शरीरको दुर्गन्ध र अन्य दुर्गन्धहरु

. परिचय

पसिना र शरीरको गन्ध धेरै मानिसहरूको लागि जीवनको तथ्य बनेको छ । हामीले व्यायाम गर्दा, जब हामी धेरै तातो महसुस गर्छौं, वा जब हामी नर्भस, चिन्तित वा तनावमा हुन्छौं, अत्यधिक पसिना र शरीरबाट गन्ध आउन सक्छ । मानव शरीरबाट निस्कने दुर्गन्ध र दुर्गन्धको शारीरिक, जैविक र मनोवैज्ञानिक कारणहरू वैज्ञानिक समुदायलाई व्यापक रूपमा थाहा छ । खाना, पेय पदार्थहरु र रोगहरू जस्ता कारकहरूले शरीरको गन्धलाई असर गर्न सक्छ । व्यक्तिको शरीरको गन्ध पनि जीवनशैली, आनुवंशिकी र औषधिले प्रभावित हुन्छ ।

यद्यपि, शरीरको गन्ध र दुर्गन्धको अर्को महत्त्वपूर्ण कारण छ जुन वैज्ञानिक समुदायलाई थाहा छैन: एक आध्यात्मिक कारण ।

दुर्गन्धको लागि आध्यात्मिक कारण SSRF को खोजकर्ताहरूले उच्च सक्रिय छैठौं इन्द्रिय वा एक्स्ट्रा-सेन्सरी परसेप्सन (ESP) को साथ ईश्वरीय ज्ञानको रूपमा प्राप्त गरेको छ । जब व्यक्तिलाई छैठौं इन्द्रियको कृपा प्राप्त हुन्छ, तब उसले विश्वव्यापी मन र बुद्धि जान्न सक्ने क्षमता राख्दछ । यो छैटौं इन्द्रिय यस जन्म वा अघिल्लो जन्ममा गरिएको साधनाको कारण हुन्छ ।

नकारात्मक ऊर्जाले शरीरबाट विभिन्न प्रकारका दुर्गन्धहरू उत्पादन गर्दछ । कहिलेकाहीँ दुर्गन्ध (शरीरबाट निस्कने, सासको दुर्गन्ध, डकारको दुर्गन्ध, हाई गर्दा निस्कने दुर्गन्द आदि) वरपरको वातावरणमा फैलाउनको लागि गरिन्छ । यो प्रभावित व्यक्तिलाई मात्र होइन वरपरका मानिसहरूलाई पनि पीडा दिनको लागि गरिन्छ ।

. समानार्थी शब्द

शरीरको दुर्गन्धलाई चिकित्सकीय रूपमा ब्रोमहिड्रोसिस, ओस्मिड्रोसिस, ओजोक्रोटिया, फेटिड स्वेट,शरीरको दुर्गन्ध वा दुर्गन्धित पसिनाको रूपमा चिनिन्छ । सासको दुर्गन्धलाई हलिटोसिस पनि भनिन्छ ।

. शरीरको दुर्गन्धको कारण के हो ?

पसिना आफैंमा स्वभावैले गन्धरहित हुन्छ । ब्याक्टेरिया जुन सामान्यतया छालाको सतहलाई ढाकेको हुन्छ त्यसले पसिनालाई टुक्राउँछ । यस अन्तरक्रियाको उप-उत्पादन वा परिणामस्वरूप अपशिष्ट पदार्थ एसिड यौगिकहरू हुन् जसमा गन्ध हुन्छ जुन हामीले शरीरको गन्धसँग सम्बद्ध गर्छौं ।

ब्याक्टेरियाले पसिना तोड्ने बित्तिकै, विभिन्न गन्ध यौगिकहरू उत्पादन हुन्छन् । यी एसिडहरूमा विशिष्ट गन्ध हुन्छ र सामान्यतया शरीरको गन्ध हो । गन्धसँग सम्बन्धित दुई सामान्य एसिड यौगिकहरू समावेश छन्:

  • प्रोपियॉनिक एसिड – सिरकासँग सम्बन्धित गन्ध ।
  • आइसोवालेरिक एसिड – पनीरसँग सम्बन्धित गन्ध ।

ट्राइमेथिलैमिनुरिया (TMAU), जसलाई माछा गन्ध सिन्ड्रोम वा माछा मालोडोर सिन्ड्रोम भनेर पनि चिनिन्छ, जुन एक दुर्लभ चयापचय विकार हो जसमा ट्राइमेथाइलमाइन व्यक्तिको पसिना, पिसाब रसासबाट निस्कन्छ, जसले कडा माछाको गन्ध वा कडा शरीरक गन्ध दिन्छ ।

. शरीरको गन्ध र सासको दुर्गन्धमा के को योगदान छ?

