कोसँग हाम्रो लेन-देन खाता हुन्छ ?

कोसँग हाम्रो लेनदेन खाता हुन्छ?

सामान्यतया हाम्रो सर्वोच्च लेन-देन खाता हामी जोसँग नजीक छौं अनि हाम्रो परिवारका सदस्यहरुसँग हुन्छन् ।

कृपया लेख पढ्नुहोस् लेनदने खाता भनेको के हो ?

यदि हाम्रो जीवनमा हामीले चिनेका सबै जानासँग भएका लेन-देन खाताका विचार गर्यौं भने, को हुन्छ, जसको साथ हाम्रो सबै भन्दा बढी लेन-देन खाता छन् । निम्नलिखित तालिका हाम्रो विभिन्न  सम्बन्धमा भएका लेन-देन खाताको सापेक्ष तीव्रताको विश्लेषण हो:

कोसँग लेनदनको खाता: %
श्रीमान् तथा श्रीमती २७
अभिभावक – बच्चाको सम्बन्ध २५
दाजु, भार्इ, दीदि, बहिनी
मिल्ने साथीहरु
मानिसहरु जो सँग प्रेम प्रसंगयुक्त (Romantically) रुपमा सम्लग्न छन्
सहकर्मीहरु
अन्य नातेदारहरु
अन्य परिचितहरु (छिमेकीहरु, साथीहरु, सहयोगिहरु
अन्य
योग १००

हाम्रो आध्यात्मिक अनुसन्धान यो देखाउछ कि सामान्य रुपमा हाम्रो सबै भन्दा धेरै लेन-देन खाता श्रीमान् अथवा श्रीमतीसँग हुन्छन् । हामी पहिलाको जीवनमा आफ्नो श्रीमान् या श्रीमतीलार्इ चिनका हुन्छौं अनि हामी एक विशेष जीवनकालमा एकै साथ आउँछौं, मुख्य रुपले पहिलाको जन्म वा पहिलाका जीवनहरुका श्रृंखलामा भएका बाकी लेन-देनका खाता पूरा गर्नको लागि ।  धेरै मानिसहरुले विश्वास गर्छन् कि हामी हाम्रो छनौटको व्यक्तिसँग विवाह गर्छौं, यो सहि साँचो होइन । विवाह १००% भाग्यमा लेखेको हुन्छ साथै हाम्रो जीवनमा अन्य महत्वपूर्ण सम्बन्धहरु जस्तै आमा, बाबा, दाजु, भार्इ, दीदि, बहिनी । यस कारण जब हामी भन्छौं कि सैंदर्य हेर्ने व्यक्तिको आँखामा हुन्छ, हामी सच्चाइबाट टाढा छैनौं ।  हुन त बाहिरी रुपमा देखाइ दिन सक्छ कि एउटा दम्पतीमा माया छ अनि यस कारण उनीहरु एक साथ छन् । आध्यात्मिक विज्ञान अनुसार उनीहरु एक साथ छन् मुख्यत: लेन-देन खाताको हिसाब खतम गर्नको लागि ।