के अग्निहोत्रले आणविक विकिरणको प्रभावलाई रोक्न सक्छ ?

के अग्निहोत्रले आणविक विकिरणको प्रभावलाई रोक्न सक्छ ?

‘वर्ष २०१९-२०२३ बीच, तृतीय विश्व युद्ध हुन्छ, जसमा संसारको लगभग आधा जनसंख्या (अर्थात ३५० करोड़ मानिसहरु) नष्ट हुन्छन् ।’

– परात्पर गुरु डॉ. आठवले (३० सेप्टेम्बर २००७)

कल्पना गर्नुहोस् – हजुरको शहरमा एउटा आणविक बम विस्फोट भयो । हामी मध्धे जो विस्फोट क्षेत्रको आरम्भिक घेरामा हुन्छौं उनीहरुलाई त थाहा पनि हुँदैन कि आणविक बमको विस्फोट भयो किन भने यो भन्दा पूर्व नै उनीहरु नष्ट भैसकेका हुन्छन् । वैज्ञानिकहरुको मत छ की उनीहरु वास्तवमा भाग्यशाली हुन्, किनभने जो मानिसहरु विस्फोट क्षेत्रभन्दा केहि किलोमीटर टाडा हुन्छन् उनीहरु भीषण रूपले जलछन् अथवा रेडियोधर्मी पदार्थको सम्पर्कमा आउनाले उनीहरु माथि एवं उनको परिवार माथि तात्कालिक तथा चिरकालिक विनाशकारी प्रभाव पर्दछ । त्यो समयमा उनको समक्ष सम्भवत: निम्नलिखित प्रश्नहरु उठ्दछ :

  • मैले अहिले आम विनाश हुने विस्फोट देखे, यस्तो परिस्थितिमा म काहाँ आश्रय लिन सकछु ?
  • के यस्तो घटनाको सामना गर्नको लागि मैले अधिक राम्रो तैयारी गर्न सकिन्थ्यो जसले मेरो तथा मेरो परिवारको रक्षा गर्न सम्भव हुन्थ्यो ?

१. प्रस्तावना

के अग्निहोत्रले आणविक विकिरणको प्रभावलाई रोक्न सक्छ ?

इन्टरनेटको धेरै लेखहरुमा, अग्निहोत्र अनुष्ठान एक सरल धार्मिक विधिको रुपमा प्रसार गरिएको छ, जसले आणविक विकिरणको विनाशकारी प्रभाव न्यून गर्नमा सहायक छ । यो वाक्यले हाम्रो पनि रूचि जागृत गर्यो, किनभने आधुनिक विज्ञानको लागि यो एउटा राम्रो प्रस्ताव हो; कि सूर्योदय एवं सूर्यास्तको समय मन्त्रको उच्चारण सहित गरिने सामान्य धार्मिक विधिले आणविक विकिरणको विनाशकारी प्रभावलाई कम गर्न सक्छ । यो धार्मिक विधि केहि अन्य सूचनाहरुसँग पनि विशेष रूपले प्रासांगिक हुन जान्छ जुन हामीले आगामी कालको सम्बन्धमा आध्यात्मिक अनुसन्धानद्वारा प्राप्त गरेका छौं ।

धेरैजसो मानिसहरुलाई यो ज्ञात छैन कि आणविक आक्रमणबाट आफ्नो संरक्षण गर्नको लागि मनोवैज्ञानिक एवं शारीरिक स्तरको प्रयासको साथ साथै आध्यात्मिक स्तरमा पनि उपाय गर्न सकिन्छ । प्रस्तुत लेखले आणविक आक्रमणको प्रभावबाट बच्नको लागि हामीले आध्यात्मिक स्तरमा के उपायहरु अपनाउन सक्छौं यस बारे विस्तारमा उल्लेख गरेका छौं ।

कृपया आध्यात्मिक अनुसन्धान विषयमा लेख पढ्नुहोस् । आध्यात्मिक अनुसन्धान विषयमा ट्यूटोरियल हेर्नुहोस् ।

