सकाम अनि निष्काम साधना

1. परिभाषाहरु:

  • सकाम साधना : यस प्रकारको साधना सांसारिक लाभ पाउनको लागि गरिन्छ । उदाहरणको लागि, प्रार्थना गर्ने, प्रसाद अर्पण गर्ने, उपवास अथवा अन्य कुनै विधिहरु गर्ने:
    • धन प्राप्तिको लागि
    • नौकरी प्राप्त गर्नको लागि
    • हराएको वस्तु प्राप्त गर्नको लागि
    • गर्भा धारणहेतु
    • बीमारी हटाउनको लागि
    • प्रियजनहरुको सुरक्षा सुनिश्चित गर्नको लागि
  • निष्काम साधना : यो साधना आध्यात्मिक उन्नतिको उद्देश्यले गरीने प्रयाश हो । अतः यो उद्देश्यलाई ध्यानमा राखेर, साधक जीवनको प्रत्येक घटनालाई आफ्नो आध्यात्मिक उन्नतिको लागि प्रयोग गर्ने गर्दछ । यदि उनको जीवनमा कठिन परिस्थिति आइपरेमा पनि त्यस परिस्थितिमा अहं निर्मूलन अथवा परिस्थितिको परिणामलाई ईश्वरेच्छा मानेर स्वीकार गरि परिस्थितिको उपयोग आध्यात्मिक उन्नतिको लागि गरिन्छ ।

सन्दर्भ लेख : सकाम र निष्काम प्रार्थना

२. सकाम र निष्काम साधनाको तुलनात्मक अभ्यास-

  • जब हामी साधना गर्छौ तब केहि मात्रामा आध्यात्मिक उर्जा उत्पन्न हुन्छ । जब यो आध्यात्मिक ऊर्जा सांसारिक लाभ प्राप्तिको लागि उपयोग गरिन्छ, जस्तो कि सकाम साधनामा, जसले गर्दा इच्छाहरुको पूर्ति हुन्छन्, तर आध्यात्मिक उन्नति हुदैन । यो एउटा प्वाल परेको भाडामा पनी भर्नु जस्तो हो; जुन कहिले भरिदैन । जब हामी निष्काम साधना गर्छौ साधनाद्वारा प्राप्त आध्यात्मिक ऊर्जा आध्यात्मिक उन्नतिको लागि प्रयोग हुन्छ । जब साधक निष्काम साधना गर्छ तब उनको आध्यात्मिक प्रगति हुनुको साथ-साथै उनको सांसारिक र भौतिक आवश्यकताहरुको पनि पूर्ति हुन्छ ।
  • साधकलाई सकाम साधना गर्नाले सांसारिक सुख प्राप्ति हुन्छ जब कि निष्काम साधनाले आनन्दको अनुभूति हुन्छ ।सकाम अनि निष्काम साधना
सकाम साधना निष्काम साधना
जागृत गर्दछ ईश्वरको रक्षक रूप गुरु तत्व
परिणाम: सांसारिक लाभको प्राप्ति यो कुरामा निर्भार गर्दछ :

– साधनाको तीव्रता

– व्यक्तिको प्रारब्ध

साधक आध्यात्मिक उन्नतिको अनुभव गर्दछ
जागृत गर्दछ ईश्वरको तारक रूप
परिणाम: ईश्वरद्वारा साधकको सांसारिक आवश्यकताहरुको पूर्ति हुन्छ ।
जागृत गर्दछ ईश्वरको मारक रूप
परिणाम: ईश्वरको मारक रूपले साधकलार्इ कष्ट दिने शक्तिहरुको नाश गरिदिनुहुन्छ ।
  • जब हामी सकाम साधना गर्दछौं तब हामीले भगवानको तरक तत्व जागृत गर्दछौं । हाम्रो प्रार्थना तथा चाहनाको अन्तिम परिणाम मुख्यत: हाम्रो आध्यात्मिक अभ्यास र प्रारब्धको तीव्रताबाट प्रभावित हुन्छन् । जब हामी निष्काम साधना गर्दछौं तब हामीले गुरु तत्वलार्इ जागृत गर्दछौं जुन हाम्रो साधनालार्इ पोषण गर्दछन् । यसको साथसाथै हामीले इश्वरको तारक रुपलार्इ पनि जागृत गर्दछौं । यदि निष्काम साधकको साधनामा कुनै बाधा आउछ अथवा कोहि उनलाई कष्ट दिन्छ भने ईश्वरको मारक रूप जागृत भएर कष्टदिनेलार्इ  हानी पुग्दछ ।
  • सकाम साधनाले स्थायित्व प्रदान गर्दैन । उदाहरणको लागि यदि धन प्रप्तिको लागि व्यक्ति सकाम साधना गर्दछ । जब व्यक्तिले धन प्राप्त गर्दछ उनको इच्छाहरु त्यही रोकिदैन । उनले भगवानसँग राम्रो स्वास्थ, राम्रो जीवन साथी, सन्तान इत्यादि माग्न सक्छ । त्यसैले उनी आफ्नो अनेक कामनाहरुको पूर्तिको चक्रव्यूहमा फस्न थाल्दछ । कामनाहरुको कहिले पनि अन्त हुदैन किन की कुनै न कुनै इच्छा पूर्ण हुन बाकि रहन्छ । अतः यस प्रकारको साधनाबाट पूर्ण सन्तुष्टिको अनुभव गर्न सक्दैन । तर निष्काम साधनाद्वारा एक चोटी आध्यात्मिक उन्नतिको उद्देश्यपूर्ण भएपछि व्यक्ति स्वयमा नै आत्मानुभूति हुन्छ र उसलाई ईश्वर प्राप्ति हुन्छ । आध्यात्मिक उन्नतिको यो स्तरमा उनलाई निरन्तर आनन्दको अनुभूति हुन्छ ।
  • सकाम साधना सृष्टि अथवा सृष्टिको अनुभव गर्ने विषय हो जब कि निष्काम साधना सृष्टिकर्तालाई अनुभव गर्ने विषय हो । सकाम साधना मायाको बस्तुहरु प्राप्तिको विषयमा हो जब कि निष्काम साधना पूर्ण सत्य अर्थात् ईश्वर प्राप्ति र ईश्वरानुभूतिको विषयमा हो ।