युनिभर्सल औरा स्क्यानर (UAS) मा जानकारी

युनिभर्सल औरा स्क्यानर (UAS) मा जानकारी

कृपया ध्यान दिनुहोस् : युनिभर्सल औरा स्क्यानर (UAS) लाई युनिभर्सल थर्मो स्क्यानर (UTS) भनिन्थ्यो । यसको नाम निर्माता द्वारा अद्यावधिक गरिएको छ, त्यसैले यसलाई हाल UAS भनिन्छ ।

. युनिभर्सल औरा स्क्यानरको परिचय

आधुनिक विज्ञान जीवित वस्तु वा वस्तुहरूको स्थूल वा भौतिक गुणहरूसँग परिचित छ । तर, अध्यात्म विज्ञानका अनुसार हरेक जीवित वस्तु वा वस्तुसँग सम्बन्धित सूक्ष्म स्पन्दनहरू हुन्छन् जसलाई छैठौं इन्द्रिय द्वारा बुझ्न सकिन्छ । हालको समय सम्म, यी सूक्ष्म स्पन्दनहरू अवलोकन गर्न कुनै अन्य तरिका थिएन । यद्यपि, प्रविधिमा भर्खरको प्रगतिसँगै, आभा र सूक्ष्म ऊर्जा स्क्यानरहरू विकसित भएका छन् जसले आध्यात्मिक स्पन्दनहरूलाई परिमाणात्मक रूपमा मापन गर्न सक्षम छ ।

युनिभर्सल औरा स्क्यानर वा UAS एक यस्तो यन्त्र हो जुन पूर्व आणविक वैज्ञानिक डा. मन्नेम मूर्ति द्वारा विकसित गरिएको हो । यससँग पेटेन्ट गरिएको टेक्नोलोजी छ जसले तल वर्णन गरिएका निश्चित मापदण्डहरू अनुसार सूक्ष्म ऊर्जा मापन गर्दछ । ६ वर्षको अवधिमा (२०१४ – २०१९), महर्षि अध्यात्म विश्वविद्यालय (MAV) र SSRF मा अनुसन्धान टोलीहरूले यस उपकरण प्रयोग गरेर १०,००० भन्दा बढी तथ्याङ्कहरू सञ्चालन गरेका छन् । यो यन्त्र कुनै पनि वस्तुको आभा र सूक्ष्म उर्जा पढ्नको लागि यसको सटीकता धेरै विश्वसनीय भएको पाईएको छ ।

. UAS ले कसरी काम गर्छ भन्ने अंतर्निहित सिद्धान्तहरु

आध्यात्मिक स्तरमा, प्रत्येक वस्तुले सूक्ष्म स्पन्दनहरू उत्सर्जन गर्दछ । वस्तुको वरिपरि सूक्ष्म स्पन्दनहरूमा सत्व, रज र तम तीन मूल घटकहरू हुन्छन् । सत्व भनेको आध्यात्मिक शुद्धता हो भने तम भनेको आध्यात्मिक अशुद्धता हो । रजले सत्व वा तम तत्वहरूलाई गति प्रदान गर्दछ । UAS इलेक्ट्रोम्यागनेटिक स्पेक्ट्रममा सूक्ष्म मूलभूत घटकहरूसँग सम्बन्धित स्पन्दनहरू ग्रहन गर्न सक्षम छ ।

कुनै पनि वस्तुको लागि UAS ले ४ प्रकारका रिडिङ्हरु लिन्छ :

  1. नकारात्मक IR (इन्फ्रारेड)
  2. नकारात्मक UV (अल्ट्राभाइलेट)
  3. सकारात्मक आभा
  4. नापिएको आभा

‘नकारात्मक IR र UV रिडिंग’ आध्यात्मिक नकारात्मकतासँग मेल खान्छ, जबकि सकारात्मक आभा रिडिंग’ आध्यात्मिक सकारात्मकतासँग मेल खान्छ । UV रिडिंग IR रिडिंग भन्दा नकारात्मकताको अधिक तीव्र रूपलाई संकेत गर्दछ ।

