SSRF द्वि-वार्षिक आध्यात्मिक कार्यशाला

SSRF ले आफ्नो आध्यात्मिक अनुसन्धान केन्द्र, गोवा, भारतमा द्वि-वार्षिक आध्यात्मिक कार्यशाला राख्दछ । यो कार्यशाला साधकहरुको लागि निशुल्क राखिएको छ जसको एकमात्र लक्ष्य हो साधकहरुलाई आध्यात्मिक प्रगतीको लागि सहायता गर्नु । उपस्थित साधकहरुलाई सन्तहरुसँग सत्संग प्राप्त गर्ने सौभाग्यको साथै आध्यात्मिक अभ्यासमा सुधार ल्याउनको लागि व्यक्तिगत मार्गदर्शन मिल्दछन् । यो ५-१० दिनको कार्यशालामा सटीक कार्यक्रम हुन्छ र साधकहरुलाई धेरै व्यावहारिक सत्रहरुद्वारा अवगत गरार्इन्छन् जसले उनीहरुको आध्यात्मिक अभ्यासमा आफ्नो बल र कमजोरीहरुको महसुस गर्न सक्षम बनाईन्छन् । साधकहरु एक-अर्काको परिस्थितिबाट सिक्न सक्षम हुन्छन् र अन्य साधकहरुको आध्यात्मिक अनुभवहरु र व्यक्तिगत रुपान्तरणहरु सुन्नाले उनीहरुमा विश्वास जाग्दछन् । वातावरण पूर्णतया आध्यात्मिक शिक्षाको लागि दिशा र आध्यात्मिक आयाम बुझ्नको लागि हुन्छ । साधकहरुलाई विभिन्न अदि्वतीय आध्यात्मिक घटनाहरुसँग उजागर गराईन्छन् जुन संसारमा कहीं पनि उपलब्ध छैन ।

कसरी हामीले SSRF को आध्यात्मिक कार्यशालाको लागि निमन्त्रणा पाउन सक्छौं?

यो कार्यशाला SSRF द्वारा निर्देशित सबै साधकहरुको लागि खुला छन् जसले आफ्नो साधनाको प्रयास ईमानदारी साथ गरेका छन् । यदि साधकले नियमित रूपमा आध्यात्मिक अभ्यास गरेका छन् भने मात्र यो कार्यशालामा भाग लिदा लाभ लिन सक्छन्। आध्यात्मिकताको विज्ञान अनुभवको विज्ञान हो जहाँ सैद्धान्तिक ज्ञानको सीमित मूल्य हुन्छ । यस कारणले गर्दा SSRF ले दैनिक आध्यात्मिक अभ्यास लाई जोड दिन्छ जुन आध्यात्मिक अभ्यासको ६ मूल सिद्धान्तहरू अनुरुप छन् ।

सबै जानाले आफ्नो जीवनकालमा आध्यात्मिक उन्नति गर्न सक्छन् यदि आध्यात्मिक उन्नति गर्ने चाहना छन् भने र SSRF को वेबसाइटमा साधकहरुको आध्यात्मिक उन्नतिको लागि स्पष्ट रोडमैप (clear roadmap) प्रदान गरेको छ । तल केहि बुदाहरु छन् जो SSRF सँग नयाँ छ उनले उपनाउदछ र SSRF द्वारा दिएको आध्यात्मिक मार्गदर्शनको अनुसरण गर्दछ ।

१. SSRF को वेबसाइटमा आउँछन्

२. SSRF को वेबसाइट पढ्छन्

३. आध्यात्मिक अभ्यास आरम्भ गर्छ र SSRF को वेबसाइटको अध्ययन जारी राख्छ

४. स्काइपबाट सत्संगमा उपस्थित हुन थाल्दछ

५. आफ्नो क्षमता र प्रतिभा अनुसार सत्सेवा गर्न थाल्दछ

६. स्वाभाब दोष र अहंकार हटाउनको लागि साधना आरम्भ गर्दछ र आफुमा सुधार ल्याउनको लागि ईमानदारीपूर्वक प्रयासहरू गर्दछ

नोट: माथि वर्णित कार्यशाला उन्नत साधकहरुको लागि हुन् । नयाँ साधकहरुको लागि कार्यशालाको जानकारी र दर्ता गर्नको लागि यो पृष्ठमा जानुहोस्