पितृपूजा तथा पूर्वजको उपासना

1. पूर्खाको उपासना तथा पितृपूजा – प्रस्तावना

पूर्खाको उपासना अथवा पितृपूजा कुनै न कुनै रूपमा पूरै विश्वमा मानिन्छ । प्रथाको प्रकार अनि विधिमा भिन्नता हुन सक्छ; कुनै संस्कृतिमा पूर्खालार्इ देवताको रूपमा उपासना गरिन्छ । पूर्खाको उपासना तथा पितृपूजामा आधारित यी दुइ भागको श्रृंखलामा हामी सामान्य आदर अनि सम्मान देखि लिएर पितृको पूजा सम्म विभिन्न प्रथाहरु अनि धारणाहरुको आध्यात्मिक परिप्रेक्ष्य उपलब्ध गराउने छौं, जसले व्यक्ति सोच-बिचार गरेर निर्णय लिन सक्छ कि आफ्नो अनि मृत पूर्खाको दृष्टिकोणले मृत पूर्खाको साथ कस्तो व्यवहार गर्नुपर्छ ।

मृत पूर्खाको लागि सर्वप्रथम विधि हो, अन्त्येष्टि संस्कार अनि हामीले प्रचलित अन्त्येष्टि विधिको आध्यात्मिक परिप्रेक्ष्य हाम्रो लेख – अग्निसंस्कार विरुद्ध दफन पद्धतिमा दिएका छौं ।

2. पूर्खाको उपासना अथवा पितृपूजाको लागि प्रेरित गर्ने केही प्रचलित धारणाहरु

  • सुरक्षा : यस्तो मानिन्छ कि मृत पूर्खासँग विशेष अधिकार, महान शक्ति हुन्छ, जसले कुनै घटनाक्रमलार्इ प्रभावित गर्न सक्छ अथवा आफ्नो सम्बन्धिको भलाईमा नियन्त्रण राख्न सक्छ । उनी आफ्नो परिवारलार्इ सुरक्षा प्रदान गर्छ, उनीहरुलार्इ एकजुट राख्नमा ध्यान हुन्छ । जीवित व्यक्ति, यो मान्छ कि मृत पूर्खा अभिभावक देवदूत हुन्छ, जो उनलार्इ गम्भीर दुर्घटनाबाट बचाउँछ अनि जीवनको पथ-प्रदर्शक हुन्छ ।
  • हस्तक्षेप : कहिले काहि पूर्खालार्इ भगवान (अथवा देवता) अनि उनको परिवार बीचको मध्यस्थ मानिन्छ । मानिन्छ कि उनी र्इश्वर, सन्त अनि देवतासँग परिवारको भलाईको लागि अनुनय विनय गर्दछ ।
  • भय एवं सम्मान : कु्नै संस्कृतिमा वंशजको पितर प्रति भय एवं सम्मानको मिश्रभाव रहन्छ । यो मानिन्छ कि यदि पितरलार्इ अनदेखा गरियो भने, उनको उपासना अथवा पूजा गरेन भने तब रोग अथवा अन्य संकट उत्पन्न गरिदिन्छ ।
  • मृत्यपछिको जीवनसॅंग संवाद : पितरसँग सपनाको माध्यमबाट अथवा उनलार्इ आफ्नो वशमा गरि वंशजसँग सम्वाद गर्ने क्षमता हुन्छ ।
  • जीवन–सम्बन्धी निर्णयमा सहायक : कहिले काहि वंशज पूर्खासँग महत्त्वपूर्ण निर्णयमा मार्गदर्शन पाउनको लागि आत्मायन अनि माध्यम अथवा ओजा बोर्डको प्रयोग गर्छ ।

निम्नलिखित विभागमा हामीले पितृपूजालार्इ बढावा दिने इन धारणाहरुको विषयमा गरिएको आध्यात्मिक अनुसन्धानको विवरण दिएका छौं ।

3. आफ्नो वंशजको रक्षा गर्ने तथा उनको ध्यान राख्ने पितरको क्षमता : 

