टेलिभिजन र चलचित्रको आध्यात्मिक प्रभाव

टेलिभिजन र चलचित्रको आध्यात्मिक प्रभाव

. टेलिभिजनबाट हुने प्रभावहरूको परिचय

धेरै जसो मानिसहरु आफ्नो दिन प्रति दिनको समस्याबाट बच्नको लागि, मनोरन्जन, जानकारी र अनुभवको विश्वसँग जोडिनको लागि टेलिभिजन एउटा माध्यम हो ।

टेलिभिजन र चलचित्रको सार्वजनिक अपीलले, हामीले दर्शक र उहाँहरुको वातावरण माथि यसको आध्यात्मिक प्रभावको अभ्यास गरेका थियौं । यी प्रश्नहरुको उत्तर दिएको छ :

  • टेलिभिजन र चलचित्रबाट दर्शकलाई र नजीकको वातावरणमा कस्तो प्रभाव पर्दछ ?
  • के कार्यक्रमको प्रकारले हामीले अनुभव गर्ने प्रभावलाई असर गर्दछ ?

२. टेलिभिजनको प्रभावहरू

यद्यपि हामी समाचार, जानकारी र मनोरन्जनको लागि टेलिभिजन माथि अधिक निर्भर गर्दछौं; तर अनुसन्धानबाट यसको नकारात्मक प्रभाव पनि अगाडी आएको छ । निम्न सूचीमा हामीले आजको समाजद्वारा टेलिभिजनको आलोचना सूजीबद्ध गरेका छौं । (सन्दर्भ: CyberCollege)

  • टेलिभिजनले मोटापा बडाउनमा योगदान पुर्‍याउँदछ
  • टेलिभिजनले व्यक्तिगत जिम्मेवारीबाट भाग्न प्रोत्साहित गर्दछ
  • टेलिभिजनले वास्तविताको असत्य छविलाई प्रस्तुत गरेर वास्तविकतालाई बिगारी दिन्छ ।
  • टेलिभिजनले आर्थिक शोषणको लागि तपाईलाई आकर्षित गर्दछ । यसले विज्ञापनद्वारा उपभोगता संस्कृतिलाई जन्म दिन्छ ।
  • सांकेतिक कामुकता दर्शाएर टेलिभिजनले नैतिक मूल्य कम्जोर पार्दछ ।
  • टेलिभिजनमा देखाएको हिन्सक दृश्यहरूले दैनिक व्यवहारमा हिन्सा जगाउँछ । (सन्दर्भ :  New Scientist)

अधिकांश मानिसहरुले अनुभव गरेका छन् कि उनीहरू टेलिभिजन छोड्न सक्दैनन्, अथवा अधिक समय टेलिभिजनको कार्यक्रमको विषयमा सोच्ने, चर्चा गर्ने अथवा पुन: प्रसारण हेर्न व्यतीत गर्दछन् । यसको दुष्पप्रभाव विपरीत, यसमा के छ, जसले व्यक्तिलाई आकर्षित गर्दछ ? यसको उत्तर दिनको लागि एसएसआरएफद्वारा अध्यात्मिक अनुसन्धान गरिएको थियो जसले यो दर्शाउछ कि टेलिभिजन हेर्दा खेरी आध्यात्मिक आयाममा के घट्दछ ।

३. टेलिभिजनको आध्यात्मिक प्रभावहरू

कु. प्रियंका लोटलीकर, उहाँ विकसित छैठौं इन्द्रिय भएकी साधिका हुन् । उहाँले अभ्यास गर्नु भयो कि जब कसैले टेलिभिजनमा मनोरन्जक कार्यक्रम हेर्दछ आध्यात्मिक आयाममा के घट्दछ । उनीले यसलाई एउटा सूक्ष्म-ज्ञान माथि आधारित चित्रको माध्यमबाट प्रस्तुत गरेको छ ।

यी निष्कर्षहरू सत्यताको लागि परम पूज्य डा. आठवलेद्वारा जाच गरिएको छ ।

टेलिभिजन र चलचित्रको आध्यात्मिक प्रभाव

खोजको सारांश निम्नलिखित छन् :

