गुरु को हो र गुरुलाई कसरी खोज्ने ?

विषयसूची

सार

कुनैपनि क्षेत्रमा मार्गदर्शन प्राप्त गर्न हेतु शिक्षक हुनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । यो सूत्र अध्यात्म क्षेत्रमा पनि लागू हुन्छ । ‘अध्यात्म’ सूक्ष्म-स्तरीय प्रकृति हुन्छ, आध्यात्मिक रुपमा विकसित मार्गनिर्देशक वा गुरु को हो भनेर निश्चितसँग चिन्न गाह्रो हुन्छ । गुरु शिक्षक अथवा प्रचारक भन्दा धेरै भिन्न हुन्छ । हाम्रो संसारमा गुरु आध्यात्मिक दिपस्तम्भ हुन्छ र हामीलाई सबै धर्म तथा संस्कृतिको मूलभूत आध्यात्मिक सिद्धान्त र विश्वव्यापी आध्यात्मिक सिन्द्धान्तहरु सिकाउनुहुन्छ । यस लेखमा गुरुको विशेषताहरु र प्रमुख लक्षणहरुको विस्तृत विवेचन गरिएको छ ।

. प्रस्तावना

यदि बच्चालाई भनिन्छ कि आधुनिक विज्ञानको शिक्षा कुनै शिक्षक बिना अथवा पछिल्लो केहि दशकमा प्राप्त ज्ञान बिना नै ग्रहण गर, त के हुन्छ ? यदि त्यस क्षेत्रको अधिकारिद्वारा पहिला नै उपलब्ध ज्ञान नदिई जीवनको हरेक क्षेत्रमा फेरि-फेरि शोध गर्नु पर्यो भने के हुन्छ ? यदि यस्तो भयो भने हामी जीवन भरि प्रगति नगरि वा सायद गलत मार्गतर्फ गई स्वयंलाई शिक्षित बनाउन जीवनकाल बिताउने छौं ।

विश्वमन र विश्वबुद्धि : जुन प्रकार ईश्वरद्वारा निर्मित मनुष्य, प्राणी आदिको मन एवं बुद्धि हुन्छ, त्यसै प्रकार ईश्वरद्वारा निर्मित सम्पूर्ण विश्वको विश्वमन र विश्वबुद्धि हुन्छ, जसमा विश्वको सम्बन्धमा पूर्णतः विशुद्ध (सत्य) जानकारी संग्रहित हुन्छ । यसलाई ईश्वरीय मन तथा बुद्धि पनि भनिन्छ । जसरी व्यक्तिको आध्यात्मिक प्रगति हुँदै जान्छ, उनको सूक्ष्म मन एवं बुद्धि विश्वमन एवं विश्वबुद्धिसँग विलीन हुन थाल्दछ र यस तरिकाले र्इश्वरको सम्पूर्ण सृष्टिको विषयमा जानकारी हासिल गर्नमा सक्षम हुन सक्छ ।

यस्तै गरी हाम्रो आध्यात्मिक यात्रामा पनि मार्गदर्शकको अत्यन्त आवश्यक हुन्छ । कुनै पनि क्षेत्रको मार्गदर्शक हुन त्यस क्षेत्रमा अधिकार हुन आवश्यक हुन्छ । अध्यात्मशास्त्र अनुसार जुन व्यक्ति अध्यात्मशास्त्रको अधिकारि (प्रभुत्व) हुन्छ, वाहाँलाई गुरु भनिन्छ ।

एउटा भनाइ छ कि अन्धाहरुको राज्यमा देख्ने व्यक्ति राजा हुन्छ । आध्यात्मिक दृष्टिले दृष्टिहीन र अज्ञानी समाजमा, सक्रिय छैटौं ज्ञानेन्द्रियले सम्पन्न गुरुनै वास्तविक अर्थमा दृष्टि युक्त हुनुहुन्छ । गुरु त्यो हुन्, जो आफ्नो मार्गदर्शकको शिक्षा अनुसार आध्यात्मिक पथमा हिडेर विश्व मन र विश्व बुद्धिबाट ज्ञान प्राप्त गरिसकेको हुन्छ । हाम्रो आध्यात्मिक यात्राको लागि गुरु हुनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । आध्यात्मिक मार्गदर्शक अथवा गुरु कसलाई भनिन्छ र वाहाँको लक्षणहरु के हुन्, यो लेखमा हामी स्पष्ट गर्ने सक्छौं ।

. गुरु वा विकसित आध्यात्मिक मार्गदर्शक को परिभाषा

सर्वोच ईश्वरको सिद्धान्तहरुको विभिन्न पक्षहरु छन् ।ईश्वरको यी विभिन्न पक्षहरु ब्रह्माणडमा विशिष्ट कार्यहरु गर्दछन् । यो कुनै पनि देशको सरकारसँग मिल्दोजुल्दो छ, जुन पूरै देशलाई सुचार संचालन र कामकाजको सुविधाको लागि विभिन्न विभागहरु हुन्छन् ।

