सत्सङ्गको लाभ – प्रस्तावना

१. सत्सङ्गको लाभ – प्रस्तावना

एउटा साधकको आध्यात्मिक यात्रामा ‘सत्सङ्ग’, साधनाको एक महत्त्पूर्ण अङ्ग हो । विशेष गरेर आध्यात्मिक यात्राको आरम्भमा जबसम्म अध्यात्म हाम्रो जीवनको अविभाज्य अङ्ग बन्दैन । एक अनुभवी साधकको लागि ‘सत्सङ्ग’ ईश्वर एवं सहसाधकको सेवा गर्ने एउटा सुअवसर हो । यसमा साधक आफ्नो साधना सम्बन्धि अनुभव बताउछ तथा आफ्नो अनि अरुको साधनालार्इ प्रोत्साहित गर्छ ।

तल दिएको प्रत्येक पहेलो बॉक्समा हामीले केहि साधकका ‘सत्सङ्गको लाभ’ सम्बन्धि अनुभूतिहरु प्रस्तुत गरेका छौं ।

विवाह पछि तुरुन्तै अमेरिका गए । मैले ‘नामजप-साधना’ आरम्भ गरेको केवल एक महिना मात्र भएको थियो । मैले नामजप गर्ने तथा आफ्नो जीवनमा केहि साधना समावेश गर्ने प्रयास गरे तर म यसमा असफल भए । अत: लगभग एक वर्षको लागि मैले अत्यन्त कम साधना गरे । जब म सत्सङ्गमा सहभागी हुन थाले, तब नै मबाट नियतिम नामजप हुन थाल्यो तथा  आध्यात्मिक प्रगति गर्नको लागि प्रयास गर्न सक्यो । – एस.के. अमेरिका

२. अध्यात्म सम्बन्धि शङ्काको समाधान

2-benefits-of-satsang-clarification-of-doubtsजब साधक अध्यात्म शास्त्रको अध्ययन गर्छ, तब उनलार्इ जीवनको विषयमा नयाँ धारणा ज्ञात हुन्छ तथा शिक्षा मिल्छ । सम्भव हुन्छ कि यी नयाँ धारणाका कारण उनको मनमा केहि प्रश्न उठ्न सक्छ, जस्तै– — ‘साधनाको सिद्धान्त प्रत्यक्ष आफ्नो जीवनमा कसरी उतारने ? साधनामा जुन बाधा आर्इरहेको छ, त्यसको निवारण कसरी गर्ने ?’ यस्तो प्रश्न अध्यात्म शास्त्रको विद्यार्थीको लागि स्वाभाविक हो । यी शङ्काहरुका उचित समयमा समाधान हुन महत्त्वपूर्ण छ जसले गर्दा साधनामा बाधा नआयोस् ।

कुनै साधकमा अध्यात्म प्रसार गर्ने लगन, अरु प्रति प्रेम तथा भाव हुन्छ । जब यस्तो साधक सत्सङ्ग सञ्चालन गर्छ, तब ईश्वरको विचारलार्इ उत्तम ढङ्गले ग्रहण गरि, अध्यात्म अनि साधनाको विषयमा समग्र जवाफ दिन सक्छ । सत्सङ्गमा उपस्थित साधकको समूह सार्वजनिक रूपले सिक्न सक्छ कि अध्यात्म सम्बन्धि यस्तो प्रश्न उठेमा कुन दृष्टिकोण अपनाउनु उपयुक्त हुन्छ ।

प्रश्नको उत्तर नमिलेमा प्रयास रोकिन्छ । कुनै साधकको विषयमा त उनको साधना रेलको ट्रयाकबाट नै निस्केर जान्छ । सत्सङ्गमा आउने केही साधकलार्इ सुखद आश्चर्य हुन्छ कि जब सत्सङ्गमा आफ्नो अन्तरमनमा रहेको प्रश्नको उत्तर अनयास  नसोध्दा पनि मिल्छ । जब कोहि साधक सत्सङ्गमा आउने प्रयास गर्छ भने ईश्वर साधकको मनमा केहि समयसम्म अनुत्तरित रहेको प्रश्नको समाधान गरि उनको सहायता गर्छ ।

३. सत्सङ्ग हाम्रो आध्यात्मिक ब्याट्रीलार्इ पुन चार्ज गर्न सहायक गर्छ

अध्यात्म शास्त्र अनुसार सम्पूर्ण विश्वको निर्मिति तीन मूलभूत सूक्ष्म घटकबाट भएको छ – सत्व, रज अनि तम । सत्व त्यो घटक हो जुन आध्यात्मिक पवित्रतता अनि ज्ञानको सूचक हो, रज मनोभाव (वासना) अनि क्रियाशीलताको सूचक हो, जबकि तम अज्ञान अनि निष्क्रियता दर्शाउछ । सबै वस्तुबाट प्रक्षेपित सूक्ष्म स्पन्दन, वस्तुको प्रधान सूक्ष्म मूलभूत घटकमा निर्भर गर्छ ।

