वैकल्पिक उपचारहरु – कार्यात्मक उर्जा

वैकल्पिक उपचारहरु

१. कार्यात्मक उर्जाको स्तरमा वैकल्पिक उपचारहरुको तुलनात्मक अध्ययनको परिचय

यो लेखमा हामीले कार्यात्मक उर्जाको स्तरमा वैकल्पिक उपचारहरुको तुलना गरेका छौं । तर हामी पहिला यसको अर्थ के हो बुझौं ।

ब्रह्माण्डमा हुने सबै कुरा चाहे मूर्त (tangible) वा अमूर्त (intangible) केही उर्जा चाहिन्छ । ब्रह्माण्डको उर्जा ३ प्रकारको हुन्छ – इच्छा शक्ति, क्रिया शक्ति, ज्ञान शक्ति । हामीमा सम्बन्धित सूक्ष्म-उर्जा सात्विक मन, सात्विक बुद्धिको उर्जा र सात्विक अहंको उर्जा हो । संक्षेपमा हाम्रो सबै इच्छाहरुको कार्य इच्छा शक्तिद्वारा गतिशिल हुन्छ । वास्तविक कृति/कार्य गर्नको लागि क्रिया शक्ति आवश्यक हुन्छ । आध्यात्मिक कारण-प्रभाव (cause-effect) सम्बन्धमा ज्ञान शक्ति कार्यरत रहन्छ ।

यसलाई राम्रोसँग बुझ्नको लागि उदाहरण लिऔं ।

रायन आफ्नो टेबलमा महत्वपूर्ण कागजातमा काम गर्दैछ । अचानक उसलाई हिंड्न जान मान लाग्छ । उ बाहिर निस्किन्छ र अचानक पुरानो स्कूलको साथीलाई भेट्छ जुन त्यही शहर भएर गइरहेको हुन्छ । उसले रायनलाई आफ्नो बिरानो भाईको बारेमा जानकारी दिन्छ । अब माथिको घटनामा :

  • यहाँ हिड्न जाने इच्छा इच्छा शक्तिको कारण हुन्छ ।
  • हिड्न जाने वास्तविक कार्य क्रिया शकतिको कारण हुन्छ ।
  • त्यसपछि यहाँ कारण-प्रभाव (cause-effect) को सम्बन्ध छ ।

रायन बाहिर हिड्न जानको कारण उसको हिड्ने चाहना हो । तर यो हाम्रो बिद्धिले बुझ्ने कुरा हो । गहिराईमा, सूक्ष्म अर्थात आध्यात्मिक स्तरमा यो अन्य केहि हुन सक्छ । यो उदाहरणमा रायन साथीसँग मिल्नु नियत (destined) थियो र भाईको बिषयमा जानकारी प्राप्त हुन सक्यो । यसको गहिराईको स्तरलाई आध्यात्मिक कारण-प्रभाव (cause-effect) सम्बन्ध भनिन्छ ।

तीन उर्जाहरु मध्य इच्छा शक्ति सबै भन्दा तल्लो र ज्ञान शक्ति सबै भन्दा उच्च स्तरको हो । हामी हेर्यौं कुन उर्जाले प्रत्येक वैकल्पिक उपचारहरुलाई कसरी कृतिशील गर्छ । जति धेरै उर्जा प्रयोग हुन्छ त्यति नै गहिरो स्तरमा उपचार हुन्छ र बिरामीलाई ज्यादा फाइदा हुन्छ ।

२. एलोपथी

वैकल्पिक उपचारहरु - कार्यात्मक उर्जायो उपचार इच्छा शक्तिको स्तरमा कार्य गर्दछ ।

 

३. युनानी (उनानी) औषधि

वैकल्पिक उपचारहरु - कार्यात्मक उर्जायो चिकित्सा पनि इच्छा शक्तिको स्तरमा कार्य गर्दछ ।

 

४. एक्युप्रेशर

वैकल्पिक उपचारहरु - कार्यात्मक उर्जायो चिकित्सा इच्छा शक्ति र क्रिया शक्तिको स्तरमा कार्य गर्दछ । यसको अर्थ यो ज्यादा इच्छा शक्ति र केहि हदसम्म क्रिया शक्तिको स्तरमा कार्य गर्दछ । यसैले यो उपचार पहिलाको दुई उपचारहरु भन्दा उच्च छ ।

५.  मुद्रा

वैकल्पिक उपचारहरु - कार्यात्मक उर्जायो उपचार क्रिया शक्ति र इच्छा शक्तिको स्तरमा कार्य गर्दछ । यसको अर्थ ज्यादा क्रिया शक्तिको स्तरमा कार्य गर्दछ । त्यसैले यो उपचार एक्युप्रेशर भन्दा उच्च छ ।

६. होमियोपेथी

वैकल्पिक उपचारहरु - कार्यात्मक उर्जायो उपचार पनि क्रिया शक्ति र इच्छा शक्तिको स्तरमा कार्य गर्दछ ।

 

७. आयुर्वेद

वैकल्पिक उपचारहरु - कार्यात्मक उर्जायो उपचार क्रिया शक्तिको स्तरमा कार्य गर्दछ । त्यसैले यसको कार्य सबैभन्दा उच्च स्तरको हुन्छ । यसैले यो उपचार उपर्युक्त वैकल्पिक उपचारहरुमा सबै भन्दा ज्यादा फाईदाजनक छ ।