जसरी हामीसँग सरकारमा शिक्षाको लागि एउटा शिक्षा विभाग हुन्छ, जुन पूरै देशमा आधुनिक विज्ञान सिकाउनमा सुविधा प्रदान गर्दछ, त्यसै प्रकार ईश्वरको त्यो अंग जुन विश्वलाई आध्यात्मिक विकास तथा आध्यात्मिक शिक्षातर्फ लैजान्छ, उहाँलाई गुरु भनिन्छ । यसलाई अदृश्य अथवा अप्रकट (निर्गुण) गुरु (तत्त्व) अथवा ईश्वरको शिक्षा प्रदान गर्ने तत्त्व पनि भनिन्छ । अप्रकट गुरु तत्त्व सम्पूर्ण ब्रह्माण्डमा व्याप्त छ र हाम्रो जीवनकाल भरि र मृत्यु पश्चात पनि हाम्रो साथमा रहन्छ । यस अप्रकट गुरुको महत्व यो हो कि सम्पूर्ण जीवन हाम्रो साथमा रहि बिस्तारै-बिस्तारै हामीलाई सांसारिक जीवनबाट साधना पथतर्फ मोडिदिनुहुन्छ । गुरु हामीलाई हाम्रो आध्यात्मिक स्तर अनुसार मार्गनिर्देशन गर्नुहुन्छ, अर्थात ज्ञान ग्रहण गर्ने हाम्रो क्षमता अनुसार (चाहे यसको हामीलाई ज्ञात होस् या नहोस्) मार्गदर्शन गर्नुहुन्छ र हामीमा लगन, समर्पण भाव, जिज्ञासा, दृढता, अनुकंपा (दया) जस्तो गुणहरु (कौशल) विकसित गर्नमा जीवन भरि सहायता गर्नुहुन्छ । यो सबै गुण विशेष (कौशल) साधक बननको लागि अनि हाम्रो आध्यात्मिक यात्रामा टिकि रहनको लागि मूलभूत र महत्त्वपूर्ण हुन्छ । जसमा आध्यात्मिक उन्नतिको लागि तीव्र लगन हुन्छ, उनको लागि गुरुतत्त्व अधिक कार्यरत हुन्छ र उनलाई अप्रकट रूपमा उनको आवश्यकतानुसार मार्गदर्शन गर्दछ । यो गुरुको महत्त्व हो ।

विश्वमा धेरै कम मानिस सार्वभौमिक (आध्यात्मिक) साधना गर्दछन् जुन औपचारिक अनि नियमबद्ध धर्म / पन्थ भन्दा परे हुन्छ । यसमा पनि धेरै थोरै मानिस साधना गरेर (जन्मानुसार प्राप्त धर्म भन्दा पनि माथि गएर ) ७०% भन्दा अधिक आध्यात्मिक स्तर प्राप्त गर्दछन् । अप्रकट गुरुतत्त्व, उन्नत जीवको माध्यमद्वारा कार्य गर्दछन् , जसलाई प्रकट (सगुण) गुरु अथवा देहधारी गुरु भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा, आध्यात्मिक मार्गदर्शक अथवा गुरु बननको लागि व्यक्तिको न्यूनतम आध्यात्मिक स्तर  ७०% हुन आवश्यक हुन्छ । देहधारी गुरु मनुष्य जातिको लागि आध्यात्मिक ज्ञानको दीपको स्तम्भ भांति कार्य गर्नुहुन्छ र वाहाँ ईश्वरको विश्व मन र विश्व बुद्धिसँग पूर्णतः एकरूप हुनुहुन्छ ।

२.१ गुरु शब्दको शब्दशः अर्थ (व्युत्पत्ति)

गुरु शब्दको व्युत्पत्ति संस्कृत भाषाबाट भएको हो र यसको गहन आध्यात्मिक अर्थ छ । यसको दुई व्यंजन (अक्षर) गु र रु को अर्थ यस प्रकार छन् :

गु शब्दको अर्थ हो अज्ञान, जुन कि अधिकांश मनुष्यमा हुन्छ ।
रु शब्दको अर्थ हुन्छ, आध्यात्मिक ज्ञानको तेज, जुन आध्यात्मिक अज्ञानलाई नाश गर्दछ (मिटाउदछ) ।

संक्षेपमा भन्नुपर्दा, गुरु वाहाँ हुनुहुन्छ जसले मानवतामा भएको अज्ञानताको अन्धकार हटाउनुहुन्छ र उनीहरुलाई आध्यात्मिक अनुभव र आध्यात्मिक ज्ञान प्रदान गर्नु हुन्छ ।

. अध्यापक (शिक्षक) / प्राध्यापक र गुरुमा अन्तर

निम्नलिखित चार्टले शिक्षक अनि देहधारी गुरुमा अन्तर प्रस्तुत गर्दछ ।

शिक्षक गुरु
एउटा निश्चित समय-सम्मको लागि पढाउछ दिन भरि २४ घण्टा ज्ञान दिनुहुन्छ
शब्दको माध्यमद्वारा पढाउछ शब्दद्वारा तथा शब्द भन्दा परे (शब्दातीत) ज्ञान दिनुहुन्छ
विद्यार्थीको व्यक्तिगत जीवनसँग केहि लेन-देन हुदैन शिष्यको जीवनको प्रत्येक क्षण ध्यानमा राख्नुहुन्छ
केहि विषय मात्रै पढाउनु हुन्छ अध्यात्मशास्त्रको ज्ञान दिनुहुन्छ जसमा सबै विषय समाहित हुन्छ

. प्रचारक र गुरुमा अन्तर

अध्यात्मशास्त्र अथवा धार्मिक विषयमा प्रवचन दिने व्यक्ति र गुरुको तुलनामा धेरै अन्तर हुन्छ । तल दिएको तालिकामा मार्गदर्शन गर्ने समय बिच भिन्नताको विवेचन प्रस्तुत गरेको छ ।

प्रवचनकार गुरु
नियोजित सहज
बनावटी प्राकृतिक
बुद्धिद्वारा उत्पन्न हुन्छ आत्माबाट उदय हुन्छ (अर्थात स्वयंमा स्थित ईश्वरबाट उदित हुनु)
प्रसिद्ध सन्तको संदेश तथा धार्मिक ग्रन्थहरु माथि निर्भर रहन्छ ईश्वरको अप्रकट गुरु तत्त्वबाट प्राप्त ज्ञानको आधारमा, सबै पवित्र ग्रन्थहरुको स्रोत
धेरै सतही स्तरमा जसको नतीजा श्रोता थोरै समयमा नै अल्छी मान्ने ईश्वरको चैतन्यले भरिएको वाणी, श्रोतालार्इ यस्तो इच्छा हुन्छ कि त्यो कुरा घण्टौंसम्म सुनिरहौं ।
अन्यको मनमा आएको शंकाको समाधान मिल्दैन प्रश्न नसोधि शंकाको समाधान उत्तरद्वारा गर्नु
अधिकतर अहं हुन्छ अहं हुदैन

वर्तमान युगको अधिकांश प्रचारकको आध्यात्मिक स्तर ३०% हुनुको कारण जुन धर्म ग्रन्थको सन्दर्भ दिनछन्, त्यसको भावार्थ बुझ्दैन्न् न उनलाई ग्रन्थमा लेखिएको अनुभूति हुन्छ । त्यसैले श्रोताहरुलाई गलत बाटोमा डोराउने सम्भावना धेरै हुन्छ ।

. गुरु र सन्तमा के अन्तरहरु छन् ?

