यस सिद्धान्त अनुसार केवल शारीरिक क्रिया गर्नुको अपेक्षा सूक्ष्म स्तरको क्रियाबाट हाम्रो साधना सुधार गर्नु पर्छ ।
स्थूल स्तरको साधनाको अपेक्षा सूक्ष्म स्तरको साधना अधिक प्रभावकारी हुन्छ । उदाहरण, जब दुर्इ व्यक्ति एक अर्कालार्इ मन पराउदैन तर मित्रता दर्शाउनको लागि हात मिलाउछ । यहाँ मित्रता दर्शाउने शारीरिक क्रिया मात्र देखाउपन हो । अर्को तर्फ शारीरिक सम्पर्क बिना दुर्इ व्यक्तिमा एक अर्कामा वास्तविक सद्भावना हुन सक्छ ।
यस प्रकार साधनामा भक्तिभाव विनाको पूजा (शारीरिक स्तरको) विधिको स्थानमा भगवान प्राप्तिको लागि तिव्र आन्तरिक भक्ति प्रस्थापित हुनुपर्छ अथवा आध्यात्मिक प्रगतिको तिव्र लगन हुनुपर्छ ।