कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान

कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान

सार

आध्यात्मिक दृष्टिले राम्रो जीवन शैलिको छनौट गर्नाले उत्पन्न हुने सात्त्विकताले मानवजातिलाई फाइदा हुन्छ तथा त्यसबाट रज-तम (अस्थिरता एवं अज्ञान) को प्रभाव पनि कम हुन्छ । जीवन शैली अर्थात दिनचर्या, आहार, वेशभूषा इत्यादि । कलियुगमा आध्यात्मिक तवरमा शुद्ध जीवन शैली अपनाउने व्यक्तिको संख्या घट्दै गएको छ । पेय पर्दार्थ पनि यसको अपवाद होइन । यो लेखमा हामी कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने स्पन्दनहरुको अध्ययन गर्नेछौं । यसले हामीलाई आध्यात्मिक लाभ हुने पेय पदार्थहरुको महत्त्व बारेमा ज्ञात हुन्छ ।

१.  कफि, चिया र दुधको प्रभाव- एउटा आध्यात्मिक परिप्रेक्ष्य

चिया, कफि एवं दूध संसारभरिका लाखौं मानिसहरुले दैनिक खपत गर्दछन् । चिया एवं कफि प्रत्यक्षरूपमा पिउने फैशन भैसकेको छ तथा यिनीहरुलाई सामाजिक जीवनको उच्चतम शिष्टाचारको आदर्शको रूपमा मान्न सकिन्छ । पाहुनाको लागि एक गिलास कफि अथवा चिया बनाउनु एउटा सर्वमान्य सामाजिक प्रथा हो । पछिल्लो केहि दशकहरुमा प्राय: यी दुवैलाई तनावबाट मुक्ति तथा सकारात्मक मनोदशासँग जोडेर हेर्ने एउटा परम्परा जस्तै बनेको छ ।

ऊर्जाको अनुभव गर्न अथवा आराम अनुभव गर्न इच्छा अनुसार चिया अथवा कफि पिउछौं तर हामी यो तथ्यसँग अनभिज्ञ छौं जसद्वारा हामीमाथि हानिकारक प्रभावहरु पर्दछन् । केहि व्यक्तीहरुलाई त यसको लत लाग्दछन् । चिया तथा कफिमा अनेक प्रकारका विषालु तत्त्वहरु हुन्छन्, अर्कोतर्फ लोकल गाईको दूध पिउनाले हामीलाई शारीरिक, मनोवैज्ञानिक तथा आध्यात्मिक लाभहरु प्राप्त हुन्छन् ।

२. बायोफिडब्याक उपकरणद्वारा गरिएको विश्लेषण

यदि कसैसँग औसत भन्दा अधिक छैठौं इन्द्रिय क्षमता छ भने, त्यो व्यक्तिले सहजतासँग आध्यात्मिक स्पन्दनहरुलाई अनुभव गर्न सक्छ । उसले कुन पदार्थ आध्यात्मिक रूपले उपयुक्त छ अथवा छैन यसको निर्णय गरेर जीवनमा आध्यात्मिक दृष्टिले उचित छनौटहरु गर्न सक्छन् ।

आरएफआई (रेजोनेंट फील्ड इमेजिंग) र पीआईपी (पोलीकोन्ट्रास्ट इंटरफेरेंस फोटोग्राफी – बायो इमेंजिंग समान उपकरण) जस्ता केहि प्रकारका बायोफिडब्याक उपकरणहरुले चारैतर्फको स्पन्दनहरु ग्रहण गरेर त्यसलाई दृश्यको रूपमा देखाउन सक्दछ । यसले सामान्य व्यक्तिलाई आफ्नो आँखाले वस्तुको चारैतर्फको आभा (प्रभामण्डल) अथवा ऊर्जाक्षेत्र देख्न सहयोग गर्दछ ।

पीआईपी र त्यसको उपयोगको सन्दर्भमा अधिक जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

यो प्रयोगद्वारा हामीले वैज्ञानिक बायोफिडब्याक उपकरणको सहायताबाट चिया, कफि एवं दूधबाट प्रक्षेपित हुने स्पन्दन माथि प्रकाश पारेका छौं ।

२.१ आरएफआई (रेजोनेंट फील्ड इमेजिंग) द्वारा प्राप्त परिणाम

कफि चिया दूध
आर.एफ.आई. अभिलेखन ५३४.४९ मेगाहर्टज ५५८.९२ मेगाहर्टज ७१०.२३ मेगाहर्टज
आर.एफ.आई. अभिलेखको विवरण पहेंलो । यसले सकारात्मकतालाई दर्शाउँछ । पहेंलो । यसले सकारात्मकतालाई दर्शाउँछ । बैजनी । यसले स्वस्थ स्पन्दनलाई दर्शाउँछ ।

२.२ कफि, चिया एवं दूधको पीआईपी (पोलीकोन्ट्रास्ट इंटरफेरेंस फोटोग्राफी) द्वारा प्राप्त निरीक्षण (रीडिंग)

