आउँदै गरेको प्रतिकूल समयमा उपयोगी हुने औषधीय बिरुवाहरू

आउँदै गरेको प्रतिकूल समयमा उपयोगी हुने औषधीय बिरुवाहरू

. परिचय

२०२० देखि २०२५ को बीचमा ऋषिहरुले मानवजातिको लागि अत्यन्तै कठिन समयको बारेमा भविष्यवाणी गर्नु भएको छ । उहाँहरूले प्राकृतिक प्रकोप, चरम मौसमको उच्च घटनाहरू र तेस्रो विश्वयुद्धको प्रबल सम्भावनाको चेतावनी पनि दिनु भएको छ ।

यी चरम घटनाहरूको परिणामस्वरुप, मानिसहरु विभिन्न रोगहरुबाट ग्रस्त हुनेछन् । यो समयमा र त्यस पछिको केहि बर्षहरूमा, यो आशा गरिएको छ कि एलोप्याथिक औषधिहरूको अत्यधिक अभाव हुनेछ र डाक्टरहरूको पहुँच अनुपलब्ध हुन सक्नेछ । यी चुनौतीपूर्ण समयमा, हामीले औषधीय बोटबिरुवा र हर्बल औषधिहरूमा भर पर्नु पर्छ । जति सक्दो चाँडो आवश्यक बिरुवाहरू राख्न सुरु गर्नु उत्तम हुनेछ, ताकि हामीलाई संकटको समयमा औषधीहरु उपलब्ध हुन सकोस् । औषधीय बोटबिरुवाहरूले गरेको उपचार धेरै सुरक्षित मानिन्छ किनकि त्यहाँ न्यूनतम दुष्प्रभावहरू हुन्छन् ।

यो लेखको उद्देश्य तपाईलाई औषधीय बोटबिरुवा र जडीबूटी हुर्काउनको लागि मार्गदर्शन प्रदान गर्नु हो । तपाईले आफ्नो उपलब्ध ठाउँ र साधनहरु अनुसार गर्न सक्नुहुन्छ ।

२. जडीबूटी रोपणको बारेमा ध्यान दिनुपर्ने केहि बुँदाहरू

  • केहि देशहरूमा वर्षा ऋतु हुन्छ । यदि जडीबुटी अथवा बोटबिरुवाहरू वर्षा सुरु हुन १५ दिन अगाडी रोपीएको छ भने, धेरै सजिलोसँग बढ्न सक्छन् । उदाहरणको लागी, भारतमा वर्षा १५ जुन – १५ जुलाईको बीच सुरू हुन्छ । त्यसकारण, अप्रिल देखि जून महिनामा बोटबिरुवाहरू रोप्न उत्तम मानिन्छ ।
  • जमिन तयार पार्न आवश्यक हुन्छ, जमिनलाईमलिलो बनाउनुहोस्, बीउ ल्याउनुहोस, जमीन जोत्नुहोस् आदि ।
  • असंख्य बोटबिरुवा र जडीबूटीहरू छन् जसलाई औषधीय उद्देश्यहरूको लागि रोप्न सकिन्छ । तरसबै प्रकारको बोटबिरुवा रोप्ण सम्भव या व्यावहारिक नहुन सक्छ । त्यसकारण तपाईको स्रोतहरू, उपलब्ध ठाउँ र बोटबिरुवाले रोगहरुलाई जित्ने क्षमता अनुसार आइरहेको प्रतिकूल समयको लागि तयार रहन कुन औषधीय जडीबूटी रोप्ने भनेर प्राथमिकता अनुसार निर्णय लिनुहोस् । अगाडि दिएको समग्र प्राथमिकताको सूची हो जसमा के रोप्ने भन्ने सम्बन्धमा सामान्य मार्गदर्शन दिएको छ ।
  • एउटा विशेष औषधीय बोट कति रोप्ने यो आवश्यकताको आधारमा तपाईले निर्णय लिन सक्नु हुन्छ ।
  • यदि सम्भव छ तल दिएको सूचीबद्धबाटप्रथम १६ जडी-बूटीहरुको प्रत्येको एउटा बोट अवश्य लगाउनुहोस् ।
  • औषधीय जडिबूटी रोप्नु अघि स्थानीय डाक्टर या वनस्पतिशास्त्रि जो जडीबूटीहरु बारे जानकार हुनुहुन्छ, उहाँको सल्लाह लिन सक्नु हुन्छ ।
  • परिवारको सबै सदस्यहरूलाई जडीबूटी र त्यसको फाइदाहरूको बारेमा भन्नु होस् । बोटबिरुवाहरू अगाडि नाम लेखेर राखिदिनुहोस् ताकि अरुले बुझ्न सक्दछन् कि तपाईले कुन बिरूवाहरू रोप्नु भएको छ ।
  • कार्य गर्ने समय अहिले हो ।

