१. टैटू – एक परिचय

आजकल धेरै मानिसहरुको लागि टैटू, व्यक्तिगत, प्रतीकात्मक, सौन्दर्यात्मक, पारम्परिक अथवा सांस्कृतिक महत्व छन् अथवा उनको व्यक्तित्वको पहिचान हुन्छ । आजकल सबै आयु तथा वर्गको महिला तथा पुरुष दुबैको आधुनिक जीवन शैलीमा टैटूले एउटा विशिष्ट स्थान प्राप्त गरेको छ ।

हामी सबैले कुनै एउटा छनमा कुनै विशेष टैटूको कलाकृतिको प्रशंसा गरेको थियो होला अथवा स्वयंको त्वचामा टैटू बनाउने निश्चय पनि गरेको थियो होला । तर, आध्यात्मिक स्तरमा टैटूबाट हुने हानिकारक परिणाम प्रति हामी सचेत छौनौं । त्वचामा टैटू बनाएपछि के हुन्छ, यो बुझ्नको लागि SSRF ले टैटूमा आध्यात्मिक अनुसन्धान गर्यो ।

२. टैटूमा आध्यात्मिक अनुसन्धान

साधक श्रीमती. योया वाले (अब (पू.) योया वाले) जसको छटौं इन्द्रिय प्रगत छ, उहाँले टैटूको आध्यात्मिक परिणाममा अनुसन्धान गर्नुभयो । उहाँले सूक्ष्म-ज्ञान मा आधारित चित्र पनि बनाउनु भयो । विशुद्ध-चक्र को स्थानमा टैटूबाट हुने परिणाम हामी सूक्ष्म-ज्ञान मा आधारित यो चित्राबाट बुझन्न सक्छौं ।

आध्यात्मिक दृष्टिकोणले, टैटूले हामीमा हानिकारक परिणाम हुन्छ । टैटूको हानिकारक परिणाम निम्नलिखित कारणले हुन्छ :

  •  कोही व्यक्ति आधुनिक प्रचलन (फैशन) को कारण आफ्नो त्वचामा टैटू बाउँछन् । त्यसले त्यस स्थानमा मोहिनी शक्ति पनि आकर्षित हुन्छ ।  परिणामस्वरूप बाह्य संसारबाट आसक्ति अनि भावनात्मकता बढ्ने अथवा मायिक भ्रम बढ्दछ ।
  • टैटूको अधिकतर कलाकृति सात्विक हुँदैन । परिणामस्वरूप टैटू कष्टदायक शक्तिलार्इ कार्यरत गर्दछ ।
  • टैटूको आकृति वातावरणमा कष्टदायक शक्तिको मात्रा बढाउछ जसले व्यक्तिलार्इ शारीरिक अनि आध्यात्मिक स्तरमा विचलित गरिदिन्छ । यसको साथै व्यक्तिको देहको आसपासको कालो शक्तिको आवरण १.५% सम्म बढेर जान्छ ।
  • व्यक्तिको त्वचामा टैटूको कारण अनिष्ट शक्ति द्वारा व्यक्तिको देह, मन अनि बुद्धिमा प्रभाव पार्ने सम्भव हुन्छ ।
  • टैटू देहमा उष्णता बढाइ दिन्छ । देहमा उष्णता बढ्नु देहमा रज-तम बढ्नुको सूचक हो । (चिसो बढ्नु देहमा सत्व गुण बढ्नुको सूचक हो )
  • अरुलार्इ टैटू देखाउदा अहं बढ्दछ ।

३. सारांशमा– आध्यात्मिक दृष्टिकोणबाट टैटू बारेमा व्यावहारिक सुझावहरु

टैटूमा गरिएको अध्ययनबाट प्राप्त केही जान्न योग्य महत्वपूर्ण सूत्र :

  • आध्यात्मिक दृष्टिकोणबाट त्वचामा टैटूले कुनै फार्इदा गर्दैन ।
  • टैटू शरीरमा स्थायी रूपले रहुन्छ, यस्तो अवश्थामा व्यक्ति यदि साधना गर्दैन भने अनिष्ट शक्तिको कष्ट हुन सक्छ ।
  • यदि कसैले पहिलानै टैटू बनाएको थियो भने सबै भन्दा राम्रो नियमित साधना गर्नुहोस् । साधनाले टैटूबाट हुने हानिकारक परिणामबाट स्वयंलार्इ रक्षा गर्दछ ।
  • व्यक्ति जसरी-जसरी आध्यात्मिक प्रगति गर्दछ देहसँग सम्बन्धित महत्व उनको लागि कम हुन थाल्छ ।