लुगाको गन्ध कसरी हटाउने र आफ्नो सामानको सुरक्षा कसरी गर्ने?

यो लेख बुझ्नको लागि हामी तपाईलाई निम्न लेखहरुसँग परिचित हुन सुझाव दिन्छौं :

. प्रस्तावना (विषयप्रवेश)

लुगा तथा आफ्नो सामानहरु शरीरको धेरै नजिक हुन्छ । हाम्रो अघिल्लो लेखमा, हामीले लुगालाई गन्धको स्तरमा नकारात्मक ऊर्जाले कसरी असर गर्छ भनेर देख्यौं । वर्तमान समयमा अनिष्ट शक्तिहरु अत्यधिक कार्यरत छन् । लुगामा दुर्गन्ध ल्याएर र कालो शक्तिको सूक्ष्म आवरण सिर्जना गरेर यसले हामीलाई असर गर्छ ।

हामी मध्ये धेरैलाई यो सूक्ष्म गन्ध वा कालो आवरणको बारेमा थाहा हुँदैन, यसको कारण हाम्रो दैनिक जीवन र साधनामा बाधाहरु आउछ । हामीले साधनाबाट प्राप्त आध्यात्मिक ऊर्जा(शक्ति) बाट ७०% ऊर्जा लुगा र व्यक्तिगत सामानहरुमा यी असरहरुलाई रोक्नको लागि प्रयोग गर्नुपर्छ ।

हाम्रो लुगा अनिष्ट शक्तिद्वारा प्रभावित भएको छ कि छैन भनेर पहिचान गर्न हामी यस लेखद्वारा तपाईलाई मद्दत गर्नेछौं । हामी तपाईलाई आफ्नो चीजहरु/सामानहरु/वस्तुहरु आध्यात्मिक दृष्टिले शुद्ध गर्नको लागि र अनिष्ट शक्तिको आक्रमणहरुबाट सुरक्षित रहन के गर्न आवश्यक छ, यस सन्दर्भमा पनि मार्गदर्शन गर्नेछौं ।

नकारात्मक ऊर्जाले असर नगरेको लुगाको लागि आध्यात्मिक उपचारको पद्धतिहरु रोकथाम उपायको रुपमा उपयुक्त हुन सक्छ ।

. आफ्नो लुगा अनिष्ट शक्तिले प्रभावित गरेको छ कि छैन भनेर कसरी पहिचान गर्ने ?

. स्थूल दृष्टिले पहिचान गर्न योग्य सूत्र

यस खण्डमा स्थूल आँखाले चिन्न सकिने वस्तुहरुमा नकारात्मक ऊर्जाहरुले कसरी विभिन्न प्रकारका विकृतिहरु उत्पन्न गर्छ भन्ने विस्तृत विवरण यस खण्डमा दिइएको छ ।

लुगा जाँच गर्दा सावधान रहनुहोस् र बुद्धिका साथ निम्न स्थूल कारणहरुको सम्भावना खोज्नुहोस् :

  • के मैले लुगा/सामानमा केहि खसालेंको थिए ?
  • के मलाई अज्ञानवश चोट लागेको छ जसको कारण रगतको दाग बनेको छ ?
  • के मैले कपडा सफ्टनर, परफ्युम (अत्तर), फरक डिटर्जेन्ट प्रयोग गरें ?