३. जडीबूटी रोप्ने सम्बन्धमा व्यावहारिक बुँदाहरू

३.१ सामान्य बुँदाहरू :

  • यस श्रृंखलामा, हामीले औषधीय जडीबूटीहरू चयन गरेका छौं जुन सजीलै उष्ण प्रदेशिय देशहरूमा पाईन्छजस्तै नेपाल/भारत र जसलाई सजिलै उब्जाउन सकिन्छ ।
  • औषधीय जडीबूटीलाई जनाउनप्रयोग गरिएको नामहरू क्षेत्र अनुसार फरक हुन सक्छ । त्यसैले हामीले औषधीय जडीबूटीहरूको वैज्ञानिक नाम पनि दिएका छौं । यसले इन्टरनेटमा औषधीय जडीबुटीको पहिचान गर्न मद्दत गर्नेछ । तपाई जडीबूटीहरूको अनलाइन चित्र पनि हेर्न सक्नु हुन्छ जसले गर्दा बोटहरूलाई चिन्न सजिलो हुनेछ ।
  • यदि तपाई बोटहरूको पहिचान र उपयोग गर्न असमर्थ हुनुहुन्छ भने,स्थानीय वनस्पतिशास्त्री या आयुर्वेदिक डाक्टरहरूको सल्लाह लिन सक्नु हुन्छ ।
  • तपाईले कुनै पनि अन्य औषधीय बिरुवाहरू रोप्न सक्नु हुन्छ जुन तपाईलाई उपयोगी लाग्दछ ।

.२ औषधीय बोटबिरुवा र जडीबूटीहरूको चयन

हामीले १६ ओटा सबैभन्दा लाभदायक चिकित्सकिय बिरुवाहरु आयुर्वेद अनुसार बिरुवाहरुको पहिलो समूहको रूपमा चयन गरेका छौं । आयुर्वेद एउटा प्राचीन चिकित्सा प्रणाली हो जसको जरा भारतीयउपमहाद्वीपमा पाईन्छ । हाम्रो सुझाव छ कि यी १६ बिरुवाहरु तपाईको बगैंचा अथवा छतमा न्यूनतम रूपमा रोप्नुहोस् ।

औषधीय बोटबिरुवाहरुको नाम प्राप्त लाभको प्राथमिकता अनुसार क्रममा दिइएको छ । उदाहरणको लागि, नौऔं स्थानको औषधीय बोट पन्ध्रऔं स्थान भन्दा रोप्नको लागि उच्च प्राथमिकतामा पर्छ । यस सूचीमा पहिलो औषधीय जडीबुटी (तुलसी) अत्यन्त महत्त्वपूर्ण छ । त्यसकारण, यदि सबै बिरूवाहरू रोप्न सम्भव छैन भने, कम्तिमा सूचीमा दिएको क्रम अनुसार जे सम्भव छ त्यो रोप्नुहोस् ।

यदि औषधीय जडीबूटी रोप्नको लागि घर वरिपरि ठाउँ छैन भने, जडीबूटीलाई माटोको फूल रोप्ने भाडामा लगाउन सक्नु हुन्छ या प्लास्टिकको झोलाहरूमा लगाउनुहोस् र त्यसलाई कौसीमा राख्न सक्नु हुन्छ ।

