नुन, तोरीको बिउ अनि खुर्सानीले गरिने विधि

यो विधिको लागि तपार्इलार्इ कुन वस्तुहरुको आवश्यकता पर्दछ ?

* खुर्सानीको संख्या अनुभव गरेको कष्टको तीव्रतामा निर्भर गर्दछ । विधिमा कष्टको तीव्रता अनुसार कति संख्यामा खुर्सानीको उपयोग गरिने यसको लागि मार्गदर्शक सूत्र तल दिएको छ ।

कष्ट की तीव्रता खुर्सानीको संख्या
निरन्तर शरीर भारी लाग्ने, वाकवाकी
बेचेनी, अचानक पसीना आउने, नकारात्मक विचार
वाणीमा नियन्त्रण नहुने, दृष्टि अचानक धमिलो हुने, मुख सूकने, अपशब्द बोल्ने, आत्महत्याको विचार
अचेतना (बेहोशी), अनिष्ट शक्तिको प्रकटीकरण, हत्याको विचार

कुदृष्टि (नराम्रो नजर) उतारनको लागि नुन, तोरीको बिउ अनि खुर्सानीबाट गरिने विधि

  • प्रथम कृत्य : – प्रार्थना गर्नुहोस्

    जसको कुदृष्टि उतार्ने हो उसले श्री हनुमानजीलार्इ प्रार्थना गर्नुपर्छ : म (आफ्नो नाम लिनुहोस्) प्रार्थना गर्दछु मलार्इ लागेको कुदृष्टि बाहिर निक्लोस् अनि (जो कुदृष्टि उतारि रहेको छ उसको नाम लिनुहोस्) लार्इ कुनै पनि प्रकारको अनिष्ट प्रभाव नपरोस् ।

    जो कुदृष्टि उतारि रहेको छ उनी श्री हनुमानलार्इ प्रार्थना गर्नुहोस् कि उनीमा कष्टदायक नकारात्मक शक्तिको कुनै प्रभाव नहोस् ।

  • दोस्रो कृत्य : आफ्नो स्थान ग्रहण गर्नुहोस्

    जुन अनिष्ट शक्तिले आवेशित व्यक्तिको कुदृष्टि उतारने हो, उनलार्इ काठको पिर्कामा पूर्व दिशातर्फ मुख गरेर, घुँडालार्इ छातीमा लगाएर बस्नु भन्नुहोस् ।

  • तेस्रो कृत्य : विधि गर्ने

    जुन व्यक्ति कृत्य गर्नुहुन्छ उनी अर्को व्यक्तिको अगाडि उभिनु पर्छ । जती मात्रामा दवै हातमा नुन अनि तोरीको बिउ मुट्ठीमा लिन सकिन्छ हातमा लिनुहोस् । यदि बायाँ मुट्ठीमा एउटा खुर्सानी लिनु भएकोछ भने दाहिने मुट्ठीमा दुर्इटा खुर्सानी लिनुहोस् ।

    त्यसपछि आफू सामुन्य दुवै मुट्ठीहरु गुणाकार चिन्हमा राख्नुहोस् । दुवै मुट्ठीहरु प्रभावीत व्यक्तिको टाउकोदेखि खुट्टासम्म एक अर्काको विपरीत दिशामा घुमाउदै तल ल्याउनुहोस् एवं धरतीमा स्पर्श गर्नुहोस् ।

    हात केवल प्रारम्भमा गुणाकार स्थितिमा राखिन्छ, जब क्रिया आरम्भ हुन्छ हात अलग हुन्छ, एकै साथ दाहिने मुट्ठी घडीको दिशामा तथा बायाँ मुट्ठी घडीको विपरीत दिशामा टाउकोदेखि खुट्टासम्म घुमाउनुहोस् ।

    धरतीलार्इ स्पर्श गरेपछि पहिले जस्तो क्रिया गर्नुहोस् अर्थात हातलार्इ अलग गरेर एक साथ दायाँ मुट्ठी घडीको दिशामा तथा बायाँ मुट्ठी घडीको विपरीत दिशामा खुट्टादेखि टाउकोसम्म लैजानुहोस्।

    कुदृष्टि (नराम्रो नजर) उतारने विधि गरिरहेको समय यो भन्नुहोस् ‘‘आउने-जाने, यात्रु, पशु-पक्षि, भूत-प्रेत, मान्त्रिक अथवा यो विश्वको कुनै पनि शक्तिको कुदृष्टि लागेको छ भने निस्केर जाआेस् अनि उनलार्इ रोग अथवा चोटबाट रक्षाहोस् ।’’

    मुट्ठिहरुलार्इ घुमाउने एवं धरतीलार्इ स्पर्श गर्नुको कारण : बताए अनुसार मुट्ठिहरुलार्इ घुमाउनाले, अनिष्ट स्पन्दन कुदृष्टि (नजर) उतारने पदार्थमा अवशोषित (observe) हुन्छ । त्यसपछि धरतीलार्इ स्पर्श गर्नाले, धरतीले तानि दिन्छ । मुट्ठिहरुलार्इ कति चोटी घुमाउने यो नजरको तीव्रतामा निर्भर गर्दछ । सूक्ष्म-स्तरीय मान्त्रिक प्राय: कालो जादू बिजोडी (odd) संख्यामा गर्दछन् त्यसैले मुट्ठिहरुलार्इ बिजोडी संख्यामा घुमाउनु पर्दछ ।
  •  चौथो कृत्य :

    अन्तमा मुट्ठिहरुमा लिएका सबै पदार्थ एक साथ तातो फलामको तावा अथवा जलिरहेको कोइलामा हालिदिनुहोस् ।