१. प्रस्तावना

सम्पूर्ण विश्वमा अंगालो हालेर अभिवादन गर्ने एउटा प्रचलित विधि छ । संस्कृति, परिस्थिति एवं सम्बन्ध अनुसार अंगालो निकटता, प्रेम, स्नेह अथवा मित्रतालाई संकेत गर्दछ । एउटा व्यक्ति अर्को व्यक्तिलाई आधार, आश्वासन अथवा सान्त्वना दिनको लागि अंगालो गर्न सक्छ । कुनै संस्कृतिमा एवं कुनै व्यक्तिको लागि, विशेष गरेर अपरिचित बीचमा, अङ्गालो हाल्नु सभ्यता हुदैन, उनको निजतामा हस्तक्षेप गरेको बुझ्न सकिन्छ । अंगालो को विषयमा गहिरो अनुसन्धान गरेको छ अनि यसको मनोवैज्ञानिक लाभमा साहित्य पनि प्रकाशित गरेको छ । अधिकांश व्यक्तिहरुमा आफ्नो प्रियजनको स्पर्श अनि अंगालो, शारीरिक अनि भावनात्मक आवश्यकता हुन्छन् तर उनीहरुलाई अंगालाको आध्यात्मिक परिणामको अल्प जानकारी हुन्छन् । यस लेखमा हामी व्यक्तिद्वारा अंगालो गर्ने विषयमा गरेको आध्यात्मिक अनुसन्धानद्वारा प्राप्त जानकारी दिनेछौं ।

२. पृष्ठभूमिको जानकारी

विषयको आरम्भमा हाम्रो सुझाव छन् कि तपाई ‘अभिवादनको आध्यात्मिक परिप्रेक्ष्य’ विषयमा हाम्रो लेख पढ्नुहोस् । त्यसमा तपाईले वर्तमान लेखको पृष्ठभूमिको महत्वपूर्ण जानकारी पाउनुहुनेछ । अभिवादन मा जब स्पर्श गरिन्छ तब कुन प्रकार सूक्ष्म शक्तिको आदान-प्रदान हामी बीच हुन सक्छन्, यसको बारेमा यस लेखमा विस्तृत जानकारी दिएको छ । आध्यात्मिक अनुसन्धान द्वारा हामीले पायौं कि अधिकांश व्यक्तिहरु केहि मात्रामा अनिष्ट शक्ति द्वारा प्रभावित हुन सक्छन् । परिणामवश यो सम्भव हुन्छ कि स्पर्श अथवा अंगालो गर्दा दुई व्यक्तिहरु बीच सूक्ष्म शक्तिका आदान-प्रदान आध्यात्मिक रूपले घातक हुन्छन् । हामी मध्य अधिकांश यस घातक परिणामको कल्पना गर्न सक्दैनौं किनकि हामीमा छैटौं इन्द्रिय (सूक्ष्म-दृष्टि) द्वारा बुझ्ने क्षमता हुदैन्न् ।

३. अभिवादन जसमा स्पर्श गरिन्छ

जब अभिवादनमा कुनै प्रकारको स्पर्श हुन्छ, तब निम्न कुरालाई ध्यानमा राख्न सक्छौं । स्पर्श नहुने अभिवादनको तुलनामा स्पर्श हुने अभिवादनमा आध्यात्मिक अथवा सूक्ष्म शक्तिको स्थानान्तरणको मात्रा १००% सम्म बढ्न सकिन्छ । (एक अर्काको आँखामा हेरिरहदा पनि सूक्ष्म शक्तिको स्थानान्तरणको आशंका बढ्न सक्छ । यो यसमा निर्भर गर्छ कि त्यस समय कुन प्रकारको शक्तिसँग सम्बन्धित छ ।)

स्पर्शको प्रकार शक्ति सर्नमा सुविधा अभिवादनको उदाहरण
त्वचा देखि त्वचाको स्पर्श शक्ति सर्न सुगम हस्तमिलाप, अंगालो
त्वचाले मुखमा स्पर्श त्वचा देखि त्वचाको स्पर्शको तुलनामा अधिक शक्ति सर्ने हात अथवा गालामा चुम्बन
मुखले मुखको स्पर्श सबै भन्दा धेरै शक्ति सर्ने मुखले मुखमा चुम्बन