. सूक्ष्म ज्ञानेन्द्रियद्वारा पहचान गर्न योग्य

सूक्ष्म-स्तरमा अनिष्ट शक्तिबाट प्रभावित लुगाहरु पहिचान गर्न, लुगाबाट कस्तो अनुभव हुन्छ भनेर जाच गर्नको लागि केही क्षण दिनु पर्दछ ।

आरम्भ गर्नु अघि प्रार्थना गर्नुहोस्:

“हे भगवान, कृपया आध्यात्मिक विश्वसँग सम्बन्धित अनुभव गर्नको लागि आउने सबै बाधाहरु हटाइ दिनुहोस् । यस अनुभवमा कुनै पनि अनिष्ट शक्तिद्वारा हस्तक्षेप गर्न नदिनुहोस् । यी लुगाहरु कालो शक्तिबाट प्रभावित छन् कि छनैन् भनेर निर्धारण गर्न मलाई मद्दत गर्नुहोस् ।”

शारीरिक, मानसिक र बौद्धिक स्तरमा हुने परिवर्तनहरुमा ध्यान दिन सकिन्छ । अनिष्ट शक्तिको केही लक्षणहरु यस प्रकार छन्:

  • कसैलाई वाकवाकी महसुस हुने वा उल्टी हुने ।
  • लुगा समातेको हात वा टाउको भारी हुने ।
  • मनमा अनावश्यक विचार आउन थाल्छ वा मन र बुद्धि सुन्न हुन थाल्छ ।
  • नामजप अथवा ईश्वर सम्बन्धी विचार बन्द हुन जान्छ ।

गन्ध, दृष्टि वा स्पर्शसँग सम्बन्धित सूक्ष्म इन्द्रियद्वारा लुगामा कालो शक्तिको अस्तित्व कसरी बुझ्ने भन्ने केही उदाहरणहरु निम्न छन् ।

सूक्ष्म-सम्वेदना ब्रह्माण्डको सम्बन्धित  मूलतत्त्व अनुभव
सूक्ष्म गन्ध पृथ्वीतत्त्व(Pruthvītattva) वस्तुको ५-६ पटक गन्ध लिनुहोस् र दुर्गन्ध छ कि छैन हेर्नुहोस् । कपडाको किनार र दुबै छेउको जाच गर्नुहोस् किनकि कालो शक्तिको प्रक्षेपण यहाँबाट अधिक मात्रामा हुन्छ । शर्टको लागि बाहुलाहरु र काखीमा गन्ध लिनुहोस् । कहिले काही शर्टको मध्य भागमा पनि दुर्गन्ध आउन सक्छ ।

कालो शक्तिको तीव्रताको स्तर(हल्का, मध्यम वा तीव्र) दुर्गन्धको तीव्रताद्वारा निर्धारण गर्न सकिन्छ ।

  • नाकको अगाडि लुगा राख्दा पूरा सास फेर्न सक्नु(वायु पूर्णतः फोक्सो सम्म पुग्ने), हल्का कष्टको लक्षण हो ।
  • नाकको अगाडि लुगा राख्दा आधा मात्रै सास फेर्न सम्भव छ भने लुगामा मध्यम स्तरको कष्ट छ भनेर बुझ्नुहोस् ।
  • नाकको अगाडि लुगा राख्दा सास फेर्न सम्भव भएन भने, सास फूलिने वा खोकी लाग्ने तीव्र कष्टको लक्षण हो ।
सूक्ष्मदृष्टि तेजतत्त्व(Tējtattva) यदि कसैमा उन्नत सूक्ष्म छमता छ भने, लुगामा हेरेर बुझ्न सकिन्छ कि लुगामा कालो शक्तिको आवरण छ । यो ज्ञान तेज तत्त्वको स्तरमा प्राप्त हुन्छ ।
सूक्ष्मस्पर्श वायुतत्त्व(Vāyutattva) लुगा छोएपछि कालो शक्तिद्वारा आवेशित भएको अथवा नभएको लुगामा भिन्नता छुट्याउन सकिन्छ । उदाहरण रेशमको लुगा रेशमबाट बनेको भएपनि खस्रो लाग्ने ।

त्यसैगरी लुगालाई हतमा समातदा लुगाको वास्तविक तौलभन्दा बढी तौल छ कि छैन भनेर देख्न सकिन्छ । यदि लुगा आफ्नो वास्तविक तौल भन्दा भारी लाग्छ भने, त्यो कालो शक्तिबाट संग्रहित भएको हुन्छ । यो ज्ञान वायुतत्त्वको स्तरमा प्राप्त हुन्छ ।

. आध्यात्मिक स्तरमा लुगा कसरी शुद्ध गर्ने ?

