श्राद्ध विघिले कसरी वंशजलाई लाभ पुर्‍याउँछ ?

छोटो सारांश : के तपाईलाई थाहा छ श्राद्ध विद्धले मृत्युपछिको जीवनमा पूर्खालाई मद्दत गर्नुको साथ-साथै श्राद्ध विद्धि गर्ने व्यक्तिलाई पनि सकारात्मक ऊर्जा प्राप्त हुन्छ ?

श्राद्ध विघिले कसरी वंशजलाई लाभ पुर्‍याउँछ ?

१. परिचय – श्राद्ध विघि गर्ने वंशजलाई कसरी फाइदा हुन्छ

पितृपक्षको अवधि, जसलाई मृतक पूर्खाहरूको पन्ध्रौं दिनको रूपमा जानिन्छ यो समय वंशजहरूको लागि आध्यात्मिक रूपमा कष्टदायी हुन सक्छ । यसको कारण हो यस अवधिमा, मृतक पूर्खाहरू पृथ्वी लोकको नजिक आउँदछन् । यी मृतक पूर्खाहरूको संसारिक चाहनाहरू धेरै र आध्यात्मिक ऊर्जा कम हुन्छन् जसले गर्दा उनीहरुलाई मृत्युपछिको यात्रामा अगाडी बढ्नको लागि गाह्रो हुन्छ । मृतक पूर्खाहरुलाई अपेक्षा हुन्छ कि वंशजहरुले उनीहरुको मृत्युपछिको जीवनमा गति प्रधान गरेर उनीहरुको मृत्युपछिको कष्ट कम गरिदियोस् । यस कारणले गर्दा, पुर्ख्यौलि घरमा वंशजहरु माथि यस समय सूक्ष्म दबावमा वृद्धि हुन सक्छ । आध्यात्म विज्ञान अनुसार केही संस्कारहरु र विघिहरू छन् जसबाट हामीले मृत्क पूर्खाहरुको कष्ट कम गर्न सक्छौं र उनीहरूलाई मृत्युपछिको जीवनमा गति प्राप्त गर्नको लागि आध्यात्मिक ऊर्जा प्रदान गर्न सक्छौं । यस्तै एउटा महत्त्वपूर्ण विघि हो श्राद्ध । प्रायः मानिसहरु थाहा नभएर श्राद्ध गर्दैनन् । कसैलाई यसको बारेमा थाहा भए पनि उनीहरूले यसको महत्त्व बुझ्दैन्न् ।

महर्षि आध्यात्म विश्वविद्यालयले (जसलाई आध्यात्मिक महर्षि विश्वविद्यालयको रूपमा पनि चिनिन्छ) एउटा प्रयोग गर्यो जहाँ श्रद्ध विघि गररे कसरी मृतक पूर्खाहरुले सकारात्मक आध्यात्मिक ऊर्जा प्राप्त गरे । यो प्रयोगमा आभा र ऊर्जा स्क्यानरहरू प्रयोग गरिएको थियो र यसबाट श्राद्ध विघि गर्ने व्यक्तिमा आध्यात्मिक लाभ स्पष्ट रूपमा देखिन्छ ।

२. श्राद्धको प्रभाव अध्यान गर्नको लागि प्रयोग-सेटअप र कार्यप्रणाली

  • प्रयोग २२ सेप्टेम्बर २०१६ को बिहान १०:०० देखि दिउँसो ४:३० को बीचमा गरिएको थियो । यो गोवाको आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रममा गरिएको थियो । श्राद्ध विघि पितृपक्षको समयमा गरिएको थियो जुन त्यस वर्षमा १७ देखि ३० सेप्टेम्बरसम्म  थियो । श्राद्ध विघिहरु मध्य महालय श्राद्ध गरिएको थियो जुन सामान्यतया पितृपक्षको अवधिमा गरिन्छ ।
  • प्रयोगमा भाग लिने पात्र (विषय, वंशज) श्री शन क्लार्क हुनु हुन्थ्यो र उहाँले २०१६ सम्म १७ बर्ष सम्म साधना गरिरहेको थियो । उहाँले आफ्नो पूर्खाको लागि श्राद्ध विघि गरेको यो तेस्रो पटक थियो । विघिको लागि, उहाँले परम्परागत लुगा लगाउँनु भयो जुन धर्मशास्त्रद्वारा तोकिएको थियो (जसमा धोती र शल सम्मिलित थियो) ।
  • यूनिभर्सल ऑरा स्क्यानर (यूएएस) डॉ मन्नम मूर्ति (एक पूर्व परमाणु वैज्ञानिक) द्वारा विकसित गरिएको उपकरण हो । यसको उपयोग कुनै पनि वस्तु (जीवित या निर्जीव) को वरिपरि सूक्ष्म-ऊर्जा (सकारात्मक र नकारात्मक) अगायत आभामण्ड थाहा पाउनको लागि गरिन्छ । यो उपकरण प्रयोग गरेर पात्र (विषय, वंशज) को श्राद्ध विघि पूर्व र पश्चातको आभामण्डल परिक्षण गरिएको थियो । उहाँलाई तीन मापदण्डको लागि मापन गरिएको थियो, नकारात्मक आभा, सकारात्मक आभा र कुल संयुक्त आभा । कसरी युनिभर्सल ऑरा स्क्यानर प्रयोग गरिन्छ, यस विषयमा अधिक जानकारीको लागी कृपया हाम्रो लेख पढ्नुहोस् ।