५.१ व्यक्ति कुन गुणको कारण सम्तको तुलनामा श्रेष्ठ गुरु पद प्राप्त गर्नको लागि पात्र बन्नुहुन्छ ?

प्रत्येक गुरु सन्त हुन्; तर प्रत्येक सन्त गुरु हुन आवश्यक हुदैन । केवल केहि सन्तहरु मात्रै गुरु बन्नको लागि पात्रता हुन्छ । तल दिएको तालिका दर्शाउँछ फेब्रुअरी २०१३ मा पुरै विश्वमा कति सन्त र गुरुहरु छन् भने देखाउँदछ ।

आध्यात्मिक स्तर सन्त  गुरु  कुल
६० – ६९% ३,५०० १,५०० ५,०००
७० – ७९% ५० ५० १००4
८० – ८९% १० १० २०4
९० – १००% १०4

टिप्पणिहरु

१. सन्त भन्नुको मतलब जुन व्यक्तिको आध्यात्मिक स्तर ७०% अथवा त्यस भन्दा माथी छ । सन्त समाजको व्यक्तिरुमा साधना गर्ने रूचि निर्माण गरि उनीहरुलाई साधना पथमा हिड्नको लागि मार्गदर्शन गर्दछन् ।

२. गुरु साधकलाई मोक्ष प्राप्ति सम्म मार्गदर्शनको सम्पूर्ण दायित्व लिनुहुन्छ तथा यसलाई प्राप्त पनि गराउनुहुन्छ ।

३. ७०% आध्यात्मिक स्तर देखि न्यून स्तरको व्यक्तिलाई सन्त मानिदैन; तर ६० देखि ६९% को मध्यमा हामीले कुल ५००० साधक दर्शाएका छौं । ६० देखि ६९% को मध्यको स्तरको व्यक्ति (साधक) सन्त अथवा गुरु बन्ने मार्गतर्फ हुनुहुन्छ । यसको मतलब उनीहरुमा सन्त अथवा गुरु बन्नको लागि पात्रता छन् । यदि यो वर्गको साधक साधना जारी राख्दछन् भने त्यस मध्धे ७०% (अर्थात ३५००) सन्त बन्ने छन् र ३०% (अर्थात १५००) गुरु बन्ने छन् ।

४. फेब्रुअरी २०१६ सम्म आध्यात्मिक स्तर ७०% देखि १००% बीच लगभग १००० सन्तहरु छन् । तर तलको तालिकामा हामीले केवल सन्त र गुरुहरुको संख्या देखाएका छौं जसले सक्रियतासाथ अध्यात्म फैलाइरहेका छन् ।

५.२ सन्त र गुरुमा के समानताहरु छन् ?

  • सन्त र गुरु, दुवैको आध्यात्मिक स्तर ७०% भन्दा अधिक हुन्छ ।
  • दुबैमा मानव जातिप्रति आध्यात्मिक प्रेम (प्रिति) अर्थात निरपेक्ष प्रेम हुन्छन् ।
  • दुबैमा अहंकार अत्यल्प हुन्छन् । अर्थात आफ्नो अस्तित्व पञ्चज्ञानेन्द्रिय, मन तथा बुद्धिसम्म सीमित नगरि (देहबुद्धि) आत्मासम्म अर्थात भित्रको ईश्वरसम्म (आत्म बुद्धि) व्याप्त गर्दछन् ।

५.३ सन्त अनि गुरुको गुण विशेषताहरुमा (लक्षणहरुमा) के अन्तर हुन्छन् ?

निम्न तालिकाले ८०% स्तरको सन्त र गुरुको स्थूल स्तरको तुलना दर्शाउछ ।

सन्त तथा गुरुमा अन्तर

सन्त गुरु
अरु प्रति प्रेमभाव %  ३०% 60%
सेवा  ३०% 50%
त्याग  ७०% 90%

लेख  गुणवत्ता 

स्वभाव 

२%

आध्यात्मिक अनुभूतिको प्रमाण अधिक

१०%

आध्यात्मिक मार्गदर्शनको भाग अधिक

प्रकट शक्ति २०% ५%
आध्यात्मिक उन्नति शीघ्र अत्याधिक शीघ्र

टिप्पणिहरु (उपर्युक्त तालिकामा रातो रंङको संख्याको आधारमा):

१. अरुसँग प्रेम गर्नुको अर्थ हो, अरुलाई कुनै अपेक्षाबिना प्रेम गर्नु (निरपेक्ष प्रेम)  । यो प्रेम अपेक्षा युक्त सांसारिक प्रेम भन्दा भिन्न हुन्छ । १००% को अर्थ हुन्छ, बिना कुनै शर्त, भेदभाव रहित, सर्वव्यापी ईश्वरीय प्रेम, जुन ईश्वरद्वारा निर्मित सबै सृष्टिको निर्जीव वस्तुहरुदेखि लिएर सानो भन्दा सानो जीव जस्तै कमिलादेखि उच्च मानव सबैमा समान हुन्छ ।

२. सेवाको अर्थ हो, सतको सेवा (सत्सेवा) अथवा अध्यात्म शास्त्रको सेवा, जुन पूरै विश्वलाई नियन्त्रित गर्दछ र सबै धर्मको मूलभूत अंग हो । यहाँ १००% को अर्थ हो, उनको १००% समय तथा शारीरिक, मानसिक, बौद्धिक, आर्थिक, सामाजिक क्षमताहरु सत्सेवाको लागि त्याग गर्नु ।