पढ्नुहोस् लेख : चुम्बन, एक आध्यात्मिक परिप्रेक्ष्य

४. अन्य व्यक्तिलाई अंगालो गर्ने सम्बन्धी आध्यात्मिक अनुसन्धान

४.१ अंगालोको विविध परिदृश्य

निम्न तालिकामा दैनिक जीवनमा आउने विभिन्न परिस्थितिहरुका, त्यसका सम्भावित प्रभाव अनि परिणामका सन्दर्भमा विवेचन गरेकाछन् ।

अंगालो सम्बन्धी विभिन्न परिदृश्य दैनिक जीवनमा त्यसको सम्भावना के परिणाम हुन सक्छ
दुबै अनिष्ट शक्तिले आवेशित व्यक्तिहरु एक अर्कालाई अंगालो हाल्ने न्यून देखि मध्यम अत्यधिक नकारात्मक : आवेशित अनिष्ट शक्ति एक-अर्कालाई अंगालो हाल्दा अझै धेरै कालो शक्ति उत्पन्न हुन्छ । सूक्ष्म स्तरमा यसको प्रभाव वातावरण पनि हुन्छ ।

दुबै व्यक्तिका आध्यात्मिक कष्ट बढ्दछन् तथा अनाहत चक्रमा विद्यमान अनिष्ट शक्तिका केन्द्रलाई बल बढाउँछन् ।

एक आवेशित व्यक्ति द्वारा अनिष्ट शक्तिले प्रभावित एक सामान्य मनुष्यलाई अंगालो हाल्ने ।

 

मध्यम अत्यधिक नकारात्मक : पीडित व्यक्तिमा विद्यमान अनिष्ट शक्ति अंगालो लगाएको व्यक्तिलाई सुगमतासँग संक्रमित गर्न सक्छ ।

सामान्य व्यक्तिलाई आध्यात्मिक कष्ट हुने सम्भावना पनि बढेर जान्छ तथा शारीरिक एवं मानसिक कष्ट हुने सम्भावना पनि बढेर जान्छन् ।

हेर्नुहोस् : खण्ड ४.२ मा सूक्ष्म ज्ञानमा आधारित चित्र

अनिष्ट शक्ति द्वारा प्रभावित एक सामान्य व्यक्ति द्वारा आफू जस्तै नै अनिष्ट शक्तिले प्रभावित अन्य व्यक्तिलाई अंगालो हाल्ने अधिक अधिकांशत: नकारात्मक : यद्यपि अनिष्ट शक्तिको कुनै वास्तविक आदान-प्रदान हुदैन तथापि उनको पारस्परिक व्यवहार सामान्यत: घातक स्पन्दनमा वृद्धि गर्नछ किनकि :-

  • दुबैको काली शक्तिको आवरण एक-अर्कामा छाउछन्।
  • मानसिक आवरणको संघर्ष हुन्छन्
जसको आध्यात्मिक स्तर ६०% भन्दा अधिक छ अनि नियमित रूपले साधना गर्छ, यस्तो व्यक्तिलाई अंगालो हाल्दा दुर्लभ देखि न्यून ६०% आध्यात्मिक स्तर व्यक्तिलाई अंगालो गर्दा अंगालो दिने अन्य व्यक्तिमा सकारात्मक उपाय हुन्छ ।
संत द्वारा आलिंगन अथवा स्पर्श दुर्लभ सन्तद्वारा अंगालो हाल्दा सकारात्मक उपाय हुन्छ । यसको एउटा उदाहरण प.पू. माता अमृतानंदमयी देवी हो,  जसलाई प्रेमसँग ‘अम्मा’ अथवा ‘अंगालो दिने सन्त’ को रूपमा चिनिन्छ । जब उहाँले अंगालो दिनुहुन्छ त्यस व्यक्तिलाई सकारात्मक आध्यात्मिक अनुभूति हुन्छ ।