श्राद्ध विघिले कसरी वंशजलाई लाभ पुर्‍याउँछ ?

  • कृपया ध्यान दिनुहोस् श्राद्ध विघि आध्यात्मिक रुपमा शुद्ध वातावरण आध्यात्मिक अनुसन्धान केन्द्रमा र महर्षि आध्यात्म विश्वविद्यालयको पुजारी विभागको साधक पुजारीहरूद्वारा गरिएको थियो । यी पुजारी साधकहरूले नियमित साधना गर्छन्, उनीहरु सात्विक या आध्यात्मिक रुपमा शुद्ध हुन्छन् । उनीहरू धर्मशास्त्रका नियमहरू सावधानीपूर्वक पालन गर्छन्, सहि मन्त्र उच्चारण गर्दछन् र सबै विघिहरु आध्यात्मिक भावको साथ गर्दछन् । योसँगै, विघिको क्रममा, उनीहरूको अन्तर्निहित आध्यात्मिक सिद्धान्तहरूको व्याख्या गर्दै साधकलाई विघिको लाभको बारेमा बताउँछन् । यसले वंशजको सहभागिता र आध्यात्मिक भाव बढाउन पनि सहयोग गर्दछ । यी सबै कारणले श्राद्ध विघि मृत पूर्खा र श्राद्ध विघि गर्ने वंशजको आगि अझ आध्यात्मिक रुपमा प्रभावकारी बनाउँदछ ।

३. श्राद्ध विघि प्रयोगको प्रमुख अवलोकन र विश्लेषणहरु

निम्नलिखित UAS उपकरणबाट लिइएको संख्याहरू हुन् । तपाईले याद गर्नु भयो होला, यहा २ प्रकारको संख्याहरू संकलन गरिएको छ । दोस्रो स्तम्भले श्राद्ध विघि पूर्वको संख्याहरू प्रदर्शन गर्दछ र तेस्रो स्तम्भले श्राद्ध विघि पश्चाच तुरुन्त लिएको संख्याहरु प्रदर्शन गर्दछ ।

श्राद्ध विघिले कसरी वंशजलाई लाभ पुर्‍याउँछ ?
  • व्यक्तिमा दुबै प्रकारका नाकारात्मक ऊर्जाहरु इन्फ्रारेड (IR) र अल्ट्राभायोलेट (UV) को आभा देखिएन । यो दुबै श्राद्ध विघि पूर्व र पश्चात हो ।
  • श्राद्ध विघि गर्नु भन्दा पहिला व्यक्तिमा केही सकारात्मक ऊर्जा देखियो । यो UAS मा ९०° को कोणमा खोलेर संकेत गरेको थियो । यद्यपि, यहाँ कुनै पनि आभाको मापन गरिएको थिएन, आभाको मापन गर्नको लागी UAS को कुल चिन्ह १८०° मा खोलिन आवश्यक हुन्छ । श्राद्ध विघि गरि सकेपछि, UAS ले व्यक्ति (वंशज, श्री शन क्लार्क) मा सकारात्मक आभा १.०२ मिटरसम्म प्राप्त भएको देखायो ।
  • व्यक्तिको मापन आभामा १००% १.३१ मिटर देखि २.६४ मिटर सम्म वृद्धि भएको देखाउँछ । यसले सकारात्मक आध्यात्मिक ऊर्जामा कडा बृद्धि भएको संकेत गर्दछ ।

व्यक्ति (वंशज) को सकारात्मकतामा उल्लेखनीय बृद्धि निम्न कारणले भएको थियो ।

  • व्यक्ति (वंशज) ले धेरै वर्षदेखि साधना गरिरहेको थियो । नतिजा स्वरूप, उनले सकरात्मक ऊर्जालाई सजिलैसँग समाहित गर्न सक्षम भयो ।
  • घिको क्रममा व्यक्ति (विषय, वंशज) को आध्यात्मिक भाव जागृत भयो किनभने उनले वास्तवमै महसुस गरे की उनको पूर्खाहरूले श्राद्ध विघिबाट लाभ प्राप्त गरिरहेका छन् । जहाँ आध्यात्मिक भाव हुन्छ त्यहाँ अधिक आध्यात्मिक सकारात्मकता उत्पन्न हुन्छ ।
  • श्राद्ध विघि केही घण्टासम्म जारी रहयो जसले वंशजलाई संस्कृतको विभिन्न मन्त्रहरु सुनाई दियो जसमा धेरै सकारात्मक आध्यात्मिक ऊर्जाहरु हुन्छ ।
  • आध्यात्मिक अनुसन्धान केन्द्र र आश्रमको वातावरणमा अत्यधिक सकारात्मकता छ र यहाँ विघिहरु जस्तै श्राद्ध गर्नको लागि अनुकूल छ । यसले विघिको सूक्ष्ममा हुनुपर्ने प्रभावलाई सजिलो बनाइ दियो ।
  • श्राद्ध विघि गर्ने पुजारीहरू पनि साधक हुन् र उहाँहरूले आफ्नो साधनाको रूपमा विघि गरे । विधीको क्रममा उहाँहरूले पनि आध्यात्मिक भाव अनुभव गरे ।
  • सबै भन्दा महत्वपूर्ण कारक हो श्राद्ध विघि आध्यात्मिक अनुसन्धान केन्द्रमा गर्यो र आश्रम परातपर गुरु (डा). आठवलेज्यूको (उच्चतम स्थरको सन्त र गुरु जसको आध्यात्मिक स्तर ९० % भन्दा पनि माथि छ) संकल्प र मार्गदर्शनमा सम्पन्न गरिएको थियो । उच्च-स्तरको सन्तको संकल्प श्राद्ध विघिको सफलता निर्धारण गर्नेको लागि धेरै महत्त्वपूर्ण हुन्छ । यस्तो संकल्पको कारण, व्यक्तिको मृतक पूर्खाहरूलाई पनि श्राद्ध विघिबाट धेरै हदसम्म फाइदा हुन्छ ।

४.  निष्कर्ष

यो प्रयोगले देखाउँदछ कि व्यक्ति (वंशज) माथि श्राद्ध विघि पालन गरेपछि सकारात्मक प्रभाव हुन्छ । UAS ले यसलाई केही निश्चित सीमासम्म देखाउन सक्षम भयो । यद्यपि, यस्तो विघिबाट मृत पूर्खाहरूमा हुने सकारात्मक प्रभाव र उनीहरुको सन्तानले श्राद्धबाट पाएको आशिर्बाद उन्नत छैठौं इन्द्रियद्वारा मात्रै यसको मुल्यांकन गर्न सकिन्छ । महर्षि आध्यात्म विश्वविद्याल, आध्यात्मिक अनुसन्धान टोलीमा साधकहरू छन् जसले सूक्ष्म आयामलाई हामीले शारीरिक आयाम देखेको जस्तै सुक्ष्म-स्तरमा अधिक शुद्धताको साथ देख्न सक्छन् । उनीहरुले विवरनमा भने, विघिहरू जुन आध्यात्मिक भाव सहित गरिन्छ, त्यसले मृत पूर्खाहरूलाई मृत्युपछिको जीवनमा अगाडि बढ्नको लागि धेरै सहयोग मिल्दछ । महर्षि आध्यात्म विश्वविद्याल आध्यात्मिक अनुसन्धानको टोलीले सबैलाई आफ्नो सामर्थ्य अनुसार वर्षमा कम्तिमा एक पटक पितृपक्षको अवधिमा श्राद्ध विघि गर्न आग्रह गर्दछन् । हामीले धेरै प्रयासहरु गर्नु पर्दैन,  तर हाम्रा मृतक पूर्खाहरूको लागि, यो एउटा विघिले उनीहरूको लागि एक बर्षसम्म आध्यात्मिक ऊर्जा प्रदान गर्दछ