IR र UV को आध्यात्मिक रूपमा नकारात्मक रिडिंग सन्दर्भमा – यो उपकरणले इन्फ्रारेड (IR) र अल्ट्राभायोलेट (UV) प्रकाशसँग सम्बन्धित विद्युत चुम्बकीय स्पेक्ट्रममा यी सूक्ष्म कष्टप्रद स्पन्दनहरू ग्रहण गर्न सक्षम छ । यस उपकरणमा पेटेन्ट प्रविधि छ जसले IR र UV स्पेक्ट्रामा कष्टप्रद स्पन्दनहरू लिन सक्षम छ, जसलाई आविष्कारकले ‘नेगेटिभ आईआर’ र ‘नेगेटिभ यूभी’ को रूपमा लेबल गरेका छन् । नमूनाहरू जुन UAS मा हाल्छन् र जसले नकारात्मक र सकारात्मक स्पन्दनहरू पत्ता लगाउन सक्षम हुन्छ, जेनेरिक नमूनाहरू हुन् र निर्माताद्वारा प्रदान गरिन्छ । यूएएस स्क्यानरको हातहरूमा जडान गरिएका इलेक्ट्रोनिक सेन्सरहरू (एन्टेना) सहित यी नमूनाहरूले सूक्ष्म स्पन्दनहरू पत्ता लगाउन मद्दत गर्छन् ।

सरल शब्दमा आभा कुनै वस्तुको ऊर्जा क्षेत्र हो । यस ऊर्जा क्षेत्रको शक्ति UAS द्वारा उठाइन्छ र त्यो विशिष्ट वस्तुको ‘मापन आभा‘ को रूपमा लेबल गरिन्छ । मापन गरिएको आभा रिडिंगले विषयको प्रमुख स्पन्दनहरूको आधारमा सकारात्मकता वा नकारात्मकतालाई संकेत गर्न सक्छ । उदाहरणका लागि, यदि विषयमा मुख्यतया सकारात्मक स्पन्दनहरू छन् भने, मापन गरिएको आभा रिडिङ्ले सकारात्मकतालाई संकेत गर्दछ, जबकि यदि विषयमा मुख्य रूपमा नकारात्मक स्पन्दनहरू उत्सर्जन गर्दछ भने, मापन गरिएको आभा रिडिंग नकारात्मकताको सूचक हुनेछ ।

ध्यान दिनुहोस् : UAS को प्रयोग गरेर कुनै पनि वस्तु मापन गर्दा, सबै कुरामा मापन गरिएको आभा हुन्छ, तर सबै कुरामा IR, UV वा सकारात्मक आभा रिडिंग हुँदैन ।

मापन गरिएको आभा रिडिंग अवस्थामा, एउटा नमूना (विषयको लागि अद्वितीय) प्रयोग गरिन्छ र रिडिंग लिनको लागि UAS मा हालिन्छ । यदि विषय एक व्यक्ति हो भने, नमूना लार वा कपालको नमूना हुन सक्छ; यदि यो बिरुवा हो भने, यो त्यसको पातहरू हुन सक्छ, वा कुनै वस्तुको मामलामा, त्यो वस्तुको भाग वा वस्तुको सतहमा रगडिएको स्वाब हुन सक्छ ।

. UAS रिडिंग लिने र त्यसको व्याख्या गर्ने

UAS को दुईवटा हातहरू हुन्छन् जुन रिडिंग लिँदा खुल्छ । तिनीहरू अधिकतम १८०° मा खोल्न सक्छन् । रिडिंग लिँदा, UAS को अपरेटर (सञ्चालक) ले विषयको अगाडि UAS समात्नेछ । यदि हतहरू पूर्ण १८०° मा खुल्छन् भने, आभाको लम्बाइ मापन गर्न सम्भव छ, र त्यसो गर्न अपरेटरले बिस्तारै पछाडि पाइला चाल्नेछ । जुन दूरीमा हातहरु बन्द हुन लाग्दछ त्यो त्यस विषयको लागि प्रभामण्डलको लम्बाई संकेत गर्दछ (तल हेर्नुहोस्) । उदाहरणका लागि, यदि कुनै व्यक्तिले विषयको IR रिडिंग लिइरहेको छ भने, हातहरू 180° मा खुल्छन्, र त्यसपछि व्यक्तिले विषयबाट १.२४ मिटर टाढा पुगेपछि तिनीहरू बन्द हुन थाल्छन् भने, IR रिडिंग १.२४ मिटर हुनेछ ।

