विधि : कुदृष्टि (नजर) उतारनको लागि नुन अनि तोरीको बिउले गरिने विधिनुन अनि तोरीको बिउले गरिने विधि

यो विधि गर्नको लागि तपाईलाई कुन वस्तुको आवश्वकता पर्छ ?

कुदृष्टि (नजर) उतारनको लागि नुन अनि तोरीको बिउले गरिने विधि

  • प्रथम कृत्य : – प्रार्थना गर्नुहोस्

    • जसको कुदृष्टि उतारर्ने हो उसले श्री हनुमानजीलाई प्रार्थना गर्नुपर्छ : म (आफ्नो नाम लिनुहोस्) प्रार्थना गर्दछु मलाई लागेको कुदृष्टि बाहिर निक्लोस् अनि (जो कुदृष्टि उतारि रहेको छ उसको नाम लिनुहोस्) मा कुनै पनि प्रकारको अनिष्ट प्रभाव नपरोस् ।
    • जो कुदृष्टि उतारि रहेको छ उनी श्री हनुमानजीलाई प्रार्थना गर्नुहोस् कि उनीमा कष्टदायक नकारात्मक शक्तिको कुनै प्रभाव नहोस् ।
  • दोस्रो कृत्य : आफ्नो स्थान ग्रहण गर्नुहोस्

    जनु अनिष्ट शक्तिले आवेशित व्यक्तिको कुदृष्टि उतारने हो, उनीलाई काठको पिर्कामा पूर्व दिशा तर्फ मुख गरेर, घुँडालाई छातीमा लगाएर बस्नु भन्नुहोस् ।

  • तेस्रो कृत्य : विधि गर्ने

    जुन व्यक्ति कृत्य गरिरहेको छ उनी अर्को व्यक्तिको अगाडि उभिनु पर्छ । जती मात्रामा दवै हातमा नुन अनि तोरीको बिउ मुट्ठीमा लिन सकिन्छ हातमा लिनुहोस् ।

    आफ्नो अगाडि दुवै मुट्ठी गुणाकार चिन्हमा राख्नुहोस् । दुवै मुट्ठिहरु प्रभावित व्यक्तिको टाउकोदेखि खुट्टासम्म एक अर्काको विपरीत दिशामा घुमाउदै तल ल्याउनुहोस् तथा धरतीलार्इ स्पर्श गर्नुहोस् ।

    हात केवल प्रारम्भमा गुणाकार स्थितिमा राखिन्छ, जब क्रिया आरम्भ हुन्छ हात अलग हुन्छ, एकै साथ दाहिने मुट्ठी घडीको दिशामा तथा बायाँ मुट्ठी घडीको विपरीत दिशामा टाउकोदेखि खुट्टासम्म घुमाउनुहोस् ।

    धरतीलार्इ स्पर्श गरेपछि पहिले जस्तो क्रिया गर्छौं अर्थात हातलार्इ अलग गरेर एक साथ दायाँ मुट्ठी घडीको दिशामा तथा बायाँ मुट्ठी घडीको विपरीत दिशामा खुट्टादेखि टाउकोसम्म लैजान्छौं ।

    कुदृष्टि (नजर) उतारने विधि गरिरहेको समय यो भन्नुहोस् ‘‘ आगन्तुक आत्मा, वृक्ष, आउने-जानेहरु, स्थानले विशिष्ट स्थानमा अगाएको कुदृष्टि (नजर) हटेर जाआेस् अनि उनीलार्इ रोग अथवा चोटबाट रक्षा होस् ।’’

    मुट्ठिहरुलार्इ घुमाउने एवं धरतीलार्इ स्पर्श गर्नुको कारण :

    • बताए अनुसार मुट्ठिहरुलार्इ घुमाउनाले, अनिष्ट स्पन्दन कुदृष्टि (नजर) उतारने पदार्थमा अवशोषित (observe) हुन्छ त्यसपछि धरतीलार्इ स्पर्श गर्नाले, धरतीले तानि दिन्छ ।
    • मुट्ठिहरुलार्इ कति चोटी घुमाउने यो नजरको तीव्रतामा निर्भर गर्दछ । जादू-तुना गर्नेले प्राय: कालो जादू बिजोडी (odd) संख्यामा गर्दछन् त्यसैले मुट्ठिहरुलार्इ बिजोडी संख्यामा घुमाउनु पर्दछ ।
  • चौथो कृत्य :

    अन्तमामा मुट्ठिहरुमा लिएको सबै पदार्थ एक साथ तातो फलामको तावा अथवा जलिरहेको कोइलामा हालिदिनुहोस् ।