ब्रह्माण्डको कुनै सूक्ष्म-लोकमा रहने सूक्ष्म-देहले पृथ्वीमा (भूलोकमा) कसैको रक्षा गर्ने क्षमता त्यस सूक्ष्म-देहको आध्यात्मिक सामर्थ्य अथवा आध्यात्मिक बलमा निर्भर रहन्छ । निम्न सारणीमा मृत्यपछि विविध सूक्ष्म-लोकमा जाने व्यक्तिको अनुपात दिएको छ ।

लोकको प्रकार

मृत्यपछि लोकमा जाने व्यक्तिको अनुपात

सम्बन्धित आध्यात्मिक बल

मुख्य उद्देश्य

ब्रह्माण्डको उच्च  लोक (महर्लोक एवं त्यस भन्दा अगाडि)

०.१ %  भन्दा कम

+१०० देखि असंख्य

आध्यात्मिक प्रगति
स्वर्ग

१ %   भन्दा कम

+ ५

आफ्नो पुण्य कर्मको फल भोग्ने
भुवर्लोक

८५ %

+

उत्तरजीविता
नरकको पहिले अनि दोस्रो लोक (पाताल)

१० %

-१० देखि -२०

उत्तरजीविता एवं अरुलार्इ कष्ट दिने
नरकको तेस्रो लोक अनि यो भन्दा तल

४ %

-३० देखि नकारात्मक असंख्यता भन्दा केहि कम

अरुलार्इ कष्ट दिने

टिप्पणी : आध्यात्मिक बलको नकारात्मक अंक यो दर्शाउँछ कि शक्ति शैतानी आध्यात्मिक शक्ति हो । यो कालो शक्तिको नामबाट जानिन्छ ।

प्राय: पितर एक देखि तीन पीढिसम्म पृथ्वीमा आफ्नो पूर्वजीवनको आसक्तिबाट मुक्त हुन सक्छ । एउटा पीढीको अर्थ लगभग ३० वर्ष हो । अर्को शब्दमा व्यक्ति आफ्नो आमा-बाबा देखि लिएर आफ्नो जीज्यु बुवा-आमा सम्मको पीढिले प्रभावित हुन्छ । एउटा अर्को मुद्दा यो कालावधिले निश्चित  हुन्छ कि पृथ्वीमा गरिएको अनुचित कर्मको फल जुन व्यक्ति सूक्ष्म-लोकमा यातनाको रूपमा भोग्नुपर्छ । पूर्खा जब यी यातनाहरुलार्इ भोगि रहेको हुन्छ, तब उनलार्इ थाहा हुन्छ कि उनको पृथ्वीको जीवन कालमा कुन भाग त्यस यातनाको कारण हो । यो कालावधिमा आफ्नो पूर्व सांसारिक जीवनसँग जोडि रहेको हुन्छ अनि यसले उनको वंशजलार्इ अवश्य प्रभावित पार्छ ।