४.१. खानेकुरा

हामीले खाने कुराले शरीरको दुर्गन्ध मात्र होइन खुट्टाको दुर्गन्ध र सासको दुर्गन्धमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । खानामा पाइने पोषक तत्वहरू र यौगिकहरू दैनिक जीवनको लागि आवश्यक हुन्छन् । तर तिनीहरूमध्ये केही, विशेष गरी जब धेरै मात्रामा खाइन्छ, गन्धलाई असर गर्न सक्छ । सामान्यतया गन्धको समस्यासँग सम्बन्धित खानाहरूमा रातो मासु, सिफुड, अण्डाको पहेँलो भाग, लसुन, प्याज, दही, सिमी, शतावरी, बन्दागोबी, र तोरीको दाना र धनिया जस्ता मसलाहरू समावेश छन् ।

४.२. औषधि

धेरै औषधिहरूको एक सामान्य साइड इफेक्ट पसिना हो । एन्टिसाइकोटिक र एन्टीडिप्रेसेन्ट औषधिहरू साथै केही अन्य औषधिहरू यस्ता असरहरु गर्दछन् । साथै, एस्पिरिन र एसिटामिनोफेनको अत्यधिक प्रयोगले पनि पसिना उत्पादन बढाउन सक्छ ।

.. हर्मोनल परिवर्तनहरु

शरीरको गन्धसँग सम्बन्धित सबैभन्दा सामान्य हार्मोनल परिवर्तन रजोनिवृत्ति हो । रजोनिवृत्तिको एक सामान्य साइड इफेक्ट हट फ्यासेस हो, जसले पसिना बढाउन सक्छ । जति धेरै पसिना उत्पादन हुन्छ, ब्याक्टेरियाले अतिरिक्त पसिनालाई तोड्ने परिणामको रूपमा अधिक गन्ध यौगिकहरू उत्पादन हुन्छन् ।

४.४. आनुवंशिकी

मानव जीवविज्ञान र आनुवंशिकीले व्यक्तिको गन्धमा भूमिका खेल्छ । पूर्वी एसियाली मूलका मानिसहरू (जस्तै जापानी, चिनियाँ र कोरियालीहरू) को शरीरमा कम पसिना ग्रन्थीहरू हुन्छन् । थोरै ग्रन्थीहरूले कम पसिना स्रावहरू निस्कने तथ्यको कारणले गर्दा उनीहरूमा शरीरको गन्ध कम हुने सम्भावना हुन्छ । साथै, पूर्वी एसियाली मूलका मानिसहरूमा सुक्खा कान मोम हुन्छ । यसको विपरित, धेरैजसो मानिसहरूमा कानमा गीलो मोम हुन्छ । यो जापानी, चिनियाँ र कोरियाली जातिहरूमा प्रचलित एक विशेष जीनको कारण हो । गीलो कानको मोमले सहायक शरीरको गन्धमा योगदान दिन सक्छ ।

. शरीरको गन्ध बारेमा आध्यात्मिक परिप्रेक्ष्य

केही मानिसहरूमा शरीरको गन्धको कारण आध्यात्मिक स्वरुपको हुन सक्छ । कारण सूक्ष्म-आयामसँग सम्बन्धित भएकोले यसलाई अत्यधिक सक्रिय छैठौं इन्द्रिय भएको व्यक्तिले मात्र पत्ता लगाउन सक्छ जसको विश्वव्यापी मन र बुद्धिसम्म पहुँच छ । चिकित्सा विज्ञानले यस्तो अवस्थामा स्पष्ट विकृतिको अभाव फेला पार्न सक्छ । चिकित्सा विज्ञानले आध्यात्मिक स्तरमा भएको समस्याको कारणको कुनै पनि विशेषता प्रदान गर्न सक्षम हुनेछैन । साथै भौतिक स्तरमा उपचार गर्ने सबै प्रयासहरू असफल हुन्छन् ।

निम्न जानकारी एसएसअरएफ का एक सन्त, प.पू. श्रीमती अञ्जली गाडगिलले प्राप्त गर्नु भएको दिव्य ज्ञान हो ।

५.१. साधकबाट निस्कने शरीरको गन्धको आध्यात्मिक कारण

राम्रो र नराम्रो बीचको लडाई परापूर्वकालदेखि चल्दै आएको छ । आफ्नो सत्व तत्व बढाउन र रज-तम घटाउन साधना गर्ने ईश्वरका साधकहरू प्रायः अनिष्ट शक्तिद्वारा प्रहार हुन्छन् । अनिष्ट शक्तिहरु परास्त भई चाँडै नै ईश्वरीय राज्य स्थापना हुने भएकाले वर्तमान समयमा यस्ता आक्रमणहरु बढिरहेका छन् । अनिष्ट शक्तिहरू परास्त भइरहेका छन् र साधकको कोषबाट कालो शक्ति कम हुन थालेको छसाथै त्यस व्यक्तिको शरीरबाट दुर्गन्ध निस्कन्छ र वातावरणमा पनि प्रवेश गर्न सक्छ । यो शरीरको अपशिष्ट पदार्थबाट निस्कने सूक्ष्म वायुको कारण हुन्छ ।

