तै हत्या कर्तव्यको रुपमा गरिएको थियो?
  6. हत्याको उद्देश्य के थियो? के यो पूर्व नियोजित थियो, मनोरञ्जनको लागि वा स्व-रक्षाको लागि थियो?
  7. के हत्या खानको लागि गरिएको थियो?

तपाई देख्न सक्नुहुन्छ हत्याको कार्यको दोषको मात्रा निर्धारण गर्दा ईश्वरको सभामा धेरै कारकहरू ध्यानमा लिइन्छ। सामान्य नयायलयसँग हत्या निर्धारण गर्दा यी विभिन्न सूक्ष्मताहरु हेर्न सक्ने स्रोत र अन्तर्दृष्टि हुँदैन। हत्यारा चलाखीपूर्वक न्याय प्रणालीबाट बचेपनि तर ईश्वरको न्यायालयमा लेन-देन को वैश्विक नियमबाट बच्न सक्दैन। हामी सबै प्रारब्धको साथ जन्मेका हुन्छौं जुन हामीले हाम्रो पूर्वजन्मको कर्मको आधारमा भोग्नुपर्छ।

त्यहाँ अर्को कारक छ जुन हामीले विचार गर्न आवश्यक छ त्यो हो काल (समय) जसमा हामी बाँचिरहेका छौं। यो ब्रह्माण्डको समय वा चक्रको महत्त्व हो। मानव इतिहासमा अहिले हामी अत्यन्तै प्रतिकूल कालमा छौं । २०१२ देखि २०२३ सम्म, मानवजातिको सामूहिक प्रारब्धले प्रत्येक व्यक्तिमा व्यष्टि प्रारब्ध बाहेक महत्त्वपूर्ण प्रभाव पार्नेछ। मानवजातिले अपनाएको रज-तम प्रधान जीवन शैलीले प्राप्त गरेको पाप नै यस विनाशकालको कारण हो। शक्तिशाली अनिष्ट शक्तिहरूले यसको लाभ धार्मिक युद्ध गर्नको लागि उठाए। संसारभरि भइरहेका युद्ध र प्राकृतिक प्रकोपहरू यस अवधिको प्रतिबिम्ब हुन्। अन्ततः यसले तेस्रो विश्वयुद्धको नेतृत्व गर्नेछ, जसमा विश्वको अधिक जनसंख्याको मृत्यु हुनेछ।

२.२ हत्याको सम्बन्धमा केही अन्य अवधारणाहरु

त्यहाँ केहि अन्य पक्षहरू छन् जुन एक व्यक्तिले अर्को जीवको हत्या गर्ने सम्बन्धमा बताउन आवश्यक छ:

