कसरी अभिवादन गर्नेसंसारभरिका अभिवादनहरुमा एक आध्यात्मिक परिप्रेक्ष्य

. परिचय

संसारभरि जुनसुकै जात या संस्कृति भए पनि मानिसहरूले एकअर्कालाई अभिवादन गर्दछन् । संसारभरि अभिवादनको उद्देश्यमा भिन्नता हुन्छ र त्यसका कारणहरू सामान्यतया समावेश छन् :

  • अर्को व्यक्तिको उपस्थितिलाई ध्यान र स्वीकृति दिनु

  • जानीजानी कसैको उपस्थिति औपचारिक या अनौपचारिक रूपमा चिनाउन

  • व्यक्ति या समूहहरू बीचको निकटता र सम्बन्धको प्रकार सुझाव दिन

यद्यपि, परम्परागत अभिवादनहरू संस्कृति र परिस्थिति अनुसार अत्यधिक विशिष्ट हुन्छन् र सामाजिक प्रतिष्ठा र सम्बन्धको आधारमा परिवर्तन हुन सक्छ । अभिवादन चुपचाप, सुनिने गरी या शारीरिक रूपमा व्यक्त गर्न सकिन्छ र प्रायः तिनीहरूको संयोजन समावेश हुन्छ । स्पिरिचुअल साइंस रिसर्च फाउन्डेशन (SSRF) मा हामीले आध्यात्मिक स्तरमा हामीमाथि पर्ने प्रभावलाई बुझ्नको लागि विश्वभरका प्रचलित अभिवादनका प्रकारहरूमा आध्यात्मिक अनुसन्धान गर्यौं । बृहत स्तरमा, हामीले बायोफिडब्याक मेसिनहरू प्रयोग गरेर अभिवादन आदान प्रदान गर्दा मानिसको चक्रहरूमा हुने परिवर्तनहरू बुझ्न आध्यात्मिक अनुसन्धानहरु गरेका छौं । यो विशेष गरी जबकि:

  • निश्चित मानिसहरूको संगतमा हुने वा

  • भेटघाट र अभिवादन गर्दा आँखा मिलाउने समय वा

  • कुराकानी गर्ने समय शारीरिक सम्पर्क बनाउने समय वा

  • अन्य व्यक्ति माझ जाने र छुने जस्तै अँगालो हाल्ने, उनीहरुको व्यक्तिगत आध्यात्मिक अवस्थामा निर्भर हुन्छन्(‘आध्यात्मिक अवस्थायस लेखमा पछि परिभाषित गरिएको छ ।)

. पृष्ठभूमिको जानकारी

हामीले हाम्रो अनुसन्धानको निष्कर्ष साझा गर्नु भन्दा पहिला केहि आध्यात्मिक अवधारणाहरु उल्लेख गर्न उचित हुनेछ जुन हामीले हाम्रो अन्य लेखहरुमा विस्तारसँग चर्चा गरेका छौं । हामी सबैको आध्यात्मिक क्षमता वा आध्यात्मिक स्तरमा भिन्नता छन् । हाम्रो आध्यात्मिक स्तर उच्च वा निम्न छन् तदनुसार आध्यात्मिक आयामबाट अनिष्ट शक्तिको आक्रमणको कम वा बढी प्रभाव हुन्छन् । नतिजा रूपमा, हाम्रो आध्यात्मिक अवस्था फरक हुन सक्छन् । ‘आध्यात्मिक अवस्था’ भन्नुको तात्पर्य हो व्यक्ति कुनै अनिष्ट शक्तिहरुको कब्जामा छ या छैन भन्ने बुझिन्छ । एक निम्न आध्यात्मिक स्तर भएको व्यक्ति अनिष्ट शक्ति वा पूर्वजहरु द्वारा आविष्ट भए पनि प्रभावित हुने आशंका धेरै हुन्छ । हाम्रो अनुसन्धानबाट यो कुरा स्पष्ट छ कि वर्तमान समयमा संसारको १/(एक तिहाई) मानिस अनिष्ट शक्तिबाट पीडित छन् । अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस इत्यादि) अनुभागमा हामीले यस विषयमा विस्तृत वर्णन गरेका छौं ।

.१ कालो शक्तिको प्रसारण

अनिष्ट शक्तिबाट आविष्ट वा नराम्रोसँग प्रभावित व्यक्तिलाई कालो शक्तिको आवरणले ढाकेको हुन्छ जसले न केवल उनीलाई तर उनको सम्पर्कमा आउने अन्य मानिसहरुलाई पनि प्रभावित गर्दछ । जागृत छैठौ इन्द्रिय युक्त व्यक्ति अनिष्ट शक्तिको नकारात्मकता अनुभव गर्न सक्छ । जुन व्यक्तिको छैठौं इन्द्रिय जागृत छ उनले कुनै पनि पीडित व्यक्तिबाट उत्सर्जित कालो शक्तिलाई स्पष्ट देखन सक्छ ।

