मर्त्यलोक के हो ?
विषयसूची
- मर्त्यलोक के हो ?
- १. मर्त्यलोक को परिचय
- २. मर्त्यलोक कसको लागि सर्वाधिक उपयुक्त हुन्छ ?
- ३. मर्त्यलोकको विभिन्न उपलोकहरु
- ३.१ मर्त्यलोकको प्रथम उपलोक : सूक्ष्म–देह अव्यवस्थित रुपमा संभ्रमित भएर यता–उता भागिरहेको छ ।
- ३.२ मर्त्यलोकको द्वितीय उपलोक : सूक्ष्म-देहको अधीरता
- ३.३ मर्त्यलोकको तेस्रो उपलोक : असंयमित सूक्ष्म–देह
- ३.४ मर्त्यलोकको चौथा उपलोक : अस्थिर सूक्ष्म–देह
- ३.५ मर्त्यलोकको पाँचौ उपलोक : वातावरणमा समायोजन बनाउनको लागि सूक्ष्म–देह द्वारा प्रयास गरिने
- ३.६ मर्त्यलोकको छैटौं उपविभाग : सूक्ष्म–देह द्वारा वातावरणको दबावले समायोजन र्गन सक्ने
- ३.७ मर्त्यलोकको सातौं उपलोक : सूक्ष्म-देह कहिले माथिको क्षेत्रमा त कहीले मध्यवर्त्ती क्षेत्रमा अधिक स्थिर हुने
- ३.८ मर्त्यलोकको आठौं उपलोक : सूक्ष्म–देह माथिल्लो क्षेत्रमा स्थिर हुने
- ३.९ मर्त्यलोकको नवौं उपविभाग : सूक्ष्म-देहलाई भान हुन्छ कि विभाजनलाई कसरी पार गर्ने
- ३.१० मर्त्यलोकको दशौं उपलोक : सूक्ष्म–देहलाई भान हुन्छ कि यस उपलोक विभागलाई कसरी पार गर्ने
- ३.११ सूक्ष्म अन्तरिक्ष यान : सूक्ष्म-देह यस क्षेत्रबाट धूमकेतुहरु जस्तै भूवर्लोकमा फालिन्छन्
- ४. मर्त्यलोकमा रहने कालावधि
१. मर्त्यलोक को परिचय
हामी मृत्युपछि कहाँ जान्छौं ? , यस लेखमा हामीले ब्रह्माण्डको १३ प्रमुख सूक्ष्म-क्षेत्रहरू वर्णन गरेका छौं जहाँ हामी मृत्युपछि जान्छौं। मृत्युको लगत्तै सबैजना ब्रह्माण्डको अस्थायी क्षेत्रमा जान्छन्, जसलाई मर्त्यालोक भनिन्छ। यस क्षेत्रमा सूक्ष्म-देह स्थूल शरीर बिना नै नयाँ अवस्थामा अभ्यस्त हुन्छ। यस लोकमा १० उपलोकहरू हुन्छन्, जसबाट सूक्ष्म शरीरहरू अगाडि बढ्छन्।
२. मर्त्यलोक कसको लागि सर्वाधिक उपयुक्त हुन्छ ?