टिप्पणी –

  1. विश्वको लगभग ३०% व्यक्तिहरु अनिष्ट शक्तिले आवेशित छन् अनि शेष ७०% जनसंख्यामा अनिष्ट शक्तिको प्रभाव छन् ।
  2. लगभग सबै व्यक्तिहरु केहि मात्रामा अनिष्ट शक्तिले प्रभावित छन्, जसले उनको चारैतर्फ कालो आवरण निर्मित हुन्छ । ६०% आध्यात्मिक स्तर प्राप्त भएपछि अनिष्ट शक्तिको प्रभाव नगण्य हुन जान्छ ।

४.२ सूक्ष्म ज्ञानमा आधारित चित्र, जसमा एउटा अनिष्ट शक्तिले आवेशित व्यक्ति सामान्य व्यक्तिलाई अंगालो हालिरहेको छ –

निम्न चित्र सूक्ष्म ज्ञानमा आधारित छ अनि आंगालोको आध्यात्मिक प्रभावको जानकारी दिन्छ । यो चित्र SSRF को आध्यात्मिक अनुसन्धान दलको एउटा सदस्य (पू) श्रीमती योया वाले द्वारा बनाएको हो । आफ्नो उन्नत छैटौं इन्द्रियको माध्यमबाट पू. श्रीमती योया हामीलाई एउटा अनिष्ट शक्तिले आवेशित महिलाद्वारा अनिष्ट शक्तिको मन्द प्रभाव भएको पुरूषलाई अंगालो हाल्दा, सूक्ष्म शक्ति बीच हुने आदान-प्रदानको एक झलक प्रस्तुत गरेको छ :-

पढ्नुहोस् लेख : सूक्ष्म-ज्ञानमा आधारित चित्र के हो ?

निम्न तालिका माथि दिएको सूक्ष्म-ज्ञानमा आधारित चित्रको विभिन्न दृष्टिकोणको विस्तृत जानकारी प्रदान गर्दछ –

क्रम सं विवरण
१. अनाहत चक्रमा कष्टदायी शक्तिको वलय निर्मित भएर कार्यरत हुने
१ अ. अनाहत चक्र द्वारा कष्टदायी घमिलो कालो शक्तिको कालो कणको प्रक्षेपण
२. शरीरको सबैतर्फ बाक्लो कालो आवरण निर्मित तथा कार्यरत हुने
२ अ. आज्ञाचक्रमा कष्टदायी शक्तिको वलय निर्मित तथा कार्यरत हुने
२ आ. आज्ञाचक्रबाट कष्टदायी शक्तिको वलय प्रक्षेपण
२ इ. अनाहत चक्रमा कष्टदायी शक्तिको वलय निर्मित हुने
२ ई . अनाहत चक्र द्वारा कष्टदायी शक्तिको घमिलो तरङ्ग प्रक्षेपण
२ उ. अनाहत चक्र कष्टदायी शक्तिको वलय द्वारा पूरै ढाकिदिने
२ ऊ. शिरको सबैतर्फ कालो शक्तिको घमिलो आवरण निर्मित हुने
२ ए. दुबै व्यक्तिहरुतर्फ कष्टदायी शक्ति गोलाकार रूपमा फैलिने
२ ऐ. शरीरको सबैतर्फ कालो शक्तिको आवरणमा वृद्धि हुने
२ ओ. अनाहत चक्रमा काली शक्तिको वलय निर्मित हुने
३. दुबै व्यक्तिहरु बिच सबैतर्फ मायावी तरङ्ग निर्मित हुने जसले उनीहरुलाई राम्रो लाग्ने आभास हुने
४. मोहिनी शक्तिको वलय निर्मित अनि कार्यरत हुने
४ अ. अनाहत चक्रमा मोहिनी शक्तिको वलय निर्मित हुने
४ आ. दुबै व्यक्तिहरुका सबैतर्फ मोहिनी शक्तिको वलय निर्मित हुने, जसले उनीहरुमा आकर्षणको भ्रम उत्पन्न हुन्छन् ।

माथिको विस्तृत विवेचनले तपाई यो जान्न सक्नुहुन्छ कि अनिष्ट शक्तिले आवेशित व्यक्तिले अंगालो हाल्दा अत्यधिक घातक परिणाम हुन सक्छ ।

