अध्यात्मको मूलभूत सिद्धान्त

अध्यात्मिक स्तर अथवा आध्यात्मिक क्षमता अनुसार साधना गर्नुहोस्

हामीले ध्यान राख्नु पर्छ कि हामी साधनाको जुन मार्गको चयन गर्छैं त्यो हाम्रो अध्यात्मिक क्षमता अथवा अध्यात्मिक स्तर अनुसार हुनु पर्छ । यदि कोही विद्यार्थी जो तिन कक्षामा उत्तीर्ण भयो, यदि तेस्रो कक्षाको पाठ्यक्रम नै निरन्तर अध्ययन गरि रहयो भने उनी चार कक्षाको परिक्षा दिन सक्षम हुन सक्दैन ।

त्यसैले साधक आफ्नो साधना गर्ने क्षमता पढाउनुपर्छ, जसले साधक, साधनाको एउटै स्तरमा नअट्कियोस् ।

साधकको स्तर अनुसार स्थूल साधनाबाट सूक्ष्म साधना तर्फ उन्नति गर्ने विभिन्न चरणहरु बुझौं :

१. आरम्भिक अवस्थामा हामीलार्इ यस्तो लाग्छ कि केवल पूजास्थलमा गएर देवताको प्रतिमालार्इ प्राथना गर्नाले मात्रै र्इश्वरको सान्निध्य प्राप्त गर्न सक्छ ।

२. यसको अधिल्लो चरणमा र्इश्वरसँग आफ्नो सम्बन्ध धार्मिक विधिबाट मात्र नभर्इ पूजास्थलमा धार्मिक ग्रन्थ पढेर पनि अनुभव गर्न सक्छ ।

३. यसको अधिल्लो चरणमा लाग्न थाल्छ कि शब्द पनि स्थूल नै हो अनि मन्दिर अथवा पूजास्थलमा विद्यमान स्पन्दन पनि आध्यात्मिक रुपबाट पोषण गर्नको लागि उपयुक्त हुन्छ ।

४. यो पछि हामीलार्इ पूजा स्थल जनको लागि पनि र्इच्छा हुदैन, अब त प्रकृतिको सुन्दरता, अग्लो-अग्लो पर्वत, शान्त ताल इत्यादिमा पनि र्इश्वर अनुभव गर्न सक्छौं ।

५. यो भन्दा पनि उच्च स्तरमा हामीलार्इ प्राकृतिको पनि आवश्यकता हुदैन, हामी र्इश्वरलार्इ दैनिक जीवनमा पनि अनुभव गर्न सक्छौं । हामी जस्तो सुकै नराम्रो स्थानमा जस्तै – कुनै फोहर वस्ती हो अथवा कुनै युद्ध क्षेत्रमा, हामी र्इश्वरीय अस्तित्वको सुरक्षा अनुभव गर्न सक्छौं तथा आफ्नो शान्त हृदयबाट त्यहा पनि र्इश्वरको आराधना गर्न सक्छौं ।