जसको मृत्युपछि अन्तिम गन्तव्य भुवर्लोका हो, त्यसका लागि यो लोक सर्वाधिक उपयुक्त हुन्छ। यस्ता सूक्ष्म-दह पृथ्वीलोकमा आफ्नो जीवनकालको स्मरण तथा आसक्तिहरुको त्याग गर्दै मर्त्यलोक का विभिन्न उपलोकहरू हुँदै बिस्तारै-बिस्तारै अगाडि बढ्छन्।
आध्यात्मिक रूपमा अति विकसित मानिसहरूको सूक्ष्म-देह हल्का हुने तथा सांसारिक जीवनको आसक्ति नहुने कारण उनीहरू यस क्षेत्रबाट द्रुत रूपमा स्वर्ग, महर्लोका जस्ता उच्च सूक्ष्म-क्षेत्रहरूमा जान्छन्।
यसको विपरीत, पातालको कुनै लोकमा जाने सूक्ष्म-देह मर्त्यलोकमा धेरै समय नबिताइकन पातालको तल्लो लोकमा जान्छन्। यो सूक्ष्म-देह भारी भएको कारण यस्तो हुन्छ, जुन उनीहरूको जीवनकालमा गरिएका नकारात्मक कर्म, अहंकार र आसक्तिहरुरूले भरिएको हुन्छ।
३. मर्त्यलोकको विभिन्न उपलोकहरु
मर्त्यलोकको दस उप-लोकहरू छन्। हामीले यी प्रत्येक सूक्ष्म-लोकहरू तथा यी प्रत्येक उप-लोकहरूमा सूक्ष्म-देह द्वारा गरिने सामान्य व्यवहारको प्रारम्भिक विवरण दिएका छौं।
प्राचीन शास्त्रहरूमा पवित्र सूक्ष्म-नदी वैतरणीको वर्णन छ, जसमा भनिएको छ कि सबै मृतक पुर्खाहरूले भूवर्लोकमा प्रवेश गर्नु अघि यो नदी पार गर्नु पर्नेछ। यो वास्तवमा भूलोकको सबैतर्फ आपतत्त्वको एक सूक्ष्म कोष हो। यही कोष नै वैतरणी नदी हो। मृत्युपछि सूक्ष्म-देह वैतरणीमा डुबकी मारेर भूवर्लोकमा प्रवेश गर्छ। सूक्ष्म-देहको साथमा आएका स्थूल देहसँग सम्बन्धित शेष उत्सर्जित ग्यास तथा उप-प्राण शक्तिहरू वैतरणीमा त्यागिन्छन्।
यसरी वैतरणीले स्थूल देहसँग सम्बन्धित सूम्म-देहको अन्तिम अवशेषहरुलाई हटाईदिन्छ जसले मृत्युलोमा प्रवेश गर्नको लागि आवश्यक रुपमा सूक्ष्म बन्न सक्छन्।
टिप्पणि : म १, म २, म ३, ….. म १०
म १ को प्रयोग मर्त्यलोकको प्रथम उपलोकको लागि गरिएको छ । म २ मर्त्यलोकको द्वितीय उपलोक तथा यस्तै अन्य ।
३.१ मर्त्यलोकको प्रथम उपलोक : सूक्ष्म–देह अव्यवस्थित रुपमा संभ्रमित भएर यता–उता भागिरहेको छ ।
वैतरणी पार गरेपछि सूक्ष्म-देह मर्त्यलोकको प्रथम उपलोकमा प्रवेश गर्छ। यस लोकको वायुमण्डलको रंग रातो-बैजनी देखिन्छ। नयाँ वातावरण भएकोले गर्दा सूक्ष्मदेह यता-उता दौडिरहेको देखिन्छ। उनीलाई अंत:प्रेरणाले थाहा हुन्छ कि उनी अगाडि बढ्नु पर्छ; तर कुन बाटो योग्य छ भनेर उनीलाई थाहा हुँदैन। त्यसैले यस उपलोकमा सबै सूक्ष्म-शरीर बेचैन रहन्छन्।
३.२ मर्त्यलोकको द्वितीय उपलोक : सूक्ष्म-देहको अधीरता
