गहनाले कसरी तपाईको आभालाई प्रभावित गर्न सक्छ – गहनाको आध्यात्मिक प्रभाव बारे हाम्रो श्रृंखलाको भाग ३

यो लेख स्पिरिच्युअल साइन्स रिसर्च फाउंडेशनद्वारा प्रकाशित गरीएको हो जुन गोवा, भारतमा आयोजित महर्षि आध्यात्म विश्व विद्यालयको (जसलाई महर्षि आध्यात्मिक विश्वविद्यालय भनेर पनि चिनिन्छ) अनुसन्धानमा आधारित छ ।

१. परिचय

गहनाले तपाईको आभा कम गर्दछ भनेर थाहा पाउँदा पनि तपाई त्यो गहना किन्नु हुन्छ या लगाउनु हुन्छ?

सम्भावनाहरु छन् कि तपाईको जवाफ जोरदार ‘लगाउदिन/किन्दिन’ हुनेछ । यस्तो मामलामा कसैले जानेर त्यस्तो वस्तु लगाउन चाहँदैनन् जसले उनीहरुको सकारात्मक आभालाई घटाएर त्यसलाई एउटा नकारात्मक आभामा बदलि दिन्छ ।

तैपनि कसैले गहना लगाउदा विचार गर्दैनन् कि यसले मेरो आभालाई कसरी प्रभाव गर्दछ । एक स्त्रीलाई सामान्यतया यस्तो विचारहरु आउन सक्छ,

  • के म राम्रो देखिरहेको छु ?
  • यो हार म मा धेरै राम्रो देखिएको छ ।
  • मानिसहरुले मलाई देखे पछि ‘वाह’ भन्नेछन् ।
  • मलाई आशा छ कि उनीहरुले मप्रति ध्यान दिनेछन् कि यो वास्तविक हीरा हो ।
  • के अन्य स्त्रीहरुले मैले लगाएको गहना देखेर प्रशंसा गर्नेछन् ?
  • मेरो श्रीमान धेरै खुसी हुनुहुने छ कि मैले हाम्रो वार्षिक उत्सबको लागी उहाँले दिनु भएको गहना लगाएकि छु ।

तर के स्त्रीहरुको मनमा यस्ता प्रश्नहरु आउँछन् जस्तै “के यो गहनाले आध्यात्मिक शुद्ध स्पन्दनहरु उत्सर्जन गर्दछ?” या “मेरो हारले मेरो आभा माथि कस्तो असर गर्दछ?” यस्तो विचारहरु स्त्रीको मनमा गहना किन्दा, लगाउदा अथवा गहना निकाल्दा आउदैन । तथ्य यो छ कि यदि आभा माथि नराम्रो असर पर्यो भने, यसले आध्यात्मिक, मानसिक र शारीरिक स्तरमा नकारात्मक प्रभाव पर्दछ । यी नकारात्मक प्रभावहरु भएमा धेरै समस्याहरु हुन सक्छन् जस्तै नकारात्मक विचार, मान्सिक चिन्ता, अत्यधिक यौन विचार, प्राण शक्तिमा कमी, नकारात्मक उर्जाद्वारा आक्रमण, आदि ।

हाम्रो अनुसन्धानले यो देखाउँछ कि प्रत्येक गहनाको आफ्नै एउटा सूक्ष्म ऊर्जा हुन्छ । प्रत्येक गहनाले केही हदसम्म सकारात्मक अथवा नकारात्मक सूक्ष्म स्पन्दन उत्सर्जन गर्दछ । हामीले हाम्रो लेखमा यो कुराको प्रदर्शन गरेका छौं- गहनाको कलाकृति भाग १ : गहनासँग सम्बन्धित सूक्ष्म स्पन्दनहरु देखाउन तल देखाइएको तीन हारहरु उपयोग गरिएको छ

यो दर्शाउनको लागि प्रयोग गरेको हारहरु जसले कलाकृति अनुसार विभिन्न सूक्ष्म स्पन्दनलाई उत्सर्जन गर्दछ

यसको कारण हो गहना व्यक्तिको छालासँग सीधा सम्पर्कमा हुन्छ, यी सूक्ष्म स्पन्दनहरुले गहना लगाउने व्यक्तिलाई प्रभावित गर्दछ । यस लेखमा हामी प्रदर्शन गर्नेछौं कि यस्तो कसरी हुन्छ ।