सूक्ष्म-मान्त्रिकहरू जो साधक विरुद्ध संघर्ष गरिरहेका छन् वायुमण्डलमा दबाब बढाउनको लागि पसिनाको माध्यमबाट छालाको प्रत्येक छिद्रबाट कालो ऊर्जा प्रवाह गर्छन् । तब शरीरबाट दुर्गन्ध निस्कने प्रक्रिया सुरु हुन्छ । गन्ध सामान्यतया तल्लो स्तरका निकायहरूको कारणले गर्दा हुन्छ । तिनीहरूले शरीरको दुर्गन्ध बनाउन पृथ्वितत्व प्रयोग गर्छन् । तर, उच्च-स्तरका निकायहरूसँग सूक्ष्म-युद्ध हुँदा पनि, यस सूक्ष्म-युद्धको उप-उत्पादनको रूपमा दुर्गन्ध निस्किन्छ ।

प्रक्रिया: कालो ऊर्जा आक्रमण सुरु गर्न गन्धको माध्यमबाट छालाको रंगद्रव्य प्रयोग गरिन्छ । यो रंगद्रव्य प्रयोग गरेर छालाको छेउमा हावा भएको सूक्ष्म कालो आवरण बनाउँछ । यो आवरण सूक्ष्म-मान्त्रिकहरूको इच्छा शक्तिद्वारा सक्रिय हुन्छ र यसले आवश्यक पर्दा पसिना वा सूक्ष्म कालो वायुको माध्यमबाट वायुमण्डलमा दुर्गन्ध फैलाउँछ ।

५.२. शरीरको दुर्गन्धको विभिन्न कारणहरु देखाउने तालिका

शरीरिक(%) मनोवैज्ञानिक (%) आध्यात्मिक (%)
औसत व्यक्ति (आध्यात्मिक स्तर २०%) ६५ ३०
५०% आध्यात्मिक स्तर भएको साधक जसले व्यक्तिगत साधना मात्र गरिरहेको छ । ३० ५० २०
५०% आध्यात्मिक स्तर भएको साधक जो व्यक्तिगत तथा समष्टि साधना गरिरहेको छ । २० ३० ५०

फुटनोटहरु:

  1. फोहर व्यक्तिगत स्वच्छता भएमा नकारात्मक ऊर्जाले यसको फाइदा लिन सकिन्छ र साथै यसको ६५% भाग आध्यात्मिक मूल कारणले पनि हुन सक्छ ।
  2. शरीरको दुर्गन्धको लागि मनोवैज्ञानिक कारणहरू मानसिक समस्याहरूको कारण हुन सक्छ जस्तै डिप्रेसन आरम्भकर्ता हुन सक्छ र त्यसपछि अनिष्ट शक्ति व्यक्तिलाई प्रभावित गर्दछ जब कमजोर मानसिक स्थितिमा हुन्छ जसले गर्दा शरीरको गन्ध वा सासको दुर्गन्ध उत्पन्न हुन्छ ।
  3. पितृको कारणले वा व्यक्ति बसेको ठाउँको देवता वा परिवारका देवता क्रोधित भए पनि हुन सक्छ ।
  4. समाजमा अध्यात्म प्रसार र धार्मिकता फैलाउन र ईश्वरीय राज्य स्थापनाको लागि साधना गर्ने साधकमा शरीरको दुर्गन्धको आध्यात्मिक कारण अधिक हुन्छ ।

५.३. कष्टदायक शक्ति र तिनको प्रभावका कारण शरीरका विभिन्न भागमा दुर्गन्ध उत्पन्न हुने प्रक्रिया

प्रत्येक प्रकारको दुर्गन्ध सिर्जना गर्न, अनिष्ट शक्तिले आफ्नो ऊर्जाको ३० प्रतिशत शक्ति उपयोग गर्नुपर्छ ।