  • जब मनोरन्जक कार्यक्रम प्रसारित हुन्छ तब कष्टदायी शक्तिको चक्र टेलिभिजन यन्त्रको चारैतर्फ निर्माण हुन्छ र कष्टदायी शक्ति वातावरणमा ध्वनि चक्रको रूपमा प्रक्षेपित हुन्छ ।
  • दर्शकको मनको चारैतर्फ कष्टदायी शक्तिको जाल निर्माण हुन्छ र चारैतर्फ कष्टदायी शक्तिको आवरण निर्माण हुन्छ । यहाँ सम्मकि टेलिभिजन कार्यक्रम हेर्ने व्यक्तिको विचारद्वारा वातावरणमा कष्टदायी शक्तिको स्पन्दन प्रक्षेपित हुन्छ ।
  • भ्रम पैदा गर्ने शक्ति (मायावी शक्ति) को चक्र टेलिभिजन वरिपरि उत्पन्न हुन्छ । यसले दर्शकमा मायावी शक्तिको चक्रको निर्माण गर्दछ ।
  • भ्रमात्मक (मायावी) स्पन्दनहरू टेलिभिजन कार्यक्रमहरू मार्फत उत्सर्जित हुन्छन् । धेरै जसो टेलिभिजन कार्यक्रमहरूले वास्तविकताको प्रतिनिधित्व गर्दैनन्; परिणाम स्वरूप मायावी स्पन्दन परिसरमा र वातावरणमा अधिक मात्रामा प्रक्षेपित हुन्छ । यसबाहेक, दर्शक अधिक काल्पनिक सन्सारमा डुब्न थाल्दछ, जसको कुनै पनि अस्तित्व हुँदैन ।
  • व्यक्ति यी टेलिभिजनको कार्यक्रमहरू हेरेपछि बहिर्मुख हुन्छ र यसले उनको मन र बुद्धिमा असर गर्दछ र त्यहि अनुसार उनी व्यवहार गर्न थाल्छ ।

अध्यात्मिक अनुसन्धानले देखाउदछ कि टेलिभिजन हेर्ने दर्शकहरु किन मन्त्रमुग्ध हुन्छन् । आधुनिक विज्ञानद्वारा टेलिभिजनको दुष्परिणामलाई पनि यो अनुसन्धानले आधार प्रदान गर्दछ ।

४. टेलिभिजनको सामग्री र कार्यक्रमको प्रभाव

अनुसन्धानको परिणामले हामीलाई यो सोच्नमा बाध्य बनायो कि केवल मनोरन्जक कार्यक्रमसम्म सीमित छ  अथवा कुनै पनि प्रकारको कार्यक्रममा यो कुरा लागु हुन्छ । हामीले पायौं कि सत्वप्रधान विषय वस्तु हेर्दा हाम्रो लागि लाभदायक हुन्छ जबकि तमप्रधान विषय वस्तु हाम्रो लागि हानिकारक हुन्छ । टेलिभिजन कार्यक्रम कस्तो प्रकारको हो यसमा कष्टदायी शक्तिको प्रक्षेपित स्पन्दन निर्भर गर्दछ ।

४.१ टेलिभिजन कार्यक्रमको आध्यात्मिक शुद्धतालाई असर गर्ने कारकहरू

हाम्रो, विकसित छैठौं इन्द्रियको साधकहरुले विभिन्न प्रकारको टेलिभिजन कार्यक्रमको प्रभावलाई आध्यात्मिक स्तरमाथि विश्‍लेषण गरेका छन् ।

 विभिन्न प्रकार को टेलिभिजन कार्यक्रमहरुको आध्यात्मिक प्रभाव
सत्वप्रधान कार्यक्रमहरु सत्संग र उच्चस्तरको सन्तबाट हुने अन्य कार्यक्रमहरु
रज-सत्व प्रधान कार्यक्रमहरु यात्रा
प्रकृति कार्यक्रमहरु
रज-तम प्रधान कार्यक्रमहरु खेलकूद कार्यक्रमहरु
समाचार
हास्यप्रधान
धारावाहिक
कार्टून
नाटक
प्रेमकथा
मारपीट
तमप्रधान कार्यक्रमहरु वास्तविकतामा आधारित कार्यक्रमहरु
डरलाग्दो चलचित्रहरु
अत्याधिक तमप्रधान कार्यक्रमहरु अश्लील चलचित्रहरु

हामीले यो पनि पायौं कि जब कार्यक्रममा हिन्सा, हत्या, नग्नता अथवा कामुकता सम्मिलित हुन्छ  तब कार्यक्रम र दर्शक दुवैमा तामसिक घटक बढ्दछ । अशिष्ट भाषामा गाली-गलौज, धर्मको निन्दा र तमप्रधान भाषाले पनि दर्शक माथि नकारात्मक प्रभाव हुन्छ ।

सुझाव : तपाइँ पनि सूक्ष्म परीक्षण गर्न सक्नु हुन्छ र विभिन्न प्रकारको टेलिभिजन कार्यक्रम हेर्दै तपाई आफैलाई कस्तो अनुभव हुन्छ यसको अभ्यास गर्न सक्नु हुन्छ । हामी चाहन्छौं कि तपाई आफ्नो अनुभव Post a Comment  मा लेखेर हामीलाई पठाउनुहोस् ।

४.२ सात्विक कार्यक्रमहरू

कु. प्रियंका लोटलीकरले अभ्यास गरिन् कि कसैले सत्वप्रधान कार्यक्रम हेर्दा अध्यात्मिक स्तरमा  कस्तो प्रभाव पर्दछ । यसको लागि .पू. भक्तराज महाराज, उच्चतम स्तरको एउटा सन्तको सत्संगको प्रवचन भिडियो थियो ।

टेलिभिजन र चलचित्रको आध्यात्मिक प्रभाव

परिणामको सारांश निम्नलिखित छन् :