३. त्यागको अर्थ हो कति समय, देह, मन र सम्पत्ति (धन) ईश्वरको सेवाको लागि त्याग गरेको छ ।

४. अध्यात्मशास्त्रको (अन्तिम सत्यको) ज्ञान प्रदान गर्ने अथवा प्रसार गर्ने ग्रन्थ लेखन गर्नु ।

५. सन्त एवं गुरुहरुले लेख्नु भएको लेखको प्रकृति क्रमशः आध्यात्मिक अनुभूति र आध्यात्मिक मार्गदर्शनमा बढी हुन्छ ।

६. ईश्वर केवल आफ्नो अस्तित्वद्वारा कार्य गर्नुहुन्छ । उहाँले केहि प्रयास गर्नको लागि आवश्यकता हुदैन, त्यसैले उहाँको शक्ति प्रकट स्वरूपमा हुँदैन । शक्तिको स्वरूप अप्रकट हुन्छ, जस्तै शान्ति, आनन्द इ. । तर सन्त र गुरु (स्थूल) देहधारी हुनाले प्रकट शक्तिको केहि मात्रामा उपयोग गर्नुहुन्छ ।

अहंको सरल अर्थ हो, स्वयंलार्इ ईश्वर भन्दा भिन्न सोच्नु र अनुभव गर्नु ।

७. गुरु ईश्वरको अप्रकट रूपसँग अधिक एकरूप हुनुहुन्छ, त्यसैले प्रकट शक्तिको प्रयोगको विशेष आवश्यकता हुँदैन । सन्तहरुमा ‘म’ गुरुको तुलनामा अधिक हुनाले सन्त गुरुले भन्दा बढी ऊर्जा प्रयोग गर्नुहुन्छ । तर अलौकिक शक्तिहरुको (supernatural power) प्रयोग गरेर यस्तै कार्य गर्नुको तुलनामा यो अत्यल्प हुन्छ । उदाहरणको लागि जब एक सन्तको आशीर्वादको कारण रोग मुक्त हुन्छ, तब प्रकट शक्ति २०% हुन्छ; जबकि यही प्रसंगमा जुन व्यक्ति सन्त छैन, तर अलौकिक शक्तिद्वारा रोग मुक्त गरिदिनुहुन्छ, तब यही मात्रा ५०% सम्म हुन सक्छ । जब ईश्वरको प्रकट शक्ति ०% हुन्छ, खर्च गरिएको प्रकट ऊर्जा भनेको ईश्वरसँग एकरुप हुने अनुपातको कार्य हो । अतः जति अधिक प्रकट शक्ति, त्यति नै तपाई ईश्वरबाट टाढाँ हुनुहुन्छ । प्रकट शक्तिको संकेतहरु हुन् – चहकिलो र चम्किलो आँखा, हातको तेजिलो चाल, आदि |

८. निर्धारित कार्य गर्नको लागि सन्त एवं गुरुलाई समान रुपमा प्रकट ऊर्जाको आवश्यकता हुन्छन् जुन ईश्वरले दिनुहुन्छ । कहिलेकाँही सन्त आफ्नो भक्तहरुको सांसारिक समस्याहरु समाधान गर्छन् जसमा तुलनात्मक रुपमा बढी शक्तिको प्रयोग गर्दछ । एक गुरु आफ्नो शिष्यको आध्यात्मिक विकासमा केन्द्रित हुनुहुन्छ, जसको बदलामा शिष्यलाई समस्याहरु पार गर्न आत्मनिर्भर बनाउँदछ, जहाँ मूल कारणहरु आध्यात्मिक प्रकृतिको हुन्छन् । परिणाम स्वरुप गुरु अत्यल्प आध्यात्मिक ऊर्जा प्रयोग गर्नुहुन्छ ।

९. दुबै सन्त एवं गुरुको आध्यात्मिक स्तर न्यूनतम ७०% हुन्छ । ७०% आध्यात्मिक स्तर पार गरेपछि गुरुमा सन्तको तुलनामा आध्यात्मिक विकासको प्रगति अधिक हुन्छ । उहाँहरु सद्गुरुको स्तर (८०%) र परात्पर गुरुको स्तर (९०%), त्यही स्तरको सन्ततको तुलनामा शीघ्रतासँग प्राप्त गर्नुहुन्छ । यस्तो किनभने वाहाँहरु निरन्तर शिष्यको आध्यात्मिक प्रगति गराउनमा मग्न रहन्छन्; जब कि सन्तहरु पनि भक्तहरुको ज्यादा सांसारिक तहमा सहायता गर्नुहुन्छ ।

. मानव रुपमा गुरुको महत्व के हो ?

हामी सम्बन्धित क्षेत्रहरु जस्तै शिक्षक, डाक्टर, वकिल आदिबाट सल्लाह लिन्छौं । यदि यी साधारण क्षेत्रहरुमा पनि मार्गदर्शकको आवश्यकता पर्दछ भने, कल्पना गर्नुहोस्, जसले हामीलाई जन्म-मृत्युको बन्धनबाट मुक्ति दिलाउनु हुन्छ, त्यो गुरुको महत्त्व कति हुन्छ ।

६.१ गुरुको महत्व – एक विद्यार्थीलाई शिक्षा दिने दृष्टिकोणबाट

गुरु अनेक रूपहरुमा आउँछन् । वाहाँले हामीलाई परिस्थिति, ग्रन्थ, मानव रुप आदिद्वारा सिकाउनुहुन्छ । निम्न तालिका यी विभिन्न रुपहरु बीचको तुलना साथै मानव रुपमा गुरुको महत्व देखाउँदछ ।