  • सबै जीवित प्राणीहरूलाई जीवित जीव वा कम्तिमा जैविक पदार्थ खान आवश्यक छ। यो जीवनको नियम हो। उदाहरणका लागि, एक व्यक्तिले ढुङ्गा खाएर र त्यसबाट पोषण प्राप्त गर्न सक्दैन।
  • ईश्वर एक मात्र सृष्टिकर्ता हुनुहुन्छ उहाँ पनि यस सृष्टिको अंश हुनुहुन्छ। अर्को शब्दमा, ईश्वर तत्व निर्जीव वस्तुहरू र जीवित प्राणीहरूमा भिन्न-भिन्न अनुपातहरूमा विद्यमान छ।
  • ईश्वरीय तत्वको मात्राको आधारमा, प्रत्येक व्यक्ति, प्राणी र वनस्पतिको सत्व, रज र तम को विभिन्न मात्रा हुन सक्छ। एक व्यक्तिले सत्त्वप्रधान जीवको हत्या गरेर ठूलो पाप गर्छ, किनभने यसले समाजको समग्र सात्त्विकता वा आध्यात्मिक शुद्धतालाई कम गर्छ। अर्कोतर्फ, तम-प्रधान जीवको हत्या गर्दा कम पाप लाग्दछ, विशेष गरी यदि समाजमा नकारात्मक असर गरिरहेको छ भने। जब मानिसको सोच र कर्मबाट समाजको समग्र सात्विकतामा कमी आउँछ, तब व्यक्तिगत र सामाजिक स्तरमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न हुन्छन्। अहिले हामीले भोगिरहेका मौसमका विचित्र परिवर्तनहरू सम्पूर्ण वातावरणको आध्यात्मिक शुद्धता घट्ने र त्यसमा रज-तमको वृद्धिको परिणाम हो।
  • मानवताको लागि उपयोगी हुने जीवित प्राणीलाई मार्दा अधिक पाप हुन्छ। सामान्यतया मानवजातिलाई सहयोग गर्ने र उनीहरूप्रति स्नेह हुने प्राणीहरू सत्त्व-राज-प्रधान हुन्छन्, त्यसैले तिनीहरूको सात्विकता अरूको तुलनामा उच्च हुन्छ।
  • ईश्वरसँग एकरूप हुन आध्यात्मिक रूपले प्रगति गर्नु नै मानवको सर्वोच्च लक्ष्य हो। प्रारब्ध भुग्नु अतिरिक्त यही लक्ष्य सूक्ष्म-देहलार्इ मानव जन्म दिनुको ठुलो कारण हो। मानव नै केवल यस्तो प्रजाति हो, जो विचार गर्ने क्षमता तथा बुद्धिद्वारा आध्यात्मिक प्रगति गर्न सक्छ। त्यसैले आफ्नो जीवनकालमा आध्यात्मिक प्रगति गर्न सक्ने क्षमताको कारण, अन्य जीवहरूको तुलनामा मानिसको जीवनलाई अझ बढी मूल्यवान मानिन्छ।
  • जुनसुकै धार्मिक विधि अथवा संस्कृति होस्, जब मानिस अथवा जनावरलार्इ मार्दा यातना दिन्छ तब त्यसले अधिक पाप लाग्दछ।

३ हत्या कसको भयो यस आधारमा अर्जित पापको मात्रा

जब एक व्यक्तिले कुनै जीवित प्राणीलाई मार्छ, त्यसबाट हुने सम्बन्धित पापहरू यस तालिकामा देखाइएको छ। पापर्जनको तुलनात्मक अनुमान देखाउन यस लेखमा हत्याको उद्देश्य तथा हत्या गर्ने विधिलाई मात्र ध्यानमा राखिएको छ। अर्को जीवको हत्या गरेर प्राप्त हुने पापको मात्रा हेर्दा कर्मको उद्देश्यको महत्व ७० प्रतिशत र कर्मको महत्व ३० प्रतिशत मात्रै हुन्छ। पापर्जनको सम्बन्धित मात्रा (तेस्रो स्तम्भमा) प्रतिशतमा देखाइएको छ, जसमा हत्याको उद्देश्य र हत्याको कार्य दुवै समावेश छ।

कृपया ध्यान दिनुहोस्, तालिकामा देखाइएका सबै तथ्याङ्कहरु पापार्जनको औसत सूचकहरू हुन् र व्यक्ति, जनावर र बिरुवा मारिएको प्रकारको आधारमा +/-५% देखि १०% सम्म फरक हुन सक्छ।

