कुनै माध्यम अथवा Ouija बोर्डको सहायताले आफ्नो कुनै मृत सम्बन्धीलार्इ सम्पर्क गर्ने, यसको आध्यात्मिक परिप्रेक्ष्य के हो ?

निम्नलिखित कारणहरुले कुनै दिवंगत सम्बन्धीलार्इ कुनै माध्यम अथवा Ouija बोर्ड (परिभाषा –  मृतको आत्मालार्इ सम्पर्क गर्नको लागि प्रयोग गरिने बोर्ड) द्वारा सम्पर्क गर्न हानिकारक छन् :

१. अधिकांश माध्यम प्रगत छैटौं इन्द्रिय क्षमता अथवा उच्च आध्यात्मिक स्तर भएको हुँदैन, जसको कारण सम्पर्क गरिएको आत्माको सही पहिचान गर्न सक्दैन । अधिकांशतः हाम्रो पूर्खा को स्थानमा कोही अन्य अनिष्ट शक्ति (पिशाच, असुर, कालो शक्ति आदि) वार्तालाप गर्छ । यी अनिष्ट शक्ति (पिशाच, असुर, कालो शक्ति आदि) हाम्रो दिवंगत परिजनलार्इ आफ्नो नियन्त्रणमा लिएर उनीबाट व्यक्तिगत जानकारी प्राप्त गरि हामीलार्इ धोखा दिन सक्छ जसले हामीलार्इ लाग्छ कि हाम्रो सम्पर्क हाम्रो आफ्नो पूर्खासँग नै भइरहेको छ । यो तब पनि हुन सक्छ जब हाम्रो पूर्खा उनलार्इ केही बताउन चाहदैन, अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) मा हाम्रो पू्र्खाको मानलार्इ आक्रमण गरि  चाहिएको जानकारी प्राप्त गर्ने क्षमता पनि हुन्छ । प्राय: यी अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) हाम्रो पूर्खालार्इ जानिजानि आउन दिन्छ अनि भूलोकमा रहिरहेको  उनको वंशजलार्इ गलत जानकारी दिएर भ्रमित गर्नको लागि बाध्य बनाउँछ ।

२. प्राय: सबै घटनाहरुमा मध्यस्थको (माध्यम बन्ने व्यक्तिको) अपेक्षाकृत आध्यात्मिक स्तर कम हुन्छ उनी अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) ले प्रभावित हुन जान्छ, जसको उनीलार्इ तनिक पनि बोध हुँदैन । अधिकांश मध्यस्थ यो कार्य धन एवं ख्याति प्राप्त गर्नको लागि गर्छ । अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) उनीमा नियन्त्रण पाउनको लागि उनको यो इच्छाको प्रयोग गर्छ । (पढ्नुहोस् : भूतको वशमा जाने सम्भावना कसको अधिक हुन्छ ?) ठूलो अनि गहिरो प्रभाव पार्नको लागि, यदा-कदा उनी मध्यस्थको क्षमताको विस्तार गर्छ, अनि भ्रान्तिवश मध्यस्थ आफ्नो यो क्षमतालार्इ आफ्नो उपलब्धि मान्दै बस्छ, जुन यथार्थ भन्दा अत्यन्त टाढा छ । अन्त्यमा अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) मध्यस्थ द्वारा व्यक्तिलार्इ दिग्भ्रमित गर्छ ।

३. यसको विपरीत, अपेक्षाकृत उच्चतर आध्यात्मिक स्तरको मध्यस्थ केही अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) लार्इ आफ्नो नियन्त्रणमा राख्छ । उनी यी अनिष्ट शक्तिको उपयोग दिवंगत आत्मासाँग सम्पर्क स्थापित गर्ने व्यक्तिको विषयमा सूचना प्राप्त गर्नको लागि गर्दछ ।