. लुगालाई धुने

लुगा धुँदा गन्धको तीव्रता कम हुन्छ । लुगामा विद्यमान पृथ्वी तत्त्वमा आपतत्त्वको उपायले कालो शक्ति नष्ट हुन्छ ।

पहिलो चरण दोस्रो चरण तेस्रो चरण
sea-salt prayer boxes-washing-machine
लुगा भिजाउने वा धुने पानीमा ढिक्का नुन वा SSRF को धूपबाट प्राप्त विभूति मिसाउनुहोस् । यदि ढिक्का नुन उपलब्ध छैन भने सामान्य खाद्य नुन पनि प्रयोग गर्न सकिन्छ, तर उपायको प्रभावकारिता ढिक्का नुन भन्दा ३०% कम हुन सक्छ । ईश्वरलाई र जुन पानीमा लुगा भिजाईन्छ वा धुईन्छ त्यस पानीमा विद्यमान आपतत्त्वसँग प्रार्थना गर्नुहोस् कि लुगाको कालो शक्ति नष्ट होस् र प्रत्येक लुगा शुद्ध होस् । ईश्वरलाई र जुन पानीमा लुगा भिजाईन्छ
वा धुईन्छ त्यस पानीमा विद्यमान आपतत्त्वसँग प्रार्थना गर्नुहोस् कि लुगाको कालो शक्ति नष्ट होस् र प्रत्येक लुगा शुद्ध होस् ।

अन्य केही महत्त्वपूर्ण सूत्रहरु : 

  • लुगा धुने पाउडर/ डिटर्जेन्ट र लुगालाई मुलायम बनाउने पदार्थ(फैब्रिक सफ्टनर) कडा गन्धको हुनु हुँदैन, किनभने त्यसमा रसायनहरुको मात्रा अधिक हुनाले त्यसमा कष्टप्रद शक्तिहरु आकर्षित हुन सक्छन् । सकेसम्म केमिकल सफ्टनरहरु प्रयोग नगर्नुहोस्, किनकि त्यसले लुगालाई मायावी सुगन्ध प्रदान गरि लुगाहरुमा अनिष्ट प्रभाव पार्छ ।
  • तीव्र कष्ट भएको लुगा हल्का वा मध्यम प्रकारको कष्ट भएको लुगासँग कहिल्यै राख्नु हुँदैन । तीव्र कष्टको लुगाको कालो शक्तिले अन्य लुगाहरुलाई असर गर्न सक्छ ।

. लुगा सुकाउने

घाममा सुकाउँदा कपडामा रहेको कालो शक्ति तेज तत्वको कारणले छिटो नष्ट हुन्छ ।

पहिलो चरण दोस्रो चरण
keep-laundry-in-sun laundry-at-sunset
सकेसम्म लामो समय सम्म बाहिर घाममा सुकाउनको लागि लुगा झुण्ड्याउनुहोस् । लुगामा विद्यमान कालो शक्ति नष्ट भएर चैतन्यले लुगा शुद्धि हुनको लागि सूर्यमा विद्यमान ईश्वरीय तत्त्वलाई हामी प्रार्थना गर्न सक्छौं । सूर्यास्त हुनु अघि कपडा भित्र ल्याउनुहोस् किनभने सूर्यास्तपछि अनिष्ट शक्तिले कपडालाई आक्रमण गर्न सक्छ ।