कसलारइ मर्यो/कसको विनाश भयो? ईश्वरीय तत्वको सामान्य मात्रा (%) सम्बन्धित पापार्जनको मात्रा (%) अर्जित पापमा टिप्पणी
निर्जीव वस्तुहरु
सबै निर्जीव वस्तुहरु जस्तै ढुङ्गा, काठ, स्टील। (यसमा सात्तिवक वस्तुहरु समावेश छैन, जस्तै देवताहरुको मूर्ति, पूजा स्थल) १/१० – १/दस लाख
देवता तत्व सक्रिय भएको पूजास्थल २-६ २५-३५ देवता तत्व सक्रिय भएको पूजास्थलमा हानि पुर्याउनाले गम्भीर पाप अर्जीत गर्दछ। जहाँ पवित्रताको ध्यान राखिन्छ, त्यहाँ दैवी तत्व सक्रिय हुन्छ।
जीवाणु र कीराहरु
सूक्ष्म-जीव जो रोगवाहक हुन्छ (रोगाणु) १/१० १/१०
मानिसको लागि फाइदाजनक विभिन्न सूक्ष्मजीवहरु २/१० २/१०
विभिन्न कीराहरु जसमा लामखुट्टे र साङ्गले १-३ १-३
रुख र बिरुवाहरु
साधारण रुख-बिरुवाहरु १-४ ४-६ ती बिरुवाहरु जुन खान योग्य छन्, ईश्वरले मानव उपभोगको लागि सृष्टि गर्नुभएको हो। यसमा पालक, गाजर आदि जस्ता बिरुवाहरु समावेश छन् । तिनीहरुसँग पीडा अनुभव गर्ने अल्पविकसित क्षता हुन्छ। जब हामी खाना खानु अघि प्रार्थना गर्छौं, हामी यस पापबाट मुक्त हुन्छौं। अखण्ड नामजप ले पनि यस पापबाट मुक्ति मिल्छ। बिरुवालाई हानी नगरी फलफूल र तरकारी टिप्ने हो भने पाप लाग्दैन।
ठूलो मात्रामा वन विनाश १-४ ४-१० अधिक पाप; किनभने यसले समाज तथा जलवायु परिवर्तनमा व्यापक प्रभाव पार्छ।
ती वनसपतिहरु जुन ब्रह्माण्डमा देवता तत्वसँग सम्बन्धित छन् तथा धार्मिक अनुष्ठानहरुमा प्रयोग गरिन्छ। जस्तै तुलसी, घण्टीफूल ५-१२ ८-१२ यसबाट अधिक मात्रामा पाप लाग्दछ किनभने यस्ता बोटबिरुवा काट्दा समाजको समग्र पवित्रता घट्छ।
माछा
साधारण माछा तथा शेलफिस जस्तै सार्डिन र झींगेमाछा। ४-६ ५-७ प्रत्येक वर्ष मानिसहरु द्वारा व्यापक स्तरमा माछा मार्ने पक्षलाई ध्यानमा राख्दै, मानवजातिद्वारा अर्जित समष्टि पापको ठूलो कारणहरु मध्ये एक हुन सक्ने सम्भाव्यता छ।
डल्फिन र ह्वेल जस्ता पानी मुनि बस्ने अधिक विकसित जीवित प्राणीहरु स्तनपायी हुन् र तिनीहरुको मानवसँग मैत्रीपूर्ण सम्बन्ध छ। ६-८ ८-१०
पक्षी
सामान्य (जस्तै कुखुरा, हाँस, टर्की) ६-८ ८-१२ हरेक वर्ष मानिसहरुद्वारा चरा/कुखुराको ठूलो मात्रामा हत्यालाई ध्यानमा राखी, यो पक्ष मानवजातिले हासिल गरेको घोर पापको प्रमुख कारण हुन सक्ने सम्भावना छ।
घर पालुवा, उदाहरणको लागि सुगा ८-११ १३-१७ मानिसप्रति माया गर्ने पंक्षीलाई सामान्यतया सात्विक मानिन्छ।
हंस, गरुड, मयूर जस्ता दैवी तत्वसँग सम्बन्धित पक्षहरु १२-१५ १८-२२
जनावर
जंगली जनावरहरु, जस्तै बाघ, सिंह, सर्प ५-८ परिवर्तनशील यो पूर्णतया उद्देश्यमा आधारित हुन्छ, उदाहरणको लागि- आत्मरक्षा, शिकार वा खाना