४.३ अंगालोको आध्यात्मिक परिणाम सम्बन्धि अन्य सूत्र

  • जब दुई व्यक्तिहरु अंगालो हाल्छन्, तब उनीहरुको मस्तिष्क कवच टकराउनाले सूक्ष्म घर्षण हुन्छ । यसले कष्टदायी स्पन्दन निर्मित हुन्छ, जसको उपयोग अनिष्ट शक्ति अंगालो गर्ने व्यक्तिहरुलाई प्रभावित गर्नको लागि गर्न सक्छ । पढ्नुहोस् लेख : मनुष्य कुन घटकले बनेको छ ?
  • यहाँसम्म कि कुनै दुई व्यक्तिहरु, जुन साधना गर्दछन् अनि जसमा कालो शक्तिको प्रभाव नगण्य छन्, तिनीहरुबाट पनि अंगालो हाल्दा कष्टदायी स्पन्दन निर्मित गर्न सक्छन् । उदाहरणको लागि, भक्तिमार्ग अनि ज्ञानमार्ग बाट साधना गर्ने दुई अलग-अलग मार्गहरुबाट साधकका स्पन्दन पनि बेगलै हुन सक्छन् । जब यी भिन्न प्रकारका स्पन्दन एक-अर्काको सम्पर्कमा आउछन्, तब कष्टदायी स्पन्दन निर्मित हुन सक्छन् ।
  • शोकग्रस्त व्यक्तिलाई अंगालो हाल्ने आध्यात्मिक दृष्टिले घातक हुने अत्यधिक आशंका हुन्छ, किनकि उनी नकारात्मक शक्तिलाई आकर्षित गर्दछ ।
  • मानसिक दृष्टिले अस्वस्थ व्यक्तिलाई अंगाले गर्नाले व्यक्तिमा विपरीत प्रभाव पार्न सक्छ । मानसिक रूपले अस्वस्थ व्यक्ति अनिष्ट शक्तिद्वारा ग्रस्त हुने आशंका अधिक हुन्छ।

४.४ बच्चाको आंगालो

अंगालोको प्रभावको विषयमा आध्यात्मिक अनुसन्धानको जानकारी भएपछि बालकको सम्बन्धमा यसको कस्तो परिपेक्ष्य छ –

बालकको विकास अनि भावनात्मक स्वास्थ्यको लागि माता-पिता द्वारा उनको स्पर्श अनि अंगालो हाल्नु महत्वपूर्ण हुन्छ । सानो बालक कुनै अपरिचित व्यक्ति अथवा प्रसङ्गले डराएर आफ्नो माता-पितालाई स्वाभाविक नै अगालो हाल्छ ।

दुर्भाग्यवश, बच्चा अनि माता-पिता द्वारा अंगालो गर्दा पनि उनीहरुलाई त्यहि प्रकार प्रभावित गर्न सक्छ, जसरी कुनै अन्य व्यक्तिलाई अंगालो हाल्दा । यदि बच्चा अनिष्ट शक्तिले प्रभावित छ भने उनी माता-पितालाई प्रभावित गर्न सक्छ अनि यसको विपरीत पनि सत्य हुन्छ । अत: खण्ड ५.२ मा वर्णित सावधानिहरुलाई ध्यानमा राख्नु पर्दछ ।

५. अंगालोको हानिप्रद आध्यात्मिक प्रभाव न्यून गर्नको लागि प्रयास

५.१ आध्यात्मिक उपायको प्रयोग सम्बन्धी अड्चन

स्पर्श अथवा अंगालो अभिवादनको रूपमा प्रयोग गर्दा त्यसको घातक परिणाबाट बचनको लागि माथि दिएको जानकारीलाई गम्भीरतासँग लिन आवश्यक छ । यस जानकारीलाई गम्भीरतासँग लिन हामीलाई कुनै विचार अडचन बन्न सक्छन्, जस्तै ‘मैले जीवन भरि व्यक्तिहरुलाई अंगालो हालेको छु, तर मेरो साथ कुनै असामान्य घटेन । त्यसैले यो जानकारी असत्य हो; अथवा बढाई -चढाई गरेको छ ।’ यस प्रकारको सोच अंगालोको घातक आध्यात्मिक प्रभावबाट स्वयंलाई रक्षा गर्ने प्रयासमा दुर्बल बनाइदिन्छ । त्यसैले बुद्धिमत्ता यसको लागि निम्न मुद्दाहरु ध्यानमा राख्नुहोस् :

