कुदृष्टि (नराम्रो नजर) हटाउने विधिको अर्थ

कुदृष्टि (नराम्रो नजर) हटाउने भन्नुको अर्थ के हो अनि यसले हामीलार्इ कसरी लाभ हुन्छ ?

परिभाषा : कुदृष्टि (नराम्रो नजर) हटाउने विधि एउटा प्रक्रिया हो, जसको माध्यमबाट प्रभावित व्यक्तिको प्राणमयकोष (प्राणदेह) तथा मनोमयकोष (मनोदेह – तल दिएको चित्र हर्नुहोस्) मा विद्यमान कष्टदायक तरङ्ग अथवा कालो शक्ति यस विधिमा प्रयोग गरेको वस्तुहरुमा खिचिन्छन् । त्यसपछि विधिमा प्रयोग गरेका वस्तुहरुलार्इ अग्निमा जलाएर कालो शक्ति अथवा कष्टदायक तरङ्गहरुका प्रभाव कम गरिन्छ ।

  • कुदृष्टि, कालो जादू अथवा अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस, शैतान इत्यादि) द्वारा दिएको यातनानाबाट प्रभावित व्यक्ति कुदृष्टि (नराम्रो नजर) हटाउने विधिबाट फार्इदा मिल्छ ।
  • कष्ट कति कम हुन्छ, यो कष्टको तीव्रतामा निर्भर गर्द्छ । यो विधिले सामान्यतया ४० – ४५ प्रतिशत आध्यात्मिक स्तरको अनिष्ट शक्तिहरु (भूत, प्रेत, राक्षस, शैतान इत्यादि) प्रभावित हुन्छन् । अनिष्ट शक्तिहरु (भूत, प्रेत, राक्षस, शैतान इत्यादि) साधनाद्वारा उच्च आध्यात्मिक स्तर प्राप्त गर्न सक्छन्; तर आफ्नो आध्यात्मिक शक्ति अरुलार्इ कष्ट दिनुमा उपयोग गर्द्छ ।

यो विधिमा प्रार्थना अति महत्त्वपूर्ण अङ्ग हो : प्रथम श्री हनुमानलार्इ प्रार्थना गरि उनीबाट शक्ति प्राप्त गरि कुदृष्टि (नराम्रो नजर) हटाउने विधि गर्नाले, विधि गर्ने व्यक्तिलार्इ कुनै कष्ट हुदैन तथा प्रभावित व्यक्तिको कष्ट पनि छिटै कम हुन्छ ।