साधारण जनावरहरु जसमा जर्सी गाई, बाख्रा, सुँगुरहरु जस्ता पशुहरु समावेश छन् ९-१३ ८-१२ कुनै जीवित प्राणीलाई बाँच्न पाउने अधिकारबाट वञ्चित गर्ने। हरेक वर्ष मानिसहरु द्वारा यी जनावरहरुको व्यापक मात्रामा हत्याको विचार ध्यानमा राख्दै, यो पक्षमा मानवजाति द्वारा अर्जित समष्टि पापको एक ठूलो कारण हुन सक्ने सम्भाव्यता छ।
घरपालुवा जनावरहरु उदाहरणका लागि कुकुर, बिरालो र घोडाहरु १५-१७ १८-२२ मानवजातिको लागि लाभदायक जनावरहरु मार्नु मानव जातिको लागि लाभदायक नभएका जनावरहरुलाई मार्नु भन्दा अधिक पाप अर्जित हुन्छ। प्राय सबै जनावर जुन मानवजातिको लागि लाभदायक छन् तथा माया गर्छन्, सत्व-रज प्रधान हुन्छ त्यसैले तिनीहरुमा अरुभन्दा बढी सात्तिवकता हुन्छ।
मन्दिरसँग सम्बन्धित, जस्तै- हात्ती, गोरु (नन्दी) १३-१४ ३८-४२
स्थानीय गाई३,७ ३१-३३ ४५-५५ स्थानीय गाई सबैभन्दा सात्विक प्राणी हो र यसमा उनमा विद्यमान सात्विकता आध्यात्मिक स्तरमा मानिसको ३० प्रतिशत बराबर हुन्छ। अझ महत्वपूर्ण पक्ष यो हो कि स्थानिय गाईमा (स्वयंमा विद्यमान) देवतातत्व वातावरणमा प्रक्षेपण गर्ने दैवी क्षमता हुन्छ। त्यसैले वातावरणलाई सात्विक बनाउने र दूधजस्तो अति सात्विक पेय पदार्थ दिने गाईलाई कसैले मारे घोर पाप लाग्दछ।
मनुष्य
अरूलाई हानि गर्ने प्रवृत्ति भएको खराब वा दुष्ट व्यक्ति (स्वभावले तम प्रबल) १५-२० २८-३२ मानिस जतिसुकै नराम्रो किन नहोस्, हत्या गरेर हत्या गर्ने व्यक्तिले  उनको जीवनकालमा साधना गर्ने र आध्यात्मिक उन्नति गर्ने अवसरबाट बञ्चित गरिदिन्छ । यसका लागि हत्या गर्ने व्यक्तिलाई पाप लग्दछ। अर्कोतर्फ समाजलाई हानि पुर्याउने व्यक्तिको हत्या गर्दा ३१–४१ प्रतिशत पुण्य पनि प्राप्त हुन्छ। किनभने खराब व्यक्तिका कारण हुने कष्टबाट समाजको रक्षा हुन्छ।
एक साधरण व्यक्ति (रज प्रधान व्यक्ति, जसले सामाजप्रति कुनै गलत गरिरहेको छैन) २१-२५ ३८-४२ जब एक साधारण मानिसको हत्या हुन्छ, उसले आफ्नो जीवनकालमा साधना र आध्यात्मिक उन्नति गर्ने अवसरबाट वञ्चित हुन्छ, जुन उसको जीवनको आध्यात्मिक उद्देश्य हो। त्यसैले मानिसको हत्या गर्दा पाप लाग्दछ।
साधक ३०-६९ ४५-५५ साधकले साधनाको महत्त्व बुझ्दछ र त्यसैले आध्यात्मिक रूपमा उन्नतिको लागि इमानदार प्रयास गर्दछ। त्यसैले साधक त्यो व्यक्ति हो जसले जीवनको वास्तविक उद्देश्यको साथ आफ्नो जीवन जीइरहेको हुन्छ। साधकले समाजको सात्विकता पनि बढाउँदछ, त्यसैले साधकको हत्या गर्दा अत्यधिक पाप लाग्छ।
जसले आत्महत्या गर्दछ १५-२५ परिवर्तनशील सन्दर्भको लागि लेख ‘हामी मृत्युपछि कहाँ जान्छौं’ – खण्ड ७ – आत्महत्या तथा मृत्युपरांत जीवन
सन्त ७०-९९ १०० सन्तको हत्या गर्दा मानिसलाई सर्वाधिक पाप लाग्दछ। सन्तले वातावरणलाई सात्त्विक (आध्यात्मिक रुपले शुद्ध) बनाउँदछ। उहाँले समाजलाई ईश्वरसँग एकरुप हुनको लागि मार्गदर्शन दिनुहुन्छ, जुन मानव जीवनको उद्देश्य हो।

