अध्यात्मको सामान्य अवघारणाहरु

अध्यात्म अनुभूतिको शास्त्र हो

अध्यात्ममा शब्दको महत्त्व मात्र २% हुन्छ, जब कि अनुभवको महत्त्व ९८% हुन्छ ।

अध्यात्म अनुभूतिको शास्त्र हो

यो चित्रमा हामी दुई पर्वतहरुको बीचमा भएको एउटा गहिरो खाडल देखिरहेका छौं । कोहि पूर्ण रुपमा बौद्धिक ज्ञानको एउटा शिखरदेखि, त्यही ज्ञानको अनुभूतिको अर्को शिखरसम्म कसरी पुग्न सक्छ ?

यो चित्रमा सेतु, ‘साधना’ को प्रतीक हो । ‘साधना’ बैद्धिक ज्ञानको प्रत्यक्ष अनुभव पाउनको लागि एउटा महत्वपूर्ण कुञ्जी हो । तर एउटा अत्यन्त बुद्धिमान व्यक्ति, जसले अध्यात्म विषयमा धेरै कुरा पढेको-सुनेको छ, उनकोलागि पनि ‘साधना’ लार्इ आचरणमा ल्याउन कठिन हुन्छ । त्यसैले अधिकांश बुद्धिजीवीहरु शब्द जालमा फसेर धर्मग्रन्थहरुमा तर्म – वितर्क गर्दछन् । जब कि अन्तत: आध्यात्म र धर्म ग्रन्थमा लेखेको शब्दको अनुभूति हुन आवश्यक हुन्छ । (सन्दर्भ : आध्यात्मिक अनुभूतिहरु के हुन् ?)

अध्यात्म अनुभूतिको शास्त्र हो

यो विद्वान र मांझिको प्रसिद्ध कथा द्वारा बुझ्न सकिन्छ ।

एक समयमा एउटा गरीब मांझि एउटा विद्वान व्यक्तिलार्इ नदीपार गरार्इ रहेको थियो ।

नदीपार गरि रहदा केहि समय उनीहरुले कुराकानीमा बिताए । विद्वानले केहि ग्रन्थहरुको नाम लिएर सोधेछ कि मांझिले ती ग्रंथहरुको अध्यन गरेको छ । मांझिले ‘छैन’ भने पछि विद्वानले भने ‘तिमीले आफ्नो आधा जीवन व्यर्थ गरेउ । जब चर्चा चलदै थियो त्यति बेला डुङ्गामा दुलो पर्यो र डुङ्गामा पानी भरन लागो । यो देखेर मांझिले विद्वानलार्इ सोध्यो ‘श्रीमान के हजुरलाई पौंडी खेल्न आउँछ ?’ विद्वानले भने ‘मैले पौंडी खेल्ने विषयमा अनेक ग्रन्थहरु पढे विविध जानकारी प्राप्त पनि गरे; तर मलाई पौंडी खेल्न चै आउदैन ।’ यो सुनेर नाविकले भन्यो, त्यसो भए हजुरको सारा जीवन व्यर्थ हुने भो किन की यो नाव अब डूबने छ !

विद्वानको सैद्धान्तिक ज्ञान उसको कुनै काम आएन, त्यसै प्रकार भावसागरलार्इ पार गर्न र आनन्द प्राप्तिको लागि केवल शाब्दिक ज्ञान पर्याप्त हुदैन; अपितु साधनानै आवश्यक हुन्छ ।