. अग्निहोत्रको विधि गर्ने व्यक्तिमाथि आणविक आक्रमणबाट सुरक्षा

यो खण्डमा दिएको जानकारी; Effects of Nuclear Explosions  by Carey Sublette र  nationalterroralert.com  स्रोतबाट प्राप्त भएको हो । यसको अतिरिक्त अग्निहोत्रबाट हुने लाभको परिप्रेक्ष्य प्रस्तुत गर्नमा सहायता हेतु हामीले “परमाणु हतियार प्रभाव गणना-यन्त्र” (Nuclear Weapon Effects Calculator) को उपयोग गरेका छौं, जुन Carey Sublette को प्रख्यात Nuclear Weapons FAQ मा प्रकाशित Scaling law मा आधारित छ  |

आणविक विस्फोटले दुवै प्रकारका तात्कालिक एवं दीर्घकालिक, विनाशकारी प्रभाव उत्पन्न गर्दछ |

  • तात्कालिक प्रभाव – विस्फोट, थर्मल विकिरण एवं शीघ्र आयनित विकिरण आदि उत्पन्न हुन्छ, जुन आणविक विस्फोटले केहि सेकेन्ड भित्र ठूलो विनाश गर्दछ ।
  • दीर्घकालिक प्रभाव – (रेडियोधर्मी नतीजा र अन्य सम्भावित वातावरणीय प्रभावहरु) आदि दीर्घकालिक प्रभाव पार्दछ जुन केहि घण्टा देखि लिएर अनेक शताब्दिसम्म क्षति पुराउँदछ तथा विस्फोट क्षेत्र भन्दापनि धेरै टाडा स्थानहरुमा पनि प्रतिकूल प्रभाव उत्पन्न गर्न सक्छ ।

आणविक (परमाणु) विस्फोटको कारण हुने क्षतिको मात्रा हतियारको उपजमा (किलोटन वा मेगाटनमा नपिएको), प्रयोग गरिएको आणविक ईन्धनको प्रकार, अस्त्रको संरचना, विस्फोट वायुमा गरिएको हो अथवा धरतीमा, लक्ष्य नजिकैको भौगोलिक स्थिति, तथा जाडो मौसम या गर्मी मौसम, तुवालो लागेको या सफा मैसम, राति अथवा दिन अथवा हुरीबतास चलेको या स्थिर मैसम । जेसुकै कारकहरु भएता पनि माथि उल्लेखित तत्कालिक तथा दीर्घकालिक प्रभावहरुको अनुसार विस्फोटले विभिन्न प्रचण्ड ऊर्जाहरु उत्सर्जित गर्दछ ।

निम्नांकित चित्रमा एक मेगाटनको आणविक परमाणु बम विस्फोटको भविष्यत प्रभावको ऊर्जाको विभिन्न रूपमा संघातको विस्तार (दूरी) लाई दर्शाएको छ । चित्रमा नियमित रुपमा अग्निहोत्र गर्ने ५०% आध्यात्मिक स्तर भएको व्यक्तिद्वारा अनुभव गरिने विनाश / सुरक्षाको स्तर पनि दर्शाएको छ ।

के अग्निहोत्रले आणविक विकिरणको प्रभावलाई रोक्न सक्छ ?

अब हामी यी विभिन्न ऊर्जा-प्रकारहरु एवं अग्निहोत्र-विधिद्वारा प्रदान गर्न सकिने सुरक्षा-स्तर माथि अझ नजिकबाट हेर्यौं । (स्रोत : एस.एस.आर.एफ द्वारा गरिएको आध्यात्मिक अनुसन्धान )

१. आणविक विस्फोट : आणविक विस्फोटबाट हुने अधिकांश क्षति (लगभग ५० प्रतिशत) त्यसबाट उत्पन्न हुने आघात लहरहरुको कारणले हुन्छ । विस्फोटबाट उत्पन्न लहरहरुको दबाव आफ्नो ऊर्जालाई वायु सहित मार्गमा आउने सबै पदार्थहरुमा स्थानान्तरण गर्दछ । जब विस्फोटको लहर ठोस पदार्थबाट जान्छ, बाकि रहेको ऊर्जाले प्रचण्ड क्षति निम्त्याउँछ ।

