साधक तत्वनिष्ठ हुनुपर्छ व्यक्तिनिष्ठ होइन

१. प्रस्तावना

तत्त्वनिष्ठ हुनको अर्थ हो आध्यात्मिक रूपले प्रगत व्यक्तिद्वारा भनेको आध्यात्मिक सिद्धान्त (ईश्वरीय सिद्धान्त) को अनुसरण गर्ने ।

२. स्थूल रूपमा नअटकिने

अध्यात्ममा, मोक्षको मार्ग हेतु पथप्रदर्शन गर्ने तथा चिरकालीन आनंद प्राप्तिमा गुरुको महत्त्व अनन्य हुन्छ । यो स्वभाविक हुन्छ की गुरुको मार्गदर्शनमा साधना गर्ने समयमा साधक गुरुको स्थूल रूपमा अटकिन सक्छ किन की गुरुनै ईश्वर प्राप्ति हेतु साधकलाई मार्गदर्शन तथा उसको आध्यात्मिक तथा सांसारिक आवश्यकताहरुको पूर्ति गर्ने गर्दछ । यदि गुरुको प्रति आसक्ति प्रायः हुन थाल्यो भने यसले आध्यात्मिक गतिहीनता (स्थिरता) आउन सक्छ । त्यसैले भनिन्छ साधक तत्त्वनिष्ठ हुनु पर्छ व्यक्तिनिष्ठ होइन । परम पूजनीय डॉ. आठवलेजी सदैव भन्नु हुन्छ ‘मेरे स्थूल देहमा न अट्किनु’।

अर्को शब्दमा परम पूजनीय डॉ. आठवलेजी हामीसॅंग अपेक्षा राखनु हुन्छ की हामी उहाँको स्थूल देहमा नअट्केर अध्यात्मप्रसारको कार्यमा बढी रहने । यस प्रकारले उँहाले हामीलाई सगुण देखि निर्गुणतर्फ लैजादै हुनुहुन्छ ।

३. तत्त्वनिष्ठ हुँदा लाभ

३.१ आध्यात्मिक गतिहीनता (स्थिरता) देखि बच्ने

यदि साधक व्यक्तिनिष्ठ हुन्छ भने आध्यात्मिक रूपले गतिहीन हुन सक्छ । यदि साधक तत्त्वनिष्ठ हुन्छ भने यस्तो हुदैन । जो स्थूल देहमा अट्किन्छन्, उनीहरु सीमित समयको लागि कार्य गर्न सक्छन् जब कि निर्गुण स्तरमा कार्य गर्ने सूक्ष्म स्तरमा पनि कार्य गर्न सक्षम हुन्छ । उदाहरणको लागि, यदि कसैको रूचि बागवानी गर्नमा छ भने, उनीद्वारा सझाएको बगैचाको क्षेत्र उनको शारीरिक क्षमतामा सीमित हुन्छ । पृथ्वीको प्रकृतिको विस्तारको तुलनामा हामी जुन बगैचाको हेरचाह गर्छौं त्यसको विस्तार अत्यल्प हुन्छ । प्रकृतिको पूर्ण वनस्पतिहरुको देखभाल सूर्य, वर्षा इत्यादि द्वारा गरिन्छ । यसै प्रकार साधना गर्ने समयमा हामीले ध्यान दिनु पर्छ कि स्वयं कुनै व्यक्ति अथवा गुरुको स्थूल रूपमा नअट्किने तथा सीमित राख्ने । व्यक्तिले गुरुको मार्गदर्शनको अनुसरण गर्नु पर्छ; तर उनीमा अट्केर बस्नु हुँदैन । हामी केवल ईश्वरसॅंग जोड्नु पर्छ जो नित्य छ । तब मात्र हामी जन्म-मृत्युको चक्रबाट मुक्त भएर ईश्वरसॅंग एकरूप हुन सक्छौं ।

३.२ तत्वनिष्ठताको कारण व्यापकताको स्थिति प्राप्त गर्ने

एक साधकको दृष्टिकोण सीमित हुन सक्छ तथा उ गुरु अथवा सन्तको स्थूल रूपमा अट्किन सक्छ । यस प्रकरणमा, गुरुतत्वद्वारा अन्यको माध्यमद्वारा दिइने ज्ञानबाट स्वयंलाई वन्चित राख्दछ । यदि साधक तत्वनिष्ठ हुन्छ भने उनमा व्यापकता (ईश्वरको एक गुण) आउदछ तथा उनको वृत्ति यस्तो हुन्छ कि सम्पूर्ण ब्रह्माण्ड मेरो घर एवं पूरा विश्व उनलाई आफ्नो परिवार लाग्दछ । यसले अन्य तथा निर्जीव वस्तुबाट पनि सिक्ने प्रवृत्ति निर्मित हुन्छ ।

३.३ स्थान तथा कालको बन्धन देखि अप्रभावित रहने

व्यक्ति स्थान तथा कालको बन्धन देखि बाधिएको हुन्छ; त्यसैले उनमा ‘उत्त्पत्ति, स्थिति तथा लय’ को मूलभूत नियमहरु लागू हुन्छ । आध्यात्मिक सिद्धान्त स्थल तथा कालबाट बाधिएको हुदैन, त्यसैले यो नियम भन्दा परे हुन्छ ।

उत्त्पत्ति, स्थिति तथा लयको मूलभूत नियमको अर्थ हो जसको निर्माण भएको छ, त्यो केहि समयसम्म पोषित हुन्छ र तत्पश्चात नष्ट हुन्छ ।

३.४ परिपूर्णतातर्फ जाने

प्रत्येक व्यक्तिको आफ्नो मूलभूत स्वभाव हुन्छ । प्रत्येकको स्वभावमा त्रुटियां तथा दोष हुन्छ । ‘तत्त्व’ निर्गुण हुने कारण यसको कुनै आफ्नो स्वभाव हुदैन, त्यसैले यसमा कुनै दोष हुदैन ।

४. सगुणबाट निर्गुणतर्फ जाने महत्व

निर्गुण सर्वव्यापी, सर्वज्ञ तथा सर्वशक्तिमान ईश्वर हो ।