मृत्युपछि व्यक्तिलार्इ आध्यात्मिक सहायताको आवश्यक किन हुन्छ ?

मनुष्यको दुर्इटा देहहरु हुन्छ – स्थूलदेह अनि सूक्ष्मदेह । यस बाहेक उनीमा प्राणशक्ति विद्यमान हुन्छ जुन यी दुर्इ देहहरुमा सम्बन्ध स्थापित गर्दछ । यो सूत्र जानेपछि हामी यो जान्न सक्छौं कि मृत्युपछि व्यक्तिलार्इ आध्यात्मिक सहायताको आवश्यकता किन हुन्छ । तल दिएको चित्र हेर्नुहोस् :

टिप्पणी – हाम्रो सुझाव छ कि यस लेखलार्इ अझै राम्रोसँग बुझ्नको लागि तपार्इ यो लेख अवश्य पढ्नुहोस् : हामी मृत्युपछि काहाँ जान्छौं ? हामी मृत्युपछि काहाँ जान्छौं ?

जब व्यक्तिको मृत्यु हुन्छ तब प्राणशक्ति ब्रह्माण्डमा उत्सर्जित हुन्छ । स्थूल देह भूलोकमा नै रहन्छ जबकि सूक्ष्मदेह पाप-पुण्य एवं आध्यात्मिक स्तर अनुसार सूक्ष्मलोकमा यात्रा गर्दछ । आफ्ने पाप तथा अत्यधिक अहंको कारण सूक्ष्मदेह भारी हुन जान्छ । जसको कारण यो निम्न स्तरको सूक्ष्मलोक जस्तै – भुवर्लोक आदिमा अडकिन्छ । यदि पाप धेरै अधिक छ भने सूक्ष्मदेह पातालमा जान्छ ।

अर्कोतर्फ,राम्रो कर्म (पुण्य) तथा साधना को तडपका कारण सूक्ष्मदेह हलका हुन जान्छ । जति आध्यात्मिक स्तर अधिक हुन्छ सूक्ष्मदेह त्यतिनै हलका हुन्छ अनि त्यतिनै तीव्र गतिले अगाडि बढ्दछ ।

जसको साधना तीव्र छैन, उनी मृत्युपछि भुवर्लोकमा अडकिन्छ । साधनाको कारण साधकको सूक्ष्मदेह हल्का हुन जान्छ अनि शीघ्र नै भुवर्लोकलार्इ पछाडि छोडेर उच्च सूक्ष्मलोक जस्तै – स्वर्गलोकमा जान्छ ।

जबकि साधनाको उर्जाको अभावको कारण सूक्ष्मदेह भुवर्लोकमा रहनु पर्छ अनि कष्ट भोग्नु पर्छ । आध्यात्मिक शक्ति एवं सत्त्वगुणको अभावमा उनलार्इ गति प्राप्त हुदैन । त्यसैले उनी भुवर्लोकको भारी वातावरणमा अड्किन्छ ।

आगाडिको यात्राको लागि यी सूक्ष्मदेहलार्इ आध्यात्मिक सहायताको आवश्यकता हुन्छ । यसको लागि उनी आफ्नो वंशजतर्फ हेर्दछ कि उनको लागि केहि गरोस् । वंशज आफ्नो पूर्खाको सम्पत्तिको अधिकारी हुन्छ, त्यसैले आध्यात्मिक रूपले आफ्नो पूर्खालार्इ आवश्यक सहायता गर्नको लागि बाध्य हुन्छ; तथापि अनेक प्रकरणम वंशज ती विधि-विधानसँग परिचित हदैन जसलार्इ अध्यात्मशास्त्र  अनुसार मृत पूर्खालार्इ सहायताको लागि योग्य पद्धतिले गर्न आवश्यकता हुन्छ । अत: जुन पूर्खाहरुका  मृत्यु भएका छन् उनीहरुलार्इ भुवर्लोकमा कुनै सहायता मिल्दैन्न् । वंशजको ध्यान आफूतर्फ आकर्षित गर्नको लागि पूर्खा उनीहरुलार्इ कष्ट (जस्तै पहिलाका अन्य लेखमा बताएका छन्) दिन्छन् । पृथ्वीमा जब वंशजको जीवनमा यस्तो समस्या आउछ जो हटदै हटदैन, तब उनीहरु पारम्परिक विधिबाट अन्य समाधान खोज्दछन् । केहि प्रसङ्गमा, पीडित परिवारको व्यक्तिहरु आध्यात्मिक सहायता लिन्छन्, जसले मृत पूर्खालार्इ थोरै राहत मिलदछ ।