अनेकबाट एक तर्फ जाने

जब हाम्रो प्रयासलार्इ अनेक बाट एकमा केन्द्रित गछौं तब त्यसको प्रभाव अत्यधिक शक्तिशाली हुन जान्छ ।

यी मध्य कुन अधिक प्रभाकारी छ ?

  •  जल प्रप्तिको उद्देश्यले १० मिटर गहिरो एउटा र्इनार खन्नु अथवा १ मिटर गहिरो एक र्इनार खन्नु
  • विभिन्न हवार्इ कम्पनीबाट अलग-अलग उडान गर्नु अथवा कुनै एक हवार्इ कम्पनीको जाहाजबाट यात्रा गर्नु ।

निम्नलिखित जानकारी यस विषयमा हो कि र्इश्वर प्राप्तिको लागि विभिन्न मार्गहरुका सन्दर्ममा यो सिद्धान्त कसरी कार्य गर्छ ।

कर्मयोग : शुरुको अवस्थामा साधक अनेक भिकारीलार्इ भिक्षा दिन्छ । अधिल्लो चरणमा उनी आफ्नो प्रयासलार्इ कुनै एक उद्देश्यमा केन्द्रित गर्छ जस्तै एक विध्यालय अथवा एक चिकित्सालयलर्इ दान दिन्छ ।

ज्ञानयोग : विभिन्न आध्यात्मिक ग्रन्थ देखि धार्मिक ग्रन्थहरु पढेपछि एक साधक अंतत: त्यो एक ग्रन्थ प्रति ध्यान केन्द्रित हुन्छ जसमा सर्वाधिक आध्यात्मिक सत्य छ ।

भक्तियोग : अनेकौं देवताका पूजाबाट एक देवताको पूजा तर्फ, अनेकौं तीर्थस्थानबाट एक तीर्थस्थान तर्फ एवं जनेकौं ग्रन्थबाट एक ग्रन्थ पठन तर्फ प्रयास हुनाले साधकको प्रगति हुन्छ लाग्छ ।

नामसंकीर्तनयोग : यसमा साधक अनेकौं नाम जाप गर्नुको अपेक्षा एक नाम जप गर्छ ।

गुरुकृपायोग : अनेकौं सन्तहरुका पास गएपछि साधक अंतत: केवल एक गुरुको पास जान्छ । कुनै पनि यागमार्गबाट साधना गर्दै जादा गुरुको कृपाको अभावमा साधकको आध्यात्मिक उन्नति एक नियत स्तरबाट अगाडि बढ्न सक्दैन ।