जूरोको सर्वोत्त्म केश रचना एवं त्यसको आध्यात्मिक लाभ

यो लेख राम्रोसँग बुझ्नकोलागि तल दिएको लेखहरु पढ्नुहोस्

  1. सत्व, रज, तम – सृष्टिको तीन सूक्ष्म मूलभूत तत्व
  2. कपालको स्याहारमा आध्यात्मिक अनुसन्धान अनि कपालको रचना
  3. कुण्डलिनी के हो ?

१. प्रस्तावना : जूरोको सर्वोत्तम केश रचनाको आध्यात्मिक परिप्रेक्ष्य

स्त्रीहरुको लागि जुरो बनाउने केश रचनाको एक लोकप्रिय पद्धति हो । आध्यात्मिक अनुसन्धानबाट हामीलाइ ज्ञात भयो कि जूरो केश रचना आध्यात्मिक दृष्टिले पनि सर्वाधिक लाभदायक छ । यहाँ यो कुरामा ध्यान दिन आवश्यक छ कि जूरो बनाउनको लागि कुन पद्धति अपनाउँछ । यदि जूरो केश रचना अयोग्य पद्धतिले बनाएको छ भने त्यसबाट हुने आध्यात्मिक लाभ अल्प हुन सक्छ, यति मात्र होइन कुनै विशिष्ट परिस्थितिमा विपरीत प्रभाव पनि पर्न सक्छ । यो लेखमा हामी जूरो केश रचनाको सम्बन्धमा आध्यात्मिक अनुसन्धानबाट प्राप्त जानकारी दिनेछौं एवं बताउने छौं कि जूरोको सबै भन्दा सात्त्विक एवं आध्यात्मिक दृष्टिले  उपयुक्त केश रचना कुन हुनुपर्छ ।

२. जूरो कपालको रचनामा आध्यात्मिक अनुसन्धान

२.१ सूक्ष्म ज्ञानमा आधारित आदर्श जूरो रचनाको रेखाचित्र

जूरोको सर्वोत्त्म केश रचना एवं त्यसको आध्यात्मिक लाभहाम्रो आध्यात्मिक अनुसन्धान दलमा यस्ता साधकहरु छन् जोसँग प्रगत छैटौं ज्ञानेन्द्रिय छन् । परमात्माको असीम अनुकंपा एवं अनेक वर्षको साधनाको फलस्वरूप यी साधकहरुमा आध्यात्मिक सूक्ष्म दृष्टि प्राप्त भएका छन्, जसरी हामी स्थूल दृष्टिले स्थूल जगत देख्छौं, ठीक यसरी नै सूक्ष्म स्पन्दबाट निर्मित जगत देख्न सक्छन् । ती मध्य एक हो कु. प्रियांका लोटलीकर, जसले एक स्त्रीद्वारा जूरो केश रचना गर्ने समय प्रसारित हुने सूक्ष्म स्पन्दन देखेर सूक्ष्म–ज्ञान को आधारमा चित्र बनाएको छ । यो चित्रको माध्यमबाट हामी सूक्ष्म जगत एवं एक स्त्री जब जूरोबाट केश रचना गर्दछ तब उनको चारैतर्फ निर्मित सकारात्मक आध्यात्मिक वलयको एक झलक देखाउँछ ।

जूरोको सर्वोत्त्म केश रचना एवं त्यसको आध्यात्मिक लाभ

सूक्ष्म-ज्ञानको आधारमा निर्मित माथिको चित्रमा देखाई दिन्छ कि स्त्रीद्वारा जूरो बनाउँदा स्त्री अनेक प्रकारको सकारात्मक शक्तिसँग जुड्दछ । जब राम्रो प्रकारले जूरो बनाएर केशमा पारम्परिक पद्धतिले एउटा गाठो बनाउँछ, तब त्यसबाट वातावरणमा आध्यात्मिक दृष्टिले सात्त्विक स्पन्दन आकर्षित एवं प्रक्षेपित गर्ने क्षमता आउँदछ । वास्तवमा स्त्रीको आवश्यकतानुसार जूरो वातावरणबाट सात्त्विक स्पन्दनलाई ग्रहण अथवा प्रक्षेपित गर्दछ । जब आवश्यक हुन् तब जूरो स्त्रीको टाउकोको रिक्तिमा ईश्वरीय चैतन्यको स्पर्शको माध्यमबाट संक्रमित पनि गर्दछ । जूरोको आकार एक महत्वपूर्ण पक्ष हो जुन जूरोलाइ यो शक्ति ग्रहण गर्नमा सहयोग गर्दछ । जूरोको गोलाकार ईश्वरीय चैतन्यलाई घडीको दिशामा गतिमान राखि शक्तिलाइ स्त्रीको शरीरमा नै केन्द्रित राख्दछ ।

माथि दिएको कारणहरुले स्त्रीको देह सात्त्विक स्पन्दन ग्रहण गर्नमा अधिक सम्वेदनशील बन्दछ अनि परिणामस्वरूप आध्यात्मिक दृष्टिले शुद्ध पनि हुन जान्छ । केशको लम्बाई अधिक हुँदा शक्ति अधिक गतिले ग्रहण गर्दछ ।

२.२ जूरो टाउकोको कुन स्थानमा बनाउने ?

सन्दर्भ लेख पढ्नुहोस् – कुण्डलिनी के हो ?

आध्यात्मिक परिप्रेक्षयबाट जूरोको सर्वोत्तम स्थान टाउकोको पछाडिको भाग हुन्छ । यसको कारण यो हो कि त्यो स्थान कुण्डलिनीको तीन प्रमुख नाडिहरु – सुषुम्ना नाडी, सूर्य नाडी एवं चन्द्र नाडीको संगम (त्रिपुटी) को स्थान हो । जूरोको मध्य भाग मस्तकको रिक्तबाट (त्रिपुटीबाट) प्रक्षेपित हुने शक्ति ग्रहण गरि त्यसलाई संजोकर राख्न सक्छ । पारम्परिक जूरो आध्यात्मिक शक्तिलाई एकत्रित गरि राख्ने आदर्श माध्यम हो ।

. कपाललाइ मध्य भागबाट विभाजित गरि सिउदो निकाल्नुको महत्त्व

जूरो बनाउनु भन्दा पहिला केशलाइ मध्य भागबाट विभाजित गर्नाले सहस्त्रार चक्रको माध्यमबाट ईश्वरीय चैतन्य ग्रहण गर्ने स्त्रीको क्षमता सर्वाधिक हुन्छ, तदुपरांत सम्पूर्ण शरीरमा प्रसारित गरिन्छ, जसले अन्य सबै चक्रहरुलाई सकारात्मकता प्राप्त हुन्छ ।

२.४ जूरो बनाउदा अन्य आध्यात्मिक लाभ

कालो शक्ति : अनिष्ट शक्ति द्वारा उपयोग गरिने प्राथमिक अस्त्र हो कालो शक्ति । कालो शक्ति, एक आध्यात्मिक शक्ति हो, जसले पृथ्वीमा हुने कुनै पनि घटनामा हेर-फेर गर्ने क्षमता हुन्छ । आक्रमण गर्ने अनिष्ट शक्ति कति शक्तिशाली छ, यसमा दुष्प्रभावको विस्तार निर्भर गर्छ ।

जूरोको कारण आध्यात्मिक सकारात्मकतामा वृद्धि हुँदा अन्य लाभ पनि छन्

  • सबै भन्दा प्रमुख लाभ यो हो कि जूरोले स्त्रीलाई सकारात्मक शक्ति प्रदान गरि उनलाई नकारात्मक शक्तिबाट रक्षा गर्दछ ।
  • बुद्धिमा आएको सूक्ष्म कालो शक्तिको आवरण न्यून गर्दछ ।
  • जूरोको कारण स्त्री बुद्धिको तीक्ष्णता अनुभव हुन्छ, जसले उनको व्यवहारमा परिपक्वता आउँदछ ।
  • यसले स्त्रीलाइ सांसारिक जीवनमा रहेर पनि साधना जारी राख्नमा सहायता हुन्छ ।

२.५ आध्यात्मिक परिप्रेक्ष्यबाट जूरोको सर्वोत्त्म केश रचना

पारम्पारिक जूरो

जूरोको सर्वोत्त्म केश रचना एवं त्यसको आध्यात्मिक लाभ

स्त्री जूरोको रचना विविध प्रकारले गर्दछ, तर वातावरणबाट ईश्वरीय चैतन्य ग्रहण गर्ने जति क्षमता माथिको चित्रमा देखाएको  गाठ बनाएको जूरोमा हुन्छ, त्यती अन्य प्रकारको केश रचनामा हुँदैन ।

कपाल बाटेर बनाएको जूरोको केशको रचना

जूरोको सर्वोत्त्म केश रचना एवं त्यसको आध्यात्मिक लाभ

जूरो बनाउने यो अर्को पद्दति हो जसले माथि उल्लेखित पारम्परिक जूरो भन्दा पनि अधिक राम्रो आध्यात्मिक स्पन्दन प्रक्षेपित गर्दछ । भारतको केहि क्षेत्रमा यसलाइ ‘खोपा’ नामले पनि जानिन्छ । खोपा पद्धतिको जूरो बनाउनको लागि प्रारम्भमा कपाललाइ दुई  भागमा विभाजित गर्नुहोस्, त्यसपछि कपाल बाट्नुहोस्, बाटेको कपाललाइ माथितर्फ लपेटेर टाउकोको पछाडिको भागमा अट्काउनुहोस् ।

२.६ आध्यात्मिक परिप्रेक्ष्य अनुसार अयोग्य जूरो बनाउने उदाहरणहरु

  • जब जूरोको केश रचना उपरोक्त उल्लेखानुसार हुँदैन, तब सात्त्विकता क्षीण हुन जान्छ । वास्तवमा त्यस्तो जूरो सात्त्विकता ग्रहण गर्नुको विपरीत रज-तम अथवा आध्यात्मिक दृष्टिले अनिष्ट स्पन्दन ग्रहण गर्दछ ।
  • जूरो धाटीको भागमा नबनाउनुहोस् किन कि त्यो बिन्दुमा आध्यात्मिक शक्ति ग्रहण गर्न सक्दैन ।
  • दायाँ अथवा बायाँ सिउदो निकाल्दा तथा कपाल कुनै पनि प्रकारले विभाजित नगर्दा (सिुउदो ननिकाल्दा) कष्टदायक शक्तिको आवरण सहजताले निर्माण हुन सक्छ ।
  • अनावश्यक रूपमा जूरोको वरिपरि कपाल घुमाउदा जूरोको सकारात्मक शक्ति ग्रहण गर्ने क्षमता न्यून हुन्छ तथा टाउकोमा भारीपन अनुभव हुन्छ ।

उपरोक्त उल्लेखित कारणहरुले गर्दा फलस्वरूप जूरोबाट फाइदा हुनुको सट्टा आध्यात्मिक हानि हुन सक्छ ।

३. जूरो केश रचना गर्दा के गर्ने, के नगर्ने

जूरो केश रचनाले स्त्रीमा सात्त्विकता बढाउनमा सहायक हुन्छ; तर केहि बुदाहरु छन् जसले प्राप्त आध्यात्मिक लाभ न्यून गर्न सक्छ ।

जूरोको सर्वोत्त्म केश रचना एवं त्यसको आध्यात्मिक लाभ

कोहि स्त्रि जूरो स्थिर रहोस् यसको लागि जूरोमा बाहिरबाट नायलनको रंग-बिरंगी जाली लगाउछन् । यस्तो गर्नाले जूरोको वातावरणबाट ईश्वरीय चैतन्य ग्रहण गर्ने क्षमता घट्दछ । अनिष्ट शक्तिको आक्रमणबाट सुरक्षा प्रदान गर्ने जूरोको लाभ यस्तो गर्नाले न्यून हुन्छ ।

 

 

 

जूरोको सर्वोत्त्म केश रचना एवं त्यसको आध्यात्मिक लाभ

जूरोको आधुनिक प्रचलनको अनुरूप आकर्षक बनाउनको लागि रंग-बिरंगी काटा अथवा चिमटि लगाइन्छ। त्यो सात्त्विक हुँदैन तथा रज-तम स्पन्दन प्रक्षेपित गर्दछ । यसको परिणामस्वरूप धारण गर्ने स्त्रीतर्फ अनिष्ट स्पन्दन पनि आकृष्ट हुन्छ ।

 

 

 

जूरोको सर्वोत्त्म केश रचना एवं त्यसको आध्यात्मिक लाभ

जूरो बनाउदा कपालको टुप्पाहरु बाहिर निकाल्न हुँदैन । कपालको टुप्पाहरु जूरो भित्र राख्दा अधिकाधिक सात्त्विकता जूरोमा सन्चित हुन्छ सक्छ, जसले वातावरणको रज-तम घटकबाट स्त्रीको संरक्षण हुन्छ ।

 

 

४. अनिष्ट शक्तिको प्रभाव

जूरोको सर्वोत्त्म केश रचना एवं त्यसको आध्यात्मिक लाभSSRF मा हामीले भिन्न भिन्न प्रकारका अनिष्ट शक्तिबाट पीडित देखेका छौं । जसरी चित्रमा दर्शाएको छ, जब यस्तो अनिष्ट शक्ति प्रकट हुन्छ, हामी सहज बुझ्न सक्छौं कि उनको रुचि के हो, उनलाई के चाहिन्छ अथवा के चाहिदैन । यसको विपरीत उनलाई के राम्रो लाग्छ यो देखेर हाम्रो लागि के अयोग्य हो यसको हामीलाई प्रत्यक्ष जानकारी मिल्दछ । लगभग सबै घटनाहरुमा यदि कसैले जूरो बनाएको छ भने प्रकट अनिष्ट शक्ति त्यसलाई खोलि दिन्छ, किन कि पारम्परिक जूरोको सात्त्विकता उनलाई सहन हुँदैन । प्रदर्शित चित्रमा एक पीडित स्त्रीलाई दर्शाएको छ तथा अनिष्ट शक्ति प्रकट हुने बितिकै पहिला जूरोमा बाधेको कपाल खुल्ला छोडि

कृपया यो लेख पढ्नुहोस् : विश्वको कति प्रतिशत जनसंख्या अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) ले प्रभावित अथवा आवेशित छ ?

५. सारांश

संक्षेपमा यो भन्न सकिन्छौं कि पारम्परिक पद्धतिले जूरो कपालको रचना सात्त्विकता बढाउदछ तथा अनिष्ट शक्तिको आक्रमणको आशंका न्यून गर्दछ, त्यसैले स्त्री पाठकलाई हाम्रो अनुरोध छ कि आधुनिक चलनको बहकावमा नआउनुहोस् एवं पारम्परिक जूरो केश रचना अपनाउनुहोस् ।

साधना गर्नाले जूरो केश रचनाको सात्त्विकता अनुभव गर्नको लागि सम्वेदनशीलतामा वृद्धि हुन्छ । एक पटक जब तपाई सात्त्विकता अनुभव गर्न थाल्दछ तब जूरो केश रचनाको लाभको शास्त्र जान्न आवश्यकता रहदैन, तपाई आफ्नो अनुभवबाट स्वयं उत्साहित भएर जूरो केश रचना अपनाउन थाल्दछ ।

जब तपाई जूरो बनाउने विचार गर्नुहुन्छ भने त्यस समय उपरोक्त विधिहरु अवश्य ध्यानमा राख्नुहोस् । यदि तपाई पारम्परिक विधिबाट जुरो बनाउदा सकारात्मकता अनुभव गर्नसक्नु भयो भने तपाईको अनुभव अवश्य बताउनुहोस्, हामीलाई राम्रो लाग्नेछन् ।