यदि हातहरू पूर्ण १८०° मा खुल्दैनन्, तर तिनीहरू केही मात्रामा खुल्छन् भने यसले केही मात्रामा स्पन्दनहरूको उपस्थितिलाई संकेत गर्न सक्छ, तर आभाको सीमा नाप्न सकिँदैन । IR रिडिङ्को उदाहरण लिँदै, यदि हातहरू ४५° मा खुल्यो भने, यसले केही स्तरको नकारात्मकतालाई संकेत गर्न सक्छ, तर IR आभाको हद मापन गर्न सकिँदैन । IR, UV र सकारात्मक उर्जा रिडिंगको मामलामा UAS का हातहरू पूर्ण १८०° मा खुल्न सक्दैनन् । यद्यपि, प्रत्येक विषयको मापन गरिएको आभा भएकोले, यो रिडिंग लिँदा UAS को हातहरू सधैं १८०° मा खुल्छन् ।

. UAS रिडिंगको विश्लेषण

प्रत्येक चार UAS रिडिंगबाट प्राप्त परिणामहरू तलको जस्तै तालिकामा राखिएको छ :

सामान्यतया, MAV र SSRF ले UAS रिडिंगहरूलाई विभिन्न उत्तेजनाहरूको प्रभाव अध्ययन गर्न धेरै प्रयोगहरूको एक भागको रूपमा लिएका छन्, जहाँ विषयको रिडिंगहरू उत्तेजना वा कुनै हस्तक्षेपको सम्पर्कमा आउनु अघि र पछि लिइन्छ । माथिको तालिकामा, विषय एक व्यक्ति थियो र उत्तेजना नुन पानी उपचार थियो । यस अवस्थामा, विषयको IR आभाको उन्मूलन र नुनको पानीको उपचार गरेपछि विषयको मापन गरिएको आभामा वृद्धिले नुन पानीको उपचारले विषयमा सकारात्मक प्रभाव पारेको निष्कर्षलाई समर्थन गर्दछ ।

. UAS रिडिंग असर गर्न सक्ने कारकहरु

केही फरक कारकहरु छन् जसले UAS रिडिंगहरुलाई असर गर्न सक्छ । ती मध्ये केही छन् :

मापन गरिरहेको वस्तु :

  • विषयबाट उत्सर्जित भ्रामक (मायावी) स्पन्दनहरुको परिणामस्वरुप रिडिंग जुन हुनु पर्ने त्यसको विपरीत परिणाम दिन सक्छ ।

UAS को अपरेटर (सञ्चालक) :

  • सञ्चालक पूर्ण सेतो हुनु आवश्यक छ ।
  • सञ्चालकको आध्यात्मिक अवस्थ, चाहे सकारात्मक वा नकारात्मक, रिडिंगलाई असर गर्न सक्छ । उदाहरणको लागि यदि सञ्चालक आध्यात्मिक कष्ट सामना गरिरहेको छ भने, यसले रिडिंगलाई नकारात्मक असर पार्न सक्छ ।
  • सञ्चालकको मानसिक अवस्थाले रिडिंगलाई असर गर्न सक्छ, र यदि सञ्चालक शान्त छ भने रिडिंगहरू अझ सही हुन्छन् ।
  • सञ्चालकको आध्यात्मिक स्तर ले पनि रिडिंगलाई प्रभाव पार्छ । यदि सञ्चालक कम आध्यात्मिक स्तरको छ भने, यसले लिइएको रिडिंगलाई नकारात्मक असर पार्न सक्छ, र यदि अपरेटरको आध्यात्मिक स्तर धेरै उच्च छ भने, यसले रिडिंगलाई थप सकारात्मक बनाउँछ । तसर्थ, सञ्चालकको आध्यात्मिक स्तर न त धेरै उच्च छ न धेरै कम छ भएको राम्रो हुन्छ । उदाहरण को लागी, ५०% र ६०% को बीचमा आध्यात्मिक स्तर भएको उपयुक्त हुनेछ ।
  • आदर्श रूपमा, UAS को सञ्चालकले नियमित आध्यात्मिक अभ्यास गरिरहेको हुनुपर्छ, आध्यात्मिक कष्टबाट मुक्त हुनुपर्दछ र UAS रिडिंगहरूको शुद्धता बढाउनको लागि राम्रो मानसिक स्थितिमा हुनुपर्दछ ।

