कुन साधना गर्ने भनेर सुन्न नचाहने

    

हाम्रो दैनिक जीवनमा जब हामी केही समस्या समाधान गर्न असमर्थ हुन्छौं, तब हामीलाई कसैको मार्गदर्शनको आवश्यकता हुन्छ ।

उदाहरणको लागी,

  • जब हामी अस्वस्थ हुन्छौं, हामी राम्रो डाक्टर वा चिकित्सा क्षेत्रमा अनुभवी व्यक्तिसँग परामर्श लिन्छौं र तदनुसार सबै कुरा गर्छौं।
  • जब हाम्रो कार बिग्रन्छ, हामी एक अटो मेकानिकको मद्दत लिन्छौं र कारको हेरचाह कसरी गर्ने भन्ने बारे उहाँको सल्लाह पालना गर्छौं।
  • जब अदालतको मुद्दा हाम्रो अगाडि हुन्छ, हामी एक वकिलको सल्लाह खोज्छौं र त्यसलाई सावधानीपूर्वक अनुसरण गर्छौं।

यी केही उदाहरणहरू हुन् जहाँ हामी अरूको सल्लाह लिन्छौं। तब हामी स्वीकार गर्छौं कि हामी त्यो क्षेत्रमा निपुण छैनौं र हामी उनीहरुको मद्दतको लागि ठूलो रकम दिनको लागि पनि सिद्ध हुन्छौं।

जब यो हाम्रो जीवनको मुख्य उद्देश्य-आध्यात्म र आध्यात्मिक प्रगति (प्रारब्ध भोग्नु भन्दा अतिरिक्त) को विषय आउँछ, तब हामी यही सोच्दछौं कि हाम्रो लागि के सही यो भनेर राम्ररी जान्दछौं। हाम्रो साधना मा मुख्य बाधा यो हो कि हामी यस विषयलाई खुला दिमागले सुन्दैनौं र यस विषयमा कसैको सल्लाह लिदैनौं। यस कारणले गर्दा हाम्रो आध्यात्मिक उन्नति प्रभावित हुन्छ।

साधनाको विषयमा मार्गदर्शन लिन मनको संघर्ष के कारणले हुन्छ?

केही कारणहरु यस प्रकार छन् :

  • हामीलाई लाग्दछ कि आध्यात्म एक व्यक्तिगत विषय हो र अरुले हामीलाई यस विषयमा मार्गदर्शन गर्न सक्दैन।
  • कसको सुन्ने, यो हामी निश्चित रुपा जान्न सक्दैनौं।
  • हामी सोच्दछौं कि स्वयंको लागि के उचित भनेर जान्दछौं।

यी बाधाहरू हटाउन र सुन्ने कलाको विकास गर्न यी सूत्रहरूलाई घ्यान राख्न सक्छौं।

  • जसरी अरु क्षेत्रमा हामीलाई जानकार व्यक्ति चाहिन्छ, त्यसैगरी आध्यात्मिक यात्रामा पनि हामीलाई मार्गदर्शनको आवश्यकता हुन्छ, अन्यथा कुनै गलत आध्यात्मिक मार्गमा लागेर आफ्नो सम्पूर्ण जीवन बर्बाद गर्न सक्छौं। यस कारणले गर्दा हामी हाम्रो साधनामा अड्किन्छौं वा हाम्रो साधनामा हानि पुग्न सक्छ।
  • कसको कुरा सुन्ने ? यदि हामी यस विषयमा अलमलमा छौं भने, अध्यात्मका छ:मूलभूत सिद्धान्तहरूको पालना गरेर, हाम्रो  साधना योग्य दिशामा तबसम्म बढ्दछ जब सम्म हाम्रो जीवनमा मार्गदर्शक आउँदैन।
  • अध्यात्म अधिक व्यक्तिगत स्वरुपको हुन्छ र मोक्षप्राप्तिको लागि स्वयंले नै व्यक्तिगत मार्ग खोज्नुपर्छ। तर हामीले अध्यात्मका सिद्धान्तहरूलाई व्यक्तिगत मानेर र ती सिद्धान्तहरूको मर्यादामा रहेर मात्र साधनाको निर्णय लिनुपर्छ। त्यसैले हामीले जानेर वा नजानी अध्यात्मका छ:मूलभूत सिद्धान्तहरूलाई पालना गरि साधनामा मार्गक्रमण गरेको व्यक्तिको कुरा सुन्नुपर्छ।
  • यदि हाम्रो आध्यात्मिक प्रगति गर्ने इच्छा तीव्र छ, प्रामाणिक र निष्पक्ष छ भने, तब स्वयं नै योग्य व्यक्ति हाम्रो जीवनमा आउँछन् जसले हामीलाई आध्यात्मिक प्रगति गर्न मद्दत गर्न सक्छन्, चाहे हामी संसारको कुनै पनि कुनामा होस्। एउटा पुरानो भनाइ अनुसार गुरुलाई खोज्नु हुँदैन, शिष्य सिद्ध भएपछि गुरु आफै प्रकट हुनुहुन्छ।