यस उपलोकको वायुमण्डलमा बैजनी र रातो रंगका फराकिलो धारहरू हुन्छन्। यहाँ सूक्ष्म शरीरहरू डुब्ने स्थितिमा संघर्ष गरिरहेका देखिन्छन्। यस उपलोकामा प्रवेश गरेपछि, उनीहरू अघिल्लो उपलोका जस्तै यता उता दौडदैनन्। तर उनीहरू एकै ठाउँमा निरन्तर गतिशील देखिन्छन्। उनीहरुमा व्याकुलता देखिन्छन्। किनभने यो उपलोकमा आएपछि उनीहरू अघिल्लो उपलोकको तुलनामा यहाँ राम्रोसँग बस्न सक्षम हुन्छन् तर अहिलेपनि कुन बाटोमा हिँड्नुपर्छ भन्ने थाहा हुँदैन।
३.३ मर्त्यलोकको तेस्रो उपलोक : असंयमित सूक्ष्म–देह
यो उपलोकको वातावरण बैजनी रंग र रातो रङको धागो एकअर्कामा जोडिएको जस्तो देखिन्छ। यस उपलोकमा अनेक सूक्ष्म-देह अनियन्त्रित ढंगले तर तेर्सो रेखामा माथि र तल सरेको देखिन्छ। सूक्ष्म-देहले यहाँ अघिल्लो उपलोको तुलनामा अझ प्रगति गर्छ र समस्तरीय रेखामा बढ्ने प्रयास गर्छ।
३.४ मर्त्यलोकको चौथा उपलोक : अस्थिर सूक्ष्म–देह
यहाँ बैंगनी जस्तै रातो धागो आपसमा सझैं जेलिन्छ। यस उपलोकमा सूक्ष्म-देहेन अगाडिको उपलोकमा जानका लागि अत्यधिक व्याकुल प्रतीत हुन्छ। यस विभागमा सूक्ष्म-देह लम्बवत दिशामा माथि-तलको दिशामा गतिशील रहन्छ। किनकि समस्तरीय दिशामा गति गर्नाले मर्त्यलोकबाट बाहिर जान असफल रहन्त, त्यसैल लम्बवत दिशामा गति गर्छ।
३.५ मर्त्यलोकको पाँचौ उपलोक : वातावरणमा समायोजन बनाउनको लागि सूक्ष्म–देह द्वारा प्रयास गरिने
यस खण्डमा रज-तमका सूक्ष्म कणहरू देखिन्छन्। यसमा बैजनी जस्ता रातो रंगका धागोका धेरै पट्टिहरू देखिन्छन्। यस क्षेत्रमा सूक्ष्म-देहहरू अगाडि बढेको देखिन्छ, त्यसपछि स्थिर र फेरि अगाडि बढिरहेको देखिन्छ। उनीहरू अधिक स्थिरतातर्फ अघि बढेको देखिन्छ ।
३.६ मर्त्यलोकको छैटौं उपविभाग : सूक्ष्म–देह द्वारा वातावरणको दबावले समायोजन र्गन सक्ने
यस विभागमा सूक्ष्म-देह कहिलेकाही मध्यवर्त्ती क्षेत्रमा त कहीले तल्लो क्षेत्रमा अधिक स्थिर प्रतीत हुन्छ। यस विभागको वातावरण बैजनी जस्तो रातो बादलले भेरेको हुन्छ।
३.७ मर्त्यलोकको सातौं उपलोक : सूक्ष्म-देह कहिले माथिको क्षेत्रमा त कहीले मध्यवर्त्ती क्षेत्रमा अधिक स्थिर हुने
यस विभागमा बादल विरल हुन्छ तथा रज-तमको कण अधिक हुन्छ। सूक्ष्म-देहहरू कहिले माथिल्लो क्षेत्रमा त कहीले मध्यवर्त्ती क्षेत्रमा अधिक स्थिर हुन्छन्।
३.८ मर्त्यलोकको आठौं उपलोक : सूक्ष्म–देह माथिल्लो क्षेत्रमा स्थिर हुने
यह विभाग पूर्णतः बैजनी रंगको हुन्छ। रज-तमको कण विरल हुन जान्छ। सूक्ष्म-देह माथिल्लो क्षेत्रमा माथितर्फ स्थिर हुन जान्छ।
३.९ मर्त्यलोकको नवौं उपविभाग : सूक्ष्म-देहलाई भान हुन्छ कि विभाजनलाई कसरी पार गर्ने
यो विभाग पूर्णतः बैजनी रंगको हुन्छ। यस विभागमा सूक्ष्म-देहको बाह्य आवरणबाट प्रकाशमान तरंगहरु निस्किरहेको देखिन्छ। यी प्रकाशमान तरंगहरुको शक्तिको बलमा सूक्ष्म-देह अगाडिको क्षेत्रमा जान्छन्।
