के बिना श्रद्धा नामजप गर्दा पनि केहि लाभ हुन्छ ?

हुन्छ, बिना श्रद्धा ईश्वरको नामजपन गर्दा पनि हामीलाई लाभ प्राप्त हुन्छ, तर यो सांसारिक लाभसम्म सीमित रहन्छ ।

भिटामिन गोलीको उदाहरण : ईश्वरको प्रत्येक नाम एउटा विशेष तत्त्वलाई प्रदर्शित गर्दछ । ईश्वरको कुनै विशेष नाम जप, हामीलाई त्यो विशेषतत्त्वको माध्यमद्वारा लाभ प्रदान गर्दछ । यसलाई भिटामिनको गोलीको उदाहरणद्वारा बुझौं । जसरी हामी कुनै विटामिनको गोली लिन्छौं, तब हामी त्यही भिटामिनको लाभ मिल्दछ अर्थात हाम्रो शरीरमा त्यो भिटामिनको स्तर बढ्दछ । भिटामिनको गोलीमाथि विश्वास नराखि खाएमा पनि परिणामस्वरुप भिटामिनको स्तर बढ्दछ । यस प्रकार यदि हामी ईश्वरको नामजप गर्छौं भने हामीमा त्यो तत्त्वको वृद्धि हुन्छ; चाहे त्यो हाम्रो संस्कृति तथा धर्मको अनुरूप होस् अथवा नहोस्, अथवा श्रद्धा सहित अथवा बिना श्रद्धाको नामजप होस् ।

श्रद्धा सहित नामजप तथा बिना श्रद्धा नामजप : वास्तवमा अधिकांश मानिसहरुको आध्यात्मिक स्तर ३० प्रतिशत भन्दा कम हुन्छ, ईश्वरमाथि उनीहरुको श्रद्धा मात्र ०-२ प्रतिशत हुन्छ  (तल दिएको ग्राफको सन्दर्भ लिनुहोस्) । उनिहरुको प्रकरणमा नामजप अत्यल्प अथवा बिना श्रद्धा प्रारम्भ हुन्छ । तर त्यसरी गरेको नामजपद्वारा उनीहरुलाई संसारिक लाभ साथौ विविध आध्यात्मिक अनुभूतिहरु पनि हुन्छन् जसको परिणाम स्वरूप उनीहरुमा श्रद्धा जागृत हुन्छन् । यद्यपि यदि कोहि श्रद्धाको साथ नामजप गर्छ भने उनलाई अनन्य लाभ पनि प्राप्त हुन्छ । एउटा भनाई छ, सांसारिक जीवनमा पैसानै सबै कुरा हो तथा आध्यात्मिक जीवनमा श्रद्धानै सबै कुरा हो । जब हामी श्रद्धाको साथ मानामजप गर्छौं :

१. जुन देवताको तत्त्व (ईश्वरको तत्त्व) को हामी नामजप गर्छौं, त्यहि ईश्वरी तत्तवको शक्ति त्वरित सक्रिय हुन्छ

२. प्रभाव दीर्घकालीनसम्म हुन्छ र

३. सबैभन्दा महत्त्वपूर्ण हो यदि श्रद्धाको साथ नामजप गर्यौं भने हाम्रो आध्यात्मिक प्रगति ईश्वरप्राप्तिको दिशातर्फ हुन्छ ।

यो हुनुको कारण हो जब हामी श्रद्धाको साथ नामजप गर्छौं, तब हामी ईश्वरको उपस्थिति अधिकाधिक अनुभव गर्न थालछौं । यसको तात्पर्य हो भाव अवस्थामा वृद्धि, जुन सबैमा ईश्वरको उपस्थितिको अनुभव गर्ने क्षमता हो । ईश्वरको उपस्थितिको अनुभवले हाम्रो ध्यान स्वयंबाट घट्छ, यसले हाम्रो अहं क्षीण हुन्छ । अल्प अहंको कारण हामी जुन देवताको नामजप गरिरहेको हुन्छौं त्यो देवताको शक्ति प्राप्त गर्नको लागि अधिक सक्षम हुन्छौं ।

क्रियाको नियमको अनुसार, हाम्रो प्रत्येक कृत्यको परिणाम हुन्छ । यदि हामी कुनै निश्चित सांसारिक लाभ प्राप्तिको लागि नामजप गर्छौं भने तोकिएको संख्यामा नामजपपूर्ण गरेपछि हाम्रो सांसारिक इच्छाहरु पुरा हुन्छन् । तर यदि हामी ईश्वरप्राप्तिको उद्देश्यले नामजप गर्छौं भने त्यसले हाम्रो आध्यात्मिक प्रगति हुन्छ ।

श्रद्धा एवं बिना श्रद्धा नामजप गर्दा प्रभाव

निम्न ग्राफ दर्शाउँछ कि नामजप आध्यात्मिक स्तर अनुसार बढ्दछ ।

के बिना श्रद्धा नामजप गर्दा पनि केहि लाभ हुन्छ ?
निम्नलिखित तालिका दुई व्यक्तिहरुमा उत्पन्न भएको आध्यात्मिक शक्तिको अन्तर दर्शाउँछ, जसमा एउटा व्यक्तिको आध्यात्मिक स्तर ३० प्रतिशत तथा आर्को व्यक्तिको ७० प्रतिशत हुन्छ । दुवै आ-आफ्नो श्रद्धा अनुसार नामजप गरिराखेका छन् ।

आध्यात्मिक स्तर अनुसार श्रद्धा सहित गरिएको नामजपको प्रभाव
आध्यात्मिक स्तर ३०% ७०%
निर्मित आध्यात्मिक शक्तिको प्रभाव १००,०००

टिप्पणी : मन्त्रजपबाट लाभ प्राप्त गर्न उच्चारणको महत्त्व हुन्छ । मन्त्रजप श्रद्धासहित गरिएको छ अथवा छैन, यो महत्त्वपूर्ण हुँदैन ।