माथिको तालिकामा, हत्या कृतिको लागि स्तम्भ ३ मा दिइएको तथ्याङ्क रैखिक छैन। यसको मतलब प्रतेक मार्ने कृतिले रैखिक रुपमा पाप थपिदैन। उदारणको लागि, १० वटा माछा मार्दा (५ देखि ७ एकाइ पाप लाग्छ)  एक साधकको हत्या (जसले ४५-५५ एकाइ पाप लाग्छ) गर्नु भन्दा बढी पाप लाग्दैन। यस तालिकाको उद्देश्य केवल पापको गम्भीरता वा गुणस्तर बुझ्नु हो, मात्रा होइन।

टिप्पणी

  1. जब वनस्पति वा जनावरहरू मर्छन्, तिनीहरूले उच्च प्रजातिमा जाने मौका पाउँछन्। यो विकासको प्राकृतिक प्रक्रिया हो।
  2. यो सम्पूर्ण तालिका अन्य जीवित प्राणीहरू मारेर मानिसले प्राप्त गरेको पापको सन्दर्भमा छ; यदि बाघ वा सर्प जस्ता जंगली जनावरले मानिसलाई मार्यो भने उसलाई पाप लाग्दैन। किनकी उसले कसलाई मार्दैछ भनेर छुट्याउन सक्ने क्षमता हुँदैन। उसले सामान्यतया भोक वा आत्मरक्षाको लागि कसैलाई मार्छ।
  3. लोकल गाई वा अन्य जनावर मार्दा पशु मार्नेलाई ५० प्रतिशत र खानेलाई पनि ५० प्रतिशत पाप लाग्छ। त्यो जनावरको मासु खानेले गरेको पापको ५० प्रतिशत भाग खानेहरुमा बाँडिन्छ भन्ने होइन, बरु त्यो जनावरको मासु खाने मानिसले पशु मारेको कुल पापको ५० प्रतिशत लाग्नेछ।
  4. योध्यानदिनुआवश्यकछकियीअवस्थामाहाम्रापुण्यहरूलेपापलाईनिष्क्रिय गर्दैनरत्यसैलेप्ररब्धकोपरिणामस्वरूपहत्यागर्नेमानिसलेपापरपुण्यदुबैभोग्नुपर्छ।यदिहत्याआत्मरक्षावाअरूकोसुरक्षाकोलागिगरिएकोहोभने, त्यसबाटहुनेपापको मात्राकमहुनसक्छ।
  5. साधारण व्यक्ति भनेको २० प्रतिशत आध्यात्मिक स्तरको व्यक्ति हो।
  6. आत्महत्या गर्ने व्यक्तिमा दैवी तत्वको मात्रा कम हुन्छ। यो किनभने लामो समयसम्म गम्भीर अवसादको चक्रका कारण व्यक्तिको आध्यात्मिक स्तर घट्छ। उच्च आध्यात्मिक स्तर भएका मानिसहरूले आत्महत्याको बारेमा सोच्दैनन्। आत्महत्या गर्ने उद्देश्यका आधारमा पापको मात्रा बढ्न वा घट्न सक्छ। कृपया सन्दर्भको लागि मृत्यु पछि जीवन लेख पढ्नुहोस्। जसरी औसत आध्यात्मिक स्तरको मानिसको हत्यामा ३० प्रतिशत पाप हुन्छ, त्यसैगरी आत्महत्या गर्दा पनि ३० प्रतिशत पाप हुन्छ ।
  7. आत्महत्या गर्ने व्यक्तिमा ईश्वरीय तत्वको मात्रा कम हुन्छ। यो किनभने लामो समयसम्म गम्भीर अवसादको चक्रका कारण व्यक्तिको आध्यात्मिक स्तर घट्छ। उच्च आध्यात्मिक स्तर भएका मानिसहरूले आत्महत्याको बारेमा सोच्दैनन्। आत्महत्या गर्ने उद्देश्यका आधारमा पापको मात्रा बढ्न वा घट्न सक्छ। कृपया सन्दर्भको लागि मृत्यु पछि जीवन लेख पढ्नुहोस्। जसरी औसत आध्यात्मिक स्तरको मानिसको हत्यामा ३० प्रतिशत पाप हुन्छ, त्यसैगरी आत्महत्या गर्दा पनि ३० प्रतिशत पाप हुन्छ ।

. हत्याको उद्देश्यले अर्जित हुने पापको मात्रालाई प्रभावित गर्न सक्छ, यस सन्दर्भमा केही दिशानिर्देशहरु