केहि अन्य महत्त्वपूर्ण सूत्रहरु

  • लुगा धोएपछि धेरै बेर पानीमा भिजाएर राखेमा त्यसबाट सडेको जस्तो दुर्गन्ध आउन सक्छ । तसर्थ, लुगा धोएपछि तुरुन्तै सुकाउनु पर्दछ र लुगामा अनिष्ट शक्तिहरुको आक्रमण नहोस् भनेर प्रार्थना गर्न सकिन्छ ।
  • यदि लुगालाई घाममा सुकाउने ठाउँ छैन भने हामी लुगामा वायु तत्त्वको माध्यमबाट उपाय हुनको लागि प्राथना गर्न सक्छौं । झुन्डिएको लुगाको मुनि SSRF को धूप बत्ती पनि बाल्न सक्छौं ताकि धूपको धुवाँ लुगाहरुमा जान्छ ।

. लुगा सुकेपछि

 

पहिलो चरण : कष्टको तीव्रता अनुसार लुगाको वर्गीकरण गर्नुहोस् दोस्रो चरण : आध्यात्मिक उपाय गर्नुहोस्
clothes-stack spiritual-healing-methods
हल्का कष्ट भएको लुगाहरु एक साथ राख्न सकिन्छ, मध्यम कष्टबाट प्रभावित लुगाहरु अर्को ठाउँमा र तीव्र कष्टबाट प्रभावित लुगाहरु छुट्टाछुट्टै राख्नुहोस् ।

>SSRF को धूपबाट प्राप्त पवित्र विभूति लुगाहरुमा लगाउन सकिन्छ ।

>कपडाको चारैतर्फ खाली बक्सहरु राख्नुहोस् । बन्द खाली भागमा विद्यमान आकाश तत्त्वको कारण लुगामा विद्यमान कालो शक्ति नष्ट हुन्छ(यो उदाहरणमा बक्सको खाली भाग हो ) ।

>लुगाको चारैतर्फ तथा लुगा भित्रपनि देवताहरुको चित्रवा नामजप पट्टि राख्नुहोस् । देवताको चित्र लुगाको त्यो भागमा राख्नुहोस् जहाँ अनिष्ट शक्तिको आक्रमण अधिक हुन्छ, उदाहरण ब्लाउजको काखिमा । कोट, सूटस, जस्ता लुगाहरु प्रायःहैंगरमा झुन्डाएर राखिन्छ । त्यस अवस्थामा हामी प्रत्येक हैंगरमा नामजप पट्टि लगाउन सक्छौं ।

>कहिले काहीं हामी कपडाहरु चैतन्यले सम्पूर्णतःप्रभारित स्थानमा राख्न सक्छौं । उदाहरण घरको पूजा कोठा ।

.. आध्यात्मिक उपायको लागि नामजप पट्टिहरु र देवताको चित्रहरुको प्रयोग

नामजप पट्टिहरु के हुन् ? देवताका चित्रहरु के हुन् ?
कागजको पट्टी जसमा ईश्वरीय तत्त्वको(देवताको) नाम लेखिएको वा छापिएको हुन्छ, त्यसलाई नामजप पट्टी भनिन्छ । यी पट्टीहरुले त्यो विशिष्ट देवताको नामजपको स्मरण गराउँछ । तिनीहरु अनिष्ट शक्तिबाट सुरक्षा र आध्यात्मिक उपचारको लागि प्रयोग गर्न सकिन्छ। नामजप पट्टीहरुको आध्यात्मिक उपचार गर्ने क्षमता देवताको नाम अध्यात्म शास्त्र अनुसार वा आध्यात्मिक उन्नत व्यक्तिद्वारा लेखिएमा बडाउद्छ । देवताहरुको चित्रहरुले ईश्वरको राम्रो स्पन्दन आकर्षित गर्दछ । यी भक्ति बढाउनको लागि उपयोगी छन् । जब अध्यात्म शास्त्र अनुसार चित्रहरु बनाइन्छ, वर्तमानमा तिनीहरुले देवता तत्त्व अधिकतर ३०% स्पन्दन आकर्षित गर्दछन् । बाजारमा पाइने अधिकांश देवताका चित्रहरुमा १-२% ईश्वरीय तत्त्व आकर्षित हुन्छन् ।
chanting-strips-one-set deities-pictures-small-shri-krishnadeities-pictures-datta

.. लुगा र व्यक्तिगत सामानहरुको लागि विभिन्न आध्यात्मिक उपाय पद्धतिहरुको प्रभावकारिता

निम्न तालिकाले हामीले प्रयोग गर्ने विभिन्न आध्यात्मिक उपचार विधिहरुको प्रभावकारिताको बारेमा जानकारी दिन्छ :

क्र.