समष्टि आध्यात्मिक स्तरको अर्थ हो, समाजको हितको लागि आध्यात्मिक साधना (समष्टि साधना) गरेर प्राप्त भएको आध्यात्मिक स्तर; जब कि व्यष्टि आध्यात्मिक साधनाको अर्थ हो, व्यक्तिगत आध्यात्मिक साधना (व्यष्टि साधना) गरेर प्राप्त आध्यात्मिक स्तर । वर्तमान समयमा समाजको हितको लागि आध्यात्मिक साधना (प्रगति) गर्ने महत्त्व ७०% छ, जब कि व्यक्तिगत आध्यात्मिक साधनाको महत्त्व ३०% छ ।
  • केवल त्यही सूक्ष्म-देह पृथ्वीमा आफ्नो वंशजलार्इ केही गर्न सक्छ, जो आध्यात्मिक दृष्टिले  उन्नत छ अनि ब्रह्माण्डको उच्च लोकमा उदा. महर्लोक, जनलोक आदि मा रहन्छ । यी सूक्ष्म-देहहरुको आध्यात्मिक स्तर ६० प्रतिशत (समष्टि) अथवा ७० प्रतिशत (व्यष्टि) रहन्छन् । तर व्यवहारमा व्यक्तिलार्इ ती उन्नत सूक्ष्मदेहसँग कुनै सांसारिक सहायता  मिल्दैन । यसको दुर्इ कारण छन् :
    • सर्वप्रथम, ०.१ प्रतिशत भन्दा कम पूर्वज ब्रह्माण्डको उच्च लोकमा जान्छन्; किन कि यसको लागि व्यक्तिको स्तर ६० प्रतिशत (समष्टि) अथवा ७० प्रतिशत (व्यष्टि) हुनुपर्छ ।
    • दोस्रो, यद्यपि हाम्रो पूर्खा उच्च आध्यात्मिक स्तरको हुनुहुन्छ भने, उनी कुनै पनि प्रकारको सांसारिक सहायता गर्न चाहदैन्न् । जब कुनै व्यक्ति उन्नति गर्छ, उनको ध्यान केवल आध्यात्मिक उन्नतितर्फ नै रहन्छ । त्यसैले उनी जब अरुलार्इ सहायता गर्छ, त्यो पनि ती व्यक्तिको आध्यात्मिक उन्नतिको दृष्टिले हुन्छ । साथै उनको आफ्नो परिवारसँग धनिष्टता घट्दै जान्छ; किन कि उनको दृष्टिकोण अधिक व्यापक हुँदै जान्छ, जस्तै पूरै मानवतालार्इ आध्यात्मिक उन्नतिमा सहायता गर्ने ।
  • उच्च अनि तल्लो स्वर्गको सूक्ष्म-देह आध्यात्मिक दृष्टिले केही उन्नत हुन्छन्; तथापि स्वर्गमा उनको अधिकांश सहभागिता पृथ्वीमा गरेको पुण्यकर्मको फल उपभोग गर्नमा हुन्छ । त्यसैले धेरै कम मात्रामा पृथ्वीमा आफ्नो वंशजको सहायता गर्छ । यसको साथ साथै उनको आध्यात्मिक बल न्यून हुन्छ, त्यसैले यदि उनी आफ्नो वंशजलार्इ सहायता गर्छ भने पनि सानोतिनो सांसारिक कार्यमा गर्छ । हाम्रो कुल पूर्खा मध्य १ प्रतिशत भन्दा पनि कम मृत पूर्वज स्वर्गलोकमा जान्छन् ।
  • हाम्रो अधिकांश पूर्वज भुवर्लोक अनि नरकको पहिलो अनि दोस्रो लोकमा जान्छन् । त्याहाँको वातावरण ज्यादै यातनाले भरेको हुन्छ । साधनाको अभाववश तथा अनेक आसक्ति, अतृप्त इच्छाहरुको कारण मृत पूर्खाको सूक्ष्म-देह यी लोकहरुमा दु:ख अनुभव गर्छ । अधिकतर उनीहरु आफ्नो वंशजलार्इ कष्ट पुराउन चाहन्छन् । पूर्वज आफ्नो वंशजलार्इ कष्ट किन पुराउन चाहन्छ, यसको दुर्इ कारण छन् –
    • अतृप्त इच्छाहरु
    • मृत्युपछि गति नपाएपछि अनि उच्च सकारात्मक लोक अथवा उपलोक नपाउनुको कारण

    कृपया पढ्नुहोस् हाम्रो लेख – किन मेरो मृत प्रियजन एवं अन्य पूर्वज मलार्इ पीडा दिन चाहन्छ ? यदि पूर्खा द्वारा सहायता उपलब्ध गर्यो भने केवल सहायता गर्ने उत्कट इच्छाको  कारण हुन्छ । त्यो पनि प्राय: सानोतिनो कुरा जस्तै नोकरी पाउने आदि को लागि । तर यदि पृथ्वीमा वंशजको साथ तीव्र प्रारब्धको कारण कुनै कष्टदायी घटना हुन्छ भने, तब वंशज द्वारा स्वयं साधना नगरेसम्म त्यो घटनामा परिवर्तन गर्न असम्भव छ ।

  • जुन पूर्खा नरकको तल्लो लोकमा रहन्छ, उनी सामान्यतया आफ्नो वंशजलार्इ केवल कष्ट दिन्छ, कहिले पनि सहायता गर्दैन ।

