वैकल्पिक उपचार – सीमितता

वैकल्पिक उपचारहरु

१. परिचय

यो लेखमा हामी विभिन्न वैकल्पिक उपचार/चिकित्सा हरूको सीमितताको स्तरमा तुलना गर्नेछौं । यस श्रृंखलाको पहिलेका लेखहरूमा हामीले विभिन्न मापदण्डहरु र उपचार गर्ने छमताको तुलना गरेका छौं । वैकल्पिक उपचारहरुको सीमितता बुझ्दा हामीलाई विशिष्ट वैकल्पिक उपचार छनैट गर्नमा सहायक हुन्छ । फेरि हामीले वैकल्पिक उपचारको सीमितताको अध्ययन केवल उपचार गर्ने क्षमतामा सीमित गरेका छैनौं । हामी हाम्रो पाठकहरूको फाइदाको लागि सीमितताको विशिष्ट बिन्दुहरुको अनुसन्धान गर्नेछौं ।

२. एलोपेथी

वैकल्पिक उपचार - सीमितताएलोपेथिक उपचारको सीमा यो हो कि यसले हाम्रो शरीरको प्रतिरोध गर्ने छमता घटाई दिन्छ र उपचारपछि थकान महसुस हुन्छ । यस्तो हुनको कारण यस श्रृंखलाको अर्को लेखमा वर्णन गरिएको छ जुन प्रत्येक वैकल्पिक उपचारको जोखिमहरू मा वर्णन गरिएको छ ।

 

 

३. युनानी (उनानी) औषधि

वैकल्पिक उपचार - सीमितताहामीले देखेका छौं कि यो वैकल्पिक उपचारको नतीजा व्यक्तिको मानसिक अवस्थाले प्रभावित हुन्छ । धेरै जसो मानिसहरू आफ्ना भावनाहरूको प्रभावमा हुन्छन् त्यसैले युनानी चिकित्सा उपचारको दर कम हुन्छ ।

 

 

४. एक्युप्रेशर

वैकल्पिक उपचार - सीमितताएक्युप्रेशर चिकित्साको प्रभावकारिता एक्युप्रेशर पोइन्टहरू पत्ता लगाउने चिकित्सकको सीपमा निर्भर गर्दछ । एक्युप्रेशर पोइन्टहरू भौतिक (शारीरिक) स्थुल चिन्हहरू हुँदैन्न् । तसर्थ एक्युप्रशर बिन्दु फेला पार्न कला, अनुभव र केही हदसम्म चिकित्सकको सहज ज्ञानको कार्य हुन्छ । यो अवस्था भएको हुनाले, रोग ठिक हुनमा सीमितता छ किन कि विशिष्ट एक्युप्रेशर बिन्दु थाहा पाउन गाह्रो हुन्छ ।

 

५.  मुद्रा

वैकल्पिक उपचार - सीमिततायस श्रृंखलाको लेखमा चिकित्साहरूको परिणाम तुलना गर्दा हामीले देख्यौं कि मुद्रा उपचारले शरीरको बिरामी कोषहरुबाट सूक्ष्म कालो उर्जा फ्याँक्ने शक्ति बढाउँदछ । प्रभावित शरीरको अंगबाट ​​बाहिर निकालेको त्यो सूक्ष्म कालो ऊर्जा व्यक्तिको आवृत्ति (frequency) ले भारीत (charged) भएको हुन्छ । वरपरको वातावरणको भूतहरूले व्यक्तिलाई प्रभाव पार्न वा कब्जा गर्न मध्यमको रूपमा यो सूक्ष्म कालो उर्जा प्रयोग गर्न सक्छ । यसैले यो चिकित्सामा भूतले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

 

६. होमियोपेथी

वैकल्पिक उपचार - सीमिततायस श्रृंखलाको अघिल्लो लेखमा, कार्यको स्तरमा बिभिन्न वैकल्पिक उपचारहरू तुलना गर्दा हामीले देख्यौं कि होमियोपैथी शरीरको कोषमा चेतना उत्पन्न गरेर कार्य गर्दछ । चेतना, दिव्य चेतना (चैतन्य) को त्यो पक्ष हो जुन शरीर र मनको कार्य संचालन गर्दछ । चेतना कोषमा उत्पन्न भए पनि बिरामीको बिचारको उतार-चढाव अनुसार यो वैकल्पिक चिकित्साको प्रभावमा तल-माथि (fluctuations) हुन्छ । तर यो वैकल्पिक उपचारले सूक्ष्म शरीरमा कार्य गर्ने हुँदा बिचारको प्रभाव युनानी उपचारमा जस्तो धेरै हुँदैन । तर जे भए पनि यसको सीमितता हुन्छ कि भावनाहरुको तल-माथि हुनाले चेतनामा कमि हुन सक्छ ।

 

७. आयुर्वेद

वैकल्पिक उपचार - सीमितताहामीले देख्यौं कि यो वैकल्पिक चिकित्साले कोषहरूको खाली स्थानहरूमा दिव्य चेतना उत्पन्न गरेर उच्च स्तरमा कार्य गर्दछ । आयुर्वेद आध्यात्मिक स्तरमा कार्य गर्दछ, यसको कार्य बिरामीको आध्यात्मिक भावमा निर्भर गर्दछ । जो व्यक्तिहरु आयुर्वेदको सम्पूर्ण क्षेत्र बुझ्दैन्न् र यस प्रति आध्यात्मिक भाव कम छ भने उनीहरुले कम फाइदा लिन्छन् । धेरै मानिसहरू यो उत्कृष्ट वैकल्पिक चिकित्साबाट पूर्ण उपचारको अनुभव गर्न सक्दैन्न् किनभने उनीहरुमा आध्यात्मिक भाव महसुस गर्ने सीमितता हुन्छन् ।

अर्को सीमितता यो पनि हो उत्पन्न चेतना यदि व्यक्ति भूतहरु (भूत, शैतान, नकारात्मक उर्जा, आदि) बाट प्रभावित छन् भने नकरात्मक रुपमा उपचारकलाई प्रभाव पार्न सक्छ । SSRF द्वारा गरिएको आध्यात्मिक अनुसन्धानले देखाएको छ कि विश्वको ९०% जनसंख्या कुनै न कुनै समयमा भूतको प्रभावमा परेका छन् । यो पनि एउटा कारण हो जसले गर्दा धेरैलाई आयुर्वेदबाट छिटो / पूर्ण उपचारको फाइदा प्राप्त हुँदैन । यसको साथ-साथै धेरै व्यक्तिहरु मुख्य रूपले राजसिक-तामसिक हुन्छन् र अल्पकालीनको लागि मात्र भए पनि छिटो परिणाम पाउन एलोपेथी खोज्छन् ।