पहिला : पहिला हामीले एउटा खाली गिलासको तस्बिर लियौं जसमा त्यस भित्र तथा चारैतर्फको प्रभामण्डल देख्न सकिन्छ । यसमा सुन्तलाको रंगले तनावको स्पन्दन,  हरियो रंगले सकारात्मक ऊर्जा एवं पहेलोमा हल्का सुनहरी रंगले उच्च स्तरीय वैश्वि स्पन्दनलाई दर्शाउँदछ ।

कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान

कफि : त्यसपछि हामीले गिलासमा कफि हालेर छायाचित्र निकाल्यौं । कफिको रंग गहिरो नीलो देखा पर्यों । यो रंगले हल्का कष्टदायी स्पन्दनहरुलाई दर्शाउँदछ । कफिबाट भरिएको गिलासको छेउ तिर जुन रातोपना देखिन्छ त्यसले शक्तिलाई दर्शाउँदछ । कफिले भरिएको गिलास चारैतर्फबाट नकारात्मक सुन्तला रंगले घेरिएको छ । सुन्तला प्रभामण्डलको कारण उच्च आध्यात्मिक तत्त्व दर्शाउँने पहेंलो प्रभामण्डल माथितर्फ धकेलिदिन्छ । यो पहेंलो प्रभामण्डलको फैलाव चिया एवं दूधको पीआईपी तस्बिरको तुलनामा कमनै हुन्छ । पहेंलो प्रभामण्डलको केंद्रमा देखिएको सेतो प्रभामण्डलले केहि मात्रामा शुद्धता दर्शाउँदछ । यो प्रभामण्डलको फैलाव चिया एवं दूधको तुलनामा सीमित भएको छ । हरियो प्रभामण्डल, सुन्तला प्रभामण्डलको कारण गिलास देखि पर हटेको छ ।

कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान

चिया : अर्को तस्बिरमा चिया (कालो चिया) को स्पन्दन दर्शाएको छ । चियाले नकारात्मकता दर्शाउने सुन्तला रंग, शक्तिलाई दर्शाउँने रातो रंग एवं सकारात्मकता दर्शाउँने हरियो रंग प्रक्षेपित गर्दछ । नकारात्मकता दर्शाउने सुन्तला रंग चियाको गिलास नजिक देखिन्छ तर त्यसले गिलासलाई स्पर्श गर्दैन । पहेंलो रंग जसले उच्च आध्यात्मिक तत्त्वलाई दर्शाउँछ, केहि हदसम्म गिलासको बाहिर देखिन्छ । यसले सुन्तला प्रभामण्डललाई प्रतिबन्धित गर्दछ । पहेंलो प्रभामण्डल तुलनात्मक दृष्टिबाट कफिमा भन्दा अधिक तथा दूधमा भन्दा कम हुन्छ । तुलनात्मक दृष्टिबाट सेतो रंगको व्यापकता कफिमा भन्दा अधिक तथा दूधमा भन्दा कम हुन्छ । हरियो प्रभामण्डल, सुन्तला प्रभामण्डलको कारण गिलास भन्दा पर जान्छ ।

कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान

दूध : अन्तमा हामीले दूधको तस्बिर लियौं । पीआईपीको चित्रीकरणमा दूधको रंग हरियो देखिन्छ, जसले सकारात्मकता एवं आध्यात्मिक शुद्धतालाई दर्शाउँदछ । नकारात्मक सुन्ताला प्रभामण्डललार्इ पहेलो प्रभामण्डले तल धकेलि दिएको छ । पहेंलो प्रभामण्डल वातावरणमा फैलिएको छ । दूधमा पहेंलो प्रभामण्डलको व्यापकता तुलनात्मक रूपमा अधिक छ । दूधमा सेतो प्रभामण्डलको व्यापकता तुलनात्मक रूपमा अधिक छ । आध्यात्मिक दृष्टिले शुद्ध हरियो प्रभामण्डल देखार्इ दिन्छ तथा सेतो प्रभामण्डल पनि केहि हदसम्म विद्यमान छ ।

कफि, चिया एवं दूधबाट प्रक्षेपित हुने तरंगहरुको बायोफिडब्याक उपकरणको अध्ययनद्वारा गरिएको अनुसन्धान

३. निष्कर्ष

  • कफिमा सात्विकता  धेरै कम हुन्छ अथवा हुँदैन ।
  • चिया दूधको तुलनामा कम सात्विक हुन्छ,  तर त्यसको सात्विकता कफि भन्दा अधिक हुन्छ ।
  • दूधमा सात्विक स्पन्दन हुन्छ एवं स्वास्थ्य वर्धक हुन्छ  र चिया र कफी भन्दा दूध पिउन लाभदायक हुन्छ ।

उपरोक्त अवलोकन एवं विश्लेषण श्री संतोष जोशी (वैश्विक ऊर्जाको अनुसन्धानकर्ता, मुंबई, भारत) को सहायताद्वारा गरिएको हो ।

एस.एस,आर.एफ. वैज्ञानिक एवं विशेषज्ञसँग आग्रह गर्दछ कि यो क्षेत्रमा विभिन्न अस्पष्ट घटनाहरुमा अनुसन्धान गर्नको लागि आध्यात्मिक विज्ञान अनुसन्धान संस्थान, गोवा, भारतमा सम्पर्क गर्नुहोस् ।