विस्फोट क्षेत्रमा नियमित अग्निहोत्र गर्ने व्यक्तिले प्राप्त संरक्षणको स्तर : ० %

२. थर्मल विकिरण : विस्फोटको लगभग ३० देखि ५० प्रतिशत विनाशकारी ऊर्जा, थर्मल विकिरणको कारण हुन्छ । यदि विस्फोटबाट धेरै माईल टाढा छ भने पनि बम विस्फोटद्वारा प्रज्वलित चमक देख्न सक्नुहुन्छ । यो चमकमा तीव्र प्रकाशको साथ-साथै प्रचण्ड उर्जा पनि उत्पन्न हुन्छ । विस्फोट बिन्दु देखि ७ किलोमीटर टाडा भए पनि मानिसको छाला भित्रसम्म पूर्णरूपले थर्ड डिग्रीले जलेको हुन्छ । थर्ड डिग्री जलनमा छालाको सबै ऊतकको साथ-साथ स्टेम कोशिकाहरु पनि भस्म हुन जान्छ, जुन छालाको ऊतकको पुनर्निर्माणको लागि आवश्यक हुन्छ । शरीरको २५ प्रतिशत (अथवा त्यो भन्दा अधिक) भाग जलेमा सामान्यतया केहि मिनेटमा झटक्का लाग्दछ र तुरुन्त चिकित्सकीय सहायताको आवश्यकता हुन्छ ।

थर्मल विकिरण क्षेत्रमा नियमित अग्निहोत्र गर्ने व्यक्तिलाई प्राप्त संरक्षणको स्तर – ३० %

. आयोनाएज विकिरण : आणविक विस्फोटले अनेक प्रकारको आणविक (nulcear) अथवा आयनित विकिरणहरु (ionizing radiation) उत्पन्न हुन्छ । आणविक विखण्डन (atom splitting, परमाणुको विघटन) एवं आणविक संलयन (atom combining) परमाणुको एकीकरण), विस्फोटको यी दुईकारणहरुले प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा न्यूट्रन (neutrons), गामा तरङ्ग (gamma rays), बीटा कण (beta particles), तथा अल्फा कण (alpha particles) निक्लिन्छ । [यदि विस्फोटको शक्ति १ मेगाटन (1 megaton) हो भने आयोनाइजिंग विकिरण (ionizing radiation) को प्रभाव (५०० rems मा नपियो), विस्फोट स्थल भन्दा लगभग ३.१ किलोमीटर सम्म हुन्छ । ]

१.  न्यूट्रन त्यो भारयुक्त कण हो जुन परमाणुको केन्द्र (atoms’ nuclei) बाट निस्किन्छ । यो अतिसूक्ष्म “मिसाइल” ठोस पदार्थ भित्र सजिलैसँग प्रवेश गर्न सक्छ ।

२. गामा तरङ्ग, विकिरणको एउटा अन्य भेदक (penetrating) रूप हो जुन एक प्रकारले ऊर्जावान फोटोन हो । यो दुवै प्रकारको विकिरण प्राणघातक हुन सक्छ ।

३. अल्फा एवं बीटा कण केहि कम विनाशक हुन्छ जसको क्षमता क्रमशः केहि सेन्टीमीटर तथा केहि मीटरसम्म हुन्छ ।

४.  अल्फा कण श्वास इत्यादिको माध्यमबाट भित्र गएपछि मात्र क्षति पुराउन सक्छ ।

आयोनाएज विकिरण (ionization radiation) को क्षेत्रमा नियमित अग्निहोत्र गर्ने व्यक्तिलाई प्राप्त संरक्षणको स्तर – ० %