देहधारी गुरुको महत्त्व

गुरुको रुप गुरुको अनुपस्थिति
मानव ग्रन्थ मूर्ति/चित्र अन्य/ जीवनमा आउने प्रसंग
शिष्यको क्षमता अनुसार ज्ञान दिनु सम्भव असम्भव असम्भव असम्भव
शंकाहरुको समाधान शंका प्रारम्भ हुने वितिक्कै अत्याधिक अध्ययन गरे पछि मात्र केही हदसम्म सम्भव असम्भव असम्भव
श्रद्धा निर्मित हुन हेतु आवश्यक अवधि धेरै कम अधिक अझ अधिक धेरै अधिक
प्रोत्साहनात्मक शिक्षण तथा परिक्षा सम्भव असम्भव असम्भव असम्भव
बीचमा नै साधना छोडने शिष्यको  संख्या कम अधिक अत्यधिक अधिक अधिक
आध्यात्मिक उन्नति हेतु लाग्ने समय कम अधिक अत्यधिक अधिक अधिक
मानस शास्त्रको अनुसार गुरुसँग  साम्य राख्ने शिष्यको व्यक्तिमत्त्व जसलाई मार्गदर्शनको अत्यन्त आवश्यकता छ स्वतन्त्र स्वाभाव भएको जसलाई  सहायताको आवश्यकता छ स्वतन्त्र स्वाभाव भएको स्वतन्त्र स्वभाव को मात्रा अधिक

६.२ गुरुको महत्व – मनोवैज्ञानिक दृष्टिकोणबाट

एक विद्याथिको लागि मानव रुपमा एक आध्यात्मिक मार्गदर्शक पाउन धेरै मनोवैज्ञानिक लाभहरु छन् ।

  • ईश्वर एवं देवताहरु आफ्नो अस्तित्व र क्षमता प्रकट गर्नुहुँदैन; तर गुरु (तत्त्व) आफ्नो मानव रुप (देहधारी) गुरुको माध्यमबाट प्रकट गर्नुहुन्छ । यस माध्यमले अध्यात्म शास्त्रको विद्यार्थी (शिष्य) लाई उनको अध्यात्म (साधना) यात्रामा ध्यान दिनको लागि देहधारी मार्गदर्शक मिल्दछ ।
  • देहधारी गुरु अप्रकट गुरु जस्तै सर्वव्यापि हुनुहुन्छ र आफ्नो शिष्यको बारेमा सम्पूर्ण ज्ञान हुन्छ । विद्यार्थीमा लगन छ अथवा छैन र उसले कहाँ गल्ती गरिरहेको छ, यसको ज्ञान गुरुलाई विश्व मन एवं विश्व बुद्धिको माध्यमद्वारा थाहा हुन्छ । फलस्वरुप, विद्यार्थीलाई गुरुको यो क्षमता बारे सचेत हुन्छ र धेरैजसो नकारात्मक कुकृत्य गर्नबाट स्वयंलाई रोक्दछ ।
  • गुरु शिष्यमा न्यूनताको भावना निर्माण हुन दिनुहुँदैन कि उ गुरु भन्दा कनिष्ठ छ । पात्र शिष्यमा न्यूनताको भावना हटाइ दिनुहुन्छ र उनलाई गुरु (तत्त्व) को सर्वव्यापित्व प्रदान गरि दिनुहुन्छ ।

६.३ गुरुको महत्व – अध्यात्म शास्त्रको दृष्टिकोणबाट

तलको तालिकाले एक साधक / शिष्यको आध्यात्मिक प्रगतिको दृष्टिले गुरु (तत्त्व) को देहधारी रुपको महत्त्व देखाउँदछ ।

देहधारी गुरुको महत्त्व

गुरुको रुप गुरुको अनुपस्थिति
देहधारी ग्रन्थ मूर्ति/चित्र अन्य/ जीवनमा आउने प्रसंग
साधनामा रूकावट निर्माण गर्ने प्रारब्ध, क्रियामाण कर्म कम गर्ने तथा अनिष्ट शक्तिको बाधा हटाउन सम्बन्धि मार्गदर्शन सम्भव असम्भव असम्भव असम्भव
गुरुको सानिध्यमा रहनाले वाहाँको दिव्य चैतन्यको लाभ सम्भव असम्भव कम असम्भव
गुरु कृपाको लाभ सम्भव असम्भव कम असम्भव
यो लाभ ग्रहण गर्न  हेतु साधारणत: शिष्यको  आध्यात्मिक स्तर (%मा) ५५%  ४०% ६०%  ३०%
शिष्य / साधकद्वारा गर्नु पर्ने प्रयत्न (%मा) ६०%  ७०% ७०% ७०% १०० %
शिष्यको लागि आवश्यक गुणहरु सत्सेवा तथा त्याग अंतर्निहित अर्थ बुझ्न सक्ने  अंत:करणबाट मार्गदर्शन मिल्ने प्रकार माथि  निर्भर गर्दछ अत्यधिक अहं 
प्रति वर्ष हुने आध्यात्मिक उन्नति २-३% ०.२५% ०.२७% ०.२५% ०.००१% 

टिप्पणिहरु (माथिको तालिकामा रोतो अंकमा आधारित):

१. लगभग ५५% आध्यात्मिक स्तरमा  विद्यार्थी / शिष्यमा गुरुको देहधारी अस्तित्वको लाभ उठाउन सक्ने दृष्टिले पर्याप्त आध्यात्मिक परिपक्वता निर्माण हुन्छ । यो अध्यात्ममा छात्रवृत्ति प्राप्त गर्नु समान हो । गुरुद्वारा ईश्वर प्राप्तिको सन्दर्भमा गरिएको मार्गदर्शनको उचित लाभ गर्ने स्थिति आध्यात्मिक परिपक्वता यो स्तरमा शिष्यमा विकसित हुन्छ ।

२. कुनै मूर्तिको माध्यमबाट लाभ लिने तुलनात्मक दृष्टिले धेरै कठिन हुन्छ । कुनै मूर्ति अथवा चित्रद्वारा प्रक्षेपित गुरुको सूक्ष्म र बुद्धिअगम्य स्पन्दन ६०% भन्दा अधिक आध्यात्मिक स्तर भएको व्यक्तिको लागि, जसको छैटौं ज्ञानेन्द्रिय जागृत भएको छ, लाभप्रद हुन्छ ।