कृपया ध्यान दिनुहोस्, यी औषधीय बिरुवाहरु रोप्ने र हुर्काउने विधि फरक हुन सक्छ ।

  • केहि बोट बिरुवाहरु लहरा जानेहुन्छन् जसलाई बढ्नको लागि आड चाहिन्छ ।
  • अरुलाई परिपक्व हुन २-३ बर्ष लाग्छ ।
  • केही बिरुवाहरुलाई गमलामा रोप्नुनै उत्तम हुन्छ ।
  • केहि ठूला रूखहरू हुन्छन्, त्यसैले तिनीहरूलाई जमीनमा रोप्नु पर्छ ।

यी बिरुवाहरु विभिन्न रोगहरुको उपचारको लागी धेरै उपयोगी छन्, तपाई आफ्नो घरमा यी बिरुवाहरु रोप्ने प्रयास गर्नुहोस् । एउटा पक्तिमा गमलाहरु राख्ने प्रयास गर्नुहोस् र दिनमा कम्तिमा सूर्यको प्रकाश ३-४ घण्टा लागोस् । यदि तपाईको घरको वरपर बिरुवा रोप्नको लागी ठाउँ छ भने, कृपया रोप्नुहोस् ।

३.३ रोप्नको लागि जडीबुटीको सूची

संख्या वैज्ञानिक नाम ल्याटिन नाम रोगहरु बिरुवाको कुन भाग औषधीको रुपमा प्रयोग गर्ने रोप्नको लागी के प्रयोग गर्ने
१. तुलसी (तुळस) ओसीमम टेनुइफ्लोरम धेरै रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक पंचांगको रूपमा जानिन्छ बीउ
२. दुर्व (दूर्वा) साईनोडोन डैक्टिलोन गर्मी र पित्तसँग सम्बन्धित रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक पंचांगको रूपमा जानिन्छ  बिरुवा
३. हट- लीभड मूनसीड (गुळवेल) टीनोसपोरा कोर्डीफोलिया ज्वरो, रगत सँग सम्बन्धित रोगहरु, गठिया, मधुमेह कांड (लहराको भाग)  बीउ
४. कालमेघ, हरियो चिरेता (कालमेघ) अन्द्रोग्राफिस पनिकुलाटा ज्वरो, शरीरमा कीरा पर्ने, र पित्तसँग सम्बन्धित सबै रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा  पंचांग भनिन्छ  बीउ
५. एलोवेरा (कोरफड) एलो बारबडेनसीस मीलर जब छाला जलदछ या सुक्खा हुन्छ, आँखा र कलेजोसँग सम्बन्धित रोगहरु पातको गुदी जराबाट आएको नयाँ बिरुवा वा कन्दबाट
६. मलाबर नट (अडुळसा) जसटीसिया अधतोडा गर्मी र पित्त सँग सम्बन्धित सबै रोगहरु; श्वासप्रश्वास सम्बन्धी रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रूपमा पंचांग भनिन्छ बिरुवाको टहनी (फांदी)
७. चमेली (जाई) जसमीनम अफसीनाले मुखको अल्सर, चोट लाग्दा, घाउ पात बिरुवाको टहनी (फांदी)
८. माका, फल्स डेसी (माका) एक्लिप्टा अल्बा आँखा, कपाल र पाचन प्रणालीसँग सम्बन्धित रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा  पंचांग भनिन्छ बीउ या बिरुवा या अंकुरण, प्रत्यारोपणको लागी उमारेको बिरुवा
९. सुपारी (विड्याचापान) पाईपर बीटल अपच, कम शुक्राणु गणना, कफसँग सम्बन्धित समस्याहरु पात बिरुवाको टहनी (फांदी)
१०. (हर्बल चिया)/ चिया पाउडरबाट बनेको चिया, लेमन ग्रास  (गवतीचहा) सिम्बोपोगोन सीट्राटस चिसो, खोकी, ज्वरो र मूत्र पथसँग सम्बन्धित रोगहरु पात नयाँ बिरुवाहरु जुन जरा बाट उम्रिन्छ
११. निर्गुण्डी/ चिनियाँ चसतेट्री (निर्गुंडी) भीटेक्स नेगुन्डो सुनिएको, गठिया र हावा या कानसँग सम्बन्धित रोगहरु बीउ र पात बीउ या बिरुवाको टहनी (फांदी)
१२. चिनियाँ हिबिस्कस(जास्वं) हिबिस्कस रोसासीनेनसीस कपालसँग सम्बन्धित रोगहरु फूल र पात बिरुवाको टहनी (फांदी)
१३. अघडा, चफ्फ़ -फूल (आघाडा) अचिरांथेस एस्पेरा प्लीहासँग सम्बन्धित रोगहरु, मूत्र पथसँग सम्बन्धित रोगहरु, बवासीर बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ (टिप-१) बीउ या बिरुवाको टहनी (फांदी)
१४. टीधरीकाण्डवेला, वेलट ग्रॆप (कांडवेल / हाडसांधी) सीसुस कुवाद्रंगुलारिस सुनिएको, गठिया, फ्रैक्चर र दुखाइ बिरुवा, डाँठको सानो भाग बिरुवाको टहनी (फांदी)
१५. मेक्सिकन गेंदा (झंडू) टागेटस इरेक्टा कुनै पनि प्रकारको अल्सर, जलन, शरीरको अंगहरु काटेको, र आँखाको रोगहरु पात र फूल बीउ
१६. लाइफ प्लान्ट, एयर प्लान्ट (पानफुटी) ब्रायोफिलम पिनाटम मूत्र पथको रोगहरु पात पात