. आणविक विस्फोटको परिणाम : जब पृथ्वीमा अथवा पृथ्वीको सतहको नजिक आणविक विस्फोट हुन्छ तब अनेक दुष्परिणामहरु मध्य एउटा हो रेडियोधर्मी अवशेष (radioactive fallout) । विस्फोट पछि तुरुन्तै विस्फोटबाट उत्पन्न च्याउआकारको बादल वातावरणमा देखिन्छ । यो रेडियोधर्मी सामग्री वायुको साथ धरतीमा फेरि आएर झर्छ र हजारौं वर्ग किलोमीटरको क्षेत्र प्रदूषित हुन जान्छ । जति ठुलो विस्फोट हुन्छ त्यतिनै अधिक तथा शीघ्र आणविक कणहरु फैलिन्छन् तथा अपेक्षाकृत सानो विस्फोटमा प्रदूषित खरानी तल्लो वायुमण्डलमा एकत्रित हुन थाल्छ । यो मलबा (fallout) ले त्यस क्षेत्रको निवासीहरु तथा टाढाको क्षेत्रहरुमा पनि अनेक वर्षसम्म प्रभावित गर्छ ।

रेडियोधर्मी मलबा (fallout) को क्षेत्रमा नियमित अग्निहोत्र गर्ने व्यक्तिलाई प्राप्त संरक्षणको स्तर – ५० %

. अग्निहोत्रको कारणभूत क्रियाविधि दर्साउने एउटा आध्यात्मिक अनुसन्धान

पृथ्वीमा घटित हुने सबै घटनाहरु, सृष्टिको मूलभूत निर्माण-तत्त्वको प्रयोगबाट हुन्छ । त्यो मूलभूत निर्माण-तत्त्व हो; पञ्चतत्त्व (Five Absolute Cosmic Principles) । एक अथवा एक भन्दा बढि यी सिद्धान्तहरु मार्फत ब्रह्माण्डमा कुनै पनि घटना सम्भव छ । आणविक अस्त्रको विस्फोटमा जुन तत्त्व मूलत: सहभागी हुन्छ त्यो हो अग्नितत्त्व, जसलाई हामी तेजतत्त्व पनि भन्छौं ।

के अग्निहोत्रले आणविक विकिरणको प्रभावलाई रोक्न सक्छ ?

जब कुनै आणविक विस्फोट हुन्छ तब यसले तेज-तत्वको रज-तम प्रधान स्पन्दन निर्मित हुन्छ । यी स्पन्दनको साथ प्रतिकूल सूक्ष्म ध्वनि पनि हुन्छ । यी सूक्ष्म ध्वनीमा आनविक विस्फोट वरपर बस्ने मानिसहरुको मन र बुद्धिमा सूक्ष्म नकारात्मक असर पर्दछ । यो उदासीनता, नकारात्मक विचार र राम्रोसँग सोच्न नसक्ने हुन सक्छ ।

अग्निहोत्र विधि गर्नाले तेज-तत्त्वको सत्त्वप्रधान स्पन्दन निर्मित हुन्छ । अग्निहोत्रबाट निर्मित अग्निले रज-तम कणको विघटन गर्छ जसको फलस्वरूप वातावरणलाई आध्यात्मिक स्तरमा शुद्धिकरण गर्छ । यसले अनुष्ठान गर्ने व्यक्तिको चारैतर्फ एउटा सूक्ष्म सुरक्षात्मक कवच पनि निर्मित गर्दछ । यो कवच तेज-तत्त्व सँग सम्बन्धित कुनै पनि वस्तु प्रति अति सम्वेदनशील हुन्छ तथा सूक्ष्म आयामबाट हेर्दा यो कवच रातो देखिन्छ ।

