आत्मजागरूक बन्ने मार्गमा आउने अवरोधहरू
१. आत्मजागरूक बन्ने मार्गमा आउने अवरोधहरू
तल केहि सामान्य अवरोधहरु दिएका छन् जुन आफ्नै बारे सिक्ने क्रममा आउँदछन् ।
१. स्वयंमा सुधार गर्ने इच्छा नहुनु : केहि व्यक्तिहरुमा स्वयंलाई सुधारर्नको लागि मूलभूत इच्छाहरुको नै अभाव हुन्छन् । यो घमण्ड अथवा अल्छीपन जस्तो स्वभाव दोषको कारण हुन सक्छ ।
२. सिक्ने वृत्तिको अभाव : यस्तो व्यक्ति आफ्नो गल्तिबाट कसरी सिक्ने तथा त्यसमा सुधार कसरी ल्याउने, भन्ने बारेमा जान्ने उत्सुकताको अभाव हुन्छ ।
३. बहिर्मुखता : यहाँ बहिर्मुखता को तात्पर्य जीवनको परिस्थितिलाई अन्तर्मुखतासँग विचार गर्न नसक्ने क्षमता हो । आउनुहोस् पहिलाको अध्याय देखि तीन उदाहरणहरु हेर्यैं र बुझौं बहिर्मुखता वृत्तिको तुलनामा अन्तर्मुख वृत्ति कस्तो हुन्छ ।
उदाहरण | बहिर्मुखता | अन्तर्मुखता अथवा आत्मविश्लेषण |
एनेट | मेरो मालिकले मेरो प्रशंसा किन गर्दैन ? म पनि त कडा मेहनत गर्छु । | मेरो सहकर्मीसँग के गुणहरु छ जुन म सिक्न सक्छु ? |
राहुल | यो घरमा मलाई अलि कति पनि स्वतन्त्रता छैन । मैले घर छोडेर जानु पर्छ । | बुबाको दिन धेरै लामो भयो । म उहाँलाई कसरी आराम दिन सक्छु ? उहाँले एउटै कुरा बारम्बार किन मलाई भन्नु पर्छ – ममा के कमि छ ? |
मार्क | रूथ मेरो श्रीमती जस्तै छिन् । सबै श्रीमतीहरु एकै हुन्छन् । जेरेमी र म मद्यपान गर्न बाहिर जानु पर्छ । | यदि मैले स्वयंलाई जेरेमीको स्थानमा हेर्ने हो भने, म सचिनै अल्छी छु, मैले यसमा सुधार गर्नुपर्छ । |
माथि दिएको उदाहरणबाट, हामी बुझ्न सक्छौं किन यस्तो भनिन्छ कि “जो आफ्नो समय अरुको त्रुटिहरुलाई देख्न व्यतीत गर्छ, उ प्रायः आफ्नो दोषमा सुधार ल्याउन हेतु कुनै पनि प्रयास गर्दै ।”
१. उच्च अहंकार : जसमा उच्च अहंकार हुन्छ उनीहरु प्रायः आफ्नो गल्तिलाई स्वीकारदैन्न् र त्यसमा सुधार ल्याउने कुरा त नगरे पनि हुन्छ ।
२. आध्यात्मिक कारकहरु : हाम्रो जीवनमा समस्याहरुको धेरै प्रकारका आध्यात्मिक मूल कारणहरु हुन्छन् । प्रायः व्यक्तिको आफ्नो प्रारब्ध कर्म, अनिष्ट शक्तिको प्रभाव, मृत पूर्वजद्वारा उत्पन्न कष्ट, प्राणशक्तिमा अवरोध हुनु इत्यादि कारणहरुले कष्ट भोग्नुपर्दछ । कुनै बेला मध्यम देखि तीव्र प्रारब्धको कारण व्यक्ति स्पष्टतासँग विचार गर्न सक्दैन र यही उनको आत्मजागरूकताको मार्गमा अवरोध बन्न जान्छ । साथै आध्यात्मिक आयामबाट अनिष्ट शक्तिले पनि मनुष्यको विचारलाई अस्पष्ट बनाउन सक्छ तथा उनको स्वभाव दोष बढाउन सक्छ । अर्को तर्फ, यस प्रकारको समस्याहरु हुन्छन् र यसले हामीलाई कष्ट दिन सक्छन्, यो बुझाईले हामीलाई जीवन प्रति धेरै दार्शनिक भूमिका अपनाउन सहायता गर्दछ । वास्तवमा, जीवनको सबै प्रमुख घटनाहरु राम्रो वा नराम्रो मुख्यतया प्रारब्धको कारण हुन्छ ।
एउटा साधकको गाडी दुर्घटना भयो, जसमा उसको कुनै पनि गल्ती थिएन । सहज प्रेरणाबाट उसलाई भान भयो कि यसले उसको प्रारब्धको केहि भाग पूर्ण भैइरहेको छ । उसलाई लाग्यो कि पहिलाको जन्ममा अवश्य नै उसले त्यो व्यक्तिलाई केहि गलत गरेको थियो होला, त्यसैले यो जन्ममा त्यो व्यक्तिले उसको साथ गलत गर्यो । यो विचारले गर्दा उ स्थिर रहन सक्षम भयो र शान्तिसँग आफ्नो दैनिक जीवन जीउन थाल्यो ।
२. सारांश
- हामीलाई त्यस्तो बाधाहरु प्रति सतर्क रहनु पर्छ जुन हाम्रो स्वभाव दोष भान हुने क्षमतामा अवरोध उत्पन्न गर्न सक्छ ।
- यहाँ सम्म कि अरुले औंल्याएको गल्तीको सानो संकेतलाई पनि गम्भीरताका साथ लिनुपर्दछ, किनभने यसले हाम्रो व्यक्तित्वमा भएको गहिरो मुद्दाहरु थाहा पाउन सक्छौं ।
- अन्यद्वारा हाम्रो बारेमा दिएको अभिप्राय माथि प्रतिक्रिया दिनु हाम्रो तीव्र अहंको सूचक हो ।