पहिले नै भनिएझैं हत्याको उद्देश्यको कारणले हत्याबाट अर्जित पापको गम्भीरता निर्धारणमा ७० प्रतिशत महत्त्व हुन्छ। हामीले निम्न तालिकामा यससँग सम्बन्धित केही उदाहरणहरू देखाएका छौं।

मानिसलाई मार्ने उद्देश्य अर्जित गरेको पापको मात्रा (उद्देश्यको ७० प्रतिशत मध्ये) टिप्पणी
आकस्मिक हत्या उदाहरणको लागि सडक दुर्घटना। केवल हत्या गर्ने कृत्यको लागि ३० प्रतिशत पापार्जन हुन्छ।
आफैंलाई कसैको यातना भोगनबाट बचाउने अथावा आफूलाई मानिरबाट रोक्नको लागि

३०

यस्तो अवस्थामा हत्यारालाई मार्नुको सट्टा परिस्थितिबाट टाढिने, व्यक्तिलाई सानो चोट पुर्याउने जस्ता अन्य विकल्पहरू अपनाएमा अर्जित पाप कम हुन्छ। अर्कोतर्फ, दुष्ट व्यक्तिबाट समाजको रक्षा गरेर पुण्य पनि कमाइन्छ।
आकस्मिक ५० यसमा आकस्मिक हत्या आउँछ, जस्तै भाग्ने क्रममा चोरको हत्या। यसले आध्यात्मिक पाप लाग्दैन किनकि यसले मनमा दृढ संस्कार निर्मित हुँदैन।
राक्षसी सुखको लागि हत्या ७० उदाहरण: केटीको बलात्कार गरेपछि हत्या। हत्याको क्रममा व्यक्तिलाई यातना दिँदै मार्ने।
अनावश्यक रुपमा अर्को व्यक्तिलाई शत्रुको रुपमा लिने ७० मन भित्र गहिरो घृणा र बदलाको विचारमा कसैको हत्या गर्नु ठूलो पाप मानिन्छ। किनभने यसले अवचेतन मनमा अधिक संस्कारहरु धेरै जन्महरू सम्म रहन सक्छन्।

यदि कुनै व्यक्ति अनिष्ट शक्तिले आविष्ट छ र कुनै व्यक्ति या जानवरको हत्या गर्छ भने त्यस कृत्यबाट अर्जित पाप त्यस कार्यको पछाडि कसको विचार जिम्मेवार थियो, के यो आविष्ट गर्ने अनिष्ट शक्ति या व्यक्ति दुवै थियो आदिमा निर्भर हुन्छ। तदनुसार, घटनामा कसको चेतनाले योगदान पुर्यायो त्यस अनुसारको पाप बाँडिन्छ।

के हुन्छ यदि व्यक्तिको चेतना पूर्णतया नकारात्मक ऊर्जा द्वारा कब्जा गरिएको छ र त्यसैले उनको जानकारी वा नियन्त्रण बिना हत्या गर्ने कार्य भयो? यस्तो अवस्थामा नकारात्मक उर्जाले ठूलो मात्रामा पाप वा अवगुण भोग्नुपर्ने हुन्छ। तर, जो व्यक्ति कब्जामा छ र जसको शरीर अपराध गर्न प्रयोग भएको छ उसलाई १० देखि ३०% पाप लाग्नेछ। यसको कारण यो हो कि उनीहरूमा आध्यात्मिक साधनाको अभावको कारणले स्वयंलाई नकारात्मक ऊर्जाबाट ग्रसित र  प्रयोग गर्न दिन्छन्।

माथिको तर्क मानसिक रूपमा अपांगता वा मानसिक रूपमा सम्झौता भएको व्यक्तिले समान प्रकारको अपराध गरेमा सामान्य व्यक्तिको तुलनामा समान सजाय नदिने जस्तै हो।

यदि त्यही अवस्था (नियन्त्रणको पूर्ण हानि) एक साधकलाई समावेश गर्दछ (जो अनिष्ट शक्तिबाट ग्रसित छ र आध्यात्मिक विकासको लागि ईमानदारीसँग प्रयास गरिरहेको थियो) साधकले गरेको पापको प्रतिशत न्यूनतम हुनेछ।

