वैकल्पिक उपचार – कार्य

वैकल्पिक उपचारहरु

. परिचय

यो लेखमा हामी वैकल्पिक उपचार/चिकित्सा को वास्तविक कार्यको स्तरमा तुलना गर्नेछौं । “कार्य” यसो भन्नुको अर्थ हुन्छ हो उपचारले वास्तवमा रोगबाट व्यक्तिलाई राहत दिन के गर्छ ।

यस श्रृंखलाको सबै लेखहरूमा जस्तो, हामीले कार्यको गहिराइको स्तरमा आरोही क्रममा विभिन्न वैकल्पिक उपचारहरू व्यवस्थित गरेकाछौं । बिभिन्न पक्षहरु (spectrum) को एक तर्फ हामीसँग एलोपथी छ, जुन शारीरिक स्तरमा शरीरमा बिरामीको कष्टदायी स्पन्दनहरु नष्ट गरेर कार्य गर्दछ । त्यसपछि मध्य भागमा हामीसँग मुद्रा जस्तो चिकित्सा/उपचार छ जहाँ अधिक सूक्ष्म कष्टदायक स्पन्दनहरूको उपचार गरिन्छ, उदाहरणको लागि : भूत (प्रेतहरू, शैतानहरू, नकारात्मक उर्जाहरू, आदि) ले सताउने सूक्ष्म कालो ऊर्जा स्पन्दनहरू शरीरबाट बाहिर फ्याँकिदिन्छ । अर्को छेउमा हामीसँग आयुर्वेद छ जसले अङ्ग र कोषहरूको बिचको रिक्त स्थानमानै दिव्य चेतना (चैतन्य) उत्पन्न गर्दछ ।

२. एलोपथी

वैकल्पिक उपचार - कार्यशरीरमा कुनै पनि रोग वा विकार हुन्छ, तब देहमा विभिन्न स्तरमा कष्टदायक स्पन्दन निर्मित गर्दछ । यो वैकल्पिक चिकित्सा शारीरिक स्तरमा भैतिक शरीरमा रोगको कष्टदायक स्पन्दहरुलार्इ नष्ट गरेर कार्य गर्दछ । एलोपथीले मात्र शरीरको स्तरमा कार्य गर्दछ, त्यसैल यो सबै चिकत्सा पद्धतिहरुमा निम्नतम छ ।

 

 

३. युनानी (उनानी) औषधि

वैकल्पिक उपचार - कार्ययुनानी औषधीले शरीरको उर्जा प्रवाहमा कष्टदायक स्पन्दलार्इ प्रतिरोध गरेर कार्य गर्दछ । यसको कारण यो हो कि यसको प्रक्रिया शरीरमा प्रवाहित ऊर्जाको स्तरसम्म मात्र सीमित हुन्छ । तर हामी देख्न सक्छौं कि यसको कार्य एलोपथी भन्दा गहिरो हुन्छ । यसैले यसको प्रभाव अधिक गहिरो र व्यापक छ ।

 

४. एक्युप्रेशर

वैकल्पिक उपचार - कार्यकुनै पनि रोगको प्रक्रियाले शरीरको ऊर्जा प्रवाहमा प्रतिरोध उत्पन्न गर्दछ । एक्युप्रेशर चिकित्सा पद्धति ऊर्जा प्रवाहमा चेतनालाई सक्रिय बनाउँदछ र यो चेतनाले रोगको कारण ऊर्जा प्रवाहमा उत्पन्न प्रतिरोधसँग लड्दछ (चेतना दिव्य चेतनाको त्यो पक्ष हो जुन शरीर र मनको कार्य संचालन गर्दछ ) । जसरी ऊर्जा प्रवाह सामान्य हुन्छ, शरीर अझ राम्रोसँग रोगसँग लड्न सक्षम हुन्छ । यसैले हामी देख्न सक्छौं कि एलोपथी वा युनानी औषधि भन्दा यसले रोगलाई गहिरो तहमा उपचार गर्न सक्छ ।

 

५. मुद्रा

वैकल्पिक उपचार - कार्यमुद्राले रोगग्रस्त भागहरूबाट उत्पन्न कष्टदायक स्पन्दलार्इ बाहिर वातावरणमा उत्सर्जित गर्दछ । कष्टदायक स्पन्दहरु हटाउँनाले परिणामस्वरुप उपचार प्रक्रिया शीघ्र हुन्छ । तर यो वैकल्पिक चिकित्साको एउटा कमजोरी हो, यसले कष्टदायक स्पन्दहरु नष्ट गर्दैन र त्यहि व्यक्तिमा पुन: प्रवेश गर्न सक्छ अथवा अर्को व्यक्तिलाई असर गर्न सक्छ ।

 

 

६. होमियोपेथी

वैकल्पिक उपचार - कार्यहोमियोपैथी शरीरको कोशिकामा आफैं चेतना उत्पन्न गरेर कार्य गर्दछ । यसैले यो वैकल्पिक उपचार माथिको वैकल्पिक उपचारहरु भन्दा पनि गहिरो स्तरमा काम गर्दछ ।

 

 

 

७. आयुर्वेद

वैकल्पिक उपचार - कार्यआयुर्वेद कोषहरू (cells) मा रिक्त स्थानमा दिव्य चेतना उत्पन्न गरेर कार्य गर्दछ । यसले सूक्ष्म कालो शक्ति त्यस स्थानमा विखण्डन गर्दछ । यो खाली स्तरमा कार्य गर्दछ, जुन कोष भन्दा पनि अझै सूक्ष्म हुन्छ र साथै यसले दिव्य चेतना उत्पन्न पनि निर्माण गर्दछ त्यसैले यसको कार्य उपर्युक्त वैकल्पिक उपचार पद्धतिहरू मध्ये सूक्ष्म र अधिक व्यापक छ ।