नामजप र ध्यानमा के अंतर छ ?

१. ध्यान र नामजप – प्रस्तावना

वर्तमान समयमा मनःशान्ति, तनावमुक्ति, एकाग्रता आदिको लागि अधिकांशतः ध्यानको अभ्यास गर्ने हेतु सुझाव दिन्छ । यो लेखमा हामी ध्यान र नामजपमा अन्तर बताउने छौं, किन वर्तमान समयमा ध्यान गर्न कठिन हुन्छ र किन आध्यात्मिक उन्नति चाहनेहरुलाई नामजपको बढी महत्व हुन्छ ।

२. नामजप र ध्यानको परिभाषा

यो लेखमा हामीले ‘ध्यान’ शब्दको उपयोग अति जाग्रत अथवा चेतनावस्था, निर्विचार अवस्थाको सन्दर्भमा गरेका छौं । यो अवस्थाको अनुभूति अत्यधिक प्रयासद्वारा गर्न सकिन्छ ।

नामजप, ईश्वरको नाम निरन्तर दोहोर्याउनु हो ।

३. ध्यान र नामजपमा तुलना

निम्न तालिका दर्शाउछ कि वर्तमान कलियुगमा ध्यानको तुलनामा नामजप श्रेयस्कर किन छ :

ध्यान नामजप
१. साधनाको मर्यादा अ. कति व्यक्ति यसलाई गर्न सक्छन ? केहि धेरै
आ. यो दिनमा कति समयसम्म गर्न सकिन्छ ? केहि घण्टासम्म धेरै समयसम्म
इ. कारण ध्यानको लागि केहि बन्धनहरु छन् किनभने व्यक्ति एउटा विशेष स्थानमा बसेर आफ्नो श्वासमाथि ध्यान केन्द्रित गर्नुपर्छ र आफ्नो मनलाई ध्यानमा लगाउनु पर्छ । नामजप गर्नको लागि कुनै बन्धन छैन, व्यक्ति जहाँ भएपनि नामजप गर्न सक्छ ।
२. कम तथा अधिक लाभ हुनुको कारण १. व्यक्ति ध्यान गर्दा सत्सेवा गर्न सक्दैन  । १. व्यक्ति नामजप गर्दा सत्सेवा गर्न सक्छ ।
२. अन्तर्मनमा कुनै नयाँ संस्कार निर्मित हुँदैन जस्तै नामजपमा हुदैन । यस कारणले ध्यानद्वारा धेरै जन्मको संस्कारहरुलाई अचेतन मनबाट निकालन तथा शुद्धिकरण गर्न अधिक समय लाग्न सक्छ । २. अन्तर्मनमा नामजपको संस्कार निर्मित हुन्छ जसले धेरै जन्महरुको संस्कार नष्ट हुन्छ र मनको शुद्धिकरणको लागि अल्प समय लाग्दछ ।
३. यसद्वारा ईश्वरको आन्तरिक सानिध्यमा रहन सम्भब हुन्छ तर कलियुगमा थोरै व्यक्ति मात्र यस्तो गर्न सक्छ । ३. यसद्वारा सतत ईश्वरको आन्तरिक सान्निध्यमा रहन सम्भव अनि सरल हुन्छ ।

४. ध्यानको तुलनामा नामजप गर्नुको व्यावहारिक लाभहरु

ध्यानको तुलनामा नामजपको व्यावहारिक लाभको विषयमा तल दिएको सूत्रहरुमा विस्तृत विश्लेषण गरिएको छ :

निर्विघ्न साधना : ध्यानमा हामी विशिष्ट आसनमा बस्नु पर्दछ । यदि हामीलाई मेरुदण्डको पिडा छ भने त्यो आसनमा बस्नु कठिन हुन सक्छ । नामजप गर्नको लागि कुनै पनि प्रकारको बन्धन छैन । साथै, ध्यानको अभ्यास गर्न समय ध्यानावस्थामा जान समय लाग्छ तर नामजपमा यस्तो आवश्यक छैन ।