मृत पूर्खा द्वारा सहायता गर्ने प्रक्रिया

लगभग सबै प्रकरणमा, पूर्खासँग कुनै अन्य लोक जस्तै पृथ्वीको घटनाहरुलार्इ प्रभावित गर्ने सीमित क्षमता हुन्छ । कहिले काहि उच्च स्तरीय अनिष्ट शक्ति (भूत, राक्षस, चुडैल आदि) मृत पूर्खाको इच्छापूर्तिको लागि क्षमता प्रदान गर्छ । यी उच्च स्तरीय शक्ति ती सूक्ष्म-देहसँग लेन-देन को हिसाब निर्माण गर्नको लागि मृत पूर्खालार्इ शक्ति प्रदान गर्छ, जसले आगाडि गएर उनलार्इ आफ्नो वशमा लिन्छ ।

4. के मृत पूर्खा, ईश्वर अथवा देवतासँग हाम्रो लागि अनुनय विनय गर्न सक्छ ?

यस्तो प्रकरण दुर्लभ हुन्छ । कुनै प्रकरणमा स्वर्गलोक अथवा भुवर्लोकको सूक्ष्म-देह आफ्नो वंशजको तर्फबाट स्वर्गलोक को कनिष्ठ देवतासँग अनुनय विनय गर्न सक्छ । यो पृथ्वीमा केहि पाउनको लागि आफ्नो पुण्य साटनाले हुन्छ । तर कनिष्ठ देवतासँग पनि सीमित शक्ति हुन्छ त्यसैले केवल सानो-तीनो कार्यमा नै सहायता गर्न सक्छ । अधिकांश प्रकरणमा कनिष्ठ देवता आफ्नो कार्यको लागि केहि पाउने आकांक्षा राख्दछ । यदि कसैले धेरै साधना गरेको छ भने, तब उच्च देवतासँग वरदान माग्न सक्छ, तर यसमा साधना व्यय हुन जान्छ ।

5. यदि पूर्खालार्इ अनदेखी गर्दा अथवा पूजा नगर्दा, के उनले संकट ल्याउन सक्छ ?

आध्यात्मिक परिप्रेक्ष्यमा अनदेखीको अर्थ हो आवश्यक विधियां अथवा पूर्खालार्इ अगाडिको गति दिनको लागि साधना नगर्ने । यदि आवश्यक विधि गरेको छैन भने मृत पूर्खा आफ्नो वंशजलार्इ कष्ट दिन सक्छ ।

अर्को लेखमा हामी प्रचलित केहि विधिहरु अनि प्रथाहरुको परीक्षण गर्नेछौं अनि देख्नेछौं मृत पूर्खाबाट उत्पन्न कष्ट दूर गर्नमा महत्त्व कुन हुन्छ ?

अवश्य पढ्नुहोस् हाम्रो लेख – किन मेरो मृत प्रियजन एवं अन्य पूर्वज मलार्इ पीडा दिन चाहन्छ ?

6. के मृत पूर्खा आफ्नो वंशजको साथ सम्वाद गर्न सक्छ ?

गर्न सक्छ, यो सम्भव छ । उनी विभिन्न पद्धतिहरुले यो गर्न सक्छ :