. थप बिरुवाहरु रोप्न सक्नुहुन्छ

यदि तपाईसँग माथि दिएका बिरुवाहरु बाहेक जडी बूटी रोप्न अधिक ठाउँ छ भने तल दिएका थप बिरुवाहरु रोप्न सक्नु हुन्छ ।

.. साना बिरुवाहरु (जसको उचाई  फीट सम्म हुन्छ )

संख्या साधारण नाम ल्याटिन नाम रोगहरु बिरुवाको कुन भाग औषधीको रुपमा प्रयोग गर्ने रोप्नको लागी के प्रयोग गर्ने
१. आप अदुवा (आंबेहळद) कुरकुमा अमदा श्वसन पथ, ज्वरो र सूजनसँग सम्बन्धित रोगहरु कन्द कन्द
२. अस्कन्द, अश्वगन्धा (आस्कन्द) विथानिया सोमनिफेरा कपाल, आँखा, श्वसन पथ, शरीरमा कीरा पर्ने सम्बन्धित रोगहरु जरा बीउ
३. ईसबगोल, ब्लंड प्लानटेन (इसबगोल) प्लानटागो ओवाटा कब्जियत बीउ बीउ
४. जंगली ईन्डिगो (उन्हाळी) टेफ्रोरोसिया पुरपुरिया पीलिया, प्लीहासँग सम्बन्धित रोगहरु, कलेजो र बवासीरसँग सम्बन्धित रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ (टिप -१) बीउ या बिरुवाको टहनी
५. कुरडु, प्लम्ड कक्सकम्ब या सिल्वर कक्सकम्ब

(कुरडू/हरळू)

सिलोसिया अरजेन्टी मूत्र पथको रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ बीउ
६. नट ग्रास (नागरमोथा)

 

