सत्सङ्गको प्रकार

१. प्रस्तावना

जसरी हाम्रो लेख, सत्सङ्ग के हो, मा स्पष्ट गरेको छ, सत्सङ्गको अर्थ हो, सतको संग अर्थात सतमा रहनु। हामी विविध माध्यहरुबाट सतको सान्निध्यमा रहन सक्छौं । यहाँ सत्सङ्गको विभिन्न प्रकार दिएका छन् ।

२. ईश्वरको साथ सत्सङ्ग

साधना नगर्ने व्यक्ति दुखमा मात्र ईश्वरलार्इ स्मरण गर्छ तथा र्इश्वरसँग कुरा गर्छ । आध्यात्मिक पथमा अग्रसर व्यक्ति केवल कठिन समय मात्र होइन आफ्नो जीवनको प्रत्येक क्षण ईश्वरको साथमा बिताउछ । उनी ईश्वरलार्इ अफ्नो प्रत्येक त्रुटि एवं आन्तरिक विचार बताउछ । यस्तो साधकलार्इ केही कालावधि पछि यस्तो अनुभव हुन्छ कि उनलार्इ अन्तरमनबाट उत्तर प्राप्त हुन थालेको छ । जसरी-जसरी उनको साधना बढ्दै जान्छ, उनी निरन्तर ईश्वरको सान्निध्यमा रहने प्रयास गर्छ । ईश्वरसँग कुराकानी ईश्वरको साथमा सत्सङ्ग बराबर जस्तै हो अनि यो सत्सङ्ग सर्वोच्च स्तरको हो ।

३. सन्त, गुरु एवं उन्नत साधकको साथ सत्सङ्ग

तीव्र आध्यात्मिक प्रगतिको लागि, हामी निरन्तर उन्नत साधक अथवा आफ्नो आध्यात्मिक मार्गदर्शकको सत्सङ्गमा रहनु पर्छ । सत्सङ्गबाट प्राप्त फार्इदा बाहेक, हामीलार्इ दोष निवारणको अवसर प्रदान गर्छ, साधनामा सुधार हुन्छ तथा साधनामा आउने अवरोध निर्मूलनको लागि मार्गदर्शन प्राप्त हुन्छ ।

हामीसँज बिताएको उन्नत साधकको समय खर्च नहोस भनेर सत्सङ्गको पूर्व नियोजन गरि खास लक्ष्यहरु हासिल गर्नुपर्छ । उदाहरणाको लागि, कुनै उन्नत साधकसँग भेट गर्नु पहिला नै दिन अनि समय सम्बन्धि योजना बनाउनु पर्छ । यसको लागि आफ्नो अनुभूति, बाधा, प्रश्न एवं साधनामा भर्इरहेको प्रगति सम्बन्धि सूत्र इत्यादि लेखेर राख्नु पर्छ ।

उन्नत साधकको साथ कुराकानी गर्दा अथवा उनको सान्निध्यमा रहदा जुन सूत्र एवं अन्तरनिहित सिद्धान्त सिक्छौं, ती सबै लेख्नु पर्छ । साथै आचरणमा उतारनको लागि प्रयास गर्नु पर्छ । कुनै विशेष घटना अथवा कुराकानी कुनै सिद्धान्तलार्इ राम्रोसँग व्याख्या गर्नको लागि सहायक हुन्छ, त्यसमा अन्तरनिहित सिद्धान्त बुझ्नको लागि हाम्रो विशेष ध्यान हुनु पर्छ । उदाहरणार्थ, यदि उन्नत साधक टेलिफोन सफा गरि योग्य तरिकाले राख्ने उदाहरण दिन्छ भने त्यस उदाहरण बाट स्वच्छता अनि परिपूर्णता सिद्धान्त, आध्यात्मिक अभ्यासको एउटा भार्ग सम्झेर गर्नुपर्छ । हामीले यो पनि जान्नु पर्छ कि यो सिद्धान्त केवल टेलिफोनमा मात्र सिमित नभएर सबै स्थानमा लागू गर्नुपर्छ । हामी जे जति सिक्छौं अथवा हामीलार्इ जुन मार्गदर्शन प्राप्त हुन्छ त्यसलार्इ आचरणमा ल्याउने प्रयासको नियोजन गर्नुपर्छ, किन कि अभ्यास विहीन ज्ञान व्यर्थ छ ।