२. गहना लगाउने व्यक्तिमा गहनाबाट प्रक्षेपित सूक्ष्म स्पन्दहरुको प्रभाव प्रदर्शित गर्नको लागि प्रयोग

पृष्ठभूमि र प्रयोगको स्थापना

माथि देखाइएको तीन हारलाई उपयोग गरेर, हामीले दुई स्त्रीहरु (विषयहरु) लाई एक पटकमा एउटा हार लगाउन आग्रह गर्यौं । विषयहरु मध्ये एक जाना आध्यात्मिक कष्टबाट पीडित थिए, जबकि अर्को विषयलाई कुनै आध्यात्मिक कष्ट थिएन । हामीले आध्यात्मिक कष्टले पीडित एउटा विषय रोज्नुको कारण यो थियो कि समाजको ठूलो हिस्सा आध्यात्मिक कष्टबाट ग्रस्त छ । यसैले, आध्यात्मिक कष्टबाट पीडित मानिसहरुमा गहनाको प्रभाव बुझ्न महत्त्वपूर्ण हुन्छ र यसको व्यावहारिक सान्दर्भिकता पनि छ ।

हारद्वारा विषयहरुको आभामा प्रभाव मापन गर्न, हामीले एउटा आभा र सूक्ष्म ऊर्जा स्क्यानर प्रयोग गर्यैं जसलाई युनिभर्सल आभा स्क्यानर भनिन्छ । यो एउटा उपकरण हो जुन भारतमा डा. मानेम मूर्तिद्वारा (एक पूर्व परमाणु वैज्ञानिक) विकसित गरीएको हो । यसले सूक्ष्म ऊर्जाको प्रकार (सकारात्मक होस् या नकारात्मक) र कुनै पनि वस्तु वरपरको आभाको दूरी (जीवित या निर्जीव) मापन गर्ने क्षमता राखदछ । यदि तपाई UAS को बारेमा धेरै जान्न र यसको तथ्याङ्कहरुको व्याख्या कसरी गर्ने भनेर जान्न चाहानु हुन्छ भने , कृपया हाम्रो लेख पढ्नुहोस् – युनिभर्सल आभा स्क्यानर (UAS) बारे जानकारी

विभिन्न हार लगाउदा हुने सूक्ष्म प्रभाव अध्ययन गर्नको लागि प्रयोग

विषय जो आध्यात्मिक कष्टबाट प्रभावित छैन उनीले माथि सबै तीन हारहरु लगाएको देखाएको छ । दुबै विषयहरुलाई तीन हारहरु प्रत्येक हार (एक एक गरेर) ३० मिनेटको लागी लगाइ राख्न भनियो । उनीहरूको आभा हार लगाउनु भन्दा पहिला र ३० मिनेट अवधिसम्मक हार लगाएपछि मापन गरीएको थियो ।

प्रमुख अवलोकन

निम्न तालिकाले एउटा छोटो सारांश प्रदान गर्दछ जहा प्रत्येक हार केवल ३० मिनेटको लागी लगाए पछि दुई विषयमा भएको प्रभाव देखिन्छ ।

