१. प्रस्तावना :

प्राय: हाम्रो पाठकहरु अक्सर सपनामा मृत नातेदार देखेको अर्थ सोध्छन् । त्यस मध्य कोही मृत नातेदार सपनामा आउनेलार्इ स्वागत गर्दछन् तर अन्य कोहि भयभीत हुन्छन् । पाठकहरुको प्रश्न केही यस प्रकारका हुन्छन् – के मेरो बाबालार्इ मरेपछि गति मिल्यो ? के उहाँ स्वर्गमा हुनुहुन्छ ? उनी सपनामा आएर हामीलार्इ के बताउन चाहनु हुन्छ, आदि । आध्यात्मिक अनुसन्धान को माध्यमबाट, यस लेखमा हामी यहि विषयको मनोवैज्ञानिक एवं आध्यात्मिक दृष्टिकोणमा प्रकाश हाल्नेछौं ।

सन्दर्भ : कृपया पढ्नुहोस् –  आध्यात्मिक अनुसन्धान के हो ?

२. परिवारको मृत सदस्य सपनामा देखार्इ दिने, के कारण हो?

आध्यात्मिक अनुसन्धानबाट हामीलार्इ ज्ञात भएको छ कि परिवारको मृत सदस्य मनोवैज्ञानिक एवं आध्यात्मिक कारणले सपनामा देखार्इ दिन्छ । यस मध्ये ३० प्रतिशत घटनाहरु मनोवैज्ञानिक कारणले एवं ७० प्रतिशत घटनाहरु आध्यात्मिक कारणले हुन्छन् ।

मनोवैज्ञानिक कारण, जस्तै – अपराध बोध अथवा मृत व्यक्ति उनको मृत्य पूर्व प्रिजनहरुसँग समय नबिताउने अथवा मृत पारिवारिक सदस्यको सम्बन्धमा कुनै चिन्ता । त्यस समय सपनामा जुन तस्बिरहरु देखार्इ दिन्छन्, अन्तर्मनबाट निस्कन्छ ।

आध्यात्मिक कारण सामान्यत: दुर्इ स्तरको हुन्छन्, पहिलो – मृतात्माको सूक्ष्म शरीर पारिवारिक सदस्यहरुबाट मरणोपरान्त कुनै सहायता पाउनको लागि भूलोकमा स्थित आफ्नो वंशजसँग सम्पर्क गर्न चाहन्छन् । दोस्रो कारण यो हुन सक्छ कि उनी आफ्नो पारिवारिक सदस्यसँग कुनै प्रतिशोध लिन चाहन्छ ।

आध्यात्मिक अनुसन्धानबाट हामीलार्इ ज्ञात भयो कि, (आध्यात्मिक कारणसँग सम्बन्धित) लगभग ७० प्रतिशत घटनाहरुमा सूक्ष्म शरीर मरेपछि सहायताको अपेक्षा गर्दछ जबकि ३० प्रतिशत घटनाहरुमा उनी प्रतिशोध लिने अथवा भूलोक स्थित वंशजलार्इ कष्ट दिन चाहन्छ ।

यदि एउटै सपना न्यूनतम तीन पल्ट आयो भने त्यसलार्इ आध्यात्मिक बुझ्न सक्छौं । परिवारको मृत सदस्य सामान्यत: त्यसतो सदस्यलार्इ सम्पर्क गर्न प्रयत्न गर्दछ, जसबाट उनलार्इ अपेक्षा हुन्छ कि उनको लागि केहि गरोस् । यसको कारण हो कि मृत्युपछि सूक्ष्म शरीरधारी पुर्खाहरुले सपनामा सम्पर्क गर्न अपेक्षाकृत सरल हुन्छ, किन कि जीवित व्यक्ति जागृत अवस्थामा आफ्नो पंचज्ञानेंद्रियको अधीन रहन्छ साथै एकाग्र हुँदैन । सपना तथा निन्द्रामा मन सूक्ष्म सन्देश स्वीकार गर्ने अधिक सक्षम हुन्छ ।

आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामीलार्इ ज्ञात भयो कि प्राय: जसको मृत्यु अकस्मात अथवा दुर्घटनामा हुन्छ, अनि स्वाभाविक अथवा दीर्घकालीन रोगले मृत व्यक्तिको तुलनामा अधिक सपनामा आउछ । किन कि जसको मृत्यु प्राकृतिकरूपले हुन्छ, उनी मानसिक रूपले तैयार रहन्छ, त्यसैले उनको लागि मृत्यु उपरांत स्थिति स्वीकारना सरल हुन्छ ।

मात्र १०% घटनामा अनिष्ट शक्ति सपनामा पूर्खाको रूप धारण गरेको पायो ।

३. यदि आकस्मिक मृत्यु प्राप्त कोहि घनिष्ठ मित्र सपनामा आयो भने के हुन्छ ?

यो आवश्यक छैन कि सपनमा मृत पारिवारिक सदस्यनै आउनेछ । कहिले काही मृत घनिष्ठ मित्र पनि सपनामा आउछ । विशेषत: सहायता माग्नको लागि, किन कि उनी आफ्नो पारिवारिक व्यक्तिको अपेक्षा अधिक निकट पाउछ । यो विषयमा SSRF को एउटा सदस्यको निम्नलिखित अनुभूति अधिक प्रकाश पार्नेछ ।

केहि समय पूर्व मेरे मित्र एंड्र्यू (वास्तविक नाम होइन) मलार्इ SSRF अनुसन्धान केन्द्रमा आएर मिल्यो अनि बतायो कि उनी कुन प्रकार आफ्नो एउटा घनिष्ठ मित्रको सपनबाट त्रस्त छ, जसको एउटा भयानक दुर्घटनामा मृत्यु भएको थियो । जब उनी विश्वविद्यालयमा थियो, तब एक पल्ट उनी आफ्नो एउटा मित्रसँग भ्रमण गर्न जान सकेन किन कि त्यही समयमा उनी एउटा प्रतियोगितामा भाग लिरहेको थियो, जसको लागि उनको मित्रले उनलार्इ प्रशिक्षित गरेको थियो । त्यस भ्रमणको समय पानीमा डूबेर उनको मित्रको मृत्यु भएको थियो ।

एंड्र्यू पश्चाताप एवं अपराधबोधले ग्रस्त थियो; किन कि उनी त्यस समय मित्रको साथ थिएन, अन्यथा उनी उसको जीवन बचाउनमा सहायता गर्दथ्यो । उनीमा मित्रको अन्तिम संस्कारमा जानको लागि हिम्मत पनि थिएन । अन्तिम संस्कार पछि छिटै नै एंड्र्यूको मृत मित्र उनको सपनमा आउन थाल्यो । प्रत्येक पल्ट त्यहि सपना हुन्थ्यो अनि केहि दिनमा फेरि पुनरावृत्ति हुन्थ्यो । एंड्र्यू सपनाको कारण अत्यन्त भयभीत थियो तर उसले कसैसँग पनि यो विषयमा सहायता मागेन ।

केहि वर्षोंसम्म कष्ट सहन गरेपछि उनीले सपनामा आफ्नो मित्रलार्इ भन्यो, हरे मलार्इ दु:ख छ कि म त्यस समय तिम्रो सहायताको लागि त्यहाँ थिएन । म भूतकाललार्इ बदल गर्न सक्दिन तर म यसरी हरेक अर्को दिन तिमीलार्इ सपनामा पनि देख्न चाहदिन, त्यसैले मेरो साथ जे गर्न मन लाग्छ गर …आवश्यक छ भने …तिमी मलार्इ मारि देउ, मलार्इ यसको कुनै चिन्ता छौन । अर्को दिन देखि उनी कहिले पनि उनको सपनामा आएन । एंड्र्यूले सोच्यो सपनामा मृत मित्र सामुन्य आफ्नो पक्ष राख्नु सर्वथा योग्य थियो, फेरि पनि आध्यात्मिक दृष्टिले मृत मित्र यो चाहन्थ्यो कि, उनको सबै भन्दा घनिष्ठ मित्र एंड्र्यूबाट कुनै प्रकारको आध्यात्मिक सहायता मिलोस् । मात्र जब सूक्ष्म-शरीरधारीलार्इ यो ज्ञात भयो कि एंड्र्यू कहिले पनि जान्न सक्दैन कि उनलार्इ के चाहिन्छ, उनी एंड्र्यूको  पास पुन: कहिले पनि गएन ।

वास्तवमा एंड्र्यूले यस्तो विधिको आयोजन गर्नु पर्दथ्यो, जसले मृत मित्रलार्इ योग्य सहायता मिल्दथ्यो ।

४. सपनामा आने कुनै प्रियजन अथवा पारिवारिक मृत सदस्यलार्इ आध्यात्मिक स्तरमा सहायता गर्नको लागि हामी के गर्न सक्छौं ?

  • श्री गुरुदेव दत्तको नामजप ज्यादै शक्तिशाली साधन हो, जुन मृत पूर्खाहरुको कारण उत्पन्न समस्याहरुबाट छुटकारा दिन सक्छ ।
  •  SSRF को सुझाव छ कि मृत पूर्खाको अथवा पारिवारिक सदस्यको कारण उत्पन्न अधिक तीव्र समस्याहरुको निवारणको लागि श्री गुरुदेव दत्त को नामजप साथै, विशिष्ट विधि जस्तै नारायण नागबली (पूर्खाको लगि), त्रिपिण्डी श्राद्ध आदि गर्नुहोस्
  • विधि गर्ने पुरोहितको आध्यात्मिक स्तर/क्षमता एवं मन्त्रादिको आधारमा नै विधिको परिणामकारकता तथा मृतकलार्इ मृत्युपछि सहायता गर्नमा उनको भूमिका निश्चित हुन्छ । जुन विधिमा केवल प्रार्थना हुन्छ, त्यो मनोवैज्ञानिक स्तरमा अधिक कार्य गर्दछ एवं त्यसको प्रभाव त्यसता विधिहरुबाट अल्प हुन्छ जहाँ विशिष्ट मन्त्रोच्चार गरिन्छ ।