देशी गाईको दूध पिउँदा आध्यात्मिक स्वास्थ्य प्रभावहरु

हाम्रो पाठकहरुलाई टिप्पणी : यो लेख राम्रोसँग बुझ्न हेतु, कृपया हाम्रो लेख सूक्ष्म-ज्ञानमा आधारित चित्र के हो ? पढनुहोस् ।

यो लेखमा हामी सूक्ष्म-ज्ञानमा आधारित चित्रको माध्यमबाट देशी गाईको दूधद्वारा आकर्षित र प्रक्षेपित सूक्ष्म स्तरीय स्पन्दनहरुका वर्णन गरेका छौं । यो चित्र (श्रीमती) योया वालेद्वारा बनाईएको हो, उहाँ उन्नत छैठौं इन्द्रिय प्राप्त भएकी साधिका हुन । चित्र परम पूज्य डॉ. आठवलेज्यूद्वारा प्रमाणित गरिएको छ । सूक्ष्म-ज्ञानमा आधारित यो चित्र प्रगत छैठौं इन्द्रियद्वारा जांचदा यसको सत्यता ८०% पाईएको थियो ।

देशी गाईको दूध पिउँदा आध्यात्मिक स्वास्थ्य प्रभावहरु

सूक्ष्म ज्ञानमा आधारित चित्रमा हामी भिन्न तत्त्वहरुलाई दर्शाउनको लागि हामीले भिन्न रंगका प्रयोग गरेका छौं; किनभने यो रंग आध्यात्मिक स्पन्दनहरुसँग मिल्दछ । उदाहरणको लागि, जब छैठौं इन्द्रियको दृष्टि (सूक्ष्म-दृष्टि) ले हेर्छौं तब चैतन्यको आध्यात्मिक स्पन्दन पहेलो रङ्गको देखिन्छ । त्यसकारण हामीले चैतन्यसँग सम्बन्धित सूत्रलाई दर्शाउनको लागि पहेंलो रंगको प्रयोग गरेका छौं ।

आध्यात्मिक अनुसन्धानबाट प्राप्त गाईको दूधको केही प्रमुख विशेषताहरु तल दिइएका छन् ।

    • देशी गाईको दूध सर्वोत्तम सात्त्विक पेयमा पर्दछ । देशी गाईको दूधको तुलनामा अन्य देशका गाईको दूधको सात्त्विकता ५०% अल्प हुन्छ । यस दूधमा चैतन्य आकर्षित गर्ने छमता हुन्छ र साथै दिव्य सूक्ष्म ऊर्जा (शक्ति) प्रक्षेपित गर्ने क्षमता हुन्छ ।
    • फलस्वरूप जब हामी देशी गाईको दूध पिउँछौं तब शरीरको कोशिकाहरु दूधमा विद्यमान सात्त्विकताले चार्ज हुन्छ ।
    • संस्कृतमा एउटा आध्यात्मिक उखान छ जसमा यो लेखिएको छ कि हाम्रो विचार हामीले खाने खानाबाट उत्पन्न हुन्छ । त्यसैले जब हामी सत्त्विक खाना खान्छौं, पूरै शरीर शुद्ध हुन्छ । यसले हाम्रो विचारमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । फलस्वरुप सात्त्विक विचारले व्यक्तिलाई केवल महान कामहरु गर्न प्रेरित गर्दछ ।
    • अन्य कुनै पनि पशुको दूधको तुलनामा देशी गाईको दूध अधिक सात्त्विक हुन्छ ।