कसरी हारले हार लगाउने स्त्रीको आभालाई प्रभावित गर्दछ

  • २२ क्यारेट सुनबाट बनेको हार इ ले दुबै व्यक्तिहरु (विषयहरु) मा सकारात्मक प्रभाव पारेको छ किनभने यो सुनबाट बनेको छ (जुन एउटा आध्यात्मिक शुद्ध धातु हो) र सकारात्मक आध्यात्मिक कलाकृतिद्वारा यसले आध्यात्मिक कष्टबाट पीडित व्यक्ति (विषय) को नकारात्मक आभा कम गर्नमा सहयोग गर्दछ । प्रयोग गर्नु भन्दा पहिले, आध्यात्मिक कष्टबाट पीडित विषयको नकारात्मक आभा १.५० मीटर थियो । हार इ लगाए पछि, UAS ले कुनै पनि नकारात्मक आभा पत्ता लगाउन सक्षम भएन । हार इ लगाए पछि कष्ट नभएको विषयको सकारात्मक आभा ० मीटर बाट १.१० मीटर सम्म बढ्यो ।
  • हार इ को विपरीत, हार आ ले (जुन २२ क्यारेटको सुनबाट बनेको छ) दुई विषयहरुमा नकारात्मक असर पारेको थियो । आध्यात्मिक कष्ट भएको विषयको नकारात्मक आभा २१% ले बढेर १.३२ बाट १.६० मीटर पुग्यो । विषय जो आध्यात्मिक कष्टबाट ग्रस्त छैन, उनको कुल मापन आभा २५% सम्म कम भएर २.६५ मीटर बाट २.०० मिटर सम्म पुग्यो ।
  • हार अ, जुन कस्ट्यूम गहना थियो, त्यसले सबै भन्दा नकारात्मक असर पारेको थियो । यसले आध्यात्मिक कष्ट भएका विषयको नकारात्मक आभालाई ४५% सम्म बढाएर १.५० मिटर बाट २.२० मिटर पुर्यायो । विषय जसलाई नकारात्मक ऊर्जाको कष्ट थिएन उनीले यो हार लगाएको ३० मिनेट भित्रै १.०० मिटर को सकारात्मक आभा पर्णत: हरायो ।

प्रमुख निष्कर्षहरु

  • यो तथ्याङ्कले हामीलाई देखाउँछ कि छोटो अवधिको लागि गहनाहरु लगाए पनि यसले व्यक्तिमा धेरै प्रभाव पार्दछ । यदि गहनाले नकारात्मक स्पन्दन उत्सर्जन गर्दछ भने, यसले लगाउने व्यक्तिमा प्रतिकूल असर पार्दछ । यसको विपरीत, यसले यदि सकारात्मक स्पन्दन उत्सर्जन गर्छ भने, यसले लगाउने व्यक्तिमा सकारात्मकता बृद्धि गर्दछ र वास्तवमा यसले आध्यात्मिक उपचारको प्रभाव पनि देखाउदछ । यस प्रकार, गहनाले लगाउने स्त्री माथि आध्यात्मिक सुरक्षा प्रदान गर्ने क्षमता राख्दछ ।
  • हार आ र हार इ दुबै २२ क्यारेट सुनबाट बनेको भएता पनि, हामीले दुई हारहरुको तथ्याङ्क बिच महत्वपूर्ण फरक देख्यौं । यस्तो किनभने हार इ को कलाकृति आध्यात्मिक रुपमा अधिक शुद्ध छ । तपाई देख्न सक्नु हुन्छ हार इ को आधारभूत कलाकृति गोल र कुनै दांतेदार किनारहरु छैन । हार इ मो कलाकृतिमा समरूपता र एकरूपता छ, जुन हार आ को दांतेदार र तेज किनारहरु भन्दा विपरीत छ । जबकि सुन एउटा आध्यात्मिक शुद्ध धातु हो, हार आ को आध्यात्मिक नकारात्मक कलाकृतिले दुबै विषयहरुमा समग्रमा नकारात्मक प्रभाव पारेको छ । यो यस तथ्य बावजुद हो कि यो २२ क्यारेट सुन बाट बनेको छ । यसले देखाउँछ की कसरी एउटा हारको कलाकृति सूक्ष्म स्पन्दन निर्धारण गर्नमा महत्वपूर्ण हुन्छ र प्रभावित गर्दछ कि त्यसबाट सकारात्मक या नकारात्मक स्पन्दनहरु उत्सर्जन हुनेछ ।
  • हार अ ले नकारात्मक स्पन्दन उत्सर्जित गर्दछ र दुबै बिषयहरुमा नकारात्मक असर पार्दछ । यसको कारण हो यो कुन सामग्रीले बनेको छ, रंग (कालो रंगले आध्यात्मिक नकारात्मक स्पन्दन उत्सर्जन गर्दछ), आकार, आदि मा निर्भर गर्दछ । हार अ को यी सबै पक्षहरुले गर्दा त्यसबाट आध्यात्मिक अशुद्ध स्पन्दनहरु प्रक्षेपित हुन्छ ।