आणविक विस्फोटबाट निस्किने रज-तम प्रधान तेज-तत्त्वको कणहरु धेरै कठोर र विनाशक ढङ्गले प्रहार गर्छ । नजीक आउदानै सुरक्षात्मक कवचलाई सजिलै सँग यसको बोध हुन्छ र स्वतः हुने एउटा सहज क्रियाको रूपमा (reflex action) यो (कवच) सात्त्विक तेज-तत्त्व तरङ्गलाई भीषण शक्तिको साथ रज-तम प्रधान कणतर्फ पठाउँछ । यसले रज-तम प्रधान तेजतत्त्व कणको नाश गरिदिन्छ जसले सूक्ष्म ध्वनि उत्पन्न गर्छ । परिणामस्वरूप, विस्फोटबाट निस्किने विनाशकारी तेज-तत्त्व तरङ्गले शक्ति गुमाउँछ ।

. आणविक विध्वंसको समय अग्निहोत्र विधिको परिणामकारिता के मा निर्भर गर्छ ?

यो बुझ्न आवश्यक छ कि जुन सुरक्षा स्तरको चर्चा गर्दैछौं त्यो परमाणुवीय प्रलयकालको सन्दर्भमा हो । त्यसैले अग्निहोत्रको विधिबाट प्राप्त हुने लाभ शान्ति-कालको परिदृश्यको तुलनामा अत्यन्त सीमित हुन्छ ।

.. व्यक्तिको आध्यात्मिक स्तर एवं भावको आधारमा

जब कुनै व्यक्ति अग्निहोत्र गर्छ तब केहि कारक छ जसले आणविक विकिरणको निष्प्रभाब गर्ने क्षमता निश्चित गर्नमा भूमिका निभाउँछ ।

निम्न तालिका अग्निहोत्र गर्ने व्यक्तिमा (उसको आध्यात्मिक स्तर एवं भावावस्थाको आधारमा) हुने प्रभावलाई दर्शाउँछ ।

  आध्यात्मिक स्तर
स्तर २० प्रतिशत ५० प्रतिशत ६० प्रतिशत
विधि गर्ने व्यक्तिको  भाव एक पारम्पारिक वैदिक क्रिया केवल एक कर्मकाण्ड सम्झेर गर्नु भाव एवं भक्ति को साथ गर्नु समर्पित भावको साथ गर्नु
संरक्षणात्मक कवचको क्षेत्रफल फीटमा १-२ १० ३०
वातावरण शुद्धिकरण प्रतिशतमा 0.७५
प्रभावको कालावधि १ घण्टा २ घण्टा ८ घण्टा
  • आध्यात्मिक स्तर :
    • व्यक्तिको आध्यात्मिक स्तर सर्वाधिक महत्वपूर्ण कारक हो ।
    • व्यावहारिक रूपमा कुनै आणविक बम विस्फोटको प्रकरणमा केवल ५० प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तर भएको व्यक्तिलाई अग्निहोत्रको अनुष्ठानबाट पर्याप्त सुरक्षा मिल्न सक्छ । जसरी व्यक्तिको आध्यात्मिक स्तर अल्प हुँदै जान्छ, अग्निहोत्रबाट मिल्ने लाभ क्रमश: अल्प हुँदै जान्छ । एउटा सामान्य आध्यात्मिक स्तर (२०-३० प्रतिशत) भएको व्यक्तिलाई अग्निहोत्रबाट हुने लाभ लगभग नगण्य हुन्छ ।
    • जसरी आध्यात्मिक स्तरमा वृद्धि हुन्छ, अनुष्ठान गर्न आवश्यकता अल्प हुन्छ किनभने उच्च आध्यात्मिक स्तरनै सुरक्षाको कुन्जी बन्दछ ।
    • जहाँसम्म सन्तको प्रश्न छ, विस्फोट भन्दा पूर्वनै उहाँको मनमा त्यस क्षेत्रबाट टाढा जाने विचार आउँछ ।
  • साधनाको महत्त्व : आध्यात्मिक स्तर उच्च गर्नको लागि एउटा मात्रै उपाय छ साधनाको छः मूल सिद्धान्त अनुसार साधना गर्नु । उचित प्रकारले साधना गर्नाले, व्यक्तिको लागि वर्तमान जीवन कालमा नै शीघ्र उन्नति गर्न सम्भव हुन्छ ।
  • अनुष्ठान गर्ने समयमा भाव
    • जब कुनै अनुष्ठान (धर्मविधि) भाव एवं भक्तिको साथ गरिन्छ तब त्यसको प्रभाव एवं लाभ धेरै गुना बढेर जान्छ ।
    • अनुष्ठानको प्रभाव अझ धेरै बढ्दछ जब धर्मविधि ईश्वर प्रति अनन्य समर्पणको साथ गरिन्छ ।
    • साधारणतया केवल ५० प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तर भएको साधकमा भाव-सहित अनुष्ठान गर्ने आध्यात्मिक क्षमता हुन्छ ।