४. धेरै पल्ट हामी प्रेतसँग सम्पर्क गर्ने ”ghost whisperers” को विषयमा सुन्छौ जुन हाम्रो पूर्खालार्इ अगाडिको लोकमा जानको लागि सहायता गर्छ । यो पनि मध्यस्थ को एउटा पर्यायी शब्द हो जो मृतात्मासँग सम्पर्क गर्नसक्छ ।  तथापि जबसम्म यस्तो माध्यमको आध्यात्मिक स्तर ७०% भन्दा अधिक (अर्थात सन्त स्तर को) हुँदैन, उनी द्वारा सूक्ष्म शरीरलार्इ भूलोक क्षेत्र भन्दा उच्च लोकसम्म लैजानमा सहायता गर्नु लगभग असम्भव हुन्छ ।

५. पितरसँग सम्पर्क गर्ने हाम्रो प्रयास केवल पूर्वज एवं भूलोकको सम्बन्धि बीच मोह-मायालार्इ  वृद्धि गर्छ । दिवंगत पूर्वज आफ्नो नातेदारको पीडा एवं कष्ट को अनुभव गर्छ, यस कारण उनी वापस भूलोकमा खिचिन्छ अनि यसले पारलौकिक यात्रा बाधित हुन्छ ।

कुनै माध्यम अथवा Ouija बोर्डको सहायताले आफ्नो कुनै मृत सम्बन्धीलार्इ सम्पर्क गर्ने, यसको आध्यात्मिक परिप्रेक्ष्य के हो ?

६. जो व्यक्ति सन्त छ अर्थात ७०% भन्दा अधिक आध्यात्मिक स्तर को व्यक्ति नै दिवंगत पितरसँग सम्बन्धित सूचनालार्इ आध्यात्मिक दृष्टिकोणले सही आकलन गर्न सक्छ । त्यस्तै गरी व्यक्ति यो भन्न सक्छ कि सम्पर्क गरिएको आत्मा सम्बन्धित पूर्वजको हो अथवा कुनै अन्य अनिष्ट शक्ति (भूत, पिशाच, कालो शक्ति आदि) को हो । वर्तमानमा पृथ्वीमा १०,००० (दस हजार) भन्दा कम व्यक्ति यस्तो क्षमताले सम्पन्न छन्, उनीहरुले कहिले पनि आत्मासँग सम्पर्क गर्नमा व्यक्तिलार्इ सहायता गर्दैन्न् ।

७. Ouija बोर्डको उपयोगले कुनै मृत पूर्खासँग सम्पर्क गर्ने सम्भावना मात्र १०% हुन्छ । प्राय: ९०% आशंका यो कुराको हुन्छ कि कुनै पनि अनिष्ट शक्ति पूर्वजको झूटो रूप लिएर आउन सक्छ अनि भयंकर कुरा यो हो कि Ouija बोर्ड द्वारा अनिष्ट शक्ति मध्यस्थ बन्ने व्यक्तिलार्इ पनि आवेशित गर्न सक्छ ।

आफ्नो प्रियजनसँग अलग हुनु एउटा दुखद अनुभव हो, अनि कसैको इच्छा हुन सक्छ कि उनलार्इ सम्पर्क गरि उनको कुशल-क्षेम जान्ने इच्छा । आफ्नो पूर्खा प्रति हाम्रो सर्वोत्तम सेवा यही हो कि हामी उनको मुक्तिको लागि हर सम्भव प्रयास गर्ने । जसले कि उनी आफ्नो मृत्योपरांतको अगाडिको यात्रा निर्विघ्न गर्न सक्छ । दिवंगतसँग सम्पर्क गर्नु कुनै आध्यात्मिक महत्त्व छैन, यस्तो गर्नाले केवल पारस्परिक बाधा उत्पन्न गर्छ । महत्त्वपूर्ण यही हो कि परिजनको मृत्युको कारण उत्पन्न शोकलार्इ साधना तर्फ उन्मुख गरि श्री गुरुदेव दत्त को आध्यात्मिक सुरक्षात्मक जप गर्ने । यसले न केवल दु:ख अनि पीडा शमन हुन्छ साथै मृतात्माको जीवन पछिको यात्रामा सहायता मिल्नेछ ।

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।

Datta photos