वैकल्पिक उपचारहरु – निको पार्ने क्षमता

वैकल्पिक उपचारहरु

. परिचय

यहाँ हामी बिभिन्न वैकल्पिक उपचारहरुको अधिक्तम निको पार्ने क्षमताको स्तरहरुको तुलना गर्नेछौं । हामी पहिला यसको अर्थ के हो बुझौं ।

हामीमध्ये अधिकांश, विशेष गरी जो चिकित्सा वा उपचार विज्ञानमा अप्रशिक्षित छन्, उनीहरुलाई उपचार प्रक्रियाको बारेमा धेरै कुरा थाहा हुँदैन । प्रायः प्रक्रियाको बारेमा हाम्रो बुझाइ रोगको लक्षण उन्मूलनसम्म सीमित हुन्छ । यद्यपि हाम्रो रोगको लक्षणहरू उन्मूलन घटनामा विस्तृत स्पेक्ट्रम (specturm) को परिणाम हुन सक्छ, रोगको उनमुलन गर्न खोजेको जस्तो मात्र गर्नु अथवा रोग प्रक्रिया जरौबाट सूक्ष्म-स्तरमा ।

निम्न अनुच्छेदहरूमा हामी देख्न सक्छौं कि प्रत्येक आउने चिकित्सा/उपचार कसरी गहिरो र अधिक व्यापक स्तरमा कार्य गर्ने क्षमता राख्दछ ।

. एलोपथी

वैकल्पिक उपचारहरु

यस चिकित्साको क्षमता बिरामीको लक्षणहरूलाई छिटो नियन्त्रणमा राख्न सीमित हुन्छ । यद्यपि यो यसको एउटा बलियो पक्ष पनि हो । लक्षणहरुको छिटो नियन्त्रण प्रोत्साहन हो र साथ-साथै कारण पनि जसले गर्दा धेरै कमिकम्जोरीहरु हुँदा हुँदै पनि धेरै मानिसहरु यो उपचार पद्धति अपनाउँछन् जुन हामीले पहिलाको लेखमा पढ्यौं ।

 

 

. युनानी (उनानी) औषधि

वैकल्पिक उपचारहरु

यस उपचार पद्धतिले शरीरमा उर्जा प्रवाह सक्रिय पार्ने क्षमता हुन्छ । ऊर्जा प्रवाहको सक्रियताले शरीरलाई लड्न र अन्ततः रोग प्रक्रियामा विजय प्राप्त गर्ने क्षमतामा सुधार ल्याउँछ ।

 

 

. एक्युप्रेशर

वैकल्पिक उपचारहरु

यो उपचार पद्धतिमा रोगसँग लड्नको लागि आवश्यक्ता अनुसार शरीरको कोशिकाको विकास गरेर बिमारीसँग आवश्यकता अनुसार लड्ने क्षमता प्रदान गर्दछ । शरीरमा उर्जाको प्रवाह चेतना रोगको विरूद्ध लड्न आवश्यकता अनुसार कोशिका विकासको लागि निर्देशित हुन्छ । चेतना, दिव्य चेतना (चैतन्य) को त्यो पक्ष हो जुन शरीर र मनको कार्य संचालन गर्दछ ।

 

 

मुद्रा

वैकल्पिक उपचारहरु

मुद्राले उर्जालाई सक्रिय र शरीरको त्यो विशिष्ट अंगमा प्रवाह गर्दछ जहाँ उर्जा चाहिन्छ । यो बढेको उर्जा प्रवाह शरीरको अंगमा भएको रोगसँग लड्दछ । यसको अतिरिक्त शरीरको वरिपरि एउटा कार्यात्मक सुरक्षात्मक आवरण निर्मित हुन्छ जसले पछि हुने रोगको आक्रमणबाट रक्षा हुन्छ ।

 

 

. होमियोपेथी

वैकल्पिक उपचारहरु

होमिओप्याथी माथिको वैकल्पिक उपचारहरू भन्दा पनि गहिरो स्तरमा काम गर्दछ र शरीरलाई आवस्यक्ता अनुसार रोग बिरुद्ध लड्न वास्तवमा नयाँ कोषहरू सिर्जना गर्ने क्षमता दिन्छ ।

 

 

. आयुर्वेद

वैकल्पिक उपचारहरु

आयुर्वेदले बिरामीको शारीरिक र मानसिक स्तरमा मात्र होइन, यसले रोगको लागि जिम्मेवार कुनै पनि नकारात्मक उर्जाको केन्द्रहरू पनि पत्ता लगाउँदछ । यसैले यसको कार्य सबैभन्दा उच्च स्तरको हुन्छ, अर्थात् मूल आध्यात्मिक कारणको स्तरमा हुन्छ । यसैले यस उपचारबाट फाइदा उपर्युक्त वैकल्पिक उपचारहरू मध्ये सबैभन्दा अधिक हुन्छ ।