साइपरस  रोतनदस ज्वरो, पित्त र पाचन प्रणालीसँग सम्बन्धित रोगहरु कन्द कन्द
७. कमन फ्यूमिटरी, परिपथ (परिपाठ) फुमारिया ओफीसीनालिस् ज्वरो र गर्मीसँग सम्बन्धित रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ बीउ
८. पिथवन, प्रिष्निपर्नी  (पिठवण) यूरारिया पिकटा श्वसन प्रणाली, ज्वरो र सूजनसँग सम्बन्धित रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ (टिप -१) बीउ या बिरुवाको टहनी
९. एक प्रकारको पुदीना (पुदिना) मेन्था स्पाइकाटा पुरानो ज्वरो, खोकी, अपच र शरीरमा कीरा पर्ने बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ बीउ
१०. पुनरनव (पुनर्नवा) बोअरहाविया डीफ्यूसा सूजन, संचार प्रणाली र मूत्र पथसँग सम्बन्धित रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ बीउ या बिरुवाको टहनी
११. इंडियन पेनीवोर्ट (ब्राह्मी/मंडूकपर्णी) सेन्टेला एशियाटिका मस्तिष्क, गर्मी, पित्त र वृद्धावस्थासँग सम्बन्धित रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ बिरुवाको टहनीको एउटा टुक्रा
१२. गाले अफ द विंड, च्याम्बर बिटर (भुईआवळा) फाइलेन्थस यूरिनेरिया कलेजोसँग सम्बन्धित रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ बीउ
१३. खुस, वेटीवर (वाळा), क्राइसोपोगोन जिजानियोइड्स गर्मी, पित्त र मूत्र पथसँग सम्बन्धित रोगहरु जरा जराबाट निक्लिएको नयाँ बिरुवा
१४. स्वीट फ्लाग (Vekhand) वेखंड एकोरस कैलमस भकभकाउने, डर लाग्ने, स्मृति सम्बन्धित समस्या, श्वासप्रश्वास रोगहरुको लागी कन्द जराबाट निक्लिएको नयाँ बिरुवा, जराको सानो टुक्रा
१५. कैथरैन्थस, मेडागास्कर पेरिविन्कल (सदाफुली) कथारनथस रोसुस मधुमेह र क्यान्सर बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ बीउ या बिरुवाको टहनीको एउटा टुक्रा
१६. इंडियन सनेकरुट (सर्पगंधा) राउवोल्फिया सरपेनटिना रक्तचाप, अनिद्रा, पेट सँग सम्बन्धित रोगहरु जरा बीउ या बिरुवाको टहनीको टुक्रा
१७. शालपर्णी, सालवानी (सालवण) डेस्मोडियम गैंगेटिकम ज्वरो र मुटु रोग बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ बीउ
१८. बेसार (हळद) कुरकुमा लोङ्ग चिसो, खोकी,  बलगम, मोटोपना, मधुमेह, र स्तनहरुसँग सम्बन्धित रोगहरु कन्द कन्द

३.४.२ रोप्नुपर्ने बिरुवाहरु

संख्या साधारण नाम ल्याटिन नाम रोगहरु बिरुवाको कुन भाग औषधीको रूपमा प्रयोग गर्ने रोप्नको लागी के प्रयोग गर्ने
१. डंडियन सरसपैरिला (अनंतमूळ) हेमिडेस्मस इंडिकस रगत र छालासँग सम्बन्धित रोगहरु जरा बीउ या जराको भाग
२. चुच्चो लौका (कडूपडवळ) ट्राइकोसैंथेस डायोइका पित्त र छालासँग सम्बन्धित रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ बीउ
३. व्याक्स गोड (कोहळा) बेनिनकासा हिस्पिडा पित्त, मस्तिष्क, र मूत्र पथको रोगहरु फल बीउ
४. इंडियन मून सीड (पाडावेल) सायक्लेआ पेल्टाट़ा आँखाको रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ बीउ या बिरुवा
५. लामो कालो मिर्च (पिंपळी) पाइपर लोङ्गम श्वसन र पाचन पथसँग सम्बन्धित रोगहरु जरा र फल लहराको टुक्रा जसमा टुसा छ
६. कालो मिर्च (मिरी) पाइपर निग्रम पाचन र श्वसन पथसँग सम्बन्धित रोगहरु फल लहराको टुक्रा जसमा टुसा छ
७. मोगरा, चमेली, अरबियन जैस्मीन (मोगरा) जैस्मिनम साम्बाक पित्त या पित्तसँग सम्बन्धित रोगहरु फूल र पात लहराको टुक्रा जसमा टुसा छ
८. शतावरी, (शतावरी) एसपैरागस रेसमोसुस ज्वरो, कमजोरी र प्रजनन प्रणालीसँग सम्बन्धित रोगहरु कन्द कन्द
९. सपसंध, इंडियन बर्तवोर्ट (सापसंद) अरिसटोलोचिया इंडिका सर्पको विष, सानो बच्चाको पेट दुखाई र पखाला बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ

 

लहराको टुक्रा जसमा टुसा छ

३.४.३ बिरुवाहरु रोप्ने (जसको उचाई २ फिट भन्दा बढि हुन्छ)