आध्यात्मिक उपायपद्धति

आध्यात्मिक उपायको प्रभावकारिताको अवधि (दिनहरुमा) अनिष्ट शक्ति कुन पातालसँग सम्बन्धित छ (जुन यस उपायबाट प्रभावित हुनेछ)
घाममा व्यक्तिगत सामान राख्नुहोस्

१५ 

SSRF को अगरबत्तीबाट प्राप्त विभूति आफ्नो व्यक्तिगत सामानहरुमा लगाउनुहोस् ३-४
आफ्नो व्यक्तिगत सामानहरु प्रज्वलित अगरबत्तीको सम्पर्कमा राख्नुहोस्
आफ्नो व्यक्तिगत सामानहरु देवताहरुको चित्रको बीचमा राख्नुहोस्
लुगाको चारैतर्फ आध्यात्मिक उपायको बक्स लुगातर्फ मुख गरेर राख्नुहोस्
कपडा भित्र प.पू. डॉ आठवलेज्युको हस्तलिखित कागजको टुक्रा राख्नुहोस् र लुगाको वरिपरि नामजपको पट्टिको मण्डल बनाउनुहोस्
लुगामा ‘शून्य’को नामजप पट्टि लगाउनुहोस् र लुगाको वरिपरि यी नामजप पट्टीको मण्डल बनाउनुहोस्
लुगामा ‘महाशून्य’को नामजप पट्टि राख्नुहोस् र यी नामजप पट्टिहरुको मण्डल लुगाको चारैतर्फ बनाउनुहोस्
व्यक्तिगत सामानहरु प.पू. भक्तराज महाराजज्युको भजनको समीप राख्नुहोस । प.पू. भक्तराज महाराजको भजन अडियोप्लेयर

डाउनलोड

१० व्यक्तिगत सामानहरु प.पू. डॉ.आठवलेज्युको मार्गदर्शन भएको क्यासेट नजिक राख्नुहोस् । प.पू. डॉ. आठवलेज्युको मार्गदर्शन अडियोप्लेयर

डाउनलोड

११ लुगामा ‘ॐ’ को नामजप पट्टिहरु राख्नुहोस् र लुगाको वरिपरि यी नामजप पट्टिहरुको मण्डल बनाउनुहोस्

१२ लुगामा ‘ॐ ॐ’को नामजप पट्टिहरु राख्नुहोस् र लुगाको वरिपरि यी नामजप पट्टिहरुको मण्डल बनाउनुहोस् (यसको स्पन्दन त्रिगुणातीत हुन्छ)

* प.पू. भक्तराज महाराज निर्गुण स्तरका सन्त हुनु हुन्थियो । निर्गुणबाट सबै कुरा सृजना हुन सक्छ । त्यसैले उहाँबाट गाउनु भएको भजनले भाव जागृति, चैतन्य र शान्तिको अनुभूति दिन सक्छ । आकाश तत्त्वको उपाय/उपचार हुनको लागि उहाँको भजन सुन्न सुझाव दिइन्छ ।