३. जब कुनै देहधारी गुरुको मार्गदर्शनानुसार साधना गर्छौं, तब आध्यात्मिक प्रगतिको लागि न्यूनतम प्रयत्न गर्नु पर्छ किनभने त्यो उचित पद्धतिले गरिएको हुन्छ । अन्यथा गल्ती गर्न सम्भावना अधिक हुन्छ ।

४. धर्म ग्रन्थको भावार्थ (गूढ अर्थ) बुझ्न सक्नु कुनै सरल कुरा होइन । अधिकांश समयमा धर्म ग्रन्थ र पुस्तकमा अनुचित अर्थ निकाल्ने आशंका धेरै हुन्छ ।

६. आध्यात्मिक मार्गदर्शकको अभावमा प्रगतिको त्यही स्तरमा रहनु अथवा तल्ल झर्ने सम्भावना हुन्छ ।

. देहधारी गुरुको केहि विशेष लक्षणहरु

  • गुरु धर्मभन्दा पनि परे हुनुहुन्छ र सम्पूर्ण मानव जातितर्फ समान दृष्टिले हेर्नुहुन्छ । संस्कृति, राष्ट्रीयता अथवा लिंगको आधारमा भेद गर्नुहुँदैन । केवल त्यो विद्यार्थी खोज्नु हुन्छ जसमा तीव्र आध्यात्मिक उन्नतिको चाहना छ ।
  • गुरु कहिले पनि उनको धर्म परिवर्तन गर्नको लागि भन्नु हुँदैन । सबै धर्महरुमा अन्तर्निहित सार्वभौमिक आध्यात्मिक सिद्धान्तहरु बुझ्नको लागि शिष्यको आध्यात्मिक प्रगति गरिदिनु हुन्छ ।\
  • शिष्य / साधक जुनसुकै मार्ग अथवा धर्म अनुसार मार्गक्रमण गर्छ, अन्तमा सबै मार्ग गुरुकृपायोगमा विलीन हुन्छ ।

गुरु को हो र गुरुलाई कसरी खोज्ने ?

गुरुको कार्य संकल्पको आध्यात्मिक शक्तिको माध्यमबाट हुन्छ । ईश्वरद्वारा प्रदत्त शक्तिले वाहाँ पात्र शिष्यको उन्नति होस् यो विचारको माध्यमद्वारा गर्नुहुन्छ । अध्यात्म शास्त्रको साधक / शिष्य देहधारी गुरुको कृपा अनि मार्गदर्शन बिना ७०% आध्यात्मिक स्तर सम्म पुग्न सक्दैन । यसको कारण यो हो कि आध्यात्मिक उन्नतिको आरम्भ को चरणमा, हाम्रो उन्नति केवल साधनाको मूलभूत सिद्धांतहरु पालना गरेर प्रगति हुन सक्छ । तर विशिष्ट चरणपछि आध्यात्मिक ज्ञान यति सूक्ष्म हुन जान्छ कि कोहि पनि उनको छैटौं ज्ञानेन्द्रियको माध्यमबाट अनिष्ट शक्तिहरु (भूत, प्रेत, पिशाच इ.) द्वारा दिग्भ्रमित हुन सक्छ । त्यसैले सबैलाई सन्त बनने स्तरसम्म आध्यात्मिक प्रगतिको मार्ग माथि अचूकतासॅंग मार्गक्रमण गर्नको लागि अति उन्नत देहधारी गुरुको आवश्यकता हुन्छ ।

  • सन्त स्तर प्राप्त गरेपनि सदैव गुरुकृपाको स्रोत बनाई राख्नको लागि आध्यात्मिक साधना जारी राख्नुपर्छ ।
  • सम्पूर्ण आत्म ज्ञान नभएसम्म गुरु शिष्यको उन्नति गरिरहनु हुन्छ । यो केहि व्यक्तिहरुको लागि विपरीत हुन्छ जोसँग छैटौं ज्ञानेन्द्रिय (ESP) छ, जो माध्यम बनेर सूक्ष्म देह (आत्मा) सँग सूक्ष्म-स्तरीय ज्ञान प्राप्त गर्दछन् । जब कोहि केवल माध्यम भएर कार्य गर्दछ, तब उसको आध्यात्मिक उन्नति हुँदैन ।
  • गुरु र शिष्यको सम्बन्ध पवित्र (विशुद्ध) हुन्छ र वद्यार्थीलाई गुरुले दिने प्रेम निरपेक्ष र बिना शर्त हुन्छ ।
  • सर्वज्ञानी हुनाले शिष्य स्थूल रूपमा नजीक नभएपनि गुरुको शिष्यतर्फ निरन्तर ध्यान हुन्छ ।
  • गुरु शिष्यलाई साधनाको छ: मूलभूत सिद्धांतको आधारमा  उसको आध्यात्मिक स्तर र क्षमताको अनुसार मार्गदर्शन गर्नुहुन्छ । गुरु शिष्यलाई कहिले पनि उनको क्षमता भन्दा अधिक सिकाउनु हुँदैन ।
  • गुरु सधै सकारात्मक दृष्टिकोणका साथ सिकाउनु हुन्छ । उदाहरणको लागि गुरु शिष्यको आध्यात्मिक परिपक्वताको अनुसार निम्न मध्ये कुनै एक आध्यात्मिक अभ्यान गर्नको लागि सल्लाह दिनु हुन्छ, “भक्ति गीत गाउने, भगवानको नामजप गर्ने, सत्सेवा गर्ने इत्यादि ।” गुरु कहिले पनि नकारात्मक तरिकाले निर्देशित गर्नुहुँदैन जस्तै, “रक्सी नपिनुहोस्, यस्तो व्यवहार नगर्नुहेस्, इत्यादि ।” यसको कारण यो हो कि कुनै कृत्य नगर्नु, यस्तो सीकाउनु मानसिक स्तरको हुन्छ र यसले कुनै आध्यात्मिक प्रगति साध्य गर्दैन । गुरु शिष्यको साधना माथि ध्यान केन्द्रित गर्नुहुन्छ । समयको अन्तरालमा यसले उसको लागि हानिकारक गतिविधिहरु त्याग्ने क्षमता दिनुहुन्छ ।
  • मेघ सर्वत्र समान वर्षा गर्दछ, जबकि पानी केवल खाल्टोमा मात्रै एकत्र हुन्छ र ठाडो पर्वतहरु सुख्खा रहनछ । त्यस्तै गुरु र सन्तहरु भेदभाव गर्नुहुदैन । वाहाँहरुको कृपा सबै माथि एकै समानको हुन्छ; तर जसमा सीकने र आध्यात्मिक प्रगति गर्नको लागि शुद्ध इच्छा हुन्छ, उनीहरु खाल्टा समान हुन्छन्, जो कृपा लिन र प्राप्त गर्न सक्षम हुन्छन् ।
  • गुरु सर्वज्ञानी हुनको कारण अन्तर्ज्ञानले बुझ्न सक्नु हुन्छ शिष्यको अगाडिको आध्यात्मिक उन्नतिको लागि के आवश्यक छ । वाहाँ प्रत्येकलाई भिन्न-भिन्न मार्गदर्शन गर्नुहुन्छ ।