  • वंशजको जीवनमा समस्याएं उत्पन्न गरेर त्यसको माध्यमबाट सम्वाद गर्ने : मृत पूर्खा अधिकतर वंशजको जीवनमा समस्या उत्पन्न गरि उनिसँग संवाद गर्न सक्छ । मृत पूर्वज आध्यात्मिक शक्तिको बलमा वंशजको जीवनमा समस्या उत्पन्न गर्छ, जसले वंशज उनको आवश्यकतामा ध्यान दिन्छ । अर्थात पूर्खाद्वारा कष्ट पुराउने मुख्य औचित्य आफ्नो दुखलार्इ वंशजसम्म पुराउने हो । जब वंशजलार्इ लग्छ कि अनेक सर्वश्रेष्ठ प्रयासबाट पनि समस्या हट्दैन तब प्राय: आध्यात्मिक मार्गदर्शन लिन्छ । पढ्नुहोस् : पूर्खाको कष्टद्वारा उत्पन्न एक्जिमा को प्रकरणको अध्ययन
  • माध्यम एवं औजा बोर्ड : कहिले काही पृथ्वीको वंशज अथवा मृत्यृपछिको जीवनबाट मृत पूर्खा, माध्यम अथवा औजा बोर्डको माध्यमबाट संवाद गर्ने प्रयास गर्छ । अधिकांश प्रकरणमा संवाद गर्ने हाम्रो पूर्वज हुँदैन । कृपया पढ्नुहोस् हाम्रो लेख – कुनै मध्यस्थ अथवा Ouija बोर्डको सहायताले आफ्नो कुनै मृत आफन्तसँग सम्पर्क गर्नुको आध्यात्मिक परिप्रेक्ष्य के हो ? यस अनुसार सर्वश्रेष्ठ यही हुन्छ कि यी माध्यमबाट कोही पनि आफ्नो जीवन सम्बन्धी निर्णयको लागि परामर्श नलिनुहोस्; किन कि धेरै पल्ट कुनै अन्य भूत अथवा अनिष्ट शक्तिसँग कुराकानी गरिरहेको हुन्छ । आरम्भमा परामर्श उचित भएपनि व्यक्तिलार्इ अनुचित दिशा अथवा हानिकारक मार्गमा लैजाने अनुचित परामर्श लुकेको हुन्छ ।
  • सपना : कहिलेकाही पूर्खा सपनाको माध्यमले संवाद गर्छ । मूर्त पृथ्वी, जसमा हामी रहन्छौं यसको तुलनामा अधिक अमूर्त (सूक्ष्म) लोकमा पूर्वज रहन्छ । सपनाको अवस्थामा हामी अधिक सूक्ष्म आयाममा पुग्छौं अनि त्यहाँ संवाद गर्न पूर्खाको लागि सरल हुन्छ । अधिकांश सपना मानसिक स्तरको हुन्छ । तर कुनै यस्तो पनि उदाहरण पाउँछ, जहाँ सपना आध्यात्मिक स्तरको हुन्छ । प्राय: कुनै पनि सपना लगातार तीन बार आयो भने त्यो आध्यात्मिक हुन्छ । यदि जुन सपनामा भएको थियो, त्यही वास्तवमा भयो भने तब पनि हामी यो मान्न सक्छौं किन सपना आध्यात्मिक थियो । कुनै सपना पूर्खाको संवादको पद्धति हो । उदाहरणार्थ, लगातार सपनामा पूर्खा अथवा साप देख्ने । सपनामा कोबरा साप दिख्नुको अर्थ हो पूर्वज राम्रो छ, जबकि कुनै अन्य प्रजातिको साप देख्नु पूर्खालार्इ जनाउँछ जसको अर्थ हो हानि ।

6.1 सम्वाद साधनको प्रक्रिया

सबै क्रिया, पञ्चतत्त्व मध्य, कुनै एकको प्रयोग गरि गरेको हुन्छ । पूर्खाको आध्यात्मिक क्षमताको आधारमा, उनी अधिकाधिक उच्च पञ्चतत्त्वको प्रयोग गरि सम्वाद गर्न सक्छ ।

पञ्चतत्त्व प्रकटीकरण
पृथ्वी सामान्य रुपमा बिना कुनै कारण वातावरणमा दुर्गंध फैलिने । उदा. घरमा मूत्रको गन्ध । यो पूर्खासँग सन्बन्धित कुनै सुगन्ध पनि हुन सक्छ ।
आप मुखमा कुनै प्रकारको स्वाद आउने
तेज सपनाको अवस्थामा मृत पूर्खाको रूप लिने, मृत पूर्खालार्इ देख्न सक्ने क्षमता अथवा मृत पूर्खाको रूप
वायु बिना कसैको उपस्थितिमा यस्तो लाग्ने कि कसैले स्पर्श गरिरहेको छ, घरमा वस्तुहरु सर्ने
आकाश आवाज सुनाई दिने

सबै प्रकरणमा जहाँ मृत पूर्खा आफ्नो वंशजसँग सम्वाद गर्ने प्रयास गर्छ, पूर्वजको अतृप्त इच्छा हुने  तसर्थ अपरिहार्य छ वंशज आफ्नो तर्फबाट पूर्खाको लागि गति दिनको लागि सर्वश्रेष्ठ प्रयास गर्नुपर्छ ।

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।

Datta photos