३.१० मर्त्यलोकको दशौं उपलोक : सूक्ष्म–देहलाई भान हुन्छ कि यस उपलोक विभागलाई कसरी पार गर्ने
यस विभागको वायुमंडल हल्का बैजनी रंगको हुन्छ। यस विभागमा सूक्ष्म-देह अत्यल्प समयमा यस विभागमा अभ्यस्त भएको देखिन्छ। नवौं उपलोकको वायव्य आवरणको सहायताले सूक्ष्म-देह माथिल्लो दिशामा फ्याँकिन्छ। कर्मको आधारमा यो निश्चित हुन्छ कि उनको गन्तव्य भूवर्लोक हो कि अन्य लोक।
३.११ सूक्ष्म अन्तरिक्ष यान : सूक्ष्म-देह यस क्षेत्रबाट धूमकेतुहरु जस्तै भूवर्लोकमा फालिन्छन्
यसलाई पूर्खाको वाहन पनि भनिन्छ। यसको आफ्नै शक्ति हुन्छ। यहि शक्तिको वेगको कारण नै सूक्ष्म-देह यस क्षेत्रबाट धूमकेतु समान भूवर्लोकमा फालिन्छन्। यस क्षेत्रमा आँधी जस्तै ध्वनि सुनार्इ दिन्छ।
मर्त्यलोकको रंगहरू सामूहिक रूपमा बैजनी र रातो रंगको प्रवाह हुन्छ। यो चाहनाका तरंगहरूलाई विघटन गर्ने उपयुक्त व्यवस्था हो। यो सूक्ष्म-देहको वरिपरि विद्यमान कोषहरु अथवा सूक्ष्म-देहहरूको वरिपरि विद्यमान संस्कारहरुको केन्द्रमा हुन्छ। यस बाहेक, यो स्थूल देहसँग सम्बन्धित उत्सर्जन गर्ने ग्यासहरूको निरन्तर विघटनको कारण पनि हुन्छ।
४. मर्त्यलोकमा रहने कालावधि
मर्त्यलोकमा रहने कालावधि केहि महिना देखि वर्षोसम्म हुन्छ।
त्यहाँ रहने कालावधि निर्धारण गर्ने घटकहरु हुन् :
१. मृत पूर्खाको आसक्तिहरुको तीव्रता : आसक्ति जति अधिक हुन्छ अगाडि बढ्नको लागि त्यति सुस्त हुन्छ।
२. मृत पूर्खाहरुलाई गरिएको धार्मिक विधिहरु : गरिएको विशिष्ट धार्मिक विधिहरुको आधारमा सूक्ष्म-देहलाई अगाडिको यात्राको लागि गति प्राप्त हुन्छ।
३. आध्यात्मिक स्तर : ५० प्रतिशत आध्यात्मिक स्तर भएको सूक्ष्म-देह ३० प्रतिशत आध्यात्मिक स्तर भएको सूक्ष्म-देहको तुलनामा शीघ्रतासँग यो लोक पार गर्दछ। यो पञ्चज्ञानेन्द्रिय, मन तथा बुद्धिको लयको कारण सूक्ष्म-देह हल्का भएको कारण हुन्छ।
जब हामी भन्छैं कि मृत पूर्खा पृथ्वीसँग बद्ध छ, तब यसको अर्थ हुन्छ कि उनी मर्त्यलोकमा अटिएको छ। जब यस्तो हुन्छ तब हामी उनीहरुको लागि विशिष्ट आध्यात्मिक क्षमता भएको धार्मिक विधिहरु तथा श्री गुरुदेव दत्त को विशेष सुरक्षात्मक जप गर्न सक्छौं।
वर्त्तमान समयमा धेरै प्रसंगहरुमा, न त मृत व्यक्ति अध्यात्मको मूलभूत छः सिद्धांत अनुसार पर्याप्त साधना गरेको हुन्छ न त उनका सन्तानहरुले कुनै उपयुक्त धार्मिक विधिहरु गर्छन् वा श्री गुरुदेव दत्तको नामजप गर्छन्। परिणामस्वरूप अधिकांश सूक्ष्म-देहहरु मर्त्यलोकमा वर्षैंसम्म सुस्त रहन्छन्!