. गुरु खोजी गर्ने – हामी कसरी आध्यात्मिक दृष्टिले उन्नत मार्गदर्शक चिन्ने र प्राप्त गर्ने?

साधना गर्ने शिष्यको लागि गुरुको क्षमता अनुमान लगाउनु कठिन हुन्छ । यो शिष्यद्वारा गुरुको परीक्षा लिनु समान हुनेछ ।

जुन विश्व पञ्चज्ञानेन्द्रिय, मन र बुद्धि भन्दा परे हुन्छ, त्यो विश्वलार्इ SSRF \'सूक्ष्म विश्व\' अथवा \'आध्यात्मिक आयाम\' भन्दछ । सूक्ष्म विश्व देवदूत, अनिष्ट शक्तिहरु, स्वर्ग आदि अदृश्य विश्वसँग सम्बन्धित हुन्छ जुन केवल छैटौं इन्द्रियको माध्यमबाट बुझ्न सक्छौं ।

कसैलाई परिक्षण गर्नको लागि त्यस व्यक्ति भन्दा उच्च क्षमताको हुनु पर्छ । विद्यार्थी गुरुको जाँच गर्नको लागि योग्य व्यक्ति हुन सक्दैन । महत्त्वपूर्ण कुरा यो हो कि गुरुको क्षमता सूक्ष्म अथवा आध्यात्मिक स्तरमा, अर्थात पञ्चज्ञानेन्द्रिय, मन, बुद्धिको समझभन्दा बाहिर हुन्छ । यो केवल अध्यधिक जागृत छैटौं ज्ञानेन्द्रियद्वारा अनुमान गर्न सम्भव हुन्छ ।

यसले साधरण व्यक्तिलाई कसको अनुसरण गर्ने, दुविधामा पारिदिन्छ ।

SSRF सिफारिश गर्दछ कि गुरुको खोजीमा जानु हुँदैन । प्राय: सबै अवस्थामा कुनै व्यक्तिले आध्यात्मिक मार्गनिर्देशनको रुपमा कसलाई छनौट गर्ने भनेर बुझ्न सक्ने आध्यात्मिक परिपक्वता हुँदैन ।

सात्त्विक बुद्धिमा प्रधान घटक सत्त्व हुन्छ र यस्तो बुद्धि साधना गर्नाले प्राप्त हुन्छ । सांसारिक (मायासम्बन्धी) विषयमा प्रयोग गर्नुको अपेक्षा अब उनी ईश्वरको सेवा र आध्यात्मिक प्रगति गर्नको लागि समर्पित हुन्छ । जबसम्म बुद्धि सात्त्विक हुँदैन, तबसम्म धार्मिक ग्रन्थहरुको भावार्थ बुझ्न सक्नु कठिन हुन्छ ।

स्पष्टताले बुझ्न सक्ने क्षमताको विकास गर्नको लागि व्यक्तिद्वारा अध्यात्मशास्त्रको छ: मूलभूत सिद्धान्हरु अनुसार नियमित रूपले साधना गर्न आवश्यक हुन्छ । यसले आध्यात्मिक प्रगतिको साथै बुद्धिपनि सात्त्विक हुन्छ । सर्वव्यापी निर्गुण (अप्रकट) गुरु तत्त्व अथवा ईश्वरद्वारा शिक्षा प्रदान गर्ने तत्त्व हाम्रो सधै ध्यान राख्नुहुन्छ । जब व्यक्तिको आध्यात्मिक स्तर ५५% को आसपास हुन्छ, तब देहधारी गुरु जीवनमा आउँछ । (वर्तमान युगको मानिसहरुको न्यूनतम आध्यात्मिक स्तर २०% हुन्छ ।) ५५% आध्यात्मिक स्तरमा अध्यात्मशास्त्रको विद्यार्थीमा (शिष्यमा) उनको सत्विक बुद्धिद्वारा सहि गुरु चिन्ने परिपक्वता आउँदछ ।

८.१ नक्कली अथवा अनधिकारी गुरु

आज समाजमा ८०% गुरु नक्कली (पाखण्डी) अथवा अनधिकारी छन् । यसको मतलब उनीहरु आध्यात्मिक स्तर ७०% भन्दा धेरै कम छन् र उनीहरु विश्व मन र विश्व बुद्धिको सम्पर्कमा हुँदैनन् । केहि प्रसंगहरुमा यी व्यक्तिहरुमा केही विशेष आध्यात्मिक सिद्धि प्राप्त भएको कारण हजारै मानिसहरुलाई आकृष्ट गर्ने क्षमता हुन्छन् ।

