ईन्धनको रूपमा प्रयोग गरिने तेल तथा मैनबत्ती माथि आध्यात्मिक दृष्टिकोण

१. तेलको दीप अथवा मैनबत्ती – कुन चै श्रेष्ठ हुन्छ ?

दीप बाल्नको लागि कुन इन्धनको प्रयोग गर्छौं, सोही अनुसार दीपबाट वातावरणमा उत्सर्जित हुने स्पन्दन र वातावरणको आध्यात्मिक शुद्धतामा प्रभाव भिन्न हुन्छ । ज्योतिबाट उत्सर्जित स्पन्दहरु दीप जलार्इ रहनको लागि प्रयोग गर्ने इन्धनको सूक्ष्म घटकसँग सम्बन्धित हुन्छ ।सत्त्व, रज एवं तमसँग सम्बम्धित लेख पढनुहोस्

तल दिएको तालीकामा, हामीले घर र परिवेशमा प्रकाश हेतु प्रयोग गरिने तेलको दीप र मैनबत्तीको केहि प्रचलित प्रकारलाई दर्शाएका छौं ।

ईन्धन

वातावरणमा उत्सर्जित प्रमुख सूक्ष्म स्पन्दन

घीउ (लोकल गाईको दूधबाट निर्मित) सत्त्व
तिलको तेल सत्त्वरज
नरिवलको तेल रजसत्त्व
सूर्यमुखी तेल रजसत्त्व
बदामको तेल रजतम
अलसीको तेल रजतम
जैतूनको तेल रजतम
तोरीको तेल तमरज
माहुरीको मैनबत्ती तम
प्याराफिनको मैनबत्ती तम
केरोसिन तम

ध्यान दिनुहोस् हामीले तेलला रज-तम वा सत्त्व-रजमा वर्गीकृत गरेका छौं र सत्त्व, रज तथा तमको मात्रा प्रत्येकमा भिन्न हुन्छ । माथि दिएको तालीका प्रयोग गरेको ईन्धनको आधारमा दीपबाट प्रक्षेपित हुने आध्यात्मिक स्पन्दन बुझ्नको एउटा सामान्य दिशानिर्देश हो ।

. माहुरीहरूको मैनलाई तामसिक मानिन्छ र महलाई सात्त्विक जबकि दुवै माहुरी बाटनै प्राप्त हुन्छ ?

माहुरीहरू तम प्रधान हुन्छन् । मैन, काम गर्ने माहुरीहरुले बनाउछन्, जुन उनीहरुको पेटमा स्थित ग्रंथिबाट स्रावित हुन्छ । तदनुसार मैन जनु माहुरीहरुबाट आउदछ, त्यो पनि तामसिक नै  हुन्छ ।

अर्कोतर्फ, महको लागि आवश्यक आधार-सामग्री फूलको रसबाट प्राप्त गरिन्छ जुन सात्विक हुन्छ । माहुरीहरू आफ्नो लामो, नली जस्तो जिब्रो प्रयोग गरेर फूलबाट रस चूसदछन् र त्यसलाई आफ्नो ‘‘मह पेट’’ मा संग्रहित गर्दछन् । माहुरीको वास्तवमा दुईटा पेट हुन्छ, एउटा मह-पेट जसको उपयोग उनीहरु फूलको रस जम्मा गर्नको लागि थैलीको रूपमा प्रयोग गर्दछन् र आर्को सामान्य पेट । जब माहुरीहरू आफ्नो मधुकोशमा फर्कन्छन, उनीहरु फूलको रसलाई थैलीबाट पुनः मुखमा ल्याएर आर्को माहुरीहरूको मुखमा हालिदिन्छन् । रस उगलने र निल्ने प्रक्रिया तब सम्म चल्दछ जब सम्म आंशिक रूपबाट पचेको रस अन्तमा मह-उत्पाद बन्न हेतु अगाडीको वाष्पीकरण (गाढा हुने प्रक्रिया) को लागि मधुकोशमा एकत्रित हुँदैन । माहुरीको पचाउने एंजाइमहरू जसले गुलियो अमृत पदार्थलार्इ महमा परिवर्तन गर्दछ त्यसले महको सात्विकतामा खासै धेरै असर गर्दैन ।

यसबाट हामी बुझ्न सक्छौं कि लोकल गाई सात्त्विक प्रकृतिको हुनुको कारण, लोकल गाईको दूधबाट बनेको घीउ पनि सात्त्विक हुन्छ । यसको विपरीत मोम तामसिक हुन्छ किनभने मोम बनाउने मूल पदार्थ एउटा तमप्रधान कीराहरूबाट प्राप्त हुन्छ ।