साधनामा निरन्तरता : ध्यान दिनभर लगातार गर्न सकिदैन तर नामजप निरन्तर गर्न सक्छ । ईश्वरीय तत्त्वसँग एकरूप हुनको लागि निरन्तर आध्यात्मिक अभ्यास गर्नु आवश्यक छ ।

रूचि अरूचिमा कमि : खाना खाने समय हामी नामजप गर्न सक्छौं । जब हाम्रो मन नामजपमा मग्न हुन्छ तब हामी भूल्छौं कि हामी के खाई रहेको छौं, जसले हाम्रो रूचि र अरूचि घटनमा सहायता हुन्छ । यदि हामी प्रत्येक कृत्य गर्ने समय नामजप गर्छौं भने तब हाम्रो मनमा निर्मित सबै संस्कार बिस्तारै न्यून हुदै जान्छ । यो ध्यान अभ्यास गर्ने समय हुदैन ।

सततजाग्रत अवस्था’, अर्थात सहजावस्था अथवा ईश्वरको अनुभूति : ध्यान गर्ने साधक ध्यानावस्थाको उपरांत जाग्रत अवस्थामा आउछ किनभने उसलाई स्थूल आयामको प्रति आकर्षण हुन थाल्छ । अर्कोतर्फ निरन्तर नामजप गर्ने साधक सतत ‘जाग्रत अवस्था’ मा नै रहन्छ, जुन एक प्रकारले अखण्ड ध्यानावस्था नै हो ।

स्थूल जगत प्रति आकर्षण : अवचेतन मनमा भएको संस्कारहरुले हामी स्थूल (भैतिक) आयामतर्फ आकर्षित गर्दछ । ध्यानको क्रममा अवचेतन मनमा भएका संस्कारहरु केवल दमन हुन्छन् र हटाइदैन्न् । नामजपद्वारा ती संस्कारहरु अत्यधिक मात्रामा नष्ट हुन्छन् ।

सूक्ष्म विचारहरु प्रकट हुने : मनलाई निर्विचार राख्नुको अर्थ हो अन्तर्बाह्य कहाँ पनि ध्यान नदिनु । यद्यपि यो अवस्थामा सूक्ष्म संस्कार केहि क्षणको लागि बाहिर आउँदछ । अर्कोतर्फ जब हामी ईश्वरको नामजप एकाग्रताको साथ गर्छौं, तब अन्य विचारको विक्षेपणको  कारण अथवा भक्ति केन्द्रको  निर्मिति हुनको कारण यो सूक्ष्म संस्कार बाहिर आउँदैन । त्यसैले नामजप निर्विचार मन भन्दा अधिक श्रेयस्कर हुन्छ ।

आध्यात्मिक अनुभूतिहरु आध्यात्मिक स्तर  : ध्यानावस्थामा आउने अनुभूतिहरु कसैको आध्यात्मिक स्तर दर्शाउदैन । यसको विपरीत नामजपद्वारा प्राप्त हुने अनुभूतिहरु यो दर्शाउछ । उदाहरणको लागि, ध्यानावस्थाबाट प्राप्त निर्विचार अवस्था यो दर्शाउदैन कि व्यक्तिले आत्म साक्षात्कारलाई प्राप्त गर्यो, जब कि निरन्तर आफै हुने नामजप यो दर्शाउछकि आध्यात्मिक स्तर ४०% छ ।

सही अथवा गलत अनुभूतिहरु : नामजपद्वारा हुने अनुभूतिहरु सही (सत्य) हुन्छ  किनभने यो ईश्वरको नामको साथ एकरूप हुनुको फलस्वरूप हुन्छ । ध्यानावस्थामा हुने शून्य अथवा निर्विचार अवस्थाको अनुभूति मायावी हुन्छ किनभने यो अनुभूतिको विषयमा व्यक्ति अनभिज्ञ हुन्छ । जब कोहि नामजप गर्दछ, तब सतर्कताको कारण उ वास्तवमा त्यसको अनुभव गर्दछ ।

विभिन्न स्तरहरुको अनुभव गर्ने : ध्यानावस्थामा हामी एक जडता (प्रेतवत अवस्था) अनुभव गर्छौं, नामजपबाट हामीलाई चैतन्य अनुभव हुन्छ ।

कृत्रिम सहज अवस्था : ध्यान कृत्रिम अवस्था हो, नामजपद्वारा हामी प्राकृतिक अवस्था प्राप्त गरि ईश्वरको संधानमा रहन्छ ।नामजप र ध्यानमा के अंतर छ ?