  • अधिकांश व्यक्तिहरुमा छैटौं इन्द्रियको क्षमता अत्यल्प हुन्छन् अनि उनीहरुमा अथ्याधिक अथवा न्यूनाधिक मात्रामा काला आवरण हुन्छन् । त्यसैले उनीहरु अनिष्ट शक्तिको आदान-प्रदान प्रति असम्वेदनशील हुन्छन् ।
  • अत: जो व्यक्ति सूक्ष्म-स्तरीय कल्पना गर्न सक्दैन, उनको साथ कुनै प्रकारको अयोग्य तर्क गर्न, त्यसै पनि विफल हुन्छ, जस्तै कुनै रोगी चिकित्सकसँग तर्क गर्छ कि विषाणु (virus) को कुनै अस्तित्व हुदैन । एक सामान्य व्यक्तिमा छैटौं इन्द्रियको योग्यता विद्यमान हुदैन । त्यसैले उनीमा सूक्ष्म शक्ति बुझ्ने सक्षम हुदैन ।
  • अंगालोले भावनात्मक स्वास्थ्यको आभास हुन सक्छ, तर आनन्द मिल्न सक्दैन ।
  • सामान्य व्यक्ति अंगालोको भावनात्मक / मनोवैज्ञानिक लाभ नै बुझ्न सक्छ, जसले उनलाई केहि मात्रामा सुख प्राप्त हुन्छ । उनी सूक्ष्म स्पन्दन बुझ्न सक्दैन, अत: सुखको यो सम्वेदना, उनीमा सूक्ष्म शक्ति आदान-प्रदान बुझने योग्यतामा भारी पर्न जान्छ । चाहे नकारात्मक प्रभाव जति अधिक किन नहोस् ।
  • स्पर्शको आवश्यकता बद्ध जीवको लागि एक भावनात्मक / मनोवैज्ञानिक आवश्यकता हो तर आध्यात्मिक आत्माको लागि होइन ।

५.२ अंगालोको हानिकारक प्रभावमा विजय प्राप्त गर्ने उपाय

प्रियजनहरुलाई अंगालो नहाल्नको लागि हामी सदैव बचन सक्दैनौं अथवा बचन चाहदैनौं, माथिको परिणामहरु जानि सके पनि अंगालोको हानिप्रद प्रभाव न्यून गर्नको लागि SSRF, हामीलाई निम्न सुझाव दिन्छन्  –

  • अंगालो केवल त्यहि व्यक्तिहरुसँग सीमित राख्नुहोस्, जहासम्म त्यसको आवश्यकता छ ।
  • भावनात्मक उपायको रूपमा प्रत्येकलाई अंगालो नगर्नुहोस्, किनकि तपाई यो जान्नु हुदैन कि जसलाई अंगालो गरिरहुन भएको छ, उनी अनिष्ट शक्तिले आवेशित छ या छैन ।
  • नियमित साधना गर्नाले हाम्रो सबैतर्फ सुरक्षा कवच बनिरहन्छ अनि वातावरणबाट आउने नकारात्मक शक्तिबाट बचन प्रतिरोधक क्षमता प्रदान गर्दछ । ईश्वरको नामको स्मरण (नामजप) सतत गर्ने, एउटा सुगम साधना हो, जुन हाम्रो दैनिक गतिविधि अंर्तगत मिल्ने विभिन्न आध्यात्मिक स्तरका व्यक्तिहरुका प्रभावबाट हाम्रो आध्यात्मिक स्तरमा रक्षा गर्दछन् ।
  • अनिष्ट शक्तिबाट प्रभावित व्यक्तिसँग अभिवादन गर्ने समय प्रार्थना गर्नाले हाम्रो रक्षा हुन्छ । प्रार्थना गर्नाले दुई व्यक्तिहरुलाई प्रभावित गर्ने अनिष्ट शक्तिद्वारा दुबै व्यक्तिहरु मध्य हुने कालो शक्तिको आदान-प्रदानबाट पनि रक्षा हुन्छन् ।