उदारणको लागि ५०% आध्यात्मिक स्तर भएको व्यक्तिमा पहिलाको जन्मको साधनाले प्राप्त सिद्धिको कारण बाल्यकाल देखिनै रोग ठिक गरि दिने छमता हुन्छ । आजको युगमा अधिकांश मानवजाति २०-२५% बीच आध्यात्मिक स्तर भएको हुनाले व्यक्ति सन्त हो अथवा होइन यो स्पष्टसँग चिन्ने क्षमता हुँदैन । अतः जुन व्यक्तिले रोग ठीक गरिदिन्छ अथवा चमत्कार गर्दछ, ती व्यक्तिहरुलाईपछयाउँछन् ।

सामान्य मनुष्यको हितको लागि हामीले खरे गुरु कस्तो हुदैनन्, केहि सूत्रहरुको सूची बनाएका छौं । यी केहि सूत्रहरु हुन् जनु पाखण्डी आध्यात्मिक मार्गदर्शक बुद्धिद्वारा चिन्न र उनको परीक्षा गर्नमा तपाईलाई सहायता मिल्नेछ । यो केहि घटनाहरु (उदाहरणहरु) हुन्, जहाँ यस्ता पाखण्डी गुरुले आफ्नो पोल आफ्नै आचरणद्वारा खोलिदिन्छन् ।

१. गुरु जसले अरुहरुमा हीनताको भावना उत्पन्न गर्छन् र आफ्नो महानता देखाउन प्रयास गर्छन्

एक सन्त दंडवत गर्नको लागि आएका मानिसहरुसँग एउटा सन्त उनीहरुको नाम र आयु सोध्छन् । बताई सकेपछि भन्नु हुन्छ दुवै उत्तर गलत । नाम र आयु देहसँग सम्बन्धित हुन्छ । तिमी आत्मा हो । आत्माको कुनै नाम र आयु हुँदैन । तत्पश्‍चात वाहाँ अध्यात्म शास्त्रको सन्दर्भमा कुरा गर्नुहुन्छ र सोध्नुहुन्छ, के तिमी साधना गर्छौं ? यदा कदाचित कुसैले सकारात्मक उत्तर दिन्छ भने, वाहाँ सोध्नु हुन्छ, कुन साधना गर्दछौं ? यदि कसैले भन्छ, मेरो गुरुद्वारा बताएको साधना, तब वाहाँ भन्नुहुन्छ, तिम्रो आयु र नामको बारेमा सोधिएको एउटा सरल प्रश्न पनि तिमीले उत्तर दिन सक्दैनौ, तिम्रो गुरुले तिमीलाई के सिकाउनु भयो र ? केवल खरे गुरु यस्तो प्रश्नको उत्तर दिन सक्नुहुन्छ । मसँग आऊ । म तिमीलाई भन्छु ।

यस्तो पाखण्डी गुरुलाई यो भन्नुपर्छ असलमा हजुरको प्रश्ननै निरर्थक थियो ! हजुरको देहबुद्धि अधिक हुनको कारण हजुरले मलाई मेरो नाम र आयुको बारेमा सोध्नु भयो, त्यसैले मैले पनि देहबुद्धिलाई विचारमा राख्दै उत्तर दिए ।

कस्तो किसिमको गुरु जो प्रथम दर्शनमानै जान्न सक्दैन कि कसैको गुरु छ अथवा छैन, अथवा कसैको साधना उचित ढंगले भैरहेको छ अथवा छैन ?

२. जो सम्पत्ति र स्त्री प्रति आसक्त छ

३. धोकामा राख्नु

समय तथा घडीलाई पट्टिको बन्धनमा नरहनको लागि एउटा गुरु घडीको उपयोग गर्दैनन् । तर प्रत्येक १५-२० मिनटमा अरुलाई सोध्छ, समय कति भयो ?

४. प्रसिद्धीको अभिलाषा

जसलाई गुरु बन्न इच्छा छ र केहि हदसम्म आध्यात्मिक प्रगति भएको छ, यस्तो केहि व्यक्तिहरु अरुलाई कुनै न कुनै प्रकारको साधना बताउछन् । लगभग सबै उदाहरणहरुमा जस्तो बोल्छन्, त्यस्तो आचरण हुँदैन । परिणाम स्वरूप यो देखिएको छ कि जुन साधक उनले बताए अनुसार साधना गर्छ, उनको प्रगति हुन थाल्छ र तथाकथित गुरु त्यस्तैनै रहन्छ ।

५. शिष्यलाई आफु माथि निर्भर बनाउनु

केहि गुरुलाई भय हुन्छ की यदि वाहाँले पूरा आध्यात्मिक ज्ञान आफ्नो शिष्यलाई दियो  भने, उनको महत्त्व अल्प हुन्छ । त्यसैले शिष्यलाई पूरा ज्ञान दिदैन ।

. सारांश

यो लेखको मुख्य सूत्रहरु तल दिएको छन्.

  • गुरु ७०% आध्यात्मिक स्तरभन्दा अधिक स्तरको मार्गदर्शक हुनुहुन्छ ।.
  • गुरुको खोजमा नजानुहोस्, किनकि लगभग सबै प्रसंगमा तपाई जसको खोजमा हुनुहुन्छ त्यो व्यक्ति गुरुनै हो, यो स्पष्ट रूपमा निश्चित गर्न सक्नुहुँदैन ।
  • यसको अपेक्षा अध्यात्म शास्त्रको मूलभूत छः सिद्धान्त अनुसार साधना गर्नुहोस् । यसले हजुरको आध्यात्मिक परिपक्वताको त्यस चरणसम्म पुग्नमा सहायता मिल्छ, जसले पाखण्डी गुरुको धोखाबाट बच्न सम्भव हुन्छ ।
  • सन्त पद प्राप्त गर्नु, अर्थात ७०% आध्यात्मिक स्तर गुरुकृपाको बिना सम्भव हुँदैन ।