प्रक्रिया प्रभाव
शरीर शरीरको वरिपरि सिर्जना गरिएको बाहिरी आवरणको विघटन शरीरको वरिपरि बाहिरी आवरणमा चिपचिपापन बढ्छ
पसिना प्रणमय कोष विघटन हुँदै प्राणशक्ति कम हुने सास कष्टप्रद कोशिकाहरुको विघटन
सास कष्टप्रद कोशिकाहरुको विघटन तरल पदार्थ समानुपातिक रूपमा बढ्दै जान्छ मूत्र कोशिकामा प्रभावित तरल पदार्थ विघटन हुन्छ र त्यसबाट उत्पन्न दुर्गन्ध मूत्रको माध्यमबाट बाहिर निस्कन्छ ।
मूत्र कोशिकामा प्रभावित तरल पदार्थ विघटन हुन्छ र त्यसबाट उत्पन्न दुर्गन्ध मूत्रको माध्यमबाट बाहिर निस्कन्छ । तरल पदार्थ बढेको हुनाले,दुई -दुई कोशिकाहरु एक हुन्छन् ।
मल पदार्थ मलमूत्रको माध्यमबाट, सेवन गरेको खानपिनको विघटनबाट उत्पन्न दुर्गन्छ बाहिर निस्किन्छ । आन्द्रा भित्र र बाहिर कष्टप्रद फिलामेन्टको आवरणको कारण आन्द्राहरू संकुचित हुनु
वीय पीडादायी शक्तिले मनमा राख्ने कामुक विचारका कारण अनजानमा वीर्य निस्कने र शुक्रकीटमा जम्मा भएको कष्टप्रद शक्तिको विघटनबाट उत्पन्न भएको सूक्ष्म वायुको कारणले वीर्य दुर्गन्धित हुने गर्छ । तमगुण प्रबल हुन्छन् र कामुक सुखसँग सम्बन्धित विचारहरू बढ्छन् ।
महिनावारी
तरल
पदार्थ
शरीरमा रातो रक्त कोशिकाहरुको विनाश अधिकतर पसिना, डकार, हाई गर्ने कृयाको माध्यमबाट दुर्गन्धित वायु बाहिर आउनाले कष्टदायक शक्ति कम हुन्छ ।

५.४. नर्कका विभिन्न क्षेत्रहरुको गन्ध र प्रभावित व्यक्तिमा तिनीहरुको प्रभाव

नरकको
स्तर
गन्ध जस्तै परिणाम
१. तोरीको तेल प्राणमय ऊर्जा कोषमा आक्रमण
२. काँचो काजूको तेल शरीरमा रक्त कोशिकाहरुमा आक्रमण
३. दुर्गन्धयुक्त मिठो तेल छालामा आक्रमण
विर्य स्राव हड्डीमा तरल पदार्थ कम हुन्छ
महिनावारी गन्ध कोशिकाहरुमा तरल पदार्थ कम हुन्छ
6 कास्टर तेल शरीरमा क्याल्सियमको कमी
मिश्रित गन्धहरु शरीरमा पानीको मात्रा कम हुनाले शरीरमा चमक हुँदैन

६. शरीरबाट दुर्गन्ध हटाउनको लागि उपायहरु

जब शरीरको दुर्गन्ध अथवा दुर्गन्धित सास शरीरिक स्वरुपको हुन्छ, तब सामान्य उपायहरु जस्तै व्यक्तिगत स्वछता (एन्टव्याक्टेरियल साबुनले दैनिक नुहाउने, एन्यिपस्पिरेन्ट र डिओडोरेन्टको प्रयोग गर्ने, प्रत्येक खाना पछि दाँत माझ्ने) र राम्रो सन्तुलित आहारले मद्दत गर्दछ ।

तर यदि दुर्गन्धको कारण आध्यात्मिक हो भने आध्यात्मको आधारभूत सिद्धान्त अनुसार धेरै भन्दा धेरै साधना गर्नाले यसलाई हटाउन सक्छौं । गरिने आध्यात्मिक अभ्यास (साधना) को तीव्रता आक्रमणको तिव्रतामा निर्भर हुनेछ ।

सकारात्मक र नकारात्मक शक्तिको बिच सूक्ष्म-संग्राम र त्यसको सिमा अनुसार यसमा समय एक कारक पनि संलग्न हुनेछ ।

कहिलेकाहि जब साधकमा भएको सकारात्मकता अनिष्ट शक्तिद्वारा बनाएको अनिष्ट ऊर्जाहरु हटाउनको लागि सूक्ष्म-युद्ध गरिरहेको हुन्छ त्यस समय पनि शरीरबाट दुर्गन्ध निस्कन सक्छ ।

. सारांश

शरीरले प्रक्ष्यपित गरेको दुर्गन्ध शारीरिक, मानोवैज्ञानिक र आध्यात्मिक कारणहरुले (अनिष्ट  शक्तिको आक्रमणबाट) हुन सक्छ ।साधक जो व्यक्तिगत तथा समष्टि साधना गरिरहेका छन् उनीहरुको लागि आध्यात्मिक कारण न सक्छन् । सर्वभैमिक सिद्धान्त अनुसार अधिक साधना बढाउनाले आध्यात्मिक कारणबाट उत्पन्न शारीरिक दुर्गन्ध हटाउन सकिन्छ ।