३. आध्यात्मिक शुद्ध गहनाको सूक्ष्म प्रभाव

यदि गहना सात्त्विक छैन या आध्यात्मिक रूपमा अशुद्ध छ भने, यसले नकारात्मक स्पन्दन उत्सर्जन गर्दछ । यसले सम्बन्धित चक्र  (कुण्डलिनी प्रणालीको एउटा सूक्ष्म ऊर्जा केन्द्र) जहाँ लगाईन्छ त्यहाँ नकारात्मक प्रभाव पार्दछ । यसले अंगहरुमा पनि नकारात्मक असर पार्दछ, जुन चक्रबाट यसले महत्वपूर्ण ऊर्जा प्राप्त गर्दछ र जसबाट विभिन्न रोगहरु पनि यसले ल्याउन सक्छ । उदाहरणको लागी, जब हामी आध्यात्मिक रूपमा अशुद्ध गहना छातीको क्षेत्र स्पर्श गरेर लगाउछौं यसले हाम्रो हृदय चक्र या अनाहत-चक्रलाई प्रभावित गर्दछ । यसले मनलाई असर गरेर अस्थिर र कमजोर बनाउँदछ । यसले नकारात्मक विचार र अवसादको भावनाहरु पनि उत्पन्न गर्न सक्छ ।

जब गहना सात्त्विक या आध्यात्मिक रूपमा शुद्ध हुन्छ, यसले सकारात्मक उर्जा प्रक्षेपित गर्दछ, परिणामस्वरुप लगाउने व्यक्तिलाई सकारात्मक प्रभाव पर्दछ । गहनाको माध्यमबाट, गहना लगाउने व्यक्तिले तबसम्म सकारात्मक उर्जाको ग्रहण गर्दछ जबसम्म गहना लगाउदछ । व्यक्ति आध्यात्मिक रुपमा अन्तर्मुख हुन्छ (आध्यात्मिक दृष्टिले आफैलाई सुधार गर्नमा आफ्नो ध्यान केन्द्रितगर्ने) र आफ्नो बिचार अनि कार्यले अरुलाई कसरी प्रभावित गर्दछ भन्ने प्रति अधिक सजक रहन्छ । जब हामी आध्यात्मिक रूपमा शुद्ध गहना लगाउँछौं, यसले सूक्ष्म स्तरमा सकारात्मक प्रभाव गर्दछ ।

हाम्रो आध्यात्मिक अनुसन्धान टोलीमा साधकहरु छन् जसले आफ्नो उन्नत छैठौं इन्द्रियको माध्यमबाट सूक्ष्म आयाम बुझ्न सक्छन् । छैठौं इन्द्रियको माध्यमबाट उनीहरु आध्यात्मिक रूपमा शुद्ध गहना लगाउदा सूक्ष्म प्रभाव बुझ्न सक्षम हुन्छन् । सूक्ष्ममा उनीहरुले जे देख्छन् त्यसलाई चित्रित गरेर यो चित्र आध्यात्मिक एक्सरेको रूपमा कार्य गर्दछ र गहनाको वास्तविक प्रकृति र लगाउने व्यक्तिमा यसको प्रभाव बारे स्पष्टता प्रदान गर्दछ । सूक्ष्म ज्ञानमा आधारित हामी तपाईसँग केहि चित्रहरु साझा गर्न चाहन्छौं जसले धारण गर्ने व्यक्तिमा सात्तिवक या आध्यात्मिक रूपमा शुद्ध गहनाको वास्तविक प्रभाव देखाउँछ ।

३.१ आध्यात्मिक रुपमा शुद्ध हारको कलाकृति

यो एउटा सात्विक हारबाट हुने प्रभावको सूक्ष्म चित्र हो । तपाई देख्न सक्नु हुन्छ कि यसले कसरी सकारात्मक ऊर्जालाई आकर्षित गर्दछ र यसले लगाउने व्यक्तिको वरिपरि सकारात्मक उर्जा उत्सर्जन गर्दछ । लगाउने व्यक्तिको वरिपरि सुरक्षात्मक कवच निर्माण हुन्छ जसले वातावरको नकारात्मकताबाट बचाउँ गर्दछ । गहनाको प्रत्येक तत्वले सूक्ष्म सकारात्मक ऊर्जा निर्माण र सक्रिय गर्न मद्दत गर्दछ ।