वातावरण र समय अनुसार :

  • वातावरणमा भएको आध्यात्मिक कष्टले रिडिंगलाई बाधा पुर्याउन सक्छ ।
  • वातावरणमा आध्यात्मिक नकारात्मकता सामान्यतया पूर्णिमा, नयाँ चन्द्रमा र ग्रहणहरूमा उच्च हुन्छ, त्यसैले यी अवधिहरूमा UAS रिडिंग प्रभावित हुन सक्छ । यदि सम्भव छ भने, पूर्णिमा, नयाँ चन्द्रमा, ग्रहणको समयमा, आदि जस्ता अधिक आध्यात्मिक नकारात्मकता हुने अवधिहरूमा UAS रिडिंगहरू लिनबाट बच्नु राम्रो हुन्छ ।
  • वर्षको निश्चित अवधिहरूमा जस्तै दिवंगत पैतृक आत्माहरूको लागि पन्ध्र दिन, आध्यात्मिक कष्ट सामान्यतया बढ्छ र यसले UAS रिडिंगहरूलाई असर गर्न सक्छ । यस्तो अवधिमा व्यक्तिको सकारात्मकतालाई दबाउन सकिन्छ भने नकारात्मकता बढेको देखिन्छ ।

. निष्कर्ष

UTS को प्रयोग गरेर लिएका मापनहरूले आधुनिक विज्ञान मार्फत आध्यात्मिक आयाम अध्ययन गर्ने अवसर प्रदान गर्दछ । उल्लेखनीय रूपमा, MAV र SSRF ले UTS रिडिंगहरू मार्फत प्राप्त गरेका नतिजाहरू उन्नत छैठौं इन्द्रिय मार्फत प्राप्त गरिएका रिडिंगहरूसँग सहमत छन् । यसले आधुनिक विज्ञान र अध्यात्मबीचको खाडललाई कम गर्ने राम्रो अवसर ल्याएको छ ।

हालको अनुसन्धान अध्ययनहरूले सामान्यतया आध्यात्मिक आयाम र हाम्रो जीवनका विभिन्न पक्षहरूमा यसको प्रभावको बारेमा डेटाको सङ्कलन समावेश गर्दैन । SSRF र MAV वेबसाइटहरूमा प्रस्तुत गरिएका अध्ययनहरू अद्वितीय छन् किनभने तिनीहरू प्रकृतिमा समग्र छन् (जसको अर्थ तिनीहरूले शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक आयामहरूलाई ध्यानमा राख्छन्) । नतिजाको रूपमा, विभिन्न विषयहरूमा परम्परागत अनुसन्धानकर्ताहरूले आफ्नो छनौटको विषयलाई हेर्ने पूर्ण रूपमा नयाँ तरिका पाउन सक्छन् । हामी शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई विभिन्न घटनाहरू पछाडिका कारणहरूलाई अझ पूर्ण रूपमा बुझ्न हामीसँग सामेल हुन प्रोत्साहन गर्छौं ।

त्यस्ता अध्ययनहरूले हाम्रा केही पाठकहरूलाई हाम्रो वरपरको संसार र जीवनको गहिरो आध्यात्मिक समझ प्राप्त गर्नको लागि आध्यात्मिक विकास गर्नको लागि प्रोत्साहित गर्न सक्छ । यी पाठकहरूका लागि, हामी तपाईलाई हाम्रो ५-दिने आध्यात्मिक कार्यशालाहरूमा भाग लिनको लागि तपाईलाई छिटो आध्यात्मिक विकासको लागि स्पष्ट दिशा प्रदान गर्न स्वागत गर्दछौं ।