प्रभावित गर्ने अनिष्ट शक्तिको शक्ति अनुसार कालो शक्तिको प्रभावक्षेत्र विस्तृत हुन सक्छ । जो व्यक्ति यस्तो पीडित व्यक्तिको शरीरिक सम्पर्कमा आउँदछन् उनीहरु पनि प्रभावित हुने सम्भावना बढ्दछ ।

पीडित व्यक्तिको आँखामा सिधै हेर्नाले, उसलाई छुदा, उनले बनाएको भोजन ग्रहण गर्नाले इत्यादिबाट कालो शक्ति सजिलै सर्छ । प्राय: हरेक व्यक्तिको जीवनमा कुनै न कुनै समयमा अनिष्ट शक्तिको दुष्प्रभावबाट, अथवा अनिष्ट शक्ति/ पित्रीको कारण पीडित रहन्छ ।

कालो ऊर्जा तमप्रधान ुन्छ यसले व्यक्तिको जीवनमा धेरै बाधाहरू उत्पन्न गर्छ, जसमा जीवनमा विभिन्न समस्याहरू आध्यात्मिक उन्नतिमा अवरोधहरू समावेश हुन्छन् कृपया ब्रहमाण्डका तीन सूक्ष्म तत्व – सत्व, रज र तम  सम्बन्धी लेख पढनुहोस ।

साधना अथवा आध्यात्मिक उपचारबाट कालो शक्तिको आवरण न्यून गर्न सकिन्छ तर निरन्तर साधना कालो शक्तिको आवरणलाई हटानको लागि सबै भन्दा विश्‍वसनीय उपचार हो ।

. विश्वभरका विभिन्न अभिवादनहरुमा आध्यात्मिक अनुसन्धान

.१ अभिवादनको आध्यात्मिक प्रभावकारितालाई असर गर्ने कारकहरु

अभिवादन पद्धतिको आध्यात्मिक उचितता निणर्य गर्ने मुख्य कारकहरु उत्पन्न हुने आध्यात्मिक स्पन्दनहरु र व्यक्तिहरु बीचको सम्पर्कको स्तरमा आधारित हुन्छन् ।

  • रजतम स्पन्दनहरु उत्सर्जित हुने सम्भावना भएका संसारभरका अभिवादनहरु हाम्र लागि आध्यात्मिक रूपमा हानिकारक मानिन्छन् । हामीले यसबारे खण्ड ३. मा विस्तृत वर्णन गरेका छौं ।

  • रजतम स्पन्दनहरु उत्पन्न गर्ने सम्भावना कम हुने सात्विक कम्पनहरू आकर्षित गर्ने सम्भावना बढी हुने अभिवादनहरू हाम्रा लागि आध्यात्मिक रूपमा लाभदायक हुन्छन्।

  • शारीरिक सम्पर्क युक्त अभिवादन दुई मानिसहरु बिच सूक्ष्म ऊर्जाको संचार बढाउँछ । अधिकांश मानिसहरु नियमित साधना नगर्ने हुनाले उनीहरुमा अनिष्ट र कालो शक्तिको प्रभाव बढी हुन्छ र यसले अरुलाई पनि असर गर्न सक्छ ।

  • अर्को व्यक्तिप्रतिको साँचो प्रेम, स्नेह सद्भाव जस्ता सात्विक विचारका साथ गरिने अभिवादनले, अभिवादनको आध्यात्मिक सकारात्मकता बढाउँछ । तर य केवल मानसिक स्तरमा हुन्छ । जब विचारहरू आध्यात्मिक स्तरमा हुन्छन्, जस्तै यस व्यक्तिको आध्यात्मिक उन्नति होस्वा तिमी भित्रको आत्मालाई प्रणाम गर्दैछु“, तब अभिवादनको आध्यात्मिक सकारात्मकता धेरै गुणा बढ्छ

.२ विशिष्ट व्यक्तिद्वारा दिएको अभिवादनको प्रभाव

समाजका मानिसहरूलाई नकारात्मक ऊर्जाले विभिन्न मात्रामा असर गर्न सक्छ हाम्रो अध्ययनको उद्देश्यका लागि, तिनीहरूलाई निम्नानुसार वर्गीकृत गरिएको :

. आविष्ट व्यक्ति : यस्तो व्यक्तिको चेतना अनिष्ट शक्तिको नियन्त्रणमा हुन्छ ।

. पीडित व्यक्ति : नकारात्मक ऊर्जाबाट व्यक्ति केही हदसम्म प्रभावित हुन्छ तर नकारात्मक ऊर्जाले व्यक्तिको मन बुद्धिमा नियन्त्रण गर्दैन औसत व्यक्ति यस श्रेणी अन्तर्गत पर्दछ