उन्नत साधकको सत्सङ्गमा रहँदा प्रत्येक समय आफ्नो अनुभव लेख्नुहोस् । उदाहरणार्थ, नामजपको मात्रा अथवा गुणस्तर बढेर जानु, नसोध्दा पनि शङ्काकको समाधान हुनु, शारीरिक रोग, जस्तै पीठको वेदना बिना उपचारनै कम अथवा हराएर जानु, कुराकानी पश्चात व्यक्तिगत अनुभव कस्तो रहयो – राम्रो, नराम्रो अथवा तटस्थ (neutral), किन कि साधनाको उद्देश्य हो आनन्द प्राप्ति, सत्सङ्गबाट आनन्दको अनुभूतिमा वृद्धि हुनु पर्छ । यदि यस्तो भर्इरहेको छैन भने विश्लेषण गर्नुपर्छ, मबाट के गल्ति भर्इरहेको छ तथा फेरि नदोहरियोस् त्यसमा ध्यान दिनु पर्छ । इसको विपरीत, यदि राम्रो अनुभूति भर्इरहेको छ भने के सहि गरयो त्यसको विवेचन गर्नुहोस् अनि भविष्यमा त्यसैमा ध्यान केन्द्रित गर्नुहोस् ।

४. सह-साधकको साथ सत्सङ्ग

यो स्थूल (शारीरिक) स्तरमा, टेलिफोन अथवा वेबसाइटको माध्यमबाट गर्न सकिन्छ । SSRF विश्व भरमा आफ्नो साधकको लागि अंग्रेजी एवं अनेक यूरोपियन भाषाहरुमा नियमित सत्सङ्गहरुका आयोजन गर्दछन् । साधक विश्वको विभिन्न भागमा रहन्छ, त्यसैले Skype को माधयमबाट सत्सङ्ग सञ्चालन हुन्छ । सत्सङ्गमा आध्यात्मिक विषयको चर्चा तथा साधनासँग सम्बन्धित शङ्काको समाधान गरिन्छ ।

सह-साधकको साथ व्यक्तिगत स्तरमा अथवा टेलिफोनमा आध्यात्मिक चर्चा पनि एक प्रकारको सत्सङ्ग हो ।

सत्सङ्गमा चर्चा गरिने विषय अनुसार वर्गीकृत गर्न सकिन्छ –

  • सूचनात्मक सत्सङ्ग – अध्यात्म सम्बन्धि जानकारी दिने एवं  चर्चा गर्ने ।
  • मार्गदर्शक सत्सङ्ग – यो सत्सङ्गमा व्यष्टि साधना एवं प्रसार सम्बन्धि मार्गदर्शन गरिन्छ ।
  • भाव सत्सङ्ग – सहभागी साधकमा भाव वृद्धि गर्नको लागि गरिने सत्सङ्ग ।

५. सन्तद्वारा लिखित धर्मग्रन्थ पढ्नु

यो एउटा यस्तो सत्सङ्ग हो, जहाँ साधक पुस्तकमा अंकित शब्दको माध्यमबाट चैतन्य ग्रहण गर्दछ । यो यस कारण हुन्छ कि ग्रन्थको लेखक सन्त हुनुहुन्छ अथवा  उच्च आध्यात्मिक स्तरको जीवात्मा हुनुहुन्छ, जसको सङ्कल्प शब्दबाट कार्यरत हुन्छ । SSRF को अनेक साधकहरुले आफ्नो अनुभव बताएका छन् कि मात्र यी ग्रन्थका नजिक हुँदा उनीहरुलार्इ स्वयंमा आध्यात्मिक उपचार भएको अनुभव हुन्छन् ।

६. सत्सङ्गको अन्य प्रकार

  • आध्यात्मिक प्रवचनमा सम्मिलित हुनु
  • धार्मिक स्थल जस्तै, गिरिजाघर, मन्दिर, सन्तको आश्रम इत्यादि का दर्शन
  • तीर्थ स्थलमा रहनु
  • भक्ति गीत सुन्ने अथवा गायन

७. निष्कर्ष

अब हामी, सतको सङ्गमा रहनको लागि, सत्सङ्गको विभिन्न माध्यमहरु तथा सत्सङ्ग हाम्रो आध्यात्मिक प्रगतिको लागि महत्त्व छ भनेर सचेत भएका छौं, त्यसैले हामी निरन्तर सत्सङ्गमा रहि सत्सङ्गको लाभ उठाउने प्रयास गर्नु पर्छ ।