अहं: 

अहं धेरै बलशाली एवं कठोर हुन्छ । अतः निम्नलिखित कारणले ध्यानको माध्यमद्वारा यसलाई नष्ट गर्न अत्यन्त कठिन हुन्छ :

  • ध्यानको माध्यमद्वारा ईश्वरीय तत्वसँग एकरूप हुन सरल हुदैन, किनभने यो विचार र अनुभव उनी ईश्वरबाट विभक्त छ, सदैव दृढ बनि रहन्छ । यो भावना कि “म ईश्वरभन्दा अलग हुँ” अहं हो ।
  • ‘‘म ध्यान गर्दछु ’’, ‘‘म ध्यानावस्थामा गई रहेको छु ’’ यस्तो विचार आउनु धेरै सरल हुन्छ । यसले स्वयंको, मन एवं देहको भान बढाउछ साथमा यो विचार पनि दिन सकछ कि उ विशेष र अद्वितीय छ, जसले अहं बढ्दछ ।
  • नामजप गर्ने समय, ईश्वरको भान अधिक हुन्छ । ईश्वरको कृपाले हामी नामजप गरि रहेका छौं यसको अनुभूति पनि गर्छौं । फलतः, साधना गरि रहेको छुँ यसको अहंकार हुदैन र अहंकारको क्षय हुन्छ ।

नामजपले हामीलाई अनिष्ट शक्तिबाट रक्षा गर्दछ : ध्यान अवस्थामा मन निर्विचार हुन्छ । यो अवस्थामा कुनै अनिष्ट शक्तिले हामीलाई कष्ट दिन सक्छ । आर्केतर्फ, जब हामी नामजप गर्छौं तब हाम्रो सबैतर्फ सुरक्षा कवच निर्माण हुन्छ जुन अनिष्ट शक्तिबाट हाम्रो रक्षा गर्दछ ।

साधनामा पूर्णता : नामजप जहिले पनि सबै कृत्यको साथ गर्न सकिन्छ, अर्थात साधनाको अन्य पक्षहरु पनि साथ-साथै गर्न सकिन्छ । उदाहरणको लागि, भाव जागृति , निरपेक्ष प्रेम (प्रीति) , स्वभावदोषअहंको अभ्यास गरि त्यसलाई  निर्मूलन गर्नको लागि प्रयास इत्यादि गर्न सक्छौं । यो महत्वपूर्ण छ किनभने हाम्रो सारा दायित्त्व जस्तौ घर, सन्तान, जागिर आदि हेर्दै साधना गर्नु पर्छ ।

५. सारांश – ध्यान र नामजप

वर्तमान समयमा अधिकांश मानिसहरु ध्यान साधना स्वयंमा एक मनोवैज्ञानिक सुधार ल्याउने रुपमा गरिन्छ न कि आध्यात्मिक प्रगतिको लागि साधनाको रुपमा । त्यसै कारण ध्यानको माध्यमले जुन लाभ हुनु पर्थ्यो त्यो मात्र मनोवैज्ञानिक स्तरको हुन जान्छ ।

माथि दिएको तुलनाको आधारमा आजको युगमा आध्यात्मिक प्रगतिको लागि ईश्वरको नामजप सबै भन्दा राम्रो हुन्छ ।

यदि तपाई पहिला देखिनै आध्यात्मिक प्रगतिको लागि ध्यान साधना गर्दै हुनु हुन्छ भने, हाम्रो सुझाव छ कि तपाई त्यो साधनालाई नामजपको साधनाको साथ गर्नुहोस् । ईश्वरको कुन नामको जप गर्नु पर्छ, यो विषयमा अधिक जानकारीको लागि यो लेख पढ्नुहोस् : ईश्वरको कुन नामको जप गर्नु पर्दछ ।