अनुकूलता प्रभावित गर्ने कारणहरु

अनुकूलता प्रभावित गर्ने कारणहरु

आध्यात्मिक अनुसन्धानको माध्यमबाट, हामीलार्इ ज्ञात भयो कि दुर्इ व्यक्ति मध्य अनुकूलतामा निम्नलिखित घटकले योगदान हुन्छ । हामीले घटकलार्इ क्रियाशील साधक हो अथवा होइन, यसको आधारमा अलग गरेका छौं ।

अनुकूलतालार्इ  प्रभावित गर्ने घटक साधक सामान्य लोग (जो साधक होइन)
शारीरिक ५% ५%
मानसिक ८% ८%
रुचि-अरुचि २% २%
स्वभावको गुण २% २%
स्वभाव-दोष २% २%
अहं २% २%
बुद्धि २% २%
आध्यात्मिक ८५% ८५%
आध्यात्मिक स्तरमा अन्तर ५% ०%
साधना मार्गl १०% ०%
एक व्यक्तिगत अर्थात व्यष्टि साधनामा ध्यान केन्द्रित गर्छ जबकि दोस्रो समाजको लागि साधना अर्थात समष्टि साधना गर्छ । ८% ०%
आध्यात्मिक उन्नतिको इच्छा २% ०%
अनिष्ट शक्तिको आक्रमण १०% ५%
पूर्वज १०% १०%
प्रारब्ध एवं लेन-देनको हिसाब ३०% ५०%
अन्य (स्थान, क्षेत्र) १०% २०%
कुल १००% १००%

टिप्पणि (माथिको तालिकामा रातो अङ्कमा आधारित) :

१. ‘शारीरिक’ भन्नुको तात्पर्य युगल/व्यक्ति को केवल शारीरिक रूपसम्म मात्र होइन; तर त्यसमा भौतिक कुरा जस्तै युगललार्इ अलग गर्ने दूरी, रोग, यौन इच्छा अथवा प्राथमिकतामा अन्तर इत्यादि, जस्तै दुर्इ व्यक्ति बीच अनुकूलतालार्इ प्रभावित गर्ने घटक पनि सम्मिलित हुन्छन् ।

२. यद्यपि अहं मात्र २ प्रतिशत उत्तरदायी प्रतीत हुन्छ, तर हामीले ध्यानमा राख्नुपर्छ अन्तरको अन्य कारण पनि वास्तवमा अहंको प्रकटीकरण नै हो ।

कुनै विवाह सफल हुने अथवा नहुने कारण माथिको तालिका बाट स्पष्ट हुन्छ । जस्तो कि तपार्इ देख्न सक्नुहुन्छ दुर्इ व्यक्तिहरु बीच अनुकूलता मुख्य रूपले पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिको समझ भन्दा टाढा अर्थात आध्यात्मिक घटकमा निर्भर गर्छ खासमा उनीहरु दुर्इ बीच लेन-देन को मात्रा । शारीरिक रंग-रूप तथा मानसिक रूपले राम्रो युगल हुनु, यी घटकको अनुकूलतामा मात्र १३ प्रतिशत महत्व हुन्छ ।