३.२ हत्या गर्ने विधि अर्जित पापलार्इ प्रभावित गर्न सक्छ।

अघि नै भनिएझैं नियतले ७० प्रतिशत महत्व राख्छ भने हत्या गर्ने विधि वा तरिकाले ३० प्रतिशत महत्व राख्छ ।

मारने तरीका अर्जित पापको अनुपात (३०% मध्ये)
एकैपट मार्ने, उदाहरणको लागि- बन्दूकले मार्ने १०
यातना दिएर हत्या ३०

यदि कुनै व्यक्ति वा जनावरलाई मार्दा यातना दिइयो भने हत्या गर्ने व्यक्तिले पूरा पाप भोग्छ।

४. हत्या र पापको बारेमा सारस्वरुप केही मुख्य बुँदाहरु

धर्म भनेको त्यो हो जसले ३ उद्देश्य प्राप्त गर्ने :
१. समाज व्यवस्था उत्तम बनाइ राख्ने
२. प्रत्येक प्राणीमात्राको व्यावहारिक उन्नति साध्य गर्न
३. आध्यात्मिक स्तरमा पनि प्रगति साध्य गर्ने
– श्री आदि शंकराचार्य
  • धर्म भनेको त्यो हो जसले ३ उद्देश्य प्राप्त गर्ने :
  • समाज व्यवस्था उत्तम बनाइ राख्ने
  • प्रत्येक प्राणीमात्राको व्यावहारिक उन्नति साध्य गर्न
  • आध्यात्मिक स्तरमा पनि प्रगति साध्य गर्ने
  • मानिसको रुपमा, हामी पृथ्वीमा सबैभन्दा उन्नत र शक्तिशाली प्राणी हुन सक्छौं; तर यसको साथसाथै अन्य जीवित प्राणीहरुप्रति हाम्रो दायित्व पनि जोडिएको हुन्छ।
  • अन्य जीवित प्रणीहरुलाई अनावश्यक रुपमा मार्दा अधिक दण्ड मिल्दछ, जुन हामीले यो जन्ममा वा आउने जन्ममा कर्मको स्तरमा भोग्नुपर्छ।
  • यदि कसैलाई मासु खानु पाप हो भनेर कसैलाईथाहा छैन भने उसलाई ५० प्रतिशत कम पाप लाग्छ।
  • मासु खाने प्रबल इच्छा गाई वा अन्य कुनै जनावर मार्न समर्थन गर्न वैध तर्क होइन। विशेष गरी जब यसको  विकल्प उपलब्ध हुन्छ, जस्तै शाकाहारी खाना।
  • जनावरहरुको दयालु वा नैतिक वैध, तर्क जनुसुकै होस्, यसले तथ्यलाई असर गर्दैन, तर महत्वपूर्ण कुरा जनावरहरु मारिन्छन्। उनीहरुलाई सामान्य जीवन जिउने मौका दिनुपर्छ।
  • जब मानव जातिले धर्म अनुसार आचरण गर्दछ, तब शान्ति र समृद्धि सुनिश्चित हुन्छ।
  • नियमित साधना गर्नाले हाम्रो मन र बुद्धि आध्यात्मिक रूपमा शुद्ध हुन्छ, जसले गर्दा हामीले आफ्नो र समाजको कल्याणको लागि राम्रो निर्णय लिन सक्छौं। हाम्रो दैनिक जीवनमा बोटबिरुवा र सूक्ष्म जीवहरूलाई मारेर प्राप्त पापहरूबाट मुक्ति प्राप्त गर्ने सबैभन्दा सजिलो उपाय ईश्वरको नाम जप हो। ६० प्रतिशत वा सोभन्दा माथिको आध्यात्मिक स्तरमा, व्यक्तिको ईश्वरसँग अधिक आन्तरिक सान्निध्य हुन्छ। यस आध्यात्मिक स्तर पछि, अवचेतन मनमा दिनभर नामजप (अ-मौखिक) जारी रहन्छ। यस उन्नत स्तरमा नामजप गर्नाले हामीले दिनभरमा विविध सजीव जस्तै बिरुवा तथा कीराहरूलाई मार्ने कारण अर्जित पापको क्षालन गर्दछौं।