  • सन्तको सत्संगको ध्वनि चक्र (CD) हेर्दा दर्शकमा भावको वलय कार्यरत हुने ।
  • सन्त बोल्ने समयमा आनन्द, चैतन्य र शक्तिको निर्माण भएर दर्शकतर्फ प्रक्षेपित हुने ।
  • वातावरणबाट कष्टदायक शक्तिहरु हट्न थाल्छन् ।
  • सन्तको शब्दमा पूर्ण सत्य हुन्छ र परिणाम स्वरूप, दर्शक अध्यात्ममा अधिक भन्दा अधिक डुब्न थाल्छ र भित्रबाट आनन्द र दिव्य चेतनाको अनुभव गर्न सक्षम हुन्छ ।
  • टेलिभिजन कार्यक्रम हेर्ने दर्शक सन्तको प्रबचनको कारण अन्तर्मुख हुन्छ र उनको मन र बुद्धि त्यस अनुसार व्यवहार गर्न थाल्छ ।

यस विश्लेषणबाट हामी यो कुरा बुझ्न सक्छौं कि सत्व प्रधान कार्यक्रम जस्तै सन्तको सत्संग इत्यादि हेर्दा आध्यात्मिक रुपमा लाभदायक हुन्छ । दुर्भाग्यवश टेलिभिजनमा यस्ता कार्यक्रमहरूको आवृत्ति नगण्य छ ।

५. चलचित्रहरूको आध्यात्मिक प्रभावहरू

माथि उल्लेख गरिएको सिदान्तहरु फिल्म हेर्नको लागि पनि सही छ, थप केहि उल्लेखनीयहरु सहित :

  • जुन प्रकार आध्यात्मिक व्यक्तिको सत्संगमा रहदा हाम्रो सकारात्मकता बढ्दछ त्यस प्रकारले अत्याधिक राजसिक अथवा तामसिक वातावरण जस्तै सिनेमागृहले हाम्रो नकारात्मकतालाई बढाउद्छ ।
  • अँध्यारो कोठामा चलचित्र हेर्दा यसको प्रभाव अझै बढदछ । चर्को आवाज र तीव्र प्रकाशले प्रभावलाई अझ बढाउँदछ ।
  • कार्यक्रमको प्रकार टेलिभिजनको अनुसारनै रहन्छ; तर चलचित्र रङ्गशाला अनुभव हुनको कारण, जस्तो की पहिला भनिएको थियो, यसमा रज-तम घटक धेरै हुन्छ ।

६. निष्कर्ष

हामी टेलिभिजन अथवा चलचित्र आफ्नो प्रतिदिनको दैनिक कार्यहरुबाट बचनको लागि र मनोरन्जनको रूपमा प्रयोग गर्दछौं । तर केवल साधनालेनै हामीलाई पूर्ण शान्ति, विश्राम र आनन्द दिन्छ जसलाई हामी अन्य माध्यद्वारा खोज्दछौं । सन्तको सत्संग हेर्नु, सत्संगमा जानु, नामजप, प्रार्थना, सत्सेवा र साधनाको अन्य पक्षहरुले हाम्रो आध्यात्मिक स्तर बढदै जान्छ ।

कहिलेकाही टेलिभिजन र चलचित्र हेर्नु, परिवार र मित्रको साथ भेट्घाटको एउटा तरीका हो र छनौट गर्नको लागि सम्भव हुँदैन । जब छनौट गर्नको लागि हामीसँग छैन भने त्यो कार्क्रम हेर्न हुन्छ कि हुँदैन । यस्तो परिस्थितिमा कार्यक्रम भन्दा पूर्व, अन्तरगत (कार्यक्रम भइरहेको समय) र कार्यक्रम समाप्त भएपछि नामजप र प्रार्थना जस्तो सजिलो कृतिले हाम्रो रक्षा गर्नमा अत्याधिक सहायता गर्दछ । उदाहरणको लागि यो प्रार्थना “हे ईश्‍वर, कृपया चलचित्र / टेलिभिजन कार्यक्रम हेर्दाको दुष्प्रभावबाट मेरो रक्षा गर्नुहोस् र पूरा समय मेरो नामजप गराउनुहोस् । तपाईको नामजपको शक्तिको सुरक्षा कवच मेरो चारैतर्फ निर्माण हुन दिनुहोस्” ।

बिस्तारै-बिस्तारै हामी टेलिभिजन र चलचित्रमा बर्बाद हुने समय कम गर्न सक्छौं । हामी तमप्रधान कार्यक्रम हेर्नबाट पनि बच्न सक्छौं ।

जसरी हाम्रो साधना बढदै जान्छ, हामी भित्र सत्वगुण बढदै जान्छ । यस्तो गर्नाले हाम्रो मनोरन्जन विधिको चुनाव पनि स्वाभाविक रूपमा धेरै सात्विक हुन थाल्छ किनभने आध्यात्मिक रूपले लाभदायक कृतिहरुलाई स्वीकारन हाम्रो योग्यता बढ्दछ र हामीलाई यसले आध्यात्मिक रूपमा शक्तिशाली बनाउदछ ।