१. प्रस्तावना

जब हाम्रो हजुरबुबा वा बुबाको जन्म भएको थियो, त्यस समयको विश्व भन्दा वर्तमान विश्वको स्वरूप अत्यधिक भिन्न छ । सम्भवतः सबै परिवर्तनहरु मध्ये सर्वाधिक मुख्य परिवर्तन हो पूरा विश्वमा बढ्दो प्रदूषण, जसको परिणामस्वरूप वृद्धि ग्रीन हाऊस गैस उत्सर्जन तथा अन्य हानिकारक प्रभावहरु वृद्धि भएका छन् । जहीले पनि हामी प्रदूषणको कुरा गर्छौं, भने सामान्यतः हामी वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण, भोजन प्रदूषण अनि भूमि प्रदूषणको विषयमा विचार गर्छौं । हामीले हाम्रो लेख प्राकृतिक प्रकोप एवं जलवायु परिवर्तन
मा बताएका छौं मानव जातिले प्रकृतिमा गरेको प्रभाव जुन मौसमको अस्वाभाविक स्वरूपका कारण हुन् । तर यी मानव द्वारा गरिएको भौतिक स्तरमा मात्र प्रभाव सीमित नभर्इ; वायुमण्डलमा उत्सर्जित, मानसिक तथा आध्यात्मिक प्रदूषण पनि गर्दछ । मानसिक प्रदूषण व्यक्तिमा नकारात्मक विचार जस्तै – लोभ, धोका, घृणा, विनाशको लागि योजना बनाउनु इत्यादि का कारण हुन् । यो मानसिक प्रदूषण वातावरणमा प्रसारित हुन्छ, त्यसले गर्दा हाम्रो मनको नकारात्मक विचार बढाउने वातावरण बनार्इ दिन्छ । यसले नकारात्मकताको चक्र सुरु हुन्छ जसको मूल मानवजातिमा रज-तम वृद्धि भर्इ आध्यात्मिक प्रदूषण हुन्छ । प्राविधक विकासको प्रगतिद्वारा सामूहिक विनाश गर्ने जैविक तथा आणविक हतियार अनि साथमा मानवजाति तथा मानसिक प्रदूषणमा बढ्दो रज-तम को चुनौती हाम्रो अगाडी छ । जैविक तथा आणविक आक्रमणका परिणाम मानवजीवन तथा विश्वको स्थिरताको लागि विध्वंसकारी हुनेछ ।

२. अग्निहोत्र के हो ?

वर्तमानमा सम्पूर्ण विश्व यस प्रकारको भौतिक प्रदूषणमा शीघ्रता पूर्वक रोक लगानको लागि उपाय खोज्न प्रयत्नशील छन् । पवित्र अथर्ववेद (११:७:९) मा एउटा सरल धार्मिक विधिको उल्लेख छ । जसको विस्तृत वर्णन यजुर्वेद संहिता अनि शतपथ ब्राह्मण (१२:४:१) मा छन् । यसले प्रदूषण कम गर्छ तथा वातावरण पनि आध्यात्मिक रूपले शुद्ध गर्दछ । जो व्यक्ति यस पवित्र अग्निहोत्र विधि गर्दछ उनी बताउँछ कि यसले तनाव कम हुन्छ, शक्ति बढ्छ, तथा मानवलार्इ अधिक मायालु बनाउँछ । यो मद्यपान तथा मादक पदार्थको लतबाट मुक्ती पाउनको लागि एउटा राम्रो साधन मानिन्छ । यस्तो मानिन्छ कि अग्निहोत्र बोट-बिरुमामा जीवन शक्तिले पोषण गर्छ तथा हानिकारक विकिरण अथवा रोगजनक जीवाणुलार्इ अप्रभावी बनार्इदिन्छ । जल स्रोतको शुद्धिको लागि पनि यसको उपयोग गर्न सकिन्छ । यो पनि मानिन्छ कि आणविक विकरणको दुष्प्रभाव न्यून गर्न सक्छ ।

३. अग्निहोत्र संस्कारमा आध्यात्मिक शोध

स्पिरिच्युअल साइन्स रिसर्च फाऊंडेशन द्वारा अग्निहोत्र रीति (संस्कार) मा आध्यात्मिक शोध गरियो । यस शोधबाट प्राप्त जानकारी इन्टरनेटमा पहिला देखिनै उपलब्ध अग्निहोत्रको लाभ एवं व्याप्ति जानकारीसँग पूरक छन् । सन्दर्भको लागि तल दिएको लेखमा आध्यात्मिक शोध सम्बन्धि अझै जानकारी उपलब्ध छ ।

के अग्निहोत्र आणविक विकिरणलार्इ रोक्न सक्छ ?