. सकारात्मक व्यक्ति : व्यक्ति आध्यात्मिक रूपमा सकारात्मक हुन्छ नकारात्मक ऊर्जाबाट प्रभावित हुँदैन यो आजको संसारमा सामान्यतया धेरै दुर्लभ लगभग सबै अवस्थामा, स्तो व्यक्ति नियमित साधना गरिरहेको हुन्छ ६०% आध्यात्मिक स्तर भन्दा माथि हुनेछ

. सन्त : ७० प्रतिशत भन्दा माथि आध्यात्मिक स्तर भएको व्यक्ति, जुन आजको युगमा अत्यन्त दुर्लभ छ ।

जब उपरोक्त प्रकारका मानिसहरु एकअर्कालाई अभिवादन गर्दा वा आपसमा अन्तरक्रिया गर्दा विभिन्न सूक्ष्मशक्ति प्रवाहरु उत्पन्न हुन्छन् । एक अर्कालाई अभिवादन गर्ने व्यक्तिहरुको प्रकार र कुन विधिबाट गरिएको छ त्यसमा ऊर्जा स्थानान्तरण फरक हुनेछ ।

उदाहरण :

  • अनिष्ट शक्तिबाट प्रभावित : यदि अनिष्ट शक्तिबाट आबिष्ट व्यक्तिले अनिष्ट शक्तिबाट प्रभावित भएको अन्य व्यक्तिलाई अँगालो मार्द्छ भने आबिष्ट व्यक्तिद्वारा अनिष्ट शक्ति सार्ने सम्भावना बढ्दछ ।
  • सकारात्मक शक्तिबाट प्रभावित : तल्लो स्तरको नकारात्मक ऊर्जाले ग्रस्त व्यक्तिले ६० प्रतिशत आध्यात्मिक स्तर भएको सकारात्मक व्यक्तिसँग हात मिलायो भने त्यस व्यक्तिमा उपचारक प्रभाव पर्न सक्छ

  • पीडितको साथ सन्त : यदि सन्त कुनै सामान्य स्तरमा प्रभावित व्यक्तिलाई शुभेच्छा दिनु हुन्छ भने, प्रभावित व्यक्ति उपचार भएको अनुभव गर्नेछ

लगभग सबै अवस्थामा, मानिसहरूले यो ऊर्जा आदानप्रदानलाई बुझ्न सक्दैनन् किनभने नीहरूसँग यसलाई बुझ्ने सूक्ष्म क्षमता वा छैठौं इन्द्रिय छैन जे होस्, तपाईले अर्को व्यक्तिको साथमा वा हात मिलाएपछि थकान महसुस गर्नु भएको हुन सक्छ सले अर्को व्यक्ति नकारात्मक रूपमा प्रभावित भएको संकेत दिन्छ

.. आध्यात्मिक अनुसन्धानको माध्यमबाट विश्वभरका अभिवादन समावेश

जब हामी अर्को व्यक्तिसँग कुराकानी गर्छौं वा अभिवादन गर्छौं, हामी त्यो व्यक्तिसँग सम्बन्धित सूक्ष्मशक्तिहरूबाट प्रभावित हुने जोखिममा हुन्छौं तलको तालिकाले हामीले आध्यात्मिक अनुसन्धान गरेक अभिवादनका प्रकारहरू उल्लिखित छ ।

अभिवादनको प्रकार १

आध्यात्मिक संकट २

आध्यात्मिक लाभ ३

नमस्कार

न्यूनतम

उच्च

ढोगनु

अल्पमध्यम

अल्प

हात मिलाउनु

मध्यम

शून्य

अँगालो मार्नु

मध्यम देखि उच्च

शून्य

चुम्बन

उच्च

शून्य

टिप्पणिहरु :

. अधिक जानकारीको लागि रेखांकित ‘अभिवादनको प्रकार’ मा हाइपरलिङ्कहरुमा क्लिक गर्नुहोस ।

. ‘आध्यात्मिक जोखिमभन्नाले, हामीले अनिष्ट आध्यात्मिक स्पन्दनहरू (जुन प्रकृतिमा हानिकारक हुन्छ), एकअर्कालाई अभिवादन गर्ने दुई मानिसहरू बीचको स्थानान्तरण र वरपरको वातावरणमा हुने जोखिमलाई बुझाउँदछ ।

. ‘आध्यात्मिक लाभभन्नाले अभिवादनले सात्विक स्पन्दनहरु उत्पन्न गर्छ ।