३.२ आध्यात्मिक शुद्ध झुन्डिने झुम्का

यहाँ सात्त्विक झुन्डिने झुम्काको प्रभावबारे एउटा उदाहरण दिईएको छ । यो कलाकृतिको बारेमा रोचक कुरा यो हो कि यसले सकारात्मक ऊर्जा आकर्षित गरेर आनन्दको स्पन्दन निर्माण गर्दछ, जुन खुशीको एउटा अति उत्तम रूप हो । झुन्डिएको भागको हलचले सकारात्मक ऊर्जा प्रसार गर्नमा मद्दत गर्दछ ।

३.३ आध्यात्मिक रुपमा शुद्ध औंठी

यो एउटा सात्विक औंठीको प्रभावको उदाहरण हो र यसमा सकारात्मक ऊर्जा आकर्षित र उत्सर्जन गर्ने क्षमता हुन्छ जसले गर्दा लगाउने व्यक्तिमाथि र वातावरणमा पनि यसको लाभ हुन्छ ।

४. निष्कर्ष

महर्षि आध्यात्मिक विश्वविद्यालयको टोलीलाई आध्यात्मिक अनुसन्धानको ४० बर्षको अनुभव छ । विश्वको लागी सबैभन्दा महत्त्वपूर्ण सन्देशहरु मध्ये एक यो हो कि दैनिक जीवनमा हामीले कस्तो आध्यात्मिक स्पन्दनहरु उत्पन्न  गरिरहेका छौं या स्वयंलाई काहाँ उजागर गरिरहेका छौं यसलाई ध्यान दिन आवश्यक छ । यस्तो किनभने आध्यात्मिक स्पन्दनहरुले हाम्रो जीवन र अरुको जीवनमा प्रभाव पार्दछ । हामी जुन गहना किन्छौं र लगाउँछौं यसको पनि कुनै अपवाद छैन । हाम्रो निष्कर्षको आधारमा, ध्यानमा राख्न योग्य केही विचारहरु निम्नलिखित छन् ।

  • गहनाको सही उद्देश्य आध्यात्मिक सुरक्षा र आध्यात्मिक उत्थान हो । यही यसको वास्तविक सम्भावना र क्षमता हो ।
  • आध्यात्मिक रूपमा शुद्ध नभएको गहनाको कलाकृतिमा लगानी गर्दा तपाईको लागि र तपाईको आभालाई यसले कम गर्न सक्दछ ।
  • आध्यात्मिक रूपमा अशुद्ध गहना अत्यधिक प्रचलनमा भएपनि किन्नको लागि लायक हुँदैन । यसले छोटो समयमा नै तपाईको आभामा क्षति पुर्याउँछ ।
  • त्यसैले, सर्वप्रथम स्त्रीहरुले गहना किन्नु भन्दा अगाडी विचार गर्नुपर्छ कि गहनाको कलाकृति आध्यात्मिक रुपमा शुद्ध (सात्विक) छ की छैन त्यो कुरा बुझ्न जरुरी हुन्छ । जसले सुनको गहना किन्न खोज्दै हुनुहुन्छ, न केवल तपाईले सबैभन्दा सात्विक धातुमा लगानी गर्दै हुनु हुन्छ यदि गहनाको कलाकृति सात्विक छ भने त्यसले आध्यात्मिक सुरक्षा प्रदान गर्दछ जुन कलियुग (वर्तमान) युगको लागि आवश्यक छ ।
  • यदि तपाईसँग पुरानो गहना छ जुन आध्यात्मिक रुपा शुद्ध छैन (सात्विक) भने, त्यो धातुलाई पगालेर अधिक सात्त्विक कलाकृति भएको गहना बनाउन सक्नु हुन्छ ।
  • यो उद्योग सात्विक बनाउन दुबै गहना निर्माता र कलाकारिता साथै ग्राहकहरुले मागमा भर पर्दछ । सत्विक भएमा यसले समाजलाई धेरै लाभ हुन्छ ।

सम्पादकद्वारा टिप्पणी: हामी गहना निर्माताहरु र गहनाका ब्रान्डहरुलाई हामीसँग मिलेर यस उद्योगलाई अझै सात्विक बनाउनको लागि आमन्त्रित गर्दछौं ।