संख्या साधारण नाम ल्याटिन नाम रोगहरु बिरुवाको कुन भाग जुन औषधीय रूपमा प्रयोग गर्ने रोप्नको लागी के प्रयोग गर्ने
१. क्यास्टर, क्यास्टर बीन (एरंड) रिकिनस कम्युनिस गाउटको विकार, मस्कुलोस्केलेटल विकार, पेटको विकार र दम पात, जरा र बीउ बीउ या लहराको टुक्रा जसमा टुसा छ
२. करी पत्ता (कढीपत्ता) मुराया कोएनिगी मुटु र कलेजोसँग सम्बन्धित रोगहरु पात बीउ या बिरुवाको टहनीको टुक्रा
३. हीना  (मेंदी) लसोनिया इनर्मिस कपाल र पेशीय विकार सँग सम्बन्धित रोगहरु पात र बीउ बीउ या बिरुवाको टहनीको टुक्रा
४. टैपिका, कसावा (साबुकन्द) मनिहोट एस्कुलेन्टा कमजोरी कन्द कन्द

 

३.४.४ रोप्नुपर्ने रुखहरु

सख्या साधारण नाम ल्याटिन नाम रोगहरु बिरुवाको कुन भाग औषधीको रूपमा प्रयोग गर्ने रोप्नको लागी के प्रयोग गर्ने
१. इंडियन गुसबेरी (आवळा) फाईलानथस एम्बिलका पेटसँग सम्बन्धित रोगहरु, पित्त, कपाल र बुढेसकालसँग सम्बन्धित रोगहरु फल उच्च नस्लको  बिरुवा
२. नीमको रूख (कडूनिंब) अझादिरचता ईनडीका घाउ, मधुमेह र छालासँग सम्बन्धित रोगहरु बोक्रा, पात र फल बीउ
३. कुडा (कुडा) होलारेना प्यूब्सेनस पखाला, पेचिश, बवासीर बीउ, जरा र बोक्रा बीउ
४. केरा (केळे) मुसा परादीसियाका कमजोरी र मूत्र पथसँग सम्बन्धित रोगहरु बिरुवाको सबै भागहरु- जरा, डाँठ, पात, फूल र बीउ या फल जसलाई सामूहिक रुपमा पंचांग भनिन्छ जराबाट निक्लिएको नयाँ बिरुवा
५. राती-फुल्ने चमेली (प्राजक्ता) निक्टेन्थेस आर्बर-ट्रिस्टिस गठिया र पित्तसँग सम्बन्धित रोगहरु बोक्रा, पात र फूल बीउ या बिरुवाको टहनीको टुक्रा
६. गोल्डन शावर रूख (बाहवा) क्यसिया फिस्टुला ज्वरो, छाला र कब्जियतसँग सम्बन्धित रोगहरु बोक्रा, पात र बीउफली बीउ
७. इंडियन बेल (बेल) एगल मार्मेलोस मधुमेह र सेतो दाग जरा, बोक्रा या पात र फल बीउ
८. ड्रमस्टिक रूख (शेवगा) मोरिंगा ओलीफेरा शरीरमा फोका आउने, कफ या बलगम बोक्रा, पात, फल, र ड्रमस्टिक्स बीउ या बिरुवाको टहनीको टुक्रा
९. अशोका रूख (सीताअशोक) सरका असोका स्त्री रोग या स्त्रीसँग सम्बन्धित रोगहरु बोक्रा बीउ

४. निष्कर्ष

यो लेखमा उल्लेख गरिएको बिरुवाहरु रोपेमा आउँदो समयको सामना गर्न तपाईलाई धेरै सहयोगी हुनेछ जुन युद्ध र प्राकृतिक प्रकोपहरुले भरिएको भविष्यवाणी गरिएको छ । परम्परागत एलोपैथिक औषधिहरुको अभाव/अनुपलब्धताको स्थितिमा तपाईको  जीवन रक्षा/उपचारको लागि महत्वपूर्ण भूमिका रहनेछ । यस्तो स्थितिमा सजिलैसँग उपलब्ध औषधीय जडी बूटीद्वारा स्वयंमा चिकित्सकीय उपचार गर्ने क्षमता भएमा जीवन र मृत्युको फरक हुन सक्छ । हामी तपाईलाई आग्रह गर्दछौं कि यस लेखमा दिईएको बिरुवाहरुलाई तपाईको क्षमता वा स्थिति अनुसार प्राथमिकताको आधारमा रोप्नुहोस् ।