मनुष्य द्वारा आफ्नो जीवनको समस्याहरुमा विजय प्राप्त गर्नको लागि विभिन्न मार्गहरु

यदि हामी हाम्रो जीवनलार्इ फर्केर हेर्ने हो भने, हाम्रो पूरा दिन सुख, सन्तुष्टि तथा उपभोग प्राप्तिमा व्यतीत हुन्छ अथवा कुनै न कुनै विशिष्ट समस्या माथि विजय प्राप्त गर्नमा हाम्रो समय व्यतीत हुन्छ

जीवनमा हामी निरन्तर सुखप्राप्तिको प्रयास गर्दछौं, वस्तुत: हामी आफ्नो जीवनमा सुख भन्दा अधिक दु: अनुभव गर्छौं

प्रत्येकको जीवनमा समस्याले विविध प्रकारको रूप लिन्छ

  • आर्थिक
  • आफ्नो प्रिय व्यक्ति गुमाउने
  • वैवाहिक जीवनमा तनाव
  • सन्तान प्राप्ति नहुने

हाम्रो दैनिक जीवनमा हामीले निरन्तर कुनै कुनै समस्या तथा चुनौती सामना गर्नु पर्दछ कहीलेकाँही हाम्रो जीवनमा एउटा भन्दा अधिक समस्याहरु आँउछन् उदा. आर्थिक समस्याको साथसाथै वैवाहिक जीवनमा असन्तुलित हुने गर्दछ जब सबै समस्याहरु एकै साथ हामीमाथि आर्इपर्छ, तब हामीलार्इ अत्यन्तै कठिन हुन्छ कहीलेकाँही हामी निराशाको चरम बिन्दुमा पुग्दछौं अनि हामीमध्ये कोहीलार्इ आत्माहत्या गर्ने विचार पनि आउँदछ ।

SSRF को यो लेखद्वारा, समस्याहरु को मूल कारण तथा समाधान गर्ने उपाय बताउँदछ

प्राय: हामी सामान्यता हाम्रो जीवनमा समस्या र कठिनाइहरु कसरी समाधान गर्छौं?

सामान्यतया हामी हाम्रो जीवनको समस्याको निराकरणको लागि तीन मार्ग अपनाउदछौं :-

  • सतही उपाय (बाहिरी उपाय)
  • आधुनिक विज्ञानको आधारमा विशेषज्ञ सल्लाह मार्फत
  • धर्मको माध्यमबाट

सतही उपाय (बाहिरी उपाय)

यो मार्गबाट, हामी समस्याको सामना गर्दैनौं, तर यसको सट्टा हाम्रो मनलार्इ कष्ट कम गर्न केहि अनयमा ध्यान केन्द्रित गर्दछौं

उदा. श्रीमानश्रीमतीमा झगडा पछि श्रीमती किनमेल गर्न जान्छ तथा पति त्यो दु: भुल्नको लागि रक्सी पीउन जान्छ भन्न आवश्यक छैन, समस्या अझैपनि त्यही हुन्छ । यो एक सतही स्तरमा समस्या सुधारने प्रयास गरिएको छ ।

मनुष्य द्वारा आफ्नो जीवनको समस्याहरुमा विजय प्राप्त गर्नको लागि विभिन्न मार्गहरु

हामी मध्य अधिकांशले यस तरिका अपनाउदछौं जब मुख्य रूपले समस्याको मूल कारण समाधान गर्न अति कष्टदायक हुन्छ

आधुनिक विज्ञानको माध्यमबाट

हामी मध्य अधिकांशले समस्याको कारण खोजेर, आधुनिक विज्ञानको सहायताबाट कष्ट निवारण गर्ने प्रयास गर्दछौं यसमा विभिन्न विशेषज्ञको सल्लाहहरु समावेश हुन्छन् उदा. वकील, वित्तीय सलाहकार, मनोवैज्ञानिक आदि

मनुष्य द्वारा आफ्नो जीवनको समस्याहरुमा विजय प्राप्त गर्नको लागि विभिन्न मार्गहरु

उदाहरणको लागि, यदि एक व्यक्तिले दूषित खाना खाएको पेटको दुखाइ भने उसले ग्यास्ट्रिक समस्या हटाउने एंटीबायोटिक लिन्छ । यहाँ उनले समस्या समाधानको लागि मूलत: त्यही तीन चरणको उपाया अपनाउॅंदछ

  • पहिलो चरणसमस्या पहिचानपेटको दुखार्इ
  • दोस्रो चरणकारण पहिचानदूषित भोजन ग्रहण
  •  तेस्रो चरणउपाय लागूसमस्याको समाधान गर्न एंटीबायोटिक लिनु

यो तीन चरण प्रक्रिया सामान्यतया सबै अवस्थाहरूमा प्रयोग हुन्छ जहाँ हामी जीवनको समस्याहरू हटाउन आधुनिक विज्ञान प्रयोग गर्दछौं

धर्म

केही व्यक्ति धर्म तर्फ मोडिन्छन् :

  • आफ्नो पीडा कम गर्न को रूप मा
  • एउटा अन्तिम उपायको रूपमा जब सबै उपाय निरर्थक हुन जान्छ धेरै पल्ट व्यक्ति तीर्थक्षेत्र जाँदा, प्रार्थनाको सहारा लिदा, भाकल राख्दा तथा साधुसन्तसँग मिल्दा चमत्कारी उपचारको अनुभव गरेकाछन् ।

आधुनिक विज्ञानले यो सिद्ध गरेको छ कि जनु व्यक्ति धार्मिक हुन्छ, उनी समस्याबाट अधिक सुरक्षित हुन्छ तथा उनी चरम अवस्थासम्म जाने सम्भावना अल्प हुन्छन् कोलम्बिया यूनिवर्सिटीको नैशनल सेंटर ऑन एडिक्शन एंड सब्सट्यान्स अब्युस (सी..एस.) को एउटा अनुसन्धानमा यो पाएको थियो कि जुन व्यक्ति धार्मिक सेवाकार्यसँग जुडेका थिएनन् ती व्यक्ति सप्ताहिक रुपमा धार्मिक सेवा गर्ने व्यक्तिको तुलनामा गुना बढी गांजा सेवन गर्ने सम्भावना हुन्छ ( सन्दर्भ: casacolumbia.org, 2001)

त्यसो भए धर्म, आध्यात्मिकता समस्या समाधान गर्ने वा हटाउने बीचको सही सम्बन्ध के हो? SSRF ले यस सम्बन्धमा गहिरार्इमा अन्वेषण गरेको छ तथा यस खण्डको माध्यमबाट नियमित रूपमा जानकारी प्रदान गरिरहने छ