. दैनिक जीवनमा आचरण

माथिका सबै उपायहरु दैनिक गर्नुपर्छ । प्रत्येक दिन नुहाउनु अघि लुगाहरु जाँच गर्नुहोस् र कष्ट मुक्त लुगा नै लगाउनुहोस् । यदि त्यस्ता कपडाहरु उपलब्ध छैन भने तपाई कम कष्ट भएको लुगा लगाउन सक्नु हुन्छ । ईश्वरीय चैतन्यले प्रभारित हुनाले पनि कपडाहरुमा कुनै पनि समय आक्रमण हुन सक्छ । त्यसैले दिनमा एक निश्चित समय पछि लुगाको गन्धलिइ राख्नु महत्त्वपूर्ण हुन्छ ।

कपडाको एक छेउमा गन्ध लिदा यदि दुर्गन्ध आयो भने कष्टको तीव्रता कम गर्न विभूति लगाउन सकिन्छ ।

. अन्य सामानहरुको आध्यात्मिक शुद्धि

हामीले प्रयोग गर्ने अन्य कपडाहरु जस्तै नुहाउने तौलिया, ओछयान, चादर इत्यादिमा हामी समान सिद्धान्तहरु लागू गर्न सक्छौं ।

हामीले नियमित रुपमा प्रयोग गर्ने अन्य वस्तुहरु जस्तै चश्मा,घडी, गहना, काइन्यो, जुत्ता आदिलाई पनि आध्यात्मिक रुपमा शुद्ध गर्न सक्छौं:

  • वस्तुलाई SSRF को अगरबत्तीको धुवाँ देखाउने
  • SSRF को अगरबत्तीबाट प्राप्त विभूति लगाउनुहोस्
  • प्रयोगमा नभएको बेला सामानहरुलाई बक्समा राख्नुहोस्
  • वस्तुमा नामजप पट्टी राख्नुहोस्
  • प्रयोग नगरेको समयमा वस्तुलाई आध्यात्मिक ग्रन्थमा राख्नुहोस्
  • नियमित सामानहरुलाई घाममा राख्नुहोस्

. कृत्रिम सुगन्ध रसायन प्रयोग नगर्नुहोस्

कपडालाई सुगन्धित बनाउनको लागि सुगन्धी रसायनको प्रयोग गर्नु हुँदैन । धेरैजसो मानिसले पसिनाबाट दुर्गन्ध नआओस् भनेर डिओडोरेन्ट (दुर्गन्ध हटाउने रसायनको) प्रयोग गर्द्छन् । तर यसको सट्टा काखिमा रसायन-रहित उत्पादनहरु प्रयोग गर्न सक्छौं ।

प्राचीन कालमा मानिस नियमित रूपमा साधना गर्दथे । त्यतिबेला सन्त र विद्वानहरुको शरीरमा आध्यात्मिक साधनाको कारण शरीरमा मीठो सुगन्ध हुन्थ्यो । कलियुगको यो वर्तमान समयमा समाजका अधिकांश व्यक्तिमा साधनाको अभावले गर्दा उनीहरुलाई कृत्रिम सुगन्ध र रसायनको आवश्यकता छ । समाजमा एकत्रित सात्त्विकता घट्दै गएपछि सात्त्विक गन्धको स्थानमा रज-तम प्रधान कृत्रिम सुगन्ध रसायनको प्रयोग गर्न थालेका छौं । यी रज-तम प्रधान सुगन्धित रसायनहरुमा अनिष्ट शक्ति आकर्षित गर्ने मायावी वा अप्राकृतिक सुगन्ध हुन्छ ।

. निष्कर्ष

हामीले दिनहुँ प्रयोग गर्ने वस्तु र कपडामा कालो आवरणलाई नकारात्मक ऊर्जाले हाम्रो दैनिक जीवनलाई असर गर्न सक्छ । आफ्नो व्यक्तिगत वस्तुलाई आध्यात्मिक रुपमा शुद्धगरेर र उपरोक्त उपायहरु अपनाएर, हामी यी हानिकारक प्रभावहरुबाट बच्न र आध्यात्मिक साधनाबाट प्राप्त चैतन्य प्राप्त गर्ने क्षमता बढाउन सक्छौं ।