आजको युगमा भौतिकता (materialism) मा अधिक ध्यान केन्द्रित गर्छ अनि अध्यात्ममा अत्यन्त अल्प । यसले गर्दा वातावरणमा आध्यात्मिक अशुद्धता बढ्न थाल्छ । यसलार्इ आध्यात्मिक प्रदूषण भन्छ अनि यसको अर्थ हो कि रज अनि तम, यी सूक्ष्म घटक वातावरणमा वृद्धि हुनु । यो आध्यात्मिक प्रदूषणको कारण हाम्रो आध्यात्मिक ऊर्जा क्षीण हुन थाल्छ अनि हप्ताको अन्तमा यस्तो लाग्छ कि मानै हाम्रो आध्यात्मिक ब्याट्री समाप्त भएर गयो । यसको कारण हामी शक्तिहीन अनुभव गर्छौं अनि साधनाको विषयमा सोच्न पनि कठिन हुन जान्छ । यसले गर्दा साधना आगाडि बढाउने उत्साह कम हुन सक्छ ।

जब हामी सत्सङ्गमा उपस्थित रहन्छौं, तब सत्सङ्गको उच्च आध्यात्मिक सकारात्मकता हामीलार्इ प्रभाव पर्छ । वातावरण दैवी चैतन्यले भरिन्छ । यहाँ प्रमुख सूक्ष्म घटक सत्व हुन्छ । जब सत्सङ्गमा उच्च आध्यात्मिक स्तरको साधक उपस्थित हुन्छ, जसमा भाव अनि सिक्ने वृत्ति पनि हुन्छ, तब सत्सङ्गको आध्यात्मिक सकारात्मकता अझै बढेर जान्छ । कहिलेकाही राम्रो शक्ति अनि देवता पनि सूक्ष्म रूपमा सत्सङ्गमा उपस्थित भएर साधकलार्इ कृपा गर्छन् ।

चुनौती पूर्ण हप्ता पछि साधकको शारीरिक, मानसिक अनि आध्यात्मिक शक्ति खतम हुन जान्छ । तर सत्सङ्गमा उपलब्ध दैवी चैतन्य अनि सात्विकता (आध्यात्मिक पवित्रता) को कारण, साधक आध्यात्मिक सकारात्मकताले प्रभावित हुन्छ तथा उनलार्इ साधनाको प्रयास जारी राख्नको लागि आवश्यक प्रेरणा अनि उत्साह प्राप्त हुन्छ ।

कैम्पफायर (Campfire) को घेरामा बसेका सबै व्यक्तिलार्इ अग्निको उष्णता अनुभव हुन्छ । त्यसै प्रकार सत्सङ्गमा उपस्थित सबै साधकका साधना, अन्य साधकलार्इ आध्यात्मिक अनुभूतिको पोषण मिल्छ । जस्तै अग्नि प्रज्वलित राख्नको लागि वायु आवश्यक हुन्छ यसै प्रकार साधनालार्इ आगाडि बढाउनको लागि सत्सङ्ग अनिवार्य हुन्छ ।

एक दिन म धेरै थाकेर घर फर्के । त्यस दिन SSRF को अन्य साधकको साथ नियोजित स्काइप (skype) सत्सङ्गमा उपस्थित रहनको लागि कुनै इच्छा थिएन; एकान्तमा रहनको लागि मन लागिरहेको थियो । मेरो श्रीमानले मलार्इ सत्सङ्गमा सहभागी हुनको लागि आग्रह गर्नु भयो ।  र्इच्छा बिनानै मर्इले उहाँको कुरा माने । सत्सङ्गमा मलार्इ एक सप्ताह पूर्व भएको एक आध्यात्मिक अनुभूति बताउनको लागि आग्रह गर्नु भयो । जब म अनुभूति बताउन थाले ममा भाव जागृत भयो । मेरो आँखामा कृतज्ञताको आँसू आउन थाल्यो । त्यस पश्चयात हलकापन लाग्न थाल्यो अनि एकै क्षणमा दिनभरको थकान हटेर गयो । – आर. जी., युरोप

३.१ टेलिफोन अनि  स्काइप जस्ता आवाज सम्मेलन (voice conference) को माध्यमबाट  अनलाइन सत्सङ्गको सञ्चालन