.. अनुष्ठान गर्ने व्यक्ति तथा अनुष्ठान हेर्ने व्यक्तिमा अन्तर :

स्वयं अनुष्ठान गर्ने व्यक्तिलाई हेर्ने व्यक्ति भन्दा अधिक लाभ हुन्छ । यो अनुष्ठान मूलत: व्यक्तिको स्वयंको संरक्षणको लागि हो । तथापि यदि हेर्ने व्यक्ति अनुष्ठानलाई यस भावले हेर्छ कि उ स्वयं पूर्ण-भावले अनुष्ठान गर्दै छ तब उसलाई पनि उतिकै लाभ तथा संरक्षण प्राप्त हुन्छ जुन अनुष्ठान गर्ने व्यक्तिूलाई मिल्छ ।

. आणविक आक्रमणबाट संरक्षण प्राप्त गर्नुमा साधना एवं आध्यात्मिक स्तरको भूमिका

कर्मको सिद्धान्त अनुसार, व्यक्तिको जीवनमा घटित हुने प्रमुख घटनाहरु मुख्यतः उसको प्रारब्धको कारण हुन्छ । साधना गर्नुनै प्रतिकूल प्रारब्ध (जुन एउटा आध्यात्मिक समस्या हो) बाट मुक्ति पाउन सर्वोत्तम मार्ग हो ।

योग्य स्तरको उचित साधना गरेर हामीले प्रारब्धमाथि विजय प्राप्त गर्न सक्छौं । उदाहरणार्थ; कसैको प्रारब्ध मध्यम छ भने केवल तीव्र साधना (प्रतिदिन लगभग १०-१२ घण्टा) गर्नाले समस्याबाट मुक्त हुन सक्छ । तथापि यदि कोहि तीव्र प्रारब्धद्वारा प्रभावित छ भने केवल सन्तको कृपाबाट नै सहायक हुन सक्छ । यहाँसम्म कि प्रारब्धवश आउने समयमा कसैको यदि मृत्यु हुनेछ भने, तब पनि साधनाको कारण मृत्योत्तर जीवनमा विश्वास हुनाले साधकको मनमा भयको संस्कार निर्मित हुँदैन । सामूहिक विनाशको विस्फोट पश्चात पीडा सहनाले तथा उपरांत मृत्यु भएमा कुनै पनि प्रकारको साधना नगर्न व्यक्तिको अवचेतन मनमा भयको गहिरो संस्कार अंकित हुन्छ जसलाई हटाउन धेरै जन्म लाग्न सक्छ ।

. सारांश

  • अनुष्ठान गर्ने व्यक्तिको आध्यात्मिक स्तर, अग्निहोत्रको सामर्थ्य निर्धारण गर्न प्रमुख कारक हुन्छ ।
  • हामी विभिन्न देशको सम्बन्धित अधिकारिहरु सँग अनुरोध गर्दछौं कि तपाईहरुको देशको जनता उचित साधना आरम्भ गर्न तथा साथमा आणविक प्रलयबाट हुने क्षतिलाई न्यूनतम गर्नको लागि अग्निहोत्र अनुष्ठान आरम्भ गर्नमा सहायता गनुहोस् । तपाई
  • प्रभावकारी हुनको लागि आवश्यक हुन्छ कि साधनाको छः मूलभूत सिद्धान्तहरु अनुरुप साधना गरिएको हुनुपर्छ ।