कम आध्यात्मिक स्तरको पूर्खामा कष्ट दिने क्षमता हुन्छ तर सहायता गर्नको लागि हुँदैन, यस्तो किन ?

भौतिक इच्छा पूर्तिको लागि दैवी सहायता अनुपलब्धता : लगभग सबै प्रकरणमा पुर्खाको तथा वंशजको लागि ‘सहायता’ को तात्पर्य मात्र सांसारिक सहायता सम्म सीमित छ । जब सहायता सांसारिक आवश्यकता पूरा गर्नसम्म नै सीमित हुन्छ, तब पूर्खा आफ्नो इच्छा पूर्तिको लागि दैवी कृपा प्राप्त गर्न सक्दैन । परिणामस्वरूप आफ्नो अत्यल्प आध्यात्मिक शक्तिमा निर्भर हुनु पर्छ । यदि सहायताको उद्देश्य वंशजलार्इ आध्यात्मिक सहयोग दिनु हो भने पूर्खालार्इ देवताको कृपा एवं सहयोग अधिक सरलतासँग उपलब्ध हुन्छ ।

स्वयंको शक्तिको प्रयोग आफ्नो सुरक्षाको लागि आवश्यक : २०-३० प्रतिशत आध्यात्मिक स्तरको पूर्खाको आध्यात्मिक शक्ति अल्प हुन्छ, जसको कारण वंशजलार्इ सहायता गर्ने मात्रा एवं गुणवत्ता सीमित हुन्छ । सत्य त यो हो कि निम्न आध्यात्मिक स्तर को पूर्खा अधिकतर आत्म रक्षाको मुद्रामा हुन्छ, यस्तो अवस्थामा स्वार्थ भन्दा अरु केही सोच्न सक्दैन । निम्न लोक जस्तै भुवर्लोक एवं पाताल लोकको कष्टदायी वातावरण तथा उच्च स्तरको भूत-प्रेतको आक्रमणको कारण अत्यन्त पीडामा हुन्छ । त्यसैले वंशजको सहायता गर्नुको अपेक्षा आफ्नै लागि सहायताको आवश्यकता हुन्छ ।

उनी आफ्नो वंशजसँग कुराकानी गर्न चाहन्छ त्यसैले उनको जीवनमा समस्या उत्पन्न गर्छ । उनको सहायता गर्ने योग्यताको तुलनामा उनी द्वारा दिइने कष्ट नै अधिक हुन्छ ।

उच्च स्तरीय अनिष्ट शक्तिको प्रभाव : जब पृथ्वीको व्यक्तिलार्इ पीडित गर्ने कुरा आउँछ, तब उच्च स्तरीय अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस आदि) कम भन्दा कम शक्ति खर्च गरि मानवजातिसम्म पुग्नको लागि पूर्खाको माध्यमको रूपमा उपयोग गर्छ अनि यसको लागि पूर्खालार्इ कालो शक्ति उपलब्ध गर्दछ ।

२०-३० प्रतिशत आध्यात्मिक स्तर अर्थात निम्न स्तरको पूर्खा आत्म-केन्द्रित हुन्छ जसको कारण निम्न स्तरको लोकमा उनको पूरै ध्यान आफ्नो पीडा घटाउनमा नै रहन्छ । यस कारण वंशजको सहायता गर्ने धेरै कम प्रयास गर्छ ।

वंशजलार्इ पीडा दिने उनीद्वारा सम्पर्क साधनको एउटा प्रक्रिया हो : जब हामी पृथ्वीमा हुन्छौं, तब विविध प्रकारको समस्याहरुले हाम्रो ध्यान आकर्षित गर्छ । हाम्रो समस्त ऊर्जा भिन्न-भिन्न क्षेत्रहरुमा जस्तै नोकरी, रिश्ता-नातेदार, घरको काम, मनोरञ्जन इत्यादि  मा नै खर्च हुन जान्छ; तर मृत्युपरांत हाम्रो ध्यान आकर्षित गर्नको लागि केही पनि शेष रहॅंदैन । सूक्ष्म आयाममा हाम्रो पूर्खा पाप-पुण्यको आधारमा केवल प्रसन्नता अथवा अप्रसन्नता अनुभव गर्दछ । निम्न स्तरको पूर्खा अपेक्षाकृत अधिक पाप गर्दछ, परिणामस्वरूप अधिक कष्ट उठाउँछ । अन्य कुनै प्रकारको व्यस्तता नहुनुको कारण यो पीडा हटाउन अथवा कुनै सांसारिक कामना पूरा गर्नमा उनको पूरै ध्यान केन्द्रित हुन जान्छ । उनी आफ्नो पृथ्वी-वासी वंशजसँग सम्पर्क गर्छ कि उनको लागि केही गरोस् । देहधारी नहुनुको कारण, उनलार्इ निद्राको आवश्यकता हुँदैन त्यसैले उनी आश्चनर्यजनक एकाग्रताको साथ यो कार्य गर्छ । यो एकाग्रता आफ्नो वंशजलार्इ प्रभावित गर्नमा उनको क्षमता बढाउँछ ।

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।

Datta photos