पाउरोटी र चपातीबाट प्रक्षेपित स्पन्दनहरुमा अनुसन्धान

पाउरोटी र चपातीबाट प्रक्षेपित स्पन्दनहरुमा अनुसन्धान

सार : आध्यात्मिक रूपमा उजित जीवनशैली छनौट गर्दा उत्पन्न सात्त्विकताले मनावजाति लाभान्वित हुन्छ । साथै उनीमा सूक्ष्म तत्त्व रज-तम (अस्थिरता एवं अज्ञान) को प्रभाव पनि घटन थाल्छ । जीवन शैली छनौटमा दैनिक कृति, आहार, कपडा आदि समावेश हुन्छन् । आध्यात्मिक दृष्टिबाट शुद्ध जीवनशैली अपनाउने व्यक्तिको संख्या कलियुगमा घट्दै गएको छ । हाम्रो खान-पान पनि यसको अपवाद छैन । यो लेखमा हामी किण्वित (ferment) सेतो पाउरोटी (बन) र अकिण्वित गहुँको रोटी (चपाती) बाट प्रक्षेपित स्पन्दहरुको बारे अध्ययन गर्ने छौं । यस विश्लेषणबाट आध्यात्मिक लाभ पुराउने अन्नपदार्थको छनैट गर्ने महत्व ज्ञात हुन्छ ।

१. पाउरोटीको प्रभाव – एउटा आध्यात्मिक परिप्रेक्ष्य

पाउरोटी सामान्य व्यक्तिको खान-पानको एउटा नियमित अंग बनेको छ । आजकल पाउरोटी प्रायः सेतो पीठोबाट बनाईन्छ, जसलाई पचाउन कठिन हुन्छ र यसमा भिटामिन पनि कम हुन्छ । सेतो किण्वित पाउरोटी सजीलै पचाउन सकिदैन, यो चिपचिपा डल्लो बन्छ र किण्वित हुन्छ । यदि यो पेटमा अधिक समयसम्म रहयो भने, यसले व्यक्ति माथि अनेक रोग ल्याउन सक्छ जस्तै – पेटमा भारीपन हुनु , पेटमा वेदना, कब्ज, पचाउने क्षमता कम हुनु इत्यादि । अर्कोतर्फ गहुँको पीठो पचाउन सरल हुन्छ तथा यो भिटामिनले भरिएको हुन्छ । त्यसैले गहुँबाट बनेको रोटीले शरीरलाई पोषण दिन्छ । यदि गहुँबाट बनेको रोटीको किण्वन गरेन भने त्यसलाई पचाउन अधिक सरल हुन्छ ।

२. बायोफीडबैक उपकरणद्वारा गरिएको विश्लेषण

यदि कसैसँग औसत भन्दा अधिक क्षमतायुक्त छैठौं इन्द्रिय छ भने, त्यो व्यक्तिले आध्यात्मिक स्पन्दन ग्रहण गर्न सक्दछ । यसबाट उसले कुनै पदार्थ आध्यात्मिक दृष्टिले उपयुक्त छ अथवा छैन यसको निर्णय गरेर जीवनमा आध्यात्मिक दृष्टिले उचित छनैट गर्न सक्दछ ।

आरएफआई (रेजोनेंट फील्ड इमेजिंग)पीआईपी (पॉलीकाँट्रास्ट इंटरफेरेंस फोटोग्राफी – बायो इमेंजिंग समान उपकरण) जस्ता केहि बायोफीडबैक उपकरणले वस्तुको चारैतर्फको स्पन्दन ग्रहण गरेर त्यसलाई दृश्य स्वरूपमा देखाउन सक्दछ । यसले गर्दा सामान्य व्यक्ति पनि आफ्नो आँखाबाट वस्तुको चारैतर्फको आभा (प्रभामण्डल) अथवा ऊर्जाक्षेत्र देख्न सक्दछ ।

अधिक जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस् पीआईपी र त्यसको उपयोग सम्बन्धी जानकारी ।

यस प्रयोगको लागि हामीले किण्वित सेतो ब्रेड (पाउरोटी) नमूनाको रूपमा एउटा सामान्य बन (ब्रेड) तथा बिना किण्वित गहुँको रोटी (चपाती) नमूनाको रूपमा लिएका छौं ।

यस परीक्षणमा हामी पदार्थको कारण वातावरणमा हुने परिवर्तन लेख्यौं । वातावरणमा निरन्तर परिवर्तन हुन्छ, त्यसैले पदार्थको परीक्षण गर्नु भन्दा पूर्वको वातावरणको मूलभूत स्थिति प्रविष्ट गर्यौं । त्यसैले बन तथा चपाती परीक्षण गर्नु भन्दा अगाडी खाली थाल राखेर मूल निरीक्षण प्रविष्ट गर्यौं र त्यस पश्चात थालमा एक-एक गरेर पदार्थहरु राखेपछि त्यसको पुन निरीक्षण प्रविष्ट गर्यौं ।

२.१ दुई प्रकारको रोटीहरुको आरएफआई (रेजोनेंट फील्ड इमेजिंग) निरीक्षण

मापन

बन

चपाती

थालमा राख्नु भन्दा अगाडी

६४८.९३ मेगा हर्टज

यो स्पन्दनहरुको रंग नीलो छ, जुन सकारात्मकता र सत्यताको दर्शक हो ।

६२६.१९ मेगा हर्टज

यो स्पन्दनको रंग हरियोको साथै  नीलो छ, जसले वातावरणको भावनाशीलतालाई दर्शाउँदछ । (यो उपस्थित व्यक्ति माथि निर्भर हुन्छ ।)

थालमा राखी सकेपछि

६८०.०७ मेगा हर्टज

यो स्पन्दनहरुको रंग गाढा नीलो छ र यसले जैविक ऊर्जामा वृद्धि दर्शाऊछ । यो ऊर्जा प्रयोग पहिलाको नीलो रंगको तुलनामा निम्न स्तरको हुन्छ । यसको अर्थ हो बनको कारण वातावरणको स्तर आध्यात्मिक दृष्टिले न्यून भएको छ ।

५८०.९२ मेगा हर्टज

यो स्पन्दनहरुको रंग हरियो छ जसले आध्यात्मिक शुद्धता तथा गतिलाई दर्शाउँदछ । यसको अर्थ यो पहिलाको वातावरणको स्तर जुन आध्यात्मिक दृष्टिबाट न्यून थियो त्यसको आध्यात्मिक स्तर चपातीको कारण उच्च भएको छ ।

२.२ दुई प्रकारको रोटीहरुको पीआईपी (पॉलीकाँट्रास्ट इंटरफेरेंस फोटोग्राफी) निरीक्षण

त्यसपछि हामीले पीआईपी बायोफीडबैक यंत्रद्वारा दुवै प्रकारको रोटीहरुको निरीक्षण गर्यौं।

पहिला : सर्वप्रथम हामीले वातावरणको मूलभूत रीडिंग लियौं । तपाई देख्न सक्नु हुन्छ मध्यमा अलिकति पहेलो रंग छ (यसले सकारात्मकतालाई दर्शाउँदछ) र यसलाई सुन्तला रंगले घेरिएको छ । सुन्तला रंगले तनाव अथवा नकारात्मकतालाई दर्शाउँछ । फ्रेमको बाहिर तिर हरियो रंग छ जसले सकारात्मकतालाई दर्शाउँदछ ।

पाउरोटी र चपातीबाट प्रक्षेपित स्पन्दनहरुमा अनुसन्धान

चपातीको परीक्षण : चपातीबाट प्रक्षेपित सात्त्विकताको कारण वातावरणमा नकारात्मक सुन्तला रंगको वलय अल्प हुन्छ । सकारात्मकता तथा आध्यात्मिक शुद्धता दर्शाउँने हरियो रंग चपातीको थालको चारैतर्फ देखिन्छ । उच्च स्तरीय आध्यात्मिक तत्त्वको पहेंलो वलय चपातीको चारैतर्फ तथा वातावरणमा देखिन्छ । रोटीबाट प्रक्षेपित सकारात्मक शक्ति वातावरणमा विद्यमान अनिष्ट शक्तिलाई नष्ट गरिरहेको छ,  त्यसैले प्रभामण्डलको मध्यमा बैजनी रंगको वलय देखिन्छ ।

पाउरोटी र चपातीबाट प्रक्षेपित स्पन्दनहरुमा अनुसन्धान

बन ब्रेडको पाठ्यांक (रीडिंग) : किनकि बन ब्रेडले वातावरणको नकारात्मक सुन्तला रंगको वलय अवशोषित गर्दछ, त्यसैले बनको चारैतर्फ सुन्तला रंगको वलय देखिन्छ । नकारात्मक सुन्तला रंगको वलयको कारण सकारात्मकता तथा आध्यात्मिक शुद्धता दर्शाउँने हरियो वलय टाढा हुन थाल्छ । वातावरणमा विद्यमान उच्च स्तरीय आध्यात्मिक तत्त्वको पहेंलो वलय अल्प हुन्छ ।

पाउरोटी र चपातीबाट प्रक्षेपित स्पन्दनहरुमा अनुसन्धान

उपरोक्त निरीक्षणले, यो स्पष्ट हुन्छ कि बन ब्रेडले वातावरणमा नकारात्मक तथा तनावपूर्ण स्पन्दनलाई अवशोषित गर्दछ जबकि चपातीले सकारात्मक स्पन्दनलाई प्रक्षेपित गर्दछ तथा वातावरणको नकारात्मक स्पन्दनलाई नष्ट गर्दछ । त्यसैले बन ब्रेडको तुलनामा चपाती रोटी खान अधिक लाभदायक हुन्छ ।

उपर्युक्त स्क्यान र त्यसको विश्लेषण श्री. संतोष जोशीको सहायताले गरिएको हो (वैश्विक ऊर्जा शोधकर्ता, मुंबई, भारत) ।

SSRF यस प्रकारको विषयको सन्दर्भमा वैज्ञानिक परिप्रेक्ष्यको दृष्टिले यस क्षेत्रको शोधकर्ता र विशेषज्ञसँग सहायताको लागि अनुरोध गर्दछ ।