हाम्रो पूर्वजले हामीलार्इ कति पीढिसम्म प्रभावित गर्न सक्छ ?

हाम्रो पूर्वजले हामीलार्इ कति पीढिसम्म प्रभावित गर्न सक्छ ?

पूर्खाहरुको पीढिद्वारा प्रभाव

  • पहिलाको तीन पीढिहरुको पूर्खाको प्रभाव सर्वाधिक हुन्छ अर्थात हाम्रो जिजुबाबा – जिजुआमा  इत्यादीको समयसम्म ।
  • सात पीढिसम्मको पूर्खाहरुले केही सीमासम्म प्रभावित गर्न सक्छ ।
  • तर सात पीढि भन्दा पहिलाको पूर्खाले हामीलार्इ प्रभावित गर्दैन । यो यस कारण हो कि कुनै एउटा जीवनमा पूर्खाको साथ लेनदेन खाता पूर्णतः अथवा अधिकांशतः समाप्त भर्इसकेको हुन्छ । त्यसैले अउने जन्ममा, वर्तमान जन्मको पूर्खाको साथ नाममात्रको लेन-देन शेष रहन्छ । यदि लेन-देन खाता अधिक भाग शेष भयो भने हामी पुनः त्यहि परिवारमा जन्म लिन्छौं ।
  • माथि दिएको वंशवृक्ष चित्र दर्शाउँछ कि हामी कुन प्रकार आफ्नो पूर्खाबाट प्रभावित हुन्छौं । यदि हामीले तेर्सो रूपमा हेर्यौं भने हामी आफ्नो पूर्खा द्वारा दोस्रो पीढिस्मसम्म प्रभावित हुन सक्छौं ।

कृपया ध्यान दिनुहोस् : घनिष्ठ मित्र, पूर्खा जस्तै हामीलार्इ प्रभावित गर्न सक्दैन अथवा कष्ट दिन सक्दैन । यदि उनको आध्यात्मिक स्तर अधिक छ भने उनी हामीलार्इ सहायता गर्न सक्छ; तर हामीले सहायतालार्इ स्वीकार गर्नु हुँदैन । यो यस कारण हो; किन कि यसले सांसारिक विषयमा उनको आसक्ति बढ्दछ अनि भूलोकतर्फ आकर्षित हुन्छ । यसले उनको आगाडिको गतिमा बाधक हुन सक्छ । यसको अपेक्षा हामीले यो प्रार्थना गर्नुपर्छ कि उनले आफ्नो आगाडिको यात्रातर्फ ध्यान दिआेस् ।

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।

Datta photos