3_1-benefits-of-satsang-skype

सत्सङ्गको सकारात्मक ऊर्जा साधकको शारीरिक दृष्टिले एउटै स्थानमा एकत्रित रहनुमा निर्भर हुदैन । यदि कोही समूह टेलिफोन अथवा इन्टरनेटको माध्यमबाट सत्सङ्गमा उपस्थित छ तब पनि ईश्वरको शक्ति ग्रहण गर्न सक्छ । सत्सङ्गमा उपस्थित साधकमा भाव जागृत हुँदा ईश्वरको उर्जा अधिक रहन्छ ।

स्पिरीचुअल सायंस रिसर्च फाऊंडेशन द्वारा विश्वभरको साधकको लागि स्काइपको माध्यमबाट अन लाइन सत्सङ्ग आयोजित गरिन्छ । इन्टरनेटको माध्यमबाट एकत्रित भएका विभिन्न महाद्वीपका साधक पनि अनलाइन सत्सङ्गमा दिव्य चैतन्य तथा उपस्थित साधकसँग आत्मीयता अनि एकजुट अनुभव गर्छ ।

जब म उत्तर अमरीकाबाट स्काइप सत्सङ्गमा सहभागी भए तब सत्सङ्गको अन्य साधकसँग मेरा परिचय थिएन । सुरुमा म चुप रहयो अनि अन्य साधकको कुरा सुनिरहे । सत्सङ्ग-प्रमुख अत्यन्त स्नेह अनि उत्साहसँग सबै साधकसम्म पुग्ने प्रयास गरिरहेको थियो । उनको प्रेम, मेरो हृदयलार्इ छोयो । जब अन्य साधक खुलेर आफ्नो साधनामा आउने अवरोध बताउन थाल्यो, तब मलार्इ उनीसँग आत्मीयता लाग्न थाल्यो । मैले पनि नामजप आरम्भ गरेपछि भएको एउटा अनुभूति सुनाए । जब सत्सङ्ग समाप्त हुन लाग्यो तब मलार्इ लग्यो कि सबै साधकसँग म परिचित छु अनि हामी सबै साधक एउटा सूत्रमा बाधेको छ । दैनिक जीवनको अनुभव भन्दा यो धेरै अलग थियो । यसको लागि म ईश्‍वर प्रति आभारी छु ।  – क्रिस्टी ल्यूंग, क्यानाडा

४. सत्सङ्गबाट हामीलार्इ आफ्नो साधना-पथमा दृढताले आगाडि बढ्ने प्रेरणा मिल्छ

4-benefits-of-satsang-spiritual-experiencesजसरी-जसरी साधनाको प्रयत्न नियमित अनि लगनले हुन थाल्छ, हामीलार्इ आध्यात्मिक अनुभूति हुन थाल्छ । सत्सङ्गमा साधक यी अनुभूतिहरु बताउछन् । यसले ती अनुभूतिहरुका आध्यात्मिक अर्थ बुझ्न थाल्छौं । आध्यात्मिक अनुभूति, साधकको लागि ईश्वरबाट मिलेको उपहार हो जसले साधना बढाउने प्रेरणा दिन्छ । आफ्नो आध्यात्मिक अनुभूतिलार्इ चिन्तन गर्नाले अथवा अर्काको अनुभव सुन्नाले साधना प्रति हाम्रो श्रद्धा दृढ हुन्छ

 

 

thumb-rainbowएक पल्ट म मेरो साधना राम्रोसँग भर्इरहेको छौन भनेर निरास थिए । मैले हृदयदेखि र्इश्वरलार्इ प्राथना गरे कि मलार्इ सहायता गर्नुहोस् अनि मेरो साथ रहनुहोस् । तब मलार्इ सुनाई दियो – म सधै तिम्रो साथ छु । मैले भने– मलार्इ तपार्इलार्इ देख्नु छ । फेरि आवाज आयो – झ्यालबाट बाहिर हेर, केही क्षणमा तिमीले मलार्इ देख्न सक्छौं । मैले बाहिर हेरे तर मलार्इ केही देखार्इ दिएन । मैले पुन: सोध्दा ईश्‍वरले बताउनु भयो कि बिस्तारै मेरो रूप देखाई दिन्छ । तब अचानक एक साथ दुर्इटा इन्द्रेणी प्रकट भयो । ईश्वरले भन्नु भयो – म इन्द्रेणीको रूपमा तिमीलार्इ मिलन  आएको हुँ । त्यस क्षण मलार्इ जुन भाव जागृत भयो, धेरै लामो समयसम्म रहयो । आज पनि जब मलार्इ यो अनुभूतिको स्मरण हुन्छ म पुन: निश्चिन्त अनि शान्त हुन जान्छु ।

जब मैले यो अनुभूति मेलबोर्नको सत्सङ्गमा साधकलार्इ बताए, तब हामी सबैमा भाव जागृत भयो अनि मन शान्त भए । यो आश्वासन मिल्यो कि ईश्वर हाम्रो प्रार्थना सुन्नुहुन्छ ।  – श्‍वेता क्लार्क, मेलबोर्न, अष्ट्रेलिया

आध्यात्मिक प्रगतिको लागि एकमात्र मुद्रा हो, आस्था (faith) । लाक्षणिक (metaphorical) भाषामा भन्नु पर्दा, अमेरिकामा डलर, यूरापमा यूरो को चलन प्रचलित छ । अर्थात अमरिकामा केही किन्नको लागि डलर आवश्यक हुन्छ । त्यसै प्रकार आध्यात्मिक प्रगतिको लागि दृढ आस्था अनिवार्य हुन्छ । ज्यादातर हामीलार्इ आफ्नो बैंकमा जम्मा भएको बैंक-ब्यालेन्समा विश्‍वास हुन्छ, किनकि हामी आफ्नो आवश्यकता अनुसार त्यसको उपयोग गर्न सक्छौं । यसै प्रकार अध्यात्म अनि आध्यात्मिक प्रगतिको सन्दर्भमा ईश्वर अनि साधनामा त्यस भन्दा पनि अधिक आस्था हुनुपर्छ ।

५. व्यापकता अनि अरु  प्रति प्रेम विकसित हुनु

5-benefits-of-satsang-expansivness

सत्सङ्गमा रहनाले अन्य साधक प्रति आत्मीयता लग्न थाल्छ । सांसारिक सम्बन्ध भन्दा भिन्न, साधकको सम्बन्धको केन्द्र बिन्दु हो आध्यात्मिक प्रगति । त्यसैले यो सम्बन्धमा अपेक्षाको भाग अल्प हुन्छ तथा एक अर्कालार्इ सहायता गर्ने अनि एक अर्काबाट सिक्नुमा ज्यादा ध्यान हुन्छ । सत्सङ्ग, सकारात्मक सम्बन्धको पोषण अनि विकासको माध्यम (व्यासपीठ) बन्न जान्छ । केही समयपछि साधक अपेक्षा विनाको प्रेम (love without expectation) को अनुभव गर्न सक्छ जसलार्इ प्रीति भन्छ । यो भन्दा अधिल्लो अवस्थामा साधक सम्पुर्ण मानवताको लागि निरपेक्ष प्रेम अनुभव गर्न थाल्छ । यो सबै सत्सङ्गको पोषक आध्यात्मिक वातावरणको कारण नै सम्भव हुन्छ ।

म व्यवस्थापन (management) को विद्यार्थी हुँ । म ३ १/२ वर्षदेखि SSRF को मार्गदर्शनमा साधना गरिरहेको छु । म अति भाग्यशाली छु; साप्ताहिक सत्सङ्गको कारण मलार्इ धेरै फाइदा भयो । यो भन्दा पहिला म ज्यादै भावनाप्रधान अनि ईर्ष्यालु थिए । अब सत्सङ्गको कारण म अर्काको सुख-दुखमा सहभागी हुन थालेको छु, सफल व्यक्तिको प्रशंसा पनि मनबाट गर्छु । एक दिन मेरो साथीले सोध्यो कि आफ्नो कठिन परिस्थितिमा पनि अरुको विषयमा कसरी सोच्न सक्छौं । तब मैले थाहा पाए कि ममा साधना अनि सत्सङ्गको कारण धेरै परिवर्तन भएको छ । – एउटा साधक

६. संक्षिप्तमा

अध्यात्म अनुभूतिको शास्त्र हो । सत्सङ्गबाट के फार्इदा हुन्छ, यो बुझ्नको लागि सबै भन्दा सरल माध्यम हो – सत्सङ्ग भन्दा पिहला अनि सत्सङ्ग पछिको अनुभवमा अन्तर तथा आफ्नो साधनामा प्रभावको निरीक्षण । नियमित रूपले सत्सङ्गमा उपस्थित रहनाले हाम्रो साधना उत्तरोत्तर दृढ  हुन्छ । परिणाम स्वरूप यो धारणा दृढ हुँदै जान्छ कि हाम्रो आफ्नो आध्यात्मिक जीवनको ध्येय ईश्वर प्राप्ति साध्य गर्नु नै हो ।

अध्यात्म शास्त्र शोध संस्थान (एस.एस.आर.एफ) विश्व भरि सत्सङ्गको आयोजन गर्छ, जसको संचालन प्रतिदिन साधना गर्ने साधकहरुले गर्छन् । सत्सङ्गको समय जान्नको लागि